महिलाको स्वास्थ्यका समस्या धेरैजसो अवस्थामा बाहिरबाट देखिँदैनन्। महिनावारी अनियमित हुनु, अत्यधिक रक्तस्राव, हर्मोनको असन्तुलन, गर्भधारणमा कठिनाइ, गर्भावस्थाका जटिलता तथा पाठेघरसम्बन्धी रोगले महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छन्। कतिपय महिला सामाजिक संकोचका कारण आफ्ना समस्या खुलेर भन्न सक्दैनन् भने कतिपयले सामान्य ठानेर लामो समयसम्म उपचार गराउँदैनन्। महिलाको स्वास्थ्यसँग जोडिएका यिनै संवेदनशील विषयको पहिचान, उपचार र परामर्श प्रसूति तथा स्त्रीरोग सेवाका महत्त्वपूर्ण पाटा हुन्। महिलाको जीवनका विभिन्न चरणमा देखिने स्वास्थ्य समस्याको उपचारमा विशेषज्ञता हासिल गरेकी चिकित्सक हुन्, डा. अनुपा थापा । उनी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञका…
प्रोफाइल
डा. कपिलमणि केसीको १५ वर्षे अनुभव : १० हजार शल्यक्रिया, ३५० जोर्नी प्रत्यारोपण
हिँड्दा घुँडा दुख्ने, उकालो–ओरालो गर्न नसक्ने, बस्न र उठ्नसमेत अरूको सहारा चाहिने अवस्था धेरैका लागि पीडादायी हुन्छ। उमेर बढ्दै जाँदा घुँडा वा हिपको जोर्नी खिइनु, पुरानो चोटका कारण जोर्नी बिग्रनु र दैनिक कामकाजमा कठिनाइ हुनु सामान्य समस्या हुन्। तर, जोर्नी खिइँदैमा जीवनभर दुखाइ सहेर बस्नुपर्छ भन्ने छैन। आवश्यक अवस्थामा गरिने जोर्नी प्रत्यारोपणले दुखाइ कम गर्न र दैनिक जीवन सहज बनाउन सहयोग पुर्याउँछ। नेपालमा पछिल्लो डेढ दशकमा हाडजोर्नी उपचार र जोर्नी प्रत्यारोपणको क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको छ। कुनै समय सीमित ठूला अस्पतालमा मात्रै उपलब्ध हुने जोर्नी प्रत्यारोपण सेवा अहिले देशका विभिन्न…
‘डिस्क देखिँदैमा अप्रेसन होइन, स्ट्रोकमा समय नै जीवन’ : डा. राजीव भण्डारी
गुल्मीको धुर्कोट गाउँमा हुर्किएका डा. राजीव भण्डारी अहिले दिनहुँ मानिसको मस्तिष्क, मेरुदण्ड र स्नायुसँग जोडिएका जटिल समस्या समाधान गर्न व्यस्त हुन्छन्। गाउँमा हुर्किँदा उनले चिकित्सक बन्छु भनेर सायदै सोचेका थिए। तर चिकित्सा अध्ययनपछि रोजेको न्युरोसर्जरीको क्षेत्रले उनलाई लुम्बिनी प्रदेशका बिरामीसँग जोड्यो। अहिले उनी लुम्बिनी प्रादेशिक अस्पतालमा वरिष्ठ न्युरो तथा स्पाइन सर्जनका रूपमा कार्यरत छन्। त्यहाँ न्युरोसर्जरी सेवा विस्तारमा पनि उनको महत्वपूर्ण भूमिका छ। मस्तिष्क, मेरुदण्ड र स्नायुमा हुने समस्या सामान्य टाउको दुखाइदेखि जटिल शल्यक्रियासम्म फैलिएको हुन्छ। मस्तिष्कघात, मिर्गी, मस्तिष्कको ट्युमर, टाउकोमा चोट, घाँटी तथा कम्मरको डिस्क र मेरुदण्डसम्बन्धी समस्या उनको…
भीरको बाटोदेखि अप्रेसन थिएटरसम्म : ४० हजार शल्यक्रिया गरेका डा. खनाल
गुल्मीको धुर्काेटमा जन्मेर हाल रुपन्देहीको तिलोत्तमा-२ निवासी कृष्ण खनालको उमेर ६८ टेक्न थाल्यो । २०३९ सालमा कर्णालीको कालिकोटस्थित फुकोट हेल्थपोष्टमा हेल्थ असिस्टेन्टबाट स्वास्थ्य सेवामा प्रवेश गरेका उनी कमाउँदै पढ्दै गरेर २०५० सालमा एमबीबीएस पास गरी ०५२ सालमा डाक्टरको रूपमा मुस्ताङबाट सेवा सुरु गरेका हुन् । २०६० सालमा सर्जनमा एमडी गरेका उनी २०६१ सालदेखि २०७६ सम्म पहिलेको लुम्बिनी अञ्चल अहिले प्रादेशिक अस्पतालमा सेवा गरेर निवृत्त हुन् । खनाल सरकारी सेवाबाट निवृत्त भए पनि निजी अस्पतालमा अहिले पनि पूर्णकालीन रूपमा सेवारत छन् । श्रीमती, एक छोरा र छोरीसहित चारै जना स्वास्थ्य सेवामा…
