बाँकेका नर्सहरु आन्दोलनमा : १५ बुँदे मागसहित काम ठप्प गर्ने घोषणा

स्वास्थ्यसमाचार/ नर्सहरुको छाता संगठन नेपाल नर्सिङ संघको केन्द्रीय कार्यक्रम अन्तर्गत बाँकेका नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् । तलबवृद्धि, जोखिम भत्ता, पेशागत सम्मान लगायतका १५ बुँदे मागसहित देशभरका नर्सहरु आन्दोलनमा छन् । नर्सिङ संघ बाँकेका अध्यक्ष शिला शर्माका अनुसार, केन्द्रीय कार्यक्रम अन्तर्गत बाँकेका नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज हातमा कालोपट्टी बाँधेर काम गरे । १२ गतेदेखि भने उनीहरुले आन्दोलनलाई थप सशक्त बनाउँदै २ घण्टा आकास्मिक बाहेकको सेवा ठप्प पार्ने घोषणा गरेका छन् । संघले सार्वजनिक सेवामा कार्यरत नर्सहरुका लागि सार्वजनिक बिदा, चाडपर्व र अन्य विशेष दिनहरुमा एक दिन…

भ्रष्टाचार भएको सुन्न नपरोस : स्वास्थ्य मन्त्री डा. सुधा शर्मा

स्वास्थ्यसमाचार/नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा गौतमले मन्त्रीको कार्यभार सम्हालेकी छन् । पदभार सम्हाल्दै मन्त्री गौतमले मन्त्रालयमा भ्रष्टाचार भएको सुन्न नपरोस भन्दै सेवाग्राहीलाई कुनै किसिमको दुख दिने काम भएको आफुले सुन्न नपरोस भनेकी छन् । उनले भनिन्- ‘जेनजी आन्दोलन भ्रष्टाचार बढेको र सुशासन नभएकोले भएको हो । कुनै पनि तहमा कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस । भ्रष्टाचार आर्थिक रुपमा हुन्छ र प्रशासनिक रुपमा हुन्छ । त्यो नहोस् ।’ उनले अहिले देशको मुहान सफा रहेको र अहिलेको अवस्थामा यो भन्दा राम्रो व्यक्ति देशले पाउन नसक्ने बताउदै आफुहरुले सकेसम्म राम्रो काम गर्ने बताएकी छन्…

लुम्बिनी प्रदेशमा छात्रवृत्ति करारका डाक्टरलाई बाहिर काम गर्न रोक

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले छात्रवृत्ति करारमा रहेका डाक्टरहरुलाई बाहिर काम गर्न नदिने भएको छ । छात्रवृत्तिमा सरकारी लगानीमा अध्ययन गरेर करारमा रहेका विशेषज्ञ डाक्टर सम्बन्धित ठाउँमा कम समय दिएर बाहिर काम गरेको गुनासो आएपछि सरकारले एक्सन थालेको लुम्बिनीका स्वास्थ्यमन्त्री खेम सारुले जनाएका छन् । ‘उहाँहरुका लागि सरकारले ठूलो लगानी गरेको छ, त्यसमाथि निश्चित तलब लिएर काममा खटाएको हो, पाएको तलब बराबरको सेवा त दिनुपर्यो नि, सबैतिरबाट यसको गुनासो आएपछि पहिलो चरणमा विशेषज्ञ क्षेत्रमा करारमा रहेका डक्टरबाट सुरु गरिएको छ’, उनले भने, ‘स्वास्थ्य मन्त्रालयको कार्यविधिमै टेकेर यो निर्णय गरिएको छ, यसको कार्यान्वयनका…

भिटामिन ‘ए’ : कात्तिक २०–२१ मा २७ लाख बालबालिकालाई खुवाइने

स्वास्थ्यसमाचार/ यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी २० र २१ कात्तिकमा सञ्चालन हुने भएको छ । नियमित तालिकामा यस वर्ष तिहार परेका कारण पहिलो चरणको कार्यक्रम २० र २१ कात्तिकमा तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाले दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य लिएको छ । यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने महाशाखाले जनाएको…

दक्ष जनशक्ति नहुँदा पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट बन्द

स्वास्थ्यसमाचार/दक्ष जनशक्ति नहुँदा पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट बन्द भएको छ । दक्ष जनशक्तिले अभाव र मर्मतसम्भारमा ध्यान नदिँदा अस्पतालमा साढे तीन वर्षअघि जोडिएको प्लान्ट एक वर्ष अघिदेखि प्रयोगविहीन भएको हो । कोरोनाको समयमा संघीय सरकारबाट बजेट विनियोजन भई निमार्ण भएको अक्सिजन प्लान्ट हाल बिग्रिएर थन्किएको छ ।२०७८भदौमा अक्सिजन प्लान्ट जडान गरिएको थियो ।संघीय सरकार अन्तर्गत अर्थ मन्त्रालयले २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । सरकारले स्वीकृत गरेको रकमबाट अक्सिजन उत्पादन गर्ने मेसिनहरु खरिद गरि प्लान्ट सञ्चालनमा ल्याइएको थियो । प्लान्टका लागि अस्पताल नजिकै…

