बुटबल/जेन–जी आन्दोलन क्रममा भएको लुटपाट, तोडफोड र आगजनीबाट अशान्त बनेको जनजीवन सामान्य बन्दै गएको छ। भदौ २३ र २४ गते भएको आन्दोलनमा ७२ जनाको मृत्यु भयो। देशभर १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका भएका थिए। लुम्बिनीमा ३७ प्रहरी र २० प्रदर्शकारी घाइते भए।लुम्बिनी प्रदेशका तराई जिल्लाहरूमा पनि ठूलो भौतिक क्षति भएको छ। स्थानीय प्रशासन कार्यालयहरूले भौतिक क्षतिको विवरण संकलन गरिरहेका छन्। प्रहरीका अनुसार धेरैजसो जिल्लामा आइतबार बिहानसम्म कर्फ्यु र निषेधाज्ञा रहेकाले दिउँसो मात्र क्षतिको विवरण संकलन सुरू भएको छ। सोमबार अपराह्नसम्म पनि लुम्बिनीका सरकारी कार्यालय, प्रहरी चौकी,…