कक्षा १२ पास गरेपछि मात्रै २ वर्षे जनरल नर्सिङ पढ्न पाइने

स्वास्थ्यसमाचार/अब कक्षा १२ पास गरेका विद्यार्थीहरुले मात्रै २ वर्षे ‘जनरल नर्सिङ’ पढ्न पाउने भएका छन् । प्रा डा कुन्तादेवी पुनको नेतृत्वमा बनेको कार्यदलले दिएको सुझावअनुसार जनरल नर्सिङ कार्यक्रम सुरु गर्न लागिएको चिकित्सा शिक्षा आयोगले बताएको छ । चैत ९ गते बसेको आयोगको १३औं बैठकले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार कक्षा १२ पछि स्वास्थ्य कार्यक्रम सुरू गर्न लागिएको आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले बताए । हाल माध्यमिक शिक्षा परीक्षा एसईई पास गरेपछि सीटीईभीटी अन्तरगतको प्रविणता प्रमाणपत्र (पीसीएल) ३ वर्षे नर्सिङ कार्यक्रम पढ्न पाइन्छ । सीटीईभीटी अन्तरगतको यो…

नेपाल औषधी व्यावसायी संघ लुम्बिनी प्रदेशको पदस्थापन सम्पन्न

स्वास्थ्यसमाचार/ नेपाल औषधि व्यावसायी संघ लुम्बिनी प्रदेशको पद स्थापन कार्यक्रम सम्पन्न भएको छ । चैत ११ र १२ गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शुक्रबार एक समारोहका बिच नेपाल औषधी ब्यवसायी संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेल, पुर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय सदस्य भुवनेश्वर वुढा, सल्लाहकार डा रोहित राज क्षेत्री, सल्लाहकार निर्मलध्वज श्रेष्ठ, निवर्तमान अध्यक्ष शिव ज्ञवालीले नवनिर्वाचित अध्यक्ष लुकराज न्यौपानेलाई माला, माईन्युड हस्तान्तरण गरि पदस्थापन गरिएको हो । कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले ब्यवसायिक हकहितसँगै संघ सामाजिक…

कपिलवस्तुको सिकोटवा वडा नं३मा फैलियो झाडापखाला

स्वास्थ्यसमाचार/कपिलवस्तु नगरपालिका वडा नं३ सिकोटवा गाउँमा झाडापखाला तथा हैजाका बिरामी देखा परेका छन् । चाररपाँच दिनयता सो गाउँका केही परिवारमा झाडापखाला देखिएको थियो बिरामीमध्ये दुईजनाको एन्टीजेन परीक्षण गर्दा १ जनामा हैजा रोग देखिएको हो । झाडापखालाका बिरामीहरूको संख्या बढ्न थालेपछि गाउँमा हैजा फैलन नदिन स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बताए । सो गाउँबाट झाडापखालाका बिरामी अस्पताल आएको र उनीहरूको सघन ढंगबाट उपचार भइरहेको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विपिन जयसवालले बताए । अस्पताल आएका कुनै पनि वान्ता तथा झाडा पखालाका बिरामीलाई छुट्टै राखेर विशेष ढंगबाट…

धुर्काेटमा चैत्र २४ गते वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

स्वास्थ्यसमाचार /धुर्काेट गाउँपालिकाको आयोजना र प्राविधिक चिकित्सा परिवारको सहकार्यमा वृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ। यहि चैत्र २४ गते धुर्काेट गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा शिबिर सञ्चालन हुने धुर्काेट गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ। शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका कन्टेन्ट फिजिसियन डा शम्भु खनाल, बालरोग बिशेषज्ञ डा बिपिन खनाल, कन्सल्टेन्ट न्यरोसाईको लोजीष्ट डा अशिम रेग्मी, डा रमेश अर्याल हाडजोर्नी तथा नशा रोग विषेशज्ञको उपस्थिति रहने छ । त्यस्तै डा ज्योती श्रेष्ठ महिला प्रसुती तथा स्त्रीरोग विषेशज्ञ, डा सुदीप भन्डारी इन्टरनल मेडिसिन, डा शुशिल पोखरेल डेन्टल सर्जन डा श्रीराम पन्थी मेडिकल…

वधशालाबाट बध गरी प्रशोधन गरेको स्वच्छ मासु प्रयोग गर्न बुटबलको आग्रह

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले बधशाला सञ्चालनलाई सबै क्षेत्रले सकारात्मक रुपमा लिन आग्रह गरेको छ। नगरबासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने व्यवस्थाअनुसार मासु बधशाला सञ्चालनको तयारीमा रहेको भन्दै बुटवलले वधशालाबाट बध गरी प्रशोधन गरेको मासु उपभोग गर्न आग्रह गरेको हो। सोमबार मासुसँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफलमा नगर प्रमुख खेलराज पाण्डेयले स्वच्छ र स्वस्थ मासु उपभोग गर्न पाउने उपभोक्ता अधिकार र स्वास्थ्यलाई ध्यानमा राखेर बधशाला सञ्चालन हुन लागेकाले सबै नगरबासीले वधशालामा बध गरेको मासु उपभोग गर्न आग्रह गरे। उनले कानूनी हिसाबले समेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसले बुटवल बासीले स्वस्थ र…

