बाजेको गुन्द्री फ्याँकिदिने डाक्टर : डा.शम्भु खनाल

बाजेको गुन्द्री फ्याँकिदिने डाक्टर हल्का आँखा राता छन् । निद्रा नपुगेको छर्लङै अनुहारमा देख्न सकिन्छ । आँखा टल्पल पनि छन् । धेरै दिनको थकानले शरीर गलेको देखिन्छ । इस्टकोट धुने ब्यबस्था मिलेको देखिन्न । आँसु जसोतसो थामिएका छन् । खस्दा होलान् कतै एउटा कुनामा । सबैको सामु खस्न मर्द हुनुको मर्यादाले नदिएको होला । मनको बेग त आँखामा झल्किन्छन् नै । भाद्गाउँले टोपीमा दुइटा खुकुरीका बुट्टा एक आपसमा क्रस गरेका छन् । ती कुदिएका खुकुरीका चित्रले जिन्दगीका बिभिन्न परिबन्धको निर्णय जस्तै संकेत गर्न खोजेको प्रतित हुन्छ । निर्दोष चेहरा, शान्त…

बुटवलका बासिन्दा लाई रगतसम्बन्धी सबै सेवा नि:शुल्क

स्वास्थ्यसमाचार/ बुटवलका बासिन्दाका लागि रगत सम्बन्धी सबै सेवा निशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासका बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बुटवल उपमहानगर र रेडक्रस सोसाइटीका बीचमा आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरु सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रमहरु…

स्वास्थ्यमा सुधार आएपछि नगर प्रमुख पाण्डेयअस्पतालबाट डिस्चार्ज

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। निमोनियाका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएका पाण्डेय आईतबार अस्पतालबाट डिस्चार्ज भएका हुन्। डिस्चार्ज भएपछि पाण्डेयले उपचारमा संलग्न चिकित्सक डा नन्दु पाठकलगायतका स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, सुरक्षागार्ड, सरसफाईकर्मीलाई धन्यवाद दिएका छन्। पाण्डेयले सरकारी अस्पतालको सेवासुविधामा अझै सुधार गर्दै आमनागरिकको स्वास्थ्य सुरक्षाप्रति गम्भीर हुनुपर्ने बताए। उनले बुटवलले नगरस्तरको स्वास्थ्य सेवामा सुधार ल्याउन २ वटा अस्पताल निर्माणको क्रममा रहेको र थप अस्पताल स्थापनाका लागि प्रयास भईरहेको बताए। बुटवलमा थप अस्पताल स्थापना हुदा विशिष्टिकृत सेवा सञ्चालनमा जोड दिने बताए।

लुम्बिनी प्रादेशिक अस्पतालमा कुष्ठरोगको बायोप्सी परीक्षण हुने

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ल्याप्रोसी को बायोप्सी परिक्षण हुने भएको छ। लुम्बिनी प्रदेश भित्रका सरकारी अस्पतालमा यो सेवा पहिलो भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले बताउनु भयो। आज अस्पतालमा फेयरमेड फाउन्डेसन नेपाल र ईन्द्रेणी ग्रामिण बिकास केन्द्रले ल्याप्रोसी को बायोप्सी परिक्षण गर्ने उपकरण हस्तान्तरण गरेपछि अस्पतालमा यो सेवा संञ्चालनमा आएको ढकालले बताउनु भयो। संस्थाले छालाको लागी बायोप्सी परिक्षण गर्ने उपकरण बायोप्सी नमुना कन्टेनर र माईक्रोस्कोप लगायका उपकरण हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक प्रदिप शाहले बताउनु भयो। साझेदारीमा संञ्चालित आधारभुत स्वास्थ्य परियोजना वाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपकरण…

लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक सम्म गाडी रोक्न निषेध

स्वास्थ्यसमाचार/ बुटवलको अस्पताल लाईन क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरुसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले बुटवल नगरलाई सफा र सुन्दर बनाउन तथा भीडभाड कम गर्दै ट्राफिक व्यवस्थापन गर्न बुटवलका व्यस्त चोक तथा अत्यावश्यक सेवा क्षेत्र आसपासमा भीड कम गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले बुटवलका मुख्य सडकहरुको पार्किङ व्यवस्थापन गर्ने, राजमार्ग क्षेत्रमा रहेका टिकट काउण्टरहरु एकीकृत गरी बसपार्कभित्रै व्यवस्थापन गर्ने, लामो…

लुम्बिनी प्रादेशिक अस्पतालमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्स सुभारम्भ

स्वास्थ्य समाचार/ यस क्षेत्रको पुरानो र ठुलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्सको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट विनियोजित १ करोड बजेटबाट ए ग्रेडको आईसियुसहितको सुविधा सम्पन्न एम्बुलेन्सको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले शुभारम्भ गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य सचिब डा. देवकोटाले ए ग्रेडको एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि ट्रान्सफरटेशन मात्रै नभएर उपचार समेत प्राप्त हुने वताउनु भयो।ए ग्रेडको आईसियुसहित एक जना मेडिकल अधिकृत र एकजना स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्सभित्रै बिरामीले स्वास्थ्य सेवा पाउँने भएकाले सरकारी अस्पतालमा…