स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले विभिन्न विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी पदका लागि करार सेवामा कर्मचारी पदपूर्तिको सूचना प्रकाशित गरेको छ। अस्पतालले कन्सल्टेन्ट मेडिकल जनरलिस्ट, कार्डियोलोजिस्ट, न्यूरो सर्जन, रेडियोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट, जनरल सर्जन, ग्यास्ट्रोएन्टेरोलोजिस्ट, अंको सर्जन, फिजियोथेरापिस्ट, मेडिकल रेकर्ड अधिकृत, रेडियोग्राफी टेक्नोलोजिस्ट, डाइटिसियन सुपरभाइजर, कम्प्युटर सब इन्जिनियर र मेडिकल रेकर्ड असिस्टेन्टलगायत पदमा आवेदन खुलाएको हो। इच्छुक योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित अस्पतालमा आवेदन दिन सक्नेछन्। आवेदन फाराम तथा विस्तृत जानकारी अस्पतालको आधिकारिक फेसबुक पेज र वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाइएको छ। यस्तो छ सुचना
लुम्बिनी प्रादेशिक अस्पताल
उद्घाटन पछि २ वर्ष थन्किएको सेतो रगत बनाउने मेसिन पुनः सञ्चालनमा आउने
स्वास्थ्यसमाचार/ रुपन्देही व्यापार संघले लुम्बिनी प्रादेशिक अस्पताललाई उपलब्ध गराएको करिब १ करोड ५८ लाख रुपैयाँ मूल्यको “सेतो रगत बनाउने मेसिन” (कम्पोनेन्ट सेन्ट्रीफ्युज) लगायक आबश्यक उपकरण दुई वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। अस्पतालले अब आगामी आर्थिक वर्षदेखि उक्त मेसिन सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष दया भण्डारीले दुई वर्षअघि ठूलो लगानीमा खरिद गरेर अस्पताललाई हस्तान्तरण गरिएको मेसिन उद्घाटनपछि प्रयोगमै नआएको बताउनु भयो। उहाँले “१ करोड ५८ लाख रुपैयाँमा किनेको मेसिन लगायक आबश्यक उपकरण उद्घाटन त भयो, तर त्यसपछि प्रयोग नभई थन्किएर राखिएको छ,” भन्नुभयो। दाताले…
रक्तसञ्चार केन्द्र मजबुत बनाई रगत अभाव हुन दिँदैनौं : मेसु डा. गौतम
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमले अस्पताललाई सबै नागरिकले भरोसा गर्न सक्ने बनाउने र आवश्यक सेवा विस्तार गर्ने योजना रहेको बताउँदै सरोकारवाला सबैसँग सहयोगको आग्रह गरेका छन्। नेपाल नियमित रक्तदाता संघ बुटवलद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्दै उनले अस्पतालको रक्तसञ्चार केन्द्रलाई व्यवस्थित बनाइ रगतको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले सरकारले अघि सारेको सुशासन, छिटो सेवा प्रवाह, प्रविधिमैत्री सेवा र योग्य व्यक्तिलाई जिम्मेवारी दिने नीतिअनुसार आफू अगाडि बढ्ने बताए। साथै, अस्पतालभित्र जनशक्ति व्यवस्थापन र आवश्यक सुधार गर्ने योजना पनि रहेको उनले उल्लेख गरे। कार्यक्रममा उपभोक्ता हित…
१४ रोगविरुद्धको सुरक्षा कवच: खोपले बचाउँछ बालबालिकाको जीवन
नेपालको नियमित खोप कार्यक्रम बालबालिकाको जीवन रक्षा गर्ने सबैभन्दा प्रभावकारी, सुरक्षित र वैज्ञानिक उपायका रूपमा स्थापित भएको छ। यस कार्यक्रमअन्तर्गत देशभरका स्वास्थ्य संस्थामार्फत १४ प्रकारका गम्भीर तथा ज्यान जोखिममा पार्ने रोगविरुद्ध निःशुल्क खोप प्रदान गरिँदै आएको छ। खोपले बालबालिकाको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता विकास गराएर भविष्यमा हुन सक्ने संक्रमण, अपाङ्गता तथा मृत्युबाट जोगाउँछ। त्यसैले खोपलाई “सुरक्षा कवच” भनेर चिनिन्छ। प्रारम्भिक अवधिः आधुनिक खोपको सुरुवात आधुनिक खोपको सुरुवात सन् १७९६ मा बेलायती चिकित्सक Edward Jenner ले गरेका थिए। उनले गाईमा लाग्ने “काउपक्स (cowpox)” रोग मानिसमा लगाउँदा चेचकबाट बच्न सकिने तथ्य…
वित्तीय संकटले लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माण प्रभावित
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित गरेको विकासको ठूलो रकम खर्च नै गर्न सकेको छैन । धेरै आयोजनाहरुमा काम नै अघि बढ्न सकेको छैन । चालु आर्थिक वर्षको ९ महिना पूरा हुँदासमेत ती योजनाको सम्झौता नभएकाले अब बाँकी समयमा प्रकृया पूरा गरेर अघि बढ्ने संभावना धेरै कम देखिएको छ । तर प्रदेशकै गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माणका लागि ठेकेदार कम्पनीसँग भएको पूर्वसहमतिअनुसार काम सकिएको रकम भुक्तानी दिन नसक्दा सरकारलाई ठूलो नोक्सानी परिरहेको छ । यो परियोजनाको ठेक्का पाएको कम्पनीले सम्झौताअनुसार…
