स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल ले अस्पतालजन्य फोहर व्यवस्थापनलाई व्यवस्थित गर्दै त्यसबाट आम्दानी गर्ने नयाँ अभ्यास सुरु गरेको छ। अस्पताल प्रशासनका अनुसार फोहरको वर्गीकरण, पुनः प्रयोगयोग्य सामग्रीको व्यवस्थापन तथा वैज्ञानिक ढंगले संकलन प्रक्रियालाई प्रभावकारी बनाइएपछि अस्पताललाई मासिक करिब ७९ हजार रुपैयाँ आम्दानी हुन थालेको हो। अस्पतालका प्रशासन प्रमुख प्रेम गौतम ले अस्पतालमा उत्पादन हुने विभिन्न प्रकारका फोहरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्न थालेपछि आर्थिक लाभ समेत देखिन थालेको जानकारी दिए। उनका अनुसार प्लास्टिकजन्य सामग्री, खाली सलाइन बोतल, औषधिका कार्टुन, कागज, फलामजन्य सामग्री तथा अन्य पुनः प्रयोग गर्न सकिने वस्तु बिक्रीबाट अस्पतालले मासिक आम्दानी…
अस्पताल
लुम्बिनी प्रादेशिक अस्पतालको चमेनागृह टेन्डर खुला न्यूनतम ४२ लाख
स्वास्थ्यसमाचार/ लामो समयदेखि टेन्डर प्रक्रिया रोकिएको लुम्बिनी प्रादेशिक अस्पताल को चमेनागृह (क्यान्टिन) अन्ततः टेन्डर गरिएको छ । अस्पताल प्रशासनले नयाँ आर्थिक प्रस्तावसहित चमेनागृह सञ्चालनका लागि प्रक्रिया अघि बढाएको हो । अस्पताल स्रोतका अनुसार यसपटक चमेनागृहको न्यूनतम बोलकबोल रकम नै ४२ लाख रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ । हाल चमेनागृह वार्षिक करिब २५ लाख रुपैयाँमा सञ्चालन हुँदै आएको छ । अस्पतालमा दैनिक बिरामी, कुरुवा तथा सेवाग्राहीको अत्यधिक चाप रहने भएकाले चमेनागृह आर्थिक रूपमा आकर्षक मानिन्छ । अस्पतालका प्रशासन प्रमुख प्रेम गौतम ले लामो समयपछि प्रक्रिया अघि बढाइएको जानकारी दिँदै अस्पतालको…
भेरी अस्पतालको मेसु फेरिए : डा. नवीन आए, डा. निराजन फर्किए
स्वास्थ्यसमाचार/ भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. नविन दर्नाल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १७ गते उनलाई अस्पतालको नेतृत्व सम्हाल्ने गरी जिम्मेवारी दिएको हो। नवनियुक्त मेसु डा. दर्नालले आज प्रमुख मेसुको जिम्मेवारी सम्हाले तयारी गरेका छन्। डा. दर्नाल जनरल हेल्थ सर्भिसेस (जहेस) समूह अन्तर्गतका विशेषज्ञ हुन्। उनी गत महिना मात्रै स्वास्थ्य सेवाको ११औं तह (प्रमुख मेडिकल सुपरिटेन्डेन्ट) मा बढुवा भएका थिए। पदोन्नति लगत्तै मन्त्रालयले उनलाई भेरी अस्पतालको प्रशासनिक र चिकित्सकीय नेतृत्वको जिम्मेवारी सुम्पेको छ। यसअघि भेरी अस्पतालमा प्रमुख मेसुका रूपमा कार्यरत रहेका डा. निराजन सुवेदी…
रुपन्देहीमा २२६ क्लिनिक दर्ता, तर ६सय भन्दा बढी सञ्चालनको अनुमान: दर्ताबाहिरका क्लिनिक छन कहाँ?
स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लामा निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको दर्ता, सञ्चालन र अनुगमनको अवस्थाबारे विभिन्न निकायका तथ्याङ्कहरूबीच फरक–फरक विवरण सार्वजनिक भएका छन्।बुटवल, तिलोत्तमा र सिद्धार्थनगर क्षेत्रमा क्लिनिक तथा ल्याबको संख्या, दर्ता प्रक्रिया र अनुगमनको प्रभावकारिताबारे सम्बन्धित अधिकारीहरूले आ–आफ्नो तथ्य प्रस्तुत गर्दै अवस्था अझै व्यवस्थित हुन नसकेको बताएका छन्। बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेले बुटवल क्षेत्रमा हालसम्म ३० वटा क्लिनिक दर्ता भएको बताउनु भयो। उहाँले दर्ता भएका संस्थाहरूको सूची स्थानीय तहमा अद्यावधिक भए पनि सञ्चालनमा रहेका केही क्लिनिकहरू नियमित मापदण्डअनुसार नभएको अवस्था पनि देखिएको बताउनु भयो। त्यस्तै, तिलोत्तमा नगरपालिकाका स्वास्थ्य…
लुम्बिनी प्रादेशिक अस्पतालको १० वर्षे रणनीतिक मार्गचित्र (Roadmap): एक मार्गदर्शक रूपरेखा
पृष्ठभूमिः ऐतिहासिक विरासतदेखि प्रादेशिक गौरवसम्म आजभन्दा ११६ वर्ष अगाडि, जतिबेला चिकित्सा सेवा सामान्य नागरिकका लागि पहुँचभन्दा बाहिरको एउटा ‘मृगतृष्णा’ जस्तो थियो, त्यस्तो कठिन परिस्थितिमा विक्रम संवत् १९६७ मा ‘बुटवल अस्पताल’ को स्थापना भएको थियो। तत्कालीन पाल्ही, माझखण्ड र शिवराज खजहनी (हालका ४ जिल्ला) लाई समेट्ने पवित्र उद्देश्यले स्थापित यो संस्था विकासका विभिन्न उकाली–ओराली पार गर्दै २०२४ सालमा ५० शैयाको ‘अञ्चल अस्पताल’ मा रूपान्तरित भयो । संघीयताको कार्यान्वयनसँगै यसले ‘लुम्बिनी प्रादेशिक अस्पताल’ को नयाँ पहिचान प्राप्त गरेको छ । आज यो अस्पताल केवल एक उपचार केन्द्र मात्र होइन, बरु यस क्षेत्रको…
