नसर्ने रोगहरूमा मुटु र क्यान्सरको प्रकोप बढिरहेको छ : डा देवकोटा

फेब्रुअरी ४ तारिखका दिन विश्व क्यान्सर सचेतना दिवस संसारभर मनाइन्छ। यो दिवस सन् २००० देखि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल(यू आईसीसी)को आह्वानमा मनाउन थालिएको हो।विश्व स्वास्थ्य संगठनले सन् २०२२ देखि २०२४ सम्मको नारा “क्लोज द केयर ग्याप” अर्थात ‘उपचारमा असमानता हटाऔं’ भन्ने तय गरेको थियो। नेपालले भने यस वर्ष नारालाई स्थानिय करण गर्दै “बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको” भन्ने बनाएको छ।विश्वका अधिकांश मुलुकको ६० प्रतिशत भन्दा बढी मृत्युको कारण नसर्ने रोगहरूले हुने गरेको तथ्याङ्क रहेको छ। नसर्ने रोगहरूमा मुटु र क्यान्सरको प्रकोप बढिरहेको छ।…

थाइराइड भनेको रोग होइन ग्रन्थी हो, गडवडी भएमा उपचार भने गर्नुपर्छ

थाइराइड कुनै जटिल रोग नभएपनि यसको गडवडी भएमा उपचार भने गर्नुपर्छ। नेपाल जस्तो खानामा आयोडिन उपलब्ध नहुने मुलुकमा २० प्रतिशत मानिसमा थाइराइडको समस्या रहेको छ। विशेषज्ञ डाक्टरको सल्लाहमा यदि यो ग्रन्थी घटेको (हाइपो) भए बढाउने र यदि बढी भएको (हाइपर) भए घटाउने औषधी लिए कुनै समस्या हुदैन। औषधीको सेवनपछि समय समयमा परीक्षण गरी डाक्टरको सल्लाहमा औषधी घटाउन वा बन्द गर्न पनि सकिन्छ।  थाइराइडको पहिचान लक्षण उपचार र चुनौतीबारे ह्याम्स अस्पतालमा कार्यरत मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा.विनय भट्टराईसँग गरिएको कुराकानी। के नेपालमा थाइराइडका बिरामी बढेका हुन ? नेपालमा हाइपोथाइराइड…

खानपिन र खराब जीवनशैली मुटुरोगको मुख्य कारण : डा .भगवान कोइराला

नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला। उनले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उनलाई साक्षात भगवान् नै मान्छन्। उनले नेपालमा मुटु रोगको उपचारलाई अत्यन्त विश्वसनीय र भरोसायोग्य बनाइदिएका कारण पनि आम नेपालीको उनीप्रति अत्यन्त विश्वास र श्रद्धा छ। उनमा विषयगत क्षमता मात्रै होइन, उच्च मानवीय भावना पनि छ। हालसम्म उनी आफैंले र आफ्नो प्रत्यक्ष निगरानीमा १४ हजारभन्दा बढी मुटुरोगीको शल्यक्रिया गरिसकेका छन् अर्थात् उनीहरुलाई नयाँ जीवन प्रदान गरेका छन्। केही समयअघि उनले हृदय नामक पुस्तक पनि बजारमा ल्याएका थिए, जुन पुस्तक सर्वाधिक बिक्री भएका…

साउन २१ देखी विमा उपचार सेवा बन्द गर्दै मिशन अस्पताल तानसेन

स्वास्थ्यसमाचार/युनाइटेड मिसन अस्पताल तानसेन पाल्पाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत हुने उपचार स्थगित गर्ने भएको छ। करोडौँ बक्यौता रकम नतिरेको भन्दै स्थागित गर्न लागेको हो। यही साउन २१ गतेदेखि यो कार्यक्रम स्थगित गर्न लागेको हो। १२ करोड ८३ लाख ४२ हजार ७७३ रुपैयाँ ८ पैसा बाँकी बक्यौता रहेको अस्पताल प्रशासक जीवन भट्टराईले बताए। उनका अनुसार विगत तीन वर्षदेखिको बाँकी बक्यौता रकम स्वास्थ्या बीमा बोर्डले दिएको छैन। करिब १९ करोड मध्ये गत असार मसान्तमा ५ करोड दिएको उनले बताए। ७ करोड बराबरको मूल्यांकन भएकोमा २ करोड ५ लाख बिल भरपाई अस्वीकृत गरी रकम…

