स्वास्थ्यसमाचार/ सरकारले आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति तथा स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गर्दै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनको तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनका लागि विधेयक तयार भइसकेको छ । उक्त विधेयक मन्त्रिपरिषद्बाट पारित गराएर संसदमा लैजाने तयारी भइरहेको उनले बताएकी छन् । प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था राखिएको मन्त्री गौतमले जानकारी…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
भीरको बाटोदेखि अप्रेसन थिएटरसम्म : ४० हजार शल्यक्रिया गरेका डा. खनाल
गुल्मीको धुर्काेटमा जन्मेर हाल रुपन्देहीको तिलोत्तमा-२ निवासी कृष्ण खनालको उमेर ६८ टेक्न थाल्यो । २०३९ सालमा कर्णालीको कालिकोटस्थित फुकोट हेल्थपोष्टमा हेल्थ असिस्टेन्टबाट स्वास्थ्य सेवामा प्रवेश गरेका उनी कमाउँदै पढ्दै गरेर २०५० सालमा एमबीबीएस पास गरी ०५२ सालमा डाक्टरको रूपमा मुस्ताङबाट सेवा सुरु गरेका हुन् । २०६० सालमा सर्जनमा एमडी गरेका उनी २०६१ सालदेखि २०७६ सम्म पहिलेको लुम्बिनी अञ्चल अहिले प्रादेशिक अस्पतालमा सेवा गरेर निवृत्त हुन् । खनाल सरकारी सेवाबाट निवृत्त भए पनि निजी अस्पतालमा अहिले पनि पूर्णकालीन रूपमा सेवारत छन् । श्रीमती, एक छोरा र छोरीसहित चारै जना स्वास्थ्य सेवामा…
खोपका लागि केही मिनेटको धैर्य, बालबालिकाको सुरक्षित भविष्य
लुम्बिनी प्रादेशिक अस्पतालको खोप केन्द्रमा बिहान ९ बजेदेखि नै बालबालिकाको चहलपहल सुरु हुन्छ। बच्चाको रोदन सुनिन्छ। कोही आमाको काखमा छटपटाइरहेका हुन्छन्, कोही बुवाको हात समातेर आफ्नो पालो कुरिरहेका। कोही बच्चालाई फकाउँदै हुन्छन्, कोही हातमा बोकेको Vaccine Card हेर्दै खोपको मात्रा मिलाउँदै। त्यही भीडमा बच्चा समातेका एक अभिभावक भने अलि हतारमा देखिए। ‘मलाई हतार छ,’ उनले भने।‘के हतार छ ?’ भन्ने प्रश्नको जवाफमा उनले केही बताएनन्। उनको जवाफ थियो-‘हतार छ।’अस्पतालको मातृ तथा बाल स्वास्थ्य (MCH) सेवामा कार्यरत नर्सले उनलाई सम्झाइन्, ‘एकछिन पालो पर्खनुहोस् न ! बच्चाको भविष्यसँग जोडिएको खोप हो।’ त्यो…
सरकारी अस्पतालमा ‘सुलभ फार्मेसी’ कि अस्पताल फार्मेसी निर्देशिकाको प्रभावकारी कार्यान्वयन?
नेपालको स्वास्थ्य प्रणालीलाई गुणस्तरीय, सुरक्षित र बिरामी–केन्द्रित बनाउने लक्ष्यका साथ सरकारले विभिन्न नीति, ऐन, नियम र निर्देशिकाहरू जारी गर्दै आएको छ। यिनैमध्ये अस्पतालभित्र सञ्चालन हुने औषधि सेवालाई व्यवस्थित, वैज्ञानिक र उत्तरदायी बनाउन जारी गरिएको अस्पताल फार्मेसी निर्देशिका एउटा महत्वपूर्ण नीतिगत दस्तावेज हो। यसले अस्पताल फार्मेसीको संरचना, सञ्चालन प्रणाली, योग्य जनशक्ति, औषधि व्यवस्थापन, बिरामी परामर्श तथा औषधिको सुरक्षित र विवेकपूर्ण प्रयोगलाई संस्थागत गर्ने स्पष्ट मार्गनिर्देशन गरेको छ। तर विडम्बना, सरकारले आफैं जारी गरेको निर्देशिकालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुको सट्टा सरकारी अस्पतालहरूमा पुनः ‘सुलभ फार्मेसी’ जस्ता समान प्रकृतिका संरचना विस्तार गर्ने चर्चा…
नर्सिङ क्षेत्रमा बढ्दो चुनौती : सेवा, सम्मान र स्थायित्वको सङ्घर्ष
स्वास्थ्यसमाचार /रातको साढे दुई बजेको समय । अस्पतालको इमर्जेन्सी वार्डमा बिरामीको चिच्याहट, अक्सिजनको आवाज र नर्सहरूको हतारोको बीचमा नर्स सरिता (नाम परिवर्तन) अझै पनि मुस्कुराउँदै बिरामीको हात समाइरहेकी छन् । उनी भन्छिन्, “हामी १२ घण्टा सिफ्टमा उभिन्छौं, कहिलेकाहीँ त खाना खान पनि फुर्सद हुँदैन । तर हाम्रो सेवा देख्ने कोही छैन ।” यो कथन हजारौं नेपाली नर्सहरूको साझा आवाज हो – समर्पणले भरिएको, तर सम्मान र सुरक्षाको खोजीमा संघर्षरत आवाज । नर्सिङ क्षेत्र नेपालमा स्वास्थ्य सेवाको मेरुदण्ड हो । बिरामीको हेरचाहदेखि उपचार, परामर्श र पुनस्र्थापनासम्म, नर्सहरूको भूमिका अनिवार्य छ ।…
