हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर विश्व स्तनपान सप्ताह (World Breastfeeding Week) मनाइन्छ। आमाको दूधलाई ‘शिशुको पहिलो खोप’ भनिन्छ, किनकि यसले नवजातलाई रोग प्रतिरोधात्मक शक्ति दिन्छ, रोगबाट जोगाउँछ र दीर्घकालीन रूपमा स्वस्थ जीवनको आधार तयार गर्छ। यस वर्ष पनि नेपालभर स्वास्थ्य संस्था, सामुदायिक समूह र मिडियामार्फत स्तनपानको महत्वबारे सचेतना फैलाउने अभियान सञ्चालन भइरहेको छ। आमाको दूध शिशुको पहिलो पोषण र सुरक्षा :जन्मेको पहिलो घण्टामै शिशुलाई स्तनपान गराउन सिफारिस गरिन्छ। यो पहिलो दूध, जस लाई कोलोस्ट्रम भनिन्छ, शिशुको शरीरको लागि प्राकृतिक खोप जस्तै हो। यसमा एन्टिबडी, प्रोटिन र आवश्यक…
अस्पताल
लुम्बिनी प्रदेशका प्रमुख अस्पतालहरूमा एन्टिरेबिज खोपको अभाव
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका प्रमुख सरकारी अस्पतालहरूमा ‘एन्टिरेबिज भ्याक्सिन’ विरुद्धको खोपको अभावले जनस्वास्थ्यमा संकट निम्तिएको छ। कुकुर, बाँदर, स्याल लगायतका जनावरले मानिसलाई टोकेको घटनामा दिइने यो भ्याक्सिन केही समयदेखि लुम्बिनी प्रदेश भरी नै नपाइने अवस्थामा पुगेको छ। बुटवलस्थित लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा राजेन्द्रकुमार गिरीका अनुसार, चालु आर्थिक वर्षमा नेपाल सरकारले लुम्बिनी प्रदेशका लागि ७० हजार ५ सय डोज (भाईल) को कोटा छुट्याए पनि अहिलेसम्म जम्मा ३३ हजार डोज मात्र प्राप्त भएको छ। बाँकी डोज नआउँदा अस्पतालहरूलाई आवश्यक खोप आपूर्ति गर्न नसकिएको उहाँले बताउनुभयो। हामीसँग अहिले आपतकालीन…
मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालको नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन
स्वास्थ्यसमाचार/ मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन बाँके-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेमा नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारकाे सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त भवनको बिहीबार एक भव्य समारोहका बीच मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नु भएको हाे । कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरवृद्धिमा विशेष ध्यान दिने बताउँदै यसलाई १५ शैयामा सीमित नराखी ५० शैयाको अस्पतालका रूपमा विकास गरिने स्पष्ट पार्नुभयो । मुख्यमन्त्री आचार्यले भन्नुभयो- ‘यसलाई १५ शैयामा…
२२ असारदेखि चिकित्सक संघको तीनदिने आन्दोलन : कार्यस्थल धर्नादेखि लाइसेन्स बुझाउनेसम्म
स्वास्थ्यसमाचार/उपभोक्ता अदालतबाट केही मुद्धाहरुमा अस्पताल तथा चिकित्सकलाई दोशी करार गर्दै क्षतिपूर्ति भराउने आदेश जारी भएपछि नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ । उसले धर्ना, आकस्मिक बाहेकका उपचार सेवा वन्द र चिकित्सक लाइसेन्स नै फिर्ता गर्ने सम्मको विरोधको कार्यक्रम अघि सारेको छ । आज बसेको संघको कार्यकारिणी समितिको आकस्मिक बैठकले विरोधका कार्यक्रमहरु अघि सारेको संघका महासचिव डा सञ्जीव तिवारीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । जस अनुसार संघका शाखा कार्यालयहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने, २२ असार आईतबार सम्पूर्ण चिकित्सकहरुद्धारा आ -आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने, सोमबार २३ असारका…
स्वास्थ्यमा बजेट: औषधि, उद्धार, रोग निवारणदेखि संरचना विकाससम्म
निःशुल्क औषधि र उपकरणका लागि १५ करोड स्वास्थ्यतर्फ निःशुल्क वितरण गरिने औषधिका लागि ३ करोड र उपकरणका लागि १२ करोड बजेट विनियोजन भएको छ । निःशुल्क हवाइ उद्धारलाई १० करोड उच्च मातृ तथा नवजात शिशु मृत्युदरलाई कम गर्न सुरक्षित मातृत्व अभियान अन्तर्गत निःशुल्क पूर्व प्रसुतीदेखि उत्तर प्रसुती सेवा प्याकेज, दुर्गम स्थानमा निःशुल्क हवाइ उद्धार सेवा कार्यक्रमका लागि रु १० करोड विनियोजन भएको छ । आत्महत्याको रोकथामलाई २ करोड बढ्दो मानसिक स्वास्थ्यको समस्या तथा आत्महत्याको रोकथाम र उपचारको लागि नागरिक आरोग्य कार्यक्रम, जीवनशैली परिवर्तन, योग शिविर सञ्चालन र मनोसामाजिक परामर्श लगायतका…
