स्वस्थ नागरिक, समृद्ध तिलोत्तमा:आयुर्वेदले पाएको स्थानीय प्राथमिकता

स्वास्थ्यसमाचार/६१ बर्षिय हुम कुमारी रायमाझीको स्थायी घर गुल्मी हो । बर्षौ देखि ढाड दुख्ने समस्या झेल्दै आएकी उनले त्यहाँबाट उपचारको लागि रुपन्देही आईन् । छोरीको घरमा बसेर उनले आयुर्वेदिक उपचारमा लागिन्, निको भएपनि उनी दङ्ग छिन् ।

रुपन्देहीको करहिया आयुर्वेद स्वास्थ्य केन्द्र मा उपचार पछि उनि पूर्णरुपमा निको भएकी छिन् । उनि भन्छिन–‘ढाड दुख्ने, हिँड्डुल नै गर्न नसक्ने अवस्था थियो, तर यहाँ आएर उपचार गरेपछि निको भयो ।

उनि जस्तै रुपन्देहीको देवदह पालिकाका ५५ बर्षिय माया राम चौधरी लामो समय देखि घुँडा दुख्ने समस्या बाट ग्रसित थिए । विभिन्न प्रकृतिको उपचार गरेपनि निको नभएको कारण उनले करिया मा रहेको आयुर्वेद स्वाथ्य केन्द्रमा उपचार आएर उपचार गरे । सुरुवाती दिनमा ७ दिन र अर्को पटक ७ दिन गरी १४ दिनको कोर्स पुरा गरेपछि उनि दिर्घकालीन समस्या बाट समेत मुक्त भए ।

तिलोत्तमा नगरपालिका ११ का स्थानीय ५५ बर्षिय ओम प्रकाश भट्टराई खुट्टाको जोर्नी दुखेको र वाथ रोग बाट प्रताडित थिए । लामो समय देखि अन्य विविध उपचारमा लागेका उनि निको नभएपछि अन्तिममा आयुर्वदेद्धिक उपचारमा लागेका थिए । अहिले उनि पूर्ण निको भएका छन् । उनि भन्छन–‘यसमा मलाई पुरा पुर विश्वास छ, जसले मलाई निको बनायो । ’

यी केही प्रतिनिधी उदाहरण मात्रै हुन । पछिल्लो समयमा एलोपेथिक उपचार बाट समेत निको नभएका विभिन्न विरामीहरुले आयुर्वेदिक चिकित्सा पद्धतिबाट उपचार गरी स्वाथ्य लाभ गरिरहेका छन् । रुपन्देहीका विभिन्न स्थानमा स्थापना भएका यी र यस्ता आयुर्वेदिक चिकित्सालयहरूमा पछिल्लो समयमा भारतबाट समेत उपचारको लागि आउने गरेको पाईन्छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विभिन्न स्थानमा आयुर्वेदिक केन्द्र, आरोग्य सेवा केन्द्र समेत सञ्चालनमा रहेका छन् । करहिया आयुर्वेद स्वाथ्य केन्द्रका प्रमुख प्रकाश ज्ञवालीका अनुसार तिलोत्तमा नगरपालिका अन्र्तगत आयुर्वेद केन्द्र १ वटा, नागरिक आरोग्य सेवा केन्द्र २ वटा वडामा सञ्चालन रहेका छन् । वडा नं ६ र वडा नं ८ सञ्चालमा रहेका छन् ।

यस्तै स्तनपाई केन्द्र ३ वटा वडामा सञ्चालनमा रहेका छन् । वडा नं४ वडा नं ८ र वडा नं ६ मा रहेका स्तनपाई केन्द्रमा पनि सेवा लिनेहरुको संख्या विस्तारै उकालो लाग्दै गएको छ ।केन्द्र, सेवा केन्द्र र स्तनपाई केन्द्रबाट बिरामी जाँच सेवा, जेष्ठ नागरिक सेवा, स्तनपाई सेवा पंञ्चकर्म सेवा अन्तरर्गत (पूर्व कर्म सेवा) कार्यक्रम सञ्चालनमा रहेको करहिया आयुर्वेद केन्द्रका प्रमुख ज्ञवालीको भनाई छ ।

तिलोत्तमा नरपालिकाको आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेर आयुर्वेदिक उपचार पद्धतीलाई अगाडी बढाएको छ । जसको लागि नगरपालिकाबाट २२ लाख बजेट समेत विनियोजन गरि कार्यान्वयनमा रहेको छ । यस्तै संघीय सरकारबाट ससर्तको कार्यक्रमको लागी ५ लाख र प्रदेश सरकारबाट १० लाख कार्यक्रम समेत आएको छ ।

