रास्वपाले टुंग्यायो मन्त्रीहरु, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्यसमाचार/ डा. तोषिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएकी छन् । ललितपुर ३ बाट प्रतिनिधीसभा विजयी भएकी उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट राज्यमन्त्री बन्न लागेकी हुन् । तर, सत्तारुढ गठबन्धनका दलहरुबीच भागवण्डा हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एमालेको भागमा परेपछि डा। कार्की राज्यमन्त्री बनेकी हुन् । उनले निर्वाचनमा हेविवेट उम्मेदवार निवर्तमान उर्जामन्त्री पम्फा भुसाललाई पराजित गरेकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्यमन्त्री लिँदा डा कार्की स्वास्थ्यमन्त्री बन्ने लाइनमा थिइन् । तर, सत्तारुढ गठबन्धनका दलहरुबीच भागवण्डा हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एमालेको भागमा परेपछि डा कार्की राज्यमन्त्री बनेकी हुन् । डा।…

को बन्छ स्वास्थ्य जनसंख्या मन्त्री डा.तोसिमा कि , डा.चन्दा कार्की ?

स्वास्थ्यसमाचार /राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वास्थयमन्त्रीको लागि दुई जनाको नाम चर्चामा छ । ललितपुर–३ बाट जितेकी डा तोसिमा कार्की र समानुपातिक सांसद डा चन्दा कार्कीले स्वास्थ्य मन्त्रालयमा आफ्नो दाबी पेश गरेका छन् । सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री छन् । उनले पार्टीभित्र छलफल गरेर नै सहमतिको आधारमा मन्त्री बनाउने वताएका छन। प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । यसको लागि आज उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ५ घण्टा लामो छलफल गरेका हुन। ओलीसँगको भेटमा प्रधानमन्त्री दाहालले मन्त्रालय भागबण्डाबारे करिब करिब सहमति जुटाएका छन् । प्रधानमन्त्रीनिकट…

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने

स्वास्थ्यसमाचार / रास्वपाले स्वास्थ्य तथा जनसंख्या पाउने पक्का भएको छ । प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । सोमबार एमाले अध्यक्ष ओलीको निवास, बालकोटमा भएको भेटपछि प्रधानमन्त्री प्रचण्ड सरकार विस्तारको विषय आजै टुंगिने बताएका छन् । उच्च स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रीको सहमति जुटेको छ । रास्वपाले गृह, शिक्षा, स्वास्थ्य र पर्यटन मन्त्रालयमा दाबी गरेको थियो । सुरुमा तीन मन्त्री र एक राज्यमन्त्री दिन शीर्ष नेताहरु तयार देखिएका थिए । तर सरकारमा सहभागी हुने दलहरु बढेपछि एक…

ललितपुर ३ बाट डा तोसिमा कार्की विजयी मन्त्री पम्फा भुसाल तेस्रो

स्वास्थ्यसमाचार/ (ललितपुर ३ बाट प्रतिनिधीसभा सदस्यमा राष्टिय स्वतन्त्र पार्टीकी उम्मेदवार युवा सर्जन डा तोसिमा कार्की भारी मतले विजयी भएकी छन् । बिहीबार विहान सम्पन्न मनगणनामा कार्की भारी मतान्तरले विजयी भएकी हुन् । उनले ३११३६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका अमृत खड्काले १२९६३ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी उम्मेदवार उर्जामन्त्री पम्फा भुसालले ८७६९ मत ल्याएकी छन् । उनी माओवादी केन्द्रकी सचिव समेत हुन् । मूलधारको राजनीतिमा हालै मात्र प्रवेश गरेकी तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रीय सदस्यसमेत हुन् । किष्ट मेडिकल कलेजबाट एमबीबीएस र…

सर्वोच्चको आदेश : डा तोसिमा कार्कीको उम्मेदवारी कायम हुने

स्वास्थ्यसमाचार/ ललितपुर(३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न अन्तरिम आदेश दिएको थियो । कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न…

डा.तोसिमा कार्कीको उम्मेदवारी आफ्नो खारेजविरुद्ध अदालत जाने

स्वास्थ्यसमाचार/ आफ्नो उम्मेद्धारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध डा तोसिमा कार्की अदालत जाने भएकी छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर क्षेत्र नं ३ बाट उम्मेद्धार बनेकी डा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य समेत हुन् । निर्वाचन आयोगले काउन्सिलको सदस्य पदलाई लाभको पद भनेर व्याख्या गर्दै डा कार्कीको उम्मेद्धारी खारेज गरिदिएको हो ।डा कार्कीले भने मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने जिकिर गरेकी छन् । उनले सो विषयमा न्याय क्षेत्रमा क्रियाशिल अधिवक्ताहरुसंग परामर्श गरेको र उम्मेद्धारी दिनु २५ दिन…