आगामी भदौबाट ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा आउँने
स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थ नगरपालिका—८ अन्नपूर्ण टोलमा १सय ५० शय्याको एडभान्स इन्टरनेशनल हस्पिटल प्रा.लि. सञ्चालनमा आउने भएको छ । अस्पतालका अध्यक्ष कमल भण्डारीले भदौं महिनाबाट सञ्चालनमा आउने एडभान्स अस्पतालले अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवा प्रदान गर्नेे जानकारी दिए । ३ अर्ब ९२ करोड रुपैयाँ लागतमा स्थापना भएको यो हस्पिटल १ विगाहा १४ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । सात तलाको अत्याधुनिक भवनबाट अस्पतालले सेवा प्रदान गर्नेछ । ‘अहिले स्ट्रक्चरको काम सकिएको छ, इन्टेरियरको काम गर्दैछौं,’ अध्यक्ष भण्डारीले भने, ‘इक्वीपमेन्ट भित्र्याउँदैंछौं । भदौंबाट लेटेष्ट टेक्नोलोजी बाट बिरामीलाई सेवा प्रवाह गर्ने लक्ष्य छ ।’ उनकाअनुसार अस्पतालले…
भैरहवाको एडभान्स इन्टरनेशनल हस्पिटलले माग्यो १९६ नर्स सहित ५७२ जनशक्ति
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा रहेको एडभान्स इन्टरनेशनल हस्पिटलले विभिन्न पदमा जनशक्ति माग गरेको छ। एक सय ५० बेडको अस्पताल सञ्चालन लागी ठूलो संख्यामा जनशक्ति माग गरेको हो। अस्पतालले १सय २ चिकित्सक १सय ९६ नर्स २० हेल्थ असिस्टेन्ट सहित अन्य कर्मचारी गरि ५सय ७२ जनालाई रोजगारीको अवसर सिर्जना गरेको छ। अस्पतालले निकालेको सूचना अनुसार कन्सलटेन्ट डाक्टरदेखि मेडिकल अफिसर नर्सिङ अधिकृत फार्मेसी देखि ल्याबसम्मका विभागमा जनशक्ति माग गरेको छ। एड्भान्स इन्टरनेसनल मल्टी स्पेसियालिटी हस्पिटल हुने अस्पतालले जनाएको छ । तीन अर्ब ७५ करोड रुपैयाँ लगानीमा अस्पताल सञ्चालनमा आउन लागेको हो । आउँदो…
निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने
स्वास्थ्यसमाचार/ श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन् । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ । मापदण्ड समेत अभाव देखिएकाले पाँच, १० तथा १५ शैय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पतालहरु सञ्चालनका मन्त्री पौडेलले सक्रियता देखाएका थिए । हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ । अब मापदण्डका आधारमा त्यस्ता…
राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या
स्वास्थ्यसमाचार/दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले ५० शय्याको अनुमति भए पनि १४४ शय्या सञ्चालन गरिरहेको छ । विक्रम संवत् २०६५ मा अस्पतालले ५० शय्याको अनुमति पाएको हो । तत्कालीन अवस्थामा बिरामीको चाप पनि न्यून हुने, सेवा पनि सीमित हुँदा त्यसले सेवा प्रवाहमा सहजता नै थियो । तर, बिरामीको चाप पनि बढेको र सेवा पनि थपिँदै जाँदा शय्या थप्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीले बताउनुभयो । “हाम्रो दरबन्दी ५० शय्याकै छ”, उहाँले भन्नुभयो, “तर, हामीले १४४ शय्याको सञ्चालन गरेका छौँ, यसले हामीलाई निकै भार थपेको छ ।” अहिले…
दुवै घुँडा प्रत्यारोपणपछि उठिन् पूर्ण कला, बुटवल हस्पिटलमा सफल उपचार
स्वास्थ्यसमाचार/ बुटवल हस्पिटल प्रा लि मा पहिलो पटक दुवै घुँडाको एकै पटक सफल प्रत्यारोपण भएको छ । वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर उत्सव रेग्मी नेतृत्वको टिमबाट दुवै खुट्टाको घुँडामा हुने जोर्नीको प्रत्यारोपण गरिएको हो । यस्तो शल्यक्रिया बुटवल क्षेत्रमा सम्भवत पहिलो पटक भएको डा रेग्मीको दावी छ । विश्व प्रशिद्ध अमेरिकन कम्पनी म्याक्सको कृतिम जोर्नीको प्रयोग गरी विग्रिएको जोर्नीलाई बिस्थापित गरी नयाँ जोर्नीको निर्माण गरिएको डाक्टरको भनाई छ । दरवार गाउपालिका गुल्मी स्थायी घर भई बुटवलको वेलवरियामा बस्दै आउनु भएकी ५३ वर्षिया पुर्ण कला सोमैको बुटवल हस्पिटल प्रा लि मा शल्यक्रिया…