डा. सागरको अनुभव : आईसीयूको बेडमा लगातार तीन बिरामी गुमाउँदा आङै सिरिङ्ग भयो
बुटबल/आईसीयूको ढोका खुल्यो। पीपीईभित्र पसिनाले भिजेका चिकित्सक र नर्सहरू फेरि अर्को बिरामीतर्फ दौडिए। मोनिटरको आवाज तीव्र थियो, अक्सिजनको मात्रा घटिरहेको थियो र समय निकै कम थियो। कोभिड–१९ महामारीको त्यो दौरमा अस्पतालहरू कुनै युद्धभूमिका रूपमा परिणत भएका थिए। हरेक मिनेट कसैको जीवन र मृत्युको दोसाँधमा हुन्थ्यो। एउटा बिरामीको अवस्था सुधारिन नपाउँदै अर्को गम्भीर बिरामी अस्पतालको ढोकामा आइपुग्थ्यो। त्यही विषम परिस्थितिमा अग्रपंक्तिमा खटिएका एक पात्र हुन्, फिजिसियन डा. सागर पौडेल। आज उनी बुटवल हस्पिटल प्रा.लि.मा पूर्णकालीन कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत छन् र बिरामीहरूको जीवनरक्षामा दिनरात खटिरहेका छन्। तर, गुल्मीको रमणीय डाँडाकाखमा रहेको…
बिरामीलाई आफ्नै खुट्टामा हिँडाएर घर पठाउँदा सबैभन्दा ठूलो खुसी मिल्छ :डा. युधिष्ठि राज खड्का
अस्पतालको शल्यकक्ष बाहिर परिवारका सदस्यहरूको अनुहारमा चिन्ता स्पष्ट देखिन्छ। दुर्घटनामा गम्भीर घाइते भएर ल्याइएका कतिपय बिरामी हिँड्न सक्ने कि नसक्ने भन्ने अन्योलमा हुन्छन्। केही घण्टापछि शल्यक्रिया सफल भएको खबरसँगै परिवारको अनुहारमा मुस्कान फर्किन्छ। केही दिनपछि त्यही बिरामी आफ्नै खुट्टामा टेकेर अस्पतालबाट घर फर्किन्छ। यही क्षण डा. युधिष्ठि राज खड्काका लागि चिकित्सकीय जीवनको सबैभन्दा ठूलो पुरस्कार हो।“बिरामी फेरि सामान्य जीवनमा फर्किएको देख्नु, आफ्नै खुट्टामा हिँडेर घर गएको देख्नु र परिवारको अनुहारमा खुसी देख्नु नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो,“ उनी भन्छन्। लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कन्सल्टेन्ट अर्थोपेडिक स्पाइन सर्जनका रूपमा कार्यरत…
रुपन्देहीकै शानको प्रतीक बनेको छ– सिद्धार्थनगर सिटी अस्पताल
स्वास्थ्यसमाचार/ भाडाको घरबाट बिरामीको सेवा सुरु गरेका भैरहवाका युवा व्यवसायी अर्जुन पौडेलले १० वर्षपछि सुबिधा सम्पन्न सिद्धार्थनगर सिटी अस्पताल वनाउन सफल हुनुभएको छ। अहिले रुपन्देहीको सान सिटी अस्पतालका प्रबन्ध निर्देशक बन्नुभएको छ अर्जुन पौडेल। युवा भएकै कारण युवा जोश र जा“गरलाई आफ््नै माटोमा प्रयोग गर्दै त्यसको प्रतिफलमा भैरहवाकै शानको प्रतीकका रुपमा बनाईएको छ सिद्धार्थनगर सिटी अस्पताललाई । पौडेलले लगायत भैरहवाका प्रतिष्ठित उद्योगपति ब्यापारीको संयुक्त लगानीमा मायादेवी गाउँपालिका ८ मा करिब ८० करोडको लगानीमा अस्पताल बनाईएको छ । जनस्वास्थ्य क्षेत्रकैै विद्यार्थी भएको कारणले पनि आफ्नो जन्मस्थानमा स्वास्थ्य उपचारका क्षेत्रमा केही गर्नुपर्छ…