एउटा आर्युदेद्धिक उपचार केन्द्रमा दैनिक ४० देखि ५० जना विरामी उपचारको लागि आउने गरेको पाईन्छ । बर्षमा एउटा केन्द्रमा ३ हजार ३ सय देखि ४ हजारको आसपासमा आउने गरेको तथ्यांकपालिकाको रहेको छ । गर्मीमा बिरामीको संख्या कमि र जाडोमा बढि हुने गरेको छ भने वालवालिका भन्दा जेष्ठ नागरिक तथा अन्य नागरिकहरु बढी आउने गरेको पाईन्छ ।

पालिकालेको स्वीकृत कार्यक्रम अनुसार यो बर्ष आयुर्वेद तर्फ नागरिक आरोग्य सेवा केन्द्र वडा नं ८, स्तनपाई कार्यक्रम वडा नं ६ र वडा नं ८ र स्वच्छ जीवनशैली भान्सा सुधार कार्यक्रम वडा नं ४ ,९ ,१०, ११,१२, १३, १५, १६, १७ गरि ९ स्थानमा सञ्चालन गरेको थियो ।जसबाट ६ सय ५८ जनाले सेवा लिएको छन् । तिलोत्तमा नगरपालिका वडा नं ३ ले सञ्चालन गरेको भान्सा सुधार कार्यक्रमबाट ८ सय बढीले सेवा लिएका छन् भने योगा सञ्चालन गरेको वडा नं ४ ५ ६ ७ मा २० दिन २४० जनाले सेवा लिएको छन् ।

पालिकाको आयुर्वेद घुम्ती शिबिर समेत सञ्चालन गर्दै आएको छ । वडा नं १३मा १३५ जनाले सेवा लिएका छन् । यस्तै नसर्ने रोग पहिचाहन सम्बन्धी १ महिने अभियान समेत पालिकाले सञ्चालन गर्दै आएको थियो ।आयुर्वेदमा वाथ, अम्लपित्त, पायल्श, पिनास लगायका बिरामी बढि मात्रमा सेवा लिनको लागि आउने गरेका छन् । पछिल्लो समयममा मधुमेह(सुगर) का बिरामीहरु बढि मात्रमा आउने गरेको पाईन्छ ।

औषधी २३ प्रकारका नेपाल सरकारले र १० प्रकारका नगरपालिकाले गरि ३३ प्रकारका औषधी निशुल्क रुपमा आयुर्वेद बाट प्राप्त हुँदै आएका छ । आयुर्वेद शिक्षा खासगरी स्वच्छ जिवन शैली अन्तरर्गत भान्सा सुधार कार्यक्रम प्रभाबकारी रुपमा अगाडी बढेको पालिकाले निस्कर्ष समेत निकालेको छ । बिरामीको उपचारमा २१ दिने कोर्ष हुने र अबस्था हेरीकन ७ –७ –७ गरि उपचार गर्ने गरिएको छ ।

तिलोत्तमा नगपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले आयुर्वेद जीवनशैली व्यवस्थापन अन्तरगत नागरिक आरोग्य, भान्सा सुधार साथै योग, ध्यान, साधना को माध्यम वाट आम नागरिकको जीवन शैलीलाई व्यवस्थित गर्न निरोगी नगर कार्यक्रम संचालनमा सञ्चालन गर्ने त्यसको लागी आबश्यक बजेट जनशक्ति उपलब्ध गराउनु पर्ने भएको नगरपालिका तयार रहेको बताउँछन् ।

नागरिकको पहुँचमा आयुर्वेद सेवा पुर्याउन अहिले सञ्चालन नभएका वडामा नागरिक आरोग्य क्लिनिक सञ्चालन लाइ निरन्तरता दिने वताए। नगरपालिकामा आयुर्वेद सेवा संगसंगै वैकल्पिक सेवाका प्राकृतिक चिकित्सा, एक्युपङ्चर सेवा, होमियोपेथी सेवा विस्तारका लागी आवश्यक प्रकृया वडा नागरिकहरुलाई स्वच्छ बनाउने नगर प्रमुख खाँणले बताए ।

नगरपालिकाले लिएको “स्वस्थ नागरिक सम्बृद्ध तिलोत्तमा“ भन्ने नारालाई सार्थक बनाउन निरन्तर लागेको समते उहाको भनाई छ।

सम्बन्धित शिर्षक :