स्वास्थ्यसमाचार/रूरुक्षेत्र गाउँपालिकामा १५ शैया अस्पताल सञ्चालन गर्ने विषयमा छलफल भएको छ। रुरु प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको पालिका स्तरीय अस्पतालमा रूपान्तरण गर्नको लागि स्वास्थ्य मन्त्री प्रदिप पौडेलसँग अनुरोध गरिएको छ। गाउँपालिका अध्यक्ष युदु ज्ञावलीले स्वास्थ्य मन्त्रीलाई अस्पताल सञ्चालनका लागि आवश्यक सहयोग पुर्याउन एक ज्ञापन पत्र बुझाउनु भएको छ। यस अवसरमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी र डा. पुष्पराज पौडेल लगायत अन्य अधिकारीहरूको सहभागीता रहेको थियो। यस छलफलमा गुल्मी क्षेत्र नं १ का प्रतिनिधि सभासद् मान्य चन्द्र भण्डारी, पूर्वमन्त्री प्रदीप कुमार ज्ञवाली, पूर्व मुख्य सचिव लिलामणी पौडेल, माओवादी नेता बुद्धि…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
विशेषज्ञ डाक्टर ग्रामीण भेगमा जानैपर्ने मापदण्ड बनाउछौं :मन्त्री कार्की
स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले दुर्गममा डाक्टर जान नमान्ने रोग भएको बताएका छन् । बिहीबार गुल्मी अस्पताल तम्घासमा नसर्ने रोगको छुट्टै क्लिनिक (पेन प्लस क्लिनिक) को उद्घाटन गर्दै मन्त्री कार्कीले विशेषज्ञ डाक्टर दुर्गममा जानै नमान्ने रोग भएको बताएका हुन् । कार्कीले गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर अभाव रहेको प्रसंगमा गुल्मीमा अलिक कम भए पनि रुकुम र रोल्पामा डाक्टर जानै नमान्ने गरेको बताए । ‘जिल्ला अस्पतालहरूमा विशेषज्ञ डाक्टरको अभाव छ,’ उनले भने, ‘दुर्गममा डाक्टर नजानै रोग नै भएको छ ।’ कार्कीले यस विषयमा प्रदेशबाट जनशक्ति पदपुर्ति गर्ने…
जनस्वास्थ्य संघ लुम्बिनीको भित्ते पात्रो स्वास्थ्यमन्त्री सारुद्धारा विमोचन
स्वास्थ्यसमाचार/नेपाल जनस्वास्थ्य संघ लुम्विनी प्रदेशको नयाँ वर्ष २०८२ सालको भित्ते पात्रोको नेपालगन्जमा विमोचन गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले विहीबार भित्ते पात्रोको विमोचन गरे । त्यसक्रममा उनले स्वास्थ्यका क्षेत्रमा संघले महत्वपूर्ण योगदान दिएको बताए । लुम्विनी प्रदेशको स्वास्थ्य क्षेत्रको सेवा प्रवाह र विस्तारमा संघले अझ प्रभावकारी भूमिका निर्वाह गर्नका निमित्त पनि उनले आग्रह गरे । मन्त्री सारुले लुम्बिनी प्रदेशमा अझैपनि स्वास्थ्य क्षेत्रमा थुप्रै जनस्वास्थ्यका समस्याहरु रहेको उल्लेख गर्दै त्यसको सुधारका निमित्त संघले महत्वपूर्ण सुझाव समेत दिने गरेको उल्लेख गरे । उनले भने–‘प्रदेशको स्वास्थ्य क्षेत्रमा अनेकन समस्या छन् ।…
“बाँकेमा पारिवारिक स्वास्थ्य प्रोफाईल बनाउने अभियानको शुभारम्भ”
स्वास्थ्यसमाचार/बाँकेमा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरिएको छ । मोबाईल मार्फत नागरिकलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने लक्ष्यका साथ बाँकेमा पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरिएको हो । लुम्बिनी प्रदेशका तीन जिल्लामा यो अभियान सुरु गरिएको हो । यसभन्दा अघि पाल्पा र अर्घाखाँची जिल्लामा यो अभियान सुरु भईसकेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले बाँकेमा सुरु गरिएको अभियानको उद्घाटन गर्नुभयो । अभियानको उद्घाटन गर्दै मन्त्री सारुले मातृमृत्यूदरको तथ्याङ्क हेर्दा सुधार गर्नुपर्ने धेरै विषय देखिएको बताउनुभयो । उहाँले मुस्लिम समुदायको बाहुल्यता रहेको बाँके जिल्लामा सामाजिक, सांस्कृतिक…
स्वास्थ्य शिक्षा प्रशासक नवौँ तहमा अर्याल सिफारिस (सूचनासहित)
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश लोक सेवा आयोगले स्वास्थ्य शिक्षा प्रशासक( उपसचिव) पदमा उम्मेदवार सिफारिस गरेको छ। आयोगको केन्द्रिय कार्यालय बुटबलले विहीवार एक सूचना जारी गर्दै स्वास्थ्य शिक्षा प्रशासक पदमा उम्मेदवार सिफारिस गरेको हो। लोक सेवा आयोग, बुटबल कार्यालयको वि.नं. ५१०२६ ०८१–८२ (खुल्ला )अधिकृत नवौँ तह, स्वास्थ्य शिक्षा प्रशासक पदमा उम्मेदवार सिफारिस गरिएको आयोग कार्यालयले जनाएको छ। सिफारिस गरिएका उम्मेदवार नेत्रलाल अर्याललाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सिफारिस गरिएको छ।
जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिस (सूचनासहित)
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश लोक सेवा आयोगले जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिस गरेको छ। आयोगको केन्द्रिय कार्यालय बुटबलले बुधबार एक सूचना जारी गर्दै जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिस गरेको हो। लोक सेवा आयोग, बुटबल कार्यालयको वि.नं. ५१०२२–२३, ०८१–८२ (खुल्ला तथा समावेशी), नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, अधिकृत नवौँ तह, जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिस गरिएको आयोग कार्यालयले जनाएको छ। सिफारिस गरिएका उम्मेदवारहरू उमादेवी थापा, उमेश गौतम र ठग बहादुर गुरुङलाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सिफारिस गरिएको छ। (सूचना)
पाल्पामा सरकारी अस्पतालको आकस्मिक र अप्रेसन कक्ष भवन बन्दै
स्वास्थ्यसमाचार/पाल्पा अस्पतालको आकस्मिक र अप्रेसन कक्ष लागि भवन निर्माण कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको ५० लाख र अस्पताल विकास समितिको २० लाख लगानीमा भवन निर्माण हुन लागेको हो । असार १५ गते भित्र सक्ने गरी ५६ लाख २५ हजार एक सय ७३ रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएर काम अघि बढेको अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो । अहिले आकस्मिक र अप्रेसन कक्ष नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालबाट फर्काउनुपर्ने बाध्यता रहेको छ । भवन निर्माण भएपछि सेवा विस्तारमा सहज हुने अध्यक्ष आत्रेयले विश्वास व्यक्त गर्नुभयो । भवनको…
पूर्व स्वास्थ्य मन्त्री तथा सांसद दीपक बोहराको उपचारको क्रममा निधन
स्वास्थ्यसमाचार/पूर्व स्वास्थ्य मन्त्री समेत रहेका सांसद दीपक बोहराको निधन भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का वरिष्ठ नेता समेत रहेका बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो । उनी रुपन्देही क्षेत्र नम्बर – ३ बाट निर्वाचित सांसद हुन् । कोभिड – १९ महामारीको दोस्रो लहर चलेका बेला ९जेठ २०७७० संक्रमणमा परेका थिए । त्यसपछि उनी बोल्न नसक्ने अवस्थामा पुगेका थिए । चिकित्सकहरुले पोस्ट कोभिड समस्याले गर्दा यस्तो भएको बताउने गरेका थिए । पोष्ट कोभिडबाट स्वर भासिएको बोहोराको पछि घाँटीको क्यान्सर देखिएको बताइएको थियो । परिवारले उपचारका लागि बोहोरालाई…
सेती अस्पताललाई संघीय अस्पतालमा परिणत गर्न संघीय सरकारलाई पत्राचार
स्वास्थ्यसमाचार/सुदूरपश्चिम सरकारले सेती प्रादेशिक अस्पताललाई संघीय अस्पतालमा परिणत गर्दै सञ्चालन गर्न संघीय सरकारलाई पत्राचार गरेको छ। सुदूरपश्चिम सरकारको गत ६ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सेती अस्पताललाई संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गरेको हो । सुदूरपश्चिम प्रदेश सरकार मातहत सञ्चालित सेती प्रादेशिक अस्पताललाई सो अस्पतालमा कार्यरत जनशक्ति व्यवस्थापन सहित गेटा अस्पतालमा विशिष्टिकृत सेवा रहने गरी संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदको निर्णयमा भनिएको छ। मन्त्रिपरिषदको सोही निर्णय अनुसारको पत्र सुदूरपश्चिम सरकारले संघीय स्वास्थ्य मन्त्रालयलाई पठाएको छ।उक्त निर्णयसहित सामाजिक विकास मन्त्रालयबाट…
सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
स्वास्थ्यसमाचार/सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘मिति २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा बताइएको छ।