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो ८महिनामा भएका मुख्य कार्यहरु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रालयले दोश्रो चौमासिकको अबधिमा गरेका मुख्य कार्यहरु सार्वजनिक गरेको छ ।स्वास्थ्यमन्त्री राजु खनालले पत्रकार सम्मेलन गरी बितेको ८ महिनामा भएका काम सार्वजनिक गर्नुभएको हो ।मन्त्री खनालले नीतिगत/सेवा प्रवाहमा भएका उपलब्धि, जनशक्ति व्यवस्थापन, बजेट खर्चको अवस्था, सञ्चालनको तयारीमा रहेका कार्यक्रमलगायतको बारेमा जानकारी गराउनु भयो। यो अवधिमा सिकलसेल थाल्सेमिया र हेमोफिलियाका बिरामीका परिवारहरुको लागि निःशुल्क बिमा कार्यक्रमको शुरुवात भएको, प्रदेशमा भएको सिकलसेल एनिमियाको समस्या समाधानको लागि बारबर्दियामा रहेको आरसी मेमोरियल अस्पताललाई प्रदेशस्तरीय सिकलसेल अस्पतालमा स्तरोन्नति अन्तिम चरणमा रहेको र त्यसका लागि आवश्यक बजेटसमेत स्थानीय तहमा हस्तारन्तरण भइसकेको र लमही अस्पतालमा…

नवनियुक्त स्वास्थ्य मन्त्री मोहन बस्नेतद्वारा पदभार ग्रहण

स्वास्थ्यसमाचार/ नवनियुक्त स्वास्थ्थ तथा जनसंख्या मन्त्री मोहन बस्नेतले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले मन्त्रालय पुगेर पदभार सम्हालेका हुन्। मन्त्री बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले स्वास्थ्यमन्त्री नियुक्त गरेका थिए। पदभार ग्रहणअघि मन्त्री बस्नेतलाई मन्त्रालयका कर्मचारीहरूले स्वागत गरेका छन्।

लुम्बिनीमा क्षयरोगी बढे: रुपन्देहीमा १७ सय र रुकुम पश्चिममा ५७ जना

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा क्षयरोगीहरुको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७८–०७९ मा प्रदेशमा ८ हजार ९० जना क्षयरोगी भेटिएका छन । प्रदेशमा प्रति एक लाख जनामा १५७ जनामा क्षयरोग देखिने गरेको तथ्यांक रहेको छ । २०७४।७५ मा कुल ६ हजार ५ सय ८६ जना र प्रति १ लाखमा १३४ जना, २०७५/७६ मा कुल ५ हजार ९ सय ८ड जना र प्रति एक लाखमा १२० जना, २०७६।७७ मा कुल ५ हजार ६ सय ६५ जना र प्रति एक लाखमा ११२ जना क्षयरोगी रहेका थिए । आर्थिक वर्ष २०७७/७८ मा कूल ५…

मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नछाप्न प्रेस काउन्सिलको आग्रह

स्वास्थ्य समाचार/ प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार नगर्नरनगराउन सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको छ । बिहीबार एक विज्ञप्तिमार्फत काउन्सिलले जनस्वास्थ्य प्रतिकूल हुनेखालका सामग्रीको प्रचार रोक्न सञ्चार माध्यमलाई सचेत गराएको हो । काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार भइरहेको भन्दै काउन्सिलको ध्यानाकर्षण भएको जनाइएको छ । ‘जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा ९१० मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तिजन्य…

दादुरा रोग परिचय नियन्त्रण र रोकथामका उपायहरु

परिचयः– दादुरा एक संक्रामक रोग हो जुन मिजल्स भाईरसको कारणले गर्दा हुन्छ । यो Virus para-myxo group अन्तर्गत पर्दछ । यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भए पनि ५ वर्ष मुनिका बालबालिकामा विशेष देखिन्छ, र निकै संक्रामक हुनाले छिट्टै महामारीको रुप लिन सक्छ । दादुरा रोगको सर्ने तरिकाः– दादुरा सामान्यतया प्रत्यक्ष सम्पर्क र हावामार्फत (air borne) सर्दछ । भाइरसले श्वासप्रश्वास नलीमा संक्रमण गर्छ त्यसपछि शरीरभरी फैलिन्छ । यो भाइरस मानिसमा मात्र सर्छ हाल सम्म अन्य जिबमा देखिएको छैन । दादुरा रोगको चिन्ह लक्षणहरुः– दादुराको पहिलो लक्षण उच्च ज्वरो…