बाँकेका नर्सहरु आन्दोलनमा : १५ बुँदे मागसहित काम ठप्प गर्ने घोषणा
स्वास्थ्यसमाचार/ नर्सहरुको छाता संगठन नेपाल नर्सिङ संघको केन्द्रीय कार्यक्रम अन्तर्गत बाँकेका नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् । तलबवृद्धि, जोखिम भत्ता, पेशागत सम्मान लगायतका १५ बुँदे मागसहित देशभरका नर्सहरु आन्दोलनमा छन् । नर्सिङ संघ बाँकेका अध्यक्ष शिला शर्माका अनुसार, केन्द्रीय कार्यक्रम अन्तर्गत बाँकेका नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज हातमा कालोपट्टी बाँधेर काम गरे । १२ गतेदेखि भने उनीहरुले आन्दोलनलाई थप सशक्त बनाउँदै २ घण्टा आकास्मिक बाहेकको सेवा ठप्प पार्ने घोषणा गरेका छन् । संघले सार्वजनिक सेवामा कार्यरत नर्सहरुका लागि सार्वजनिक बिदा, चाडपर्व र अन्य विशेष दिनहरुमा एक दिन…
भ्रष्टाचार भएको सुन्न नपरोस : स्वास्थ्य मन्त्री डा. सुधा शर्मा
स्वास्थ्यसमाचार/नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा गौतमले मन्त्रीको कार्यभार सम्हालेकी छन् । पदभार सम्हाल्दै मन्त्री गौतमले मन्त्रालयमा भ्रष्टाचार भएको सुन्न नपरोस भन्दै सेवाग्राहीलाई कुनै किसिमको दुख दिने काम भएको आफुले सुन्न नपरोस भनेकी छन् । उनले भनिन्- ‘जेनजी आन्दोलन भ्रष्टाचार बढेको र सुशासन नभएकोले भएको हो । कुनै पनि तहमा कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस । भ्रष्टाचार आर्थिक रुपमा हुन्छ र प्रशासनिक रुपमा हुन्छ । त्यो नहोस् ।’ उनले अहिले देशको मुहान सफा रहेको र अहिलेको अवस्थामा यो भन्दा राम्रो व्यक्ति देशले पाउन नसक्ने बताउदै आफुहरुले सकेसम्म राम्रो काम गर्ने बताएकी छन्…
लुम्बिनी प्रदेशमा छात्रवृत्ति करारका डाक्टरलाई बाहिर काम गर्न रोक
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले छात्रवृत्ति करारमा रहेका डाक्टरहरुलाई बाहिर काम गर्न नदिने भएको छ । छात्रवृत्तिमा सरकारी लगानीमा अध्ययन गरेर करारमा रहेका विशेषज्ञ डाक्टर सम्बन्धित ठाउँमा कम समय दिएर बाहिर काम गरेको गुनासो आएपछि सरकारले एक्सन थालेको लुम्बिनीका स्वास्थ्यमन्त्री खेम सारुले जनाएका छन् । ‘उहाँहरुका लागि सरकारले ठूलो लगानी गरेको छ, त्यसमाथि निश्चित तलब लिएर काममा खटाएको हो, पाएको तलब बराबरको सेवा त दिनुपर्यो नि, सबैतिरबाट यसको गुनासो आएपछि पहिलो चरणमा विशेषज्ञ क्षेत्रमा करारमा रहेका डक्टरबाट सुरु गरिएको छ’, उनले भने, ‘स्वास्थ्य मन्त्रालयको कार्यविधिमै टेकेर यो निर्णय गरिएको छ, यसको कार्यान्वयनका…
भिटामिन ‘ए’ : कात्तिक २०–२१ मा २७ लाख बालबालिकालाई खुवाइने
स्वास्थ्यसमाचार/ यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी २० र २१ कात्तिकमा सञ्चालन हुने भएको छ । नियमित तालिकामा यस वर्ष तिहार परेका कारण पहिलो चरणको कार्यक्रम २० र २१ कात्तिकमा तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाले दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य लिएको छ । यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने महाशाखाले जनाएको…
दक्ष जनशक्ति नहुँदा पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट बन्द
स्वास्थ्यसमाचार/दक्ष जनशक्ति नहुँदा पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट बन्द भएको छ । दक्ष जनशक्तिले अभाव र मर्मतसम्भारमा ध्यान नदिँदा अस्पतालमा साढे तीन वर्षअघि जोडिएको प्लान्ट एक वर्ष अघिदेखि प्रयोगविहीन भएको हो । कोरोनाको समयमा संघीय सरकारबाट बजेट विनियोजन भई निमार्ण भएको अक्सिजन प्लान्ट हाल बिग्रिएर थन्किएको छ ।२०७८भदौमा अक्सिजन प्लान्ट जडान गरिएको थियो ।संघीय सरकार अन्तर्गत अर्थ मन्त्रालयले २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । सरकारले स्वीकृत गरेको रकमबाट अक्सिजन उत्पादन गर्ने मेसिनहरु खरिद गरि प्लान्ट सञ्चालनमा ल्याइएको थियो । प्लान्टका लागि अस्पताल नजिकै…