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो ८महिनामा भएका मुख्य कार्यहरु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रालयले दोश्रो चौमासिकको अबधिमा गरेका मुख्य कार्यहरु सार्वजनिक गरेको छ ।स्वास्थ्यमन्त्री राजु खनालले पत्रकार सम्मेलन गरी बितेको ८ महिनामा भएका काम सार्वजनिक गर्नुभएको हो ।मन्त्री खनालले नीतिगत/सेवा प्रवाहमा भएका उपलब्धि, जनशक्ति व्यवस्थापन, बजेट खर्चको अवस्था, सञ्चालनको तयारीमा रहेका कार्यक्रमलगायतको बारेमा जानकारी गराउनु भयो। यो अवधिमा सिकलसेल थाल्सेमिया र हेमोफिलियाका बिरामीका परिवारहरुको लागि निःशुल्क बिमा कार्यक्रमको शुरुवात भएको, प्रदेशमा भएको सिकलसेल एनिमियाको समस्या समाधानको लागि बारबर्दियामा रहेको आरसी मेमोरियल अस्पताललाई प्रदेशस्तरीय सिकलसेल अस्पतालमा स्तरोन्नति अन्तिम चरणमा रहेको र त्यसका लागि आवश्यक बजेटसमेत स्थानीय तहमा हस्तारन्तरण भइसकेको र लमही अस्पतालमा…

लुम्बिनी प्रदेशमा आँखाको नानी प्रत्यारोपण गर्न लाग्ने सबै खर्च निशुल्क

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा अबदेखि आँखाको नानी प्रत्यारोप निशुल्क हुने भएको छ । प्रदेशका १२ जिल्लाका सर्वसाधारण कसैको पनि आँखाको नानी प्रत्यारोपमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने भएको छ । मंगलबार तुलसीपुरमा कार्यक्रमको उद्घाटन पछि सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले एक जना ब्यक्तिको नानी प्रत्यारोप गर्न २४ हजार तीन सय १० रुपैंया लाग्ने र त्यो सबै खर्च अबदेखि प्रदेश सरकारले बेहोर्ने वताउनु भयो। चोट पटक लागेर वा संक्रमण भएर आँखाको ज्योति गुम्ने खतरा रहन्छ । गरिबीका कारण उपचार गर्न नसकी दृष्टि गुमाएका हरेक नागरिक अन्धकारमा बस्नु नपरोस, उनीहरुको दैनिक असहज नबनोस् भन्ने…

लुम्बिनी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा दैनिक प्रयोगशाला परिक्षण सेवा सुभारम्भ

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बुटवल १२ तामनगरमा अब सबैले रगत परिक्षण गर्न पाउने भएका छन । उक्त सेवाको लुम्बिनीका स्वास्थ्य मन्त्री राजु खनालले सेवाको शुभारम्भ गर्नु भएको हो। प्रयोगशालाबाट प्रदेश भित्रका प्रयोगशालाहरूको टि.बि., मलेरिया, एचआईभी साथै अन्य परिक्षण हरुको गुणस्तर नियन्त्रण, प्रयोगशाला सुदृढिकरण, प्रयोगशालाकर्मीहरुको क्षमता अभिवृद्धिका साथै स्थलगत अनुशिक्षण कार्यक्रमहरु संचालन गदै आएको थियो अब देखी सर्वसाधारणको लागी रगत परिक्षण सेवा दिन लागेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका नि. निर्देशक राजेश कुमार गुप्ताले वताउनु भयो। उहाले अब केन्द्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने धेरै परिक्षण यहाँ हुने वताउनु भयो । लुम्बिनी प्रदेश सरकार मन्त्री…

स्वास्थ्य समूह तर्फका दुई नर्स र नौं जना चिकित्सक एघारौं तहमा बढुवा

स्वास्थ्यसमाचार /स्वास्थ्य समूह तर्फका ११ जना एघारौं तहमा बढुवा भएका छन् । सरकारले स्वास्थ्य समूहका नौं जना चिकित्सक र दुई जना नर्सलाई एघारौं तहमा बढुवा गरेको हो । गत बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा समूहका विभिन्न ११ जना अधिकृतलाई एघारौं तहमा बढुवा गर्ने निर्णय गरेको हो । एघारौं तहमा बढुवा हुनेहरुमा चिकित्सक तर्फ ग्यास्ट्रो इन्टेरोलोजिष्ट डा. जैनेन्द्रकुमार चौधरी, न्युरो सर्जन डा. निलम कुमार खड्का, अर्थोपेडिक्स सर्जन डा. ओमप्रकाश अर्याल, इएनटी सर्जन डा. दिपेन्द्र गौतम र रेडियोलोजिष्ट डा. विश्वनाथ शर्मा, डा शैलेन्द्र विश्वकर्मा पोखरेल, एनेस्थेसियोलोजिष्ट…

बुटवलमा ‘बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम’६ र ८ को घरदैलोमा

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि सञ्चालित ‘बा आमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम अन्तरगत शुक्रबार वडा नं ६ र ८ मा स्वास्थ्य परीक्षण गरिएको छ। बुटवल ६ को जेष्ठ नागरिक मिलन केन्द्रमा कार्यक्रमको शुरुवात गर्दै नगरप्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम सबै वडाहरुमा सञ्चालन हुने बताए। उनले जेष्ठ नागरिकको स्वास्थ्य उपचार गर्नका लागि बुटवलले आगामी वर्ष थप कार्यक्रम सञ्चालन गर्ने बताए। कार्यक्रममा स्वास्थ्य परीक्षण मात्रै नभई बा आमालाई परेका समस्याका बारेमा समेत जानकारी लिइने…