लुम्बिनी प्रादेशिक अस्पताल लगातार उत्कृष्ट: एमएसएस मूल्याङ्कनमा पाँचौँपटक प्रथम
स्वास्थ्यसमाचार /रुपन्देही लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस)मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि सेकेण्डरी बी लेभल अस्पतालहरूको उक्त मूल्याङ्कनमा देशभरका अस्पतालहरूमध्ये सबैभन्दा बढी ९० अङ्क प्राप्त गर्दै प्रथम बन्न सफल भएको हो ।गतवर्ष पनि ८९ अङ्क पाएर पाएर प्रथम भएको थियो । त्यो भन्दाअघि ८० र ७६ अङ्क पाउँदा पनि प्रथम भएको अस्पतालका प्रशासन प्रमुख प्रेम गौतमले बताए । अस्पतालमा बुधवार आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति लगायतको बारेमा जानकारी गराइएको थियो । प्रदेश…
लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विशिष्टिकरण र प्रविधिमा फड्को
स्वास्थ्यसमाचार लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो एक वर्षमा सेवा विस्तार र प्रविधिको प्रयोगमा उल्लेखनीय प्रगति हासिल गरेको छ। मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार अस्पतालले बिरामीलाई सहज, छिटो र गुणस्तरीय सेवा दिन विभिन्न पूर्वाधार तथा प्रविधिगत सुधार गरेको हो। अस्पतालले प्रसूति तथा बालरोग भवनमा अत्याधुनिक चार वटा शल्यक्रिया कक्ष स्थापना गरेको छ भने १४ शय्याको पोस्ट अपरेटिभ र ८ शय्याको रिकभरी वार्डसहितको सुविधा सम्पन्न अपरेसन थियटर सञ्चालनमा ल्याएको छ। आकस्मिक कक्षमा बढ्दो बिरामी चापलाई मध्यनजर गर्दै ४५ शय्याको मेडिकल वार्डलाई स्तरोन्नति गरी ९० शय्यामा विस्तार गरिएको छ। प्रविधिको क्षेत्रमा पनि अस्पतालले…
लुम्बिनी प्रादेशिक अस्पतालले सुसाशनसहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको छ:स्वास्थ्य मन्त्री सारु
स्वास्थ्यसमाचार/ बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले लुम्बिनी प्रादेशिक अस्पताल ले सुसाशनसहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभएको छ। मन्त्री सारुले अस्पतालको ११६औँ वार्षिकोत्सवको अवसरमा वताउनुभयो, “अस्पतालले दीर्घकालीन प्रयास र समर्पित स्वास्थ्यकर्मीको योगदानमार्फत सेवा विस्तार गर्दै आएको छ।” उहाँले अस्पतालको भौतिक पूर्वाधारमा १२०० सैयाको नयाँ भवन निर्माण भइरहेको उल्लेख गर्दै भन्नुभयो कि यसले प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी सेवा विस्तारमा ठूलो भूमिका खेल्नेछ। जनशक्ति र आधुनिक उपकरणहरू पनि थप भइरहेको र लामो समयदेखि निर्माणमा रहेका अवरोधका बाबजुद एमआरआई सेवा सुरु गरिएको छ, जसले बिरामीहरूलाई…
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई सेवाको शुभारम्भ
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मा एमआरआई सेवाको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अस्पतालको ११६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उक्त सेवाको उद्घाटन गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो । सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको जनाइएको छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताललाई थप उचाइमा पु¥याउन प्रतिष्ठानको रूपमा विकास गर्ने गरी पहल भइरहेको बताउनुभयो । विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच…
१२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल भौतिक प्रगति ३९ प्रतिशत
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि बढाइरहेको छ । बुटवल उपमहानगरपालिका—६ बुटवलमा १२०० शय्याको बहुविशिष्टीकृत अस्पताललाई महत्वकांक्षी आयोजनाका रुपमा अगाडि बढाएर निर्माण सुरु भएको एक वर्ष भइसकेको छ । ७ अर्ब १५ करोड रुपैयाँ ठेक्का सम्झौता भई वि.सं. २०८१ पुसबाट ८ विगाहा ४ कठ्ठा ९ धुर जग्गामा निर्माण भइरहेको अस्पतालको एक वर्षमा भौतिक प्रगति ३८.५ प्रतिशत रहेको आयोजनाका साइट इन्चार्ज शंकर सुवेदीले जानकारी दिए । ‘अहिलेसम्म लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको भौतिक प्रगति ३८.५ प्रतिशत भएको छ,’ उनले भने, ‘वित्तिय प्रगति २७ प्रतिशत छ…