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो नखिच्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै अस्पताल तथा स्वास्थ्य संस्थाको पूर्व स्वीकृति बिना कुनै पनि प्रकारको फोटो वा भिडियो नखिच्न नखिचाउन आग्रह गरेको हो । मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ मा अनुमति बिना कसैको तस्बिर खिच्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले स्वास्थ्य संस्था परिसरमा सम्बन्धित निकायको स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न अनुरोध गरेको हो । मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा पछिल्लो समय केही व्यक्तिले अस्पताल परिसरमा स्वीकृति बिना…
१४ रोगविरुद्धको सुरक्षा कवच: खोपले बचाउँछ बालबालिकाको जीवन
नेपालको नियमित खोप कार्यक्रम बालबालिकाको जीवन रक्षा गर्ने सबैभन्दा प्रभावकारी, सुरक्षित र वैज्ञानिक उपायका रूपमा स्थापित भएको छ। यस कार्यक्रमअन्तर्गत देशभरका स्वास्थ्य संस्थामार्फत १४ प्रकारका गम्भीर तथा ज्यान जोखिममा पार्ने रोगविरुद्ध निःशुल्क खोप प्रदान गरिँदै आएको छ। खोपले बालबालिकाको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता विकास गराएर भविष्यमा हुन सक्ने संक्रमण, अपाङ्गता तथा मृत्युबाट जोगाउँछ। त्यसैले खोपलाई “सुरक्षा कवच” भनेर चिनिन्छ। प्रारम्भिक अवधिः आधुनिक खोपको सुरुवात आधुनिक खोपको सुरुवात सन् १७९६ मा बेलायती चिकित्सक Edward Jenner ले गरेका थिए। उनले गाईमा लाग्ने “काउपक्स (cowpox)” रोग मानिसमा लगाउँदा चेचकबाट बच्न सकिने तथ्य…
बुटवलमै उपलब्ध छ हातसम्बन्धी जटिल रोगको विशेषज्ञ उपचार सेवा
स्वास्थ्यसमाचार / केही वर्षअघिसम्म दुर्घटना, चोटपटक वा जन्मजात समस्याका कारण हातखुट्टामा गम्भीर समस्या देखिएका बिरामीका लागि उपचार निकै कठिन थियो । हात भाँचिने, नसाहरू चुँडिने, औँलाहरू नचल्ने वा एकआपसमा जोडिने समस्या भए बिरामीले आजीवन त्यही पीडा बोकेर बाँच्नुपर्ने अवस्था थियो । धेरैजसो बिरामीलाई उपचारका लागि काठमाडौं वा भारतसम्म पुग्नुपर्ने बाध्यता थियो । तर अहिले बुटवलमै हातसम्बन्धी जटिल रोगको आधुनिक उपचार सेवा सुरु भएको छ । बुटवलमा हात तथा माथिल्लो अङ्ग शल्यक्रियाको विशेषज्ञ सेवा उपलव्ध छ । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल प्रालि र अन्य केही अस्पतालहरुमा यो सेवा सुरु भएको…
अस्पतालबाट नीतिको टेबलसम्मः नर्स नेतृत्वले बदल्छ स्वास्थ्य प्रणाली?
“बिरामीको पीडा हामीले नजिकबाट देखेका छौँ, तर हाम्रो आवाज नीतिमा पुग्दैन।” एक सरकारी अस्पतालमा कार्यरत नर्सको यो भनाइ अहिले नेपालको स्वास्थ्य क्षेत्रको यथार्थ चित्र बनेको छ। सेवा प्रवाहको पहिलो पंक्तिमा रहेर दिनरात खटिने नर्सहरूको नेतृत्वगर्ने एक नर्स अहिले देशको स्वास्थ्यमा नेतृत्व गरेकी छन। उनी हिजो अधिकार खोज्न सडक देखी प्रशासन सम्म धाउनु पर्दथ्यो तर अहिले उनी सेवा सुविधा वृद्धिमा सीमित छैन, समग्र स्वास्थ्य प्रणाली सुधारको लागी आबश्यक निति नियम कानुन बनाउने ठाउमा पुगेकी छन। नेपालको स्वास्थ्य सेवा प्रणाली लामो समयदेखि संरचनागत कमजोरी, स्रोत अभाव र व्यवस्थापनको कमजोरीका कारण चुनौतीपूर्ण अवस्थामा…
सम्झौता अनुसार नर्सहरूलाई तलब दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत कात्तिक १५ गते नर्सहरुसँग भएको सम्झौता कार्यान्यवन नभएको गुनासो आएको भन्दै उक्त सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ। मन्त्रालयले सूचना जनारी गर्दा नर्सहरूको तलब सेवा सुविधाको लागि गत कात्तिक १५ गते निजी मेडिकल कलेज तथा निजी अस्पतालहरुमा कार्यरत नर्सहरूलाई सम्झौतानुसार पारिश्रमिक नर्स तथा स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउने कार्य कार्यान्वयनको अन्तिम चरणमा रहेको समेत मन्त्रालयले जनाएको छ । साथै यस विषयमा नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी वा प्रशासनिक…


