रोल्पा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

स्वास्थ्यसमाचार/रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चिता र दिगोपना जिल्लाका रुषमा घोषित गरिएको छ । १० वटा स्थानीय तहमै खोप सुनिश्चितता गरिएकाले जिल्ला समन्वय समितिको आयोजनामा शनिबार रोल्पालाई घोषणा गरिएको हो । सबै तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि नियमित पहल थाल्ने घोषणा कार्यक्रममा प्रतिबद्धता गरिएको छ । लुम्बिनी प्रदेश खोप समन्वय समितिकी अध्यक्ष दुर्गा लक्ष्मी श्रेष्ठले रोल्पालाई पूर्ण खोप सुनिश्चित र दिगोपना प्रमाणीकरण गरिएको घोषणा गरिन् । यसअघि जिल्लाका १० वटै तहमा विभिन्न कार्यक्रम गरेर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम घोषणा गरिसकिएको जिल्ला खोप समन्वय समितिकी अध्यक्ष एवं जिल्ला…

गौमुखीमा जेठ १८ गते नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने

स्वास्थ्यसमाचार/प्युठानको गौमुखी गाउँपालिकाको आयोजना तथा प्युठान अस्पतालको प्राबिधिक सहयोग र स्वास्थ्य कार्यलय प्युठानको समन्वयमा नि:शुल्क बिशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ। २०८२ सालको जेठ १८ गते पुजा स्वास्थ्य चौकी लिवासेमानि:शुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेलले बताउनु भयो । शिविरमा निन्द्रा नलाग्ने, एकोहोरो हुने ,आत्महत्याको प्रयास गर्ने लगायतका स्वास्थ्य समस्या भएकाले उक्त बिशेषज्ञ स्वास्थ्य शिविरमा लाभ लिन सक्ने पौडेल बताउनुहुन्छ । गाउँपालिकाले एक बिज्ञप्ती जारी गर्दै जेठ १८ गते बिहान १० बजे देखी ५ बजे सम्म पुजा स्वास्थ्य चौकी लिवासेमा सेवा लिन पठाउने व्यवस्था मिलाउन…

राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा प्राडा गौचन र महासचिवमा डा.पराजुली निर्वाचित

स्वास्थ्यसमाचार/राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्ष पदमा प्रा डा विकास गौचन निर्वाचित भएका छन् । चितवनमा आज सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट प्राडा गौचनको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । निर्वाचन समितिका अनुसार संघको उपाध्यक्षमा डा मिलन गैह्रे, डा महेश महासेठ र डा चण्डिका पण्डित निर्वाचित भएका छन् । यस्तै महासचिवमा डा सम्राट पराजुली निर्वाचित भएका छन् ।सचिवमा डा अरुण उप्रेती, डा अमन न्यौपाने, डा आधिराज आचार्य र डा वर्षा थापा रहेका छन् । ४१ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ९ जना पदाधिकारी हुन् भने बाँकी ३२ जना केन्द्रीय सदस्यहरु…

“पक्लिहवा मा.वि.मा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी सम्पन्न”

स्वास्थ्यसमाचार/पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर  १ पक्लिहवामा नमुना एकिकृत विकास परिषद, भैरहवाको प्राविधिक सहयोगमा विद्यार्थीहरुको ‘मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी’ सम्पन्न भएको छ । विद्यालयका सह–प्रधानाध्यापक शेर बहादुर थापाको अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले यस्ता कार्यक्रमले विद्यार्थीहरु भित्र सुसुप्त रुपमा रहेका भावनालाई उजागर गर्न प्रेरित गर्ने, एक्लोपना, तनाव, डराउने, निद्रामा गडबढी आदिको व्यवस्थापनमा उनीहरुलाई मद्वत पुग्ने भएकोले अमुल्य जीवनको महत्वलाई आत्मसाथ गर्दै सकारात्मक र श्रृजनात्मक क्रियाकलापमा अग्रसर हुन प्रेरित गर्ने बताउनुभयो । कार्यक्रममा नमुना एकिकृत विकास परिषद, भैरहवाकी…

लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ देखी विशेष सर्जरी कार्यक्रम सञ्चालन हुने

स्वास्थ्यसमाचार/शल्यक्रिया सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले विशेष सर्जरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । अस्पतालमा पित्त थैलीको शल्यक्रियाका लागि लामो समयदेखि पालोमा रहेका सेवाग्राही हरुलाई विशेष कार्यक्रम सञ्चालन गरी उपचार गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए । अस्पतालमा आगामी असार १ गतेदेखि एक महिना लामो अभियान सञ्चालन गरी पालोमा रहेका सबै सेवाग्राहीको पित्त थैलीको शल्यक्रिया गरिने उनले जानकारी दिए । यो अभियान सम्पन्न भएपछि शल्यक्रियाका लागि कुनै पनि सेवाग्राहीले गुनासो गर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको उनले बताए ।…

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लुम्बिनी प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

स्वास्थ्यसमाचार/नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पश्चिम) लुम्बिनी प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रूपमा घोषित गरिएको छ। आज रामग्राम नगरपालिकामा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले औपचारिक रूपमा सो घोषणा गर्नुभएको हो। स्वास्थ्य मन्त्री सारुले जिल्लालाई ऐतिहासिक उपलब्धिको रूपमा पूर्ण खोप सुनिश्चितता हासिल गरेकोमा बधाई दिँदै, यस उपलब्धिका लागि सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। साथै उहाँले पृथ्वी चन्द्र अस्पतालमा डाक्टरहरूको दरबन्दी तत्काल पूर्ण गर्ने र महिला स्वास्थ्य स्वयंसेवककाहरूका माग सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो। घोषणा समारोह जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख…

