बुटबल/आईसीयूको ढोका खुल्यो। पीपीईभित्र पसिनाले भिजेका चिकित्सक र नर्सहरू फेरि अर्को बिरामीतर्फ दौडिए। मोनिटरको आवाज तीव्र थियो, अक्सिजनको मात्रा घटिरहेको थियो र समय निकै कम थियो। कोभिड–१९ महामारीको त्यो दौरमा अस्पतालहरू कुनै युद्धभूमिका रूपमा परिणत भएका थिए। हरेक मिनेट कसैको जीवन र मृत्युको दोसाँधमा हुन्थ्यो। एउटा बिरामीको अवस्था सुधारिन नपाउँदै अर्को गम्भीर बिरामी अस्पतालको ढोकामा आइपुग्थ्यो। त्यही विषम परिस्थितिमा अग्रपंक्तिमा खटिएका एक पात्र हुन्, फिजिसियन डा. सागर पौडेल। आज उनी बुटवल हस्पिटल प्रा.लि.मा पूर्णकालीन कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत छन् र बिरामीहरूको जीवनरक्षामा दिनरात खटिरहेका छन्। तर, गुल्मीको रमणीय डाँडाकाखमा रहेको…

