‘जे एन वन’ सँग डराउने होइन सावधानी :डा.प्रकाश बुढाथोकी

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनको नयाँ सबभेरियन्ट र बिदाको समयमा भएको जमघटले गत डिसेम्बर महिनामा १० हजार कोभिडका बिरामीको मृत्यु भएको जनाएको छ । सङ्क्रमणको फैलावट भएका ५० देशमध्ये अमेरिका र युरोपमा बढी देखिएको छ । नेपालमा समेत विभिन्न अस्पताल, सीमा नाका, स्थान र उमेर समूहबाट पुस २२ गते गरिएको पछिल्लो जिनोम सिक्वेन्सिडमा १६ नमुनामध्ये सातमा ‘जे एन वन’ पुष्टि भइसकेको छ । तथापि हालसम्म सामान्य ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता लक्षण मात्र देखिएका छन् । सर्ने माध्यम खोक्दा, हाच्छ्युँ गर्दा निस्केका छिटाबाट नै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने…

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, सतर्क रहन आग्रह

स्वास्थ्यसमाचार/छिमेकी देशमा फैलिएको कोरोनाको नयाँ सब-भेरियन्टमा नेपालमा पनि देखा परेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक गरिएको प्रयोगशाला परीक्षणमा कोभिड – १९ अन्तरगतको ओमिक्रोनको भेरियन्टको सब भेरियन्टमा  जेएन.१ देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज जारी विज्ञप्तीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका १६ जना संक्रमित व्यक्तिको नमूनालाई जिन सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा सव भेरियन्टमा जेएन.१  देखिएको उल्लेख छ । यो सब भेरियन्टमा नेपालमा पहिलो पटक भेटिएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले नयाँ सव भेरियन्टमा देखिएसंगै नाकामा सतकर्ता अपनाएको भन्दै व्यक्तिहरुलाई पनि सतर्क…

भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, नेपालमा जिन सिक्वेन्सिङ हुँदै

स्वास्थ्यसमाचार/भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ ९भेरिएन्ट अफ इन्टरेस्ट० पुष्टि भएको जनाएको छ । समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको बताइएको छ । जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका एक भाइरोलोजिस्ट एन्ड्र्यु पेकोजले संक्रमण धेरै फैलिए पनि स्वास्थ्यमा गम्भीर खतरा कम रहेको बताए ।डिजिज केन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो…

रुपन्देहीमा भाद्र २५,२६ र २७ गते फाईजरको (बुष्टर)खोप लगाईने

स्वास्थ्यसमाचार/रुपन्देहीका कोरोना बिरुद्धको फाईजर खोप(बुष्टर) लगाईने भएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देहीका १२ पालिकामा यहि भाद्र २५,२६ र २७ गते कोरोना बिरुद्धको फाईजर खोप(बुष्टर) लगाईने भएको बताउनु भयो। १२ बर्ष माथिका सम्पुर्ण नागरिकहरु लाई कोरोना बिरुद्धको फाईजर खोपको बुुष्टर डोज तथा कोरोना समन्धी कुनैपनि खोप नलागाएका १२ देखी १८ बर्ष सम्मका पहिलो मात्र लगाउने र १८ बर्ष माथिकालाई भेरोसेलको पहिलो मात्र लगाउने कार्यक्रम रहेको बताउनु भयो । उहाले पहिलो चरणमा रुपन्देहीका ४ पालिका देवदह,लुम्बिनी संकृतिक नगरपालिका,ओमसतिया र रोहिणी गाउँपालिकामा लगाई सकेको वताउनु भयो। अव…

कोरोना बढ्योः समयमै शतर्कता अपनाउन चिकित्सकको सुझाव

स्वास्थ्यसमाचार/ कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाबिरुद्धको खोप लगाउनेहरुको संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ बिरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको हो । केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारिमा संक्रमितहरु बढीरहेका छन् । यस बीचमा केही नागरिहरुको कोरोना भाइरसका कारण निधन भएको छ । तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा। शेरबहादुर पुनले बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा…

लुम्बिनीमा कोरोना वाट ज्यान गुमाएका परिवारलाई ३ बर्षपछि राहत

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमण भई ज्यान गुमाएका परिवारलाई राहत रकम तीन वर्षपछि बाँकी रकम निकासा दिएको छ ।राहत दिन बाँकी रहेका दाङसहित प्रदेशका १२ जिल्लाका छ सय ३६ मृतकको परिवारलाई छ करोड ३६ लाख रुपैयाँ निकासा दिएको हो । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको फागुन ३० गते बसेको बैठकले कोरोना संक्रमित मृतकका परिवारलाई रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सोहीअनुसार लुम्बिनीका १२ जिल्लामा रकम निकासा दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो । ‘जिल्ला प्रशासन कार्यालयमा…

कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका १० जनामा कोरोना सङ्क्रमण

स्वास्थ्यसमाचार/ कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका १० जनामा कोरोना देखिएको छ । पछिल्लो २ सातामा ४४० जनाको कृष्णनगर नगरपालिकामा रहेको हेल्थ डेस्कमा एन्टीजिन विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो साता १ हजार ५६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये ३९२ जनाको एन्टीजिन विधिबाट परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ९ जनामा कोरोना देखिएको थियो । पोजेटिभ देखिएका ९ जनाको भेरियन्ट चेक गर्नका लागि नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय कपिलवस्तुका स्वास्थ्य निरीक्षक उमेशचन्द्र घिमिरेले बताउनुभयो । अघिल्लो साता १ हजार ४८४ जनाको स्वास्थ्य परीक्षण गरिएको…

कोरोना संक्रमण बढेपछि नवलपरासी सीमानाकामा उच्च सतर्कता

स्वास्थ्यसमाचार/कोरोना संक्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारी स्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि ‘एन्टिजेन’ परीक्षण गरिने छ । भारतलगायत विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि विशेष गरी सीमा क्षेत्रमा उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गर्न लागिएको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षण गर्ने निर्णय…

कोरोना सङ्क्रमणबाट एकको मृत्यु, थप १२१ सङ्क्रमित

स्वास्थ्यसमाचार/ कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको निधन भएको हो । मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो । यस्तै, आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्कनुभएको छ । यसैगरी, काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष ९आइसियु० र तीन जना भेन्टिलेटरमा उपचारत छन् । हालसम्म चार सय ४५ जना…

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट, सोमबार ७६ जनामा कोरोना पुष्टि

स्वास्थ्यसमाचार/ नेपालमा अहिले ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ । यसमा पछिल्लो पटक भेटिएको एक्सबीबी.१.१६ सबभन्दा धेरै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यसक्रममा पछिल्लो पटक भारतमा कोरोना संक्रमण फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ९ वटा सबभेरिएन्ट छन् । २४ नमुनामध्ये ९ वटामा ओमिक्रोन एक्सबीबी.१.१६ पुष्टि भएको मन्त्रालयले जनाएको छ । ओमिक्रोनकै दुई सबभेरियन्ट मिलेको बनेको यो यो निकै संक्रामक मानिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा। अभियान…