प्रदेश र स्थानीय तहसंग संमन्वयकारी भूमिका निर्वाह गर्दै आएका छौं :गौरव ढकाल

प्रदेशकोे स्वाथ्य मन्त्रालय अन्र्तगत अहिले जिल्लामा स्वाथ्य कार्यालयहरु रहेका छन् ।साविक संघीयता पुर्व जिल्ला जनस्वाथ्य कार्यालय रहेकोमा अहिले प्रत्येक जिल्लामा ‘स्वाथ्य कार्यालय’ रहेका छन् । लुम्विनी प्रदेशको नीति तथा कार्यक्रम रुपन्देहीमा करिव डेढ बर्ष देखि स्वाथ्य कार्यालय रुपन्देहीको नेतृत्व संहालेका छन् बरिष्ठ जनस्वास्थ्य प्रशासक गौरव ढकालले स्वाथ्य कार्यालय रुपन्देहीमा गरेका कार्यहरु र पछिल्लो समयमा चर्को गर्मीको कारण आउन सक्ने समस्या र समाधानका उपायहरुको विषयमा गरिएको कुराकानी । स्वाथ्य कार्यालय रुपन्देहीले के कस्ता काम गरिरहेको छ ? -हामी जिल्लामा संमन्वयको काम गर्ने कार्यालय हौं । प्रदेशको स्वाथ्य मन्त्रालय अन्र्तगत जिल्लामा स्वाथ्य…

अटिजम भएकामा विलक्षण प्रतिभा पनि हुन्छ : डा. असिम श्रेष्ठ

संसारमा अटिजम र एटेन्सन डिफिसिट हाइपर एक्टिभ सिन्ड्रोमका (एडिएचएस) लक्षण भएका बालबच्चाको संख्या दिनप्रतिदिन बढिरहेको तथ्यांकहरू सार्वजनिक भएका छन् । नेपालमा पनि यसको संख्या बढ्दो नै छ । अमेरिकाको संस्था सेन्टर फर डिजिज कन्ट्रोलको अध्ययनअनुसार जन्मेका ५९ जना शिशुमध्ये एकजनामा अटिजमको समस्या हुन्छ । विश्वको एकदेखि दुई प्रतिशत मानिसमा अटिजम भएको अनुमान गरिएको छ । नेपालमा अटिजमको आधिकारिक तथ्यांक भने छैन । नेपालमा दुईदेखि साढे दुई लाख मानिसमा अटिजम भएको हुन सक्ने विज्ञहरूको अनुमान रहेको छ । चिकित्सकका अनुसार अटिजम जन्मजात हुने समस्या हो । स्नायु प्रणालीको विकासक्रममा हुने एक…

स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु :डा तोसिमा कार्की

दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहनुभएका डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तर पारेर उहाँ जनताबाट अनुमोदन हुनुभएको छ । पेशाले चिकित्सक उहाँको ध्यान सरकारमा रहेर स्वास्थ्य सेवा सुधार्नेतर्फ रहेको छ । त्यसैका लागि उहाँको पार्टी सरकारमा सहभागी भएको उहाँको धारणा छ । सरकारले पूर्णता पाउने तयारीमा…

मिर्गौलापीडित, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार

स्वास्थ्यसमाचार/ मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिस गरिरहेकाहरुका साथै सबै प्रकारका क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ औषधोपचार भत्ता उपलब्ध गराइने भएको छ । त्यसका लागि १ अर्ब ५० करोड छुट्याइएको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।यस्तै आधारतभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन पनि बजेटमा व्यवस्था गरिएको छ । ६५५ पालिकामा निर्माणाधीन आधारभूत अस्पताल निर्माण सम्पन्न गरिने भएको छ । यसका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माको भनाइ छ । जीर्ण अस्पताल भवन पुनर्निर्माणका लागि पनि रकम विनियोजन गरिएको…

रुपन्देहीमा माघभित्र १८बर्षमाथिका सबैलाई कोरोनाबिरुद्धको खोप : शर्मा

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हट स्पट’ बनेको रुपन्देही जिल्लामा आर्थिक भौतिक र मानबिय क्षति व्यहोर्नु प¥यो।रुपन्देहीमा हालसम्म रुपन्देहीमा ३२हजार १सय ४७को कोरोना परिक्षण गरिएकोमा २९ सय ३३ संक्रमित संक्रमित भए। जसमध्ये ९४ जनाको मृत्यु समेत भयो। कोभिड १९ का कारण रुपन्देहीको आर्थिक, सामाजिक, राजनैतिक लगायत हरेक क्षेत्र प्रभावित बन्यो। यसको रोकथाम तथा नियन्त्रण र नागरिकको स्वास्थ्य रक्षाका लागि सरकारले विभिन्न चरणमा स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर विविध गतिविधि सञ्चालन समेत गरेको थियो। कोरोना भाइरस विरुद्धको विभिन्न खोपहरु बनेपछि खोप अभियान सञ्चालन गरी कोभिड १९ नियन्त्रणको अभियानमा यतिबेला सरकार जुटिरहेको…

उपचार नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अब हुन्नः स्वास्थ्यमन्त्री खतिवडा

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ। अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ। कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्रा सरकारले सबै नागरिकलाई ‘बुष्टर डोज’ लगाउने तयारी गरेको छ। अहिले कुल जनसङ्ख्याको ३९ प्रतिशतलाई पहिलो र ३१ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकिएको छ । ‘बुष्टर डोज’ र ओमिक्रोन महामारी नियन्त्रणमा सरकार अहिले भइरहेको प्रयासबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग राससले लिएकाे अन्तर्वार्ताको सारांशः नेपालीलाई कोरोनाविरुद्ध ‘बुष्टर डोज’ आवश्यक छ कि छैन ? अतिरिक्त खोपले नै पुग्दैन…