दुवै घुँडा प्रत्यारोपणपछि उठिन् पूर्ण कला, बुटवल हस्पिटलमा सफल उपचार

स्वास्थ्यसमाचार/ बुटवल हस्पिटल प्रा लि मा पहिलो पटक दुवै घुँडाको एकै पटक सफल प्रत्यारोपण भएको छ ।  वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर उत्सव रेग्मी नेतृत्वको टिमबाट दुवै खुट्टाको घुँडामा हुने जोर्नीको प्रत्यारोपण गरिएको हो । यस्तो शल्यक्रिया बुटवल क्षेत्रमा सम्भवत पहिलो पटक भएको डा रेग्मीको दावी छ । विश्व प्रशिद्ध अमेरिकन कम्पनी म्याक्सको कृतिम जोर्नीको प्रयोग गरी विग्रिएको जोर्नीलाई बिस्थापित गरी नयाँ जोर्नीको निर्माण गरिएको डाक्टरको भनाई छ । दरवार गाउपालिका गुल्मी स्थायी घर भई बुटवलको वेलवरियामा बस्दै आउनु भएकी ५३ वर्षिया पुर्ण कला सोमैको बुटवल हस्पिटल प्रा लि मा शल्यक्रिया…

स्वस्थ नागरिक, समृद्ध तिलोत्तमा:आयुर्वेदले पाएको स्थानीय प्राथमिकता

स्वास्थ्यसमाचार/६१ बर्षिय हुम कुमारी रायमाझीको स्थायी घर गुल्मी हो । बर्षौ देखि ढाड दुख्ने समस्या झेल्दै आएकी उनले त्यहाँबाट उपचारको लागि रुपन्देही आईन् । छोरीको घरमा बसेर उनले आयुर्वेदिक उपचारमा लागिन्, निको भएपनि उनी दङ्ग छिन् । रुपन्देहीको करहिया आयुर्वेद स्वास्थ्य केन्द्र मा उपचार पछि उनि पूर्णरुपमा निको भएकी छिन् । उनि भन्छिन–‘ढाड दुख्ने, हिँड्डुल नै गर्न नसक्ने अवस्था थियो, तर यहाँ आएर उपचार गरेपछि निको भयो । उनि जस्तै रुपन्देहीको देवदह पालिकाका ५५ बर्षिय माया राम चौधरी लामो समय देखि घुँडा दुख्ने समस्या बाट ग्रसित थिए । विभिन्न प्रकृतिको…

लुम्बिनीका १४ अस्पताल विकास समितिमा एमाले -कांग्रेसको भागबन्डा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका १४ सरकारी अस्पताल विकास समितिमा सत्तारुढ एमाले र  कांग्रेसले भागबण्डा गरेर अध्यक्ष नियुक्त गरेका छन् । विगतमा मन्त्रिपरिषद बैठकले अध्यक्ष नियुक्त गरी निर्णय सार्वजनिक गर्ने गरिएकामा यसपटक भने मन्त्रीस्तरीय निर्णयबाटै अध्यक्ष नियुक्त गरिएको  छ । हाल नेकपा एमालेका खेम सारु स्वास्थ्य मन्त्री छन् । यद्यपि एमाले र कांग्रेसका प्रभावशाली मन्त्रीहरुको समन्वयमा स्वास्थ्यमन्त्री सारुले कार्यकर्ताहरुलाई नियुक्ति दिएको स्रोतले बतायो । स्वास्थ्य मन्त्रालयले यो निर्णय सार्वजनिक भने गरिसकेको छैन । प्रदेश सरकारका एक मन्त्रीले अस्पताल विकास समिति सदस्यहरु समेत नियुक्त गरिसकेपछि एकैपटक निर्णय सार्वजनिक हुने बताए । को कहाँ नियुक्त…

जनस्वास्थ्य प्रशासक थापा स्वास्थ्य कार्यालय रुपन्देहीमा पदस्थापना

स्वास्थ्यसमाचार/मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, लुम्बिनी प्रदेशले जनस्वास्थ्य प्रशासक उमा देवी थापालाई जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीमा पदस्थापन गरेको छ। नबौ तह रिक्त रहेको उक्त पदमा प्रदेश निजामति सेवा ऐन, २०८० को दफा १६ बमोजिम थापालाई पदस्थापन गरिएको कार्यालयले जनाएको छ। पदस्थापनसँगै थापाले कार्यालयमा आफ्नो जिम्मेवारी ग्रहण गर्दै पदबहाली गर्नुभएको छ। पदबहालीपछि उहाँले सार्वजनिक सेवा प्रवाहमा सत्य, सदाचारिता र सुशासनको पालना गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। थापा यसअघि अन्य विभिन्न स्थानमा रही स्वास्थ्य प्रशासन सम्बन्धी कार्यहरूमा अनुभव प्राप्त गरिसक्नुभएको छ। नयाँ भूमिकामा पनि प्रभावकारी र उत्तरदायी सेवा दिने उहाँको…