बुटवलका बासिन्दा लाई रगतसम्बन्धी सबै सेवा नि:शुल्क

स्वास्थ्यसमाचार/ बुटवलका बासिन्दाका लागि रगत सम्बन्धी सबै सेवा निशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासका बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बुटवल उपमहानगर र रेडक्रस सोसाइटीका बीचमा आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरु सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रमहरु…

बुटवलमा अक्सिजन सुविधासहितका २ स्वास्थ्य केन्द्रको निर्माण सुरु

स्वास्थ्यसमाचार/ बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्रको निर्माण शुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १७ को मोतीपूर र वडा नं. १३ को बेलबासमा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्रको निर्माण शुरु भएको हो । वडा नं १७ को मोतीपूरमा शुक्रबार एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य केन्द्रको शिलान्याश गर्नुभयो । स्वास्थ्य केन्द्र भवनको शिलान्याश गर्दै प्रमुख पाण्डेयले मोतीपूरको स्वास्थ्य केन्द्रले बुटवलका वडा नं. १७, १८ र १९ का वडाका बासिन्दाले लाभ लिने बताउनुभयो । उहाँले तिनाउ पूर्व र तिनाउ पश्चिमका बस्तीको समान विकासका लागि मोतीपूरमा…

स्वास्थ्यमा सुधार आएपछि नगर प्रमुख पाण्डेयअस्पतालबाट डिस्चार्ज

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। निमोनियाका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएका पाण्डेय आईतबार अस्पतालबाट डिस्चार्ज भएका हुन्। डिस्चार्ज भएपछि पाण्डेयले उपचारमा संलग्न चिकित्सक डा नन्दु पाठकलगायतका स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, सुरक्षागार्ड, सरसफाईकर्मीलाई धन्यवाद दिएका छन्। पाण्डेयले सरकारी अस्पतालको सेवासुविधामा अझै सुधार गर्दै आमनागरिकको स्वास्थ्य सुरक्षाप्रति गम्भीर हुनुपर्ने बताए। उनले बुटवलले नगरस्तरको स्वास्थ्य सेवामा सुधार ल्याउन २ वटा अस्पताल निर्माणको क्रममा रहेको र थप अस्पताल स्थापनाका लागि प्रयास भईरहेको बताए। बुटवलमा थप अस्पताल स्थापना हुदा विशिष्टिकृत सेवा सञ्चालनमा जोड दिने बताए।

लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक सम्म गाडी रोक्न निषेध

स्वास्थ्यसमाचार/ बुटवलको अस्पताल लाईन क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरुसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले बुटवल नगरलाई सफा र सुन्दर बनाउन तथा भीडभाड कम गर्दै ट्राफिक व्यवस्थापन गर्न बुटवलका व्यस्त चोक तथा अत्यावश्यक सेवा क्षेत्र आसपासमा भीड कम गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले बुटवलका मुख्य सडकहरुको पार्किङ व्यवस्थापन गर्ने, राजमार्ग क्षेत्रमा रहेका टिकट काउण्टरहरु एकीकृत गरी बसपार्कभित्रै व्यवस्थापन गर्ने, लामो…

बुटवलमा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

स्वास्थ्यसमाचार/ बुटवलमा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं १३ र १७ मा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको हो । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन १ करोड ५७ लाख लागत लाग्ने र ६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनुभयो । स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि यही मंसिर ९ मा टेण्डर स्वीकृत भएर निर्माणको प्रक्रिया अघि बढ्ने चरणमा रहेको पाण्डेले बताउनुभयो ।नगरप्रमुख खेलराज पाण्डेयको विशेष चासोका कारण यी…

आम्दालाई विशेषज्ञ जनशक्ति र विशिष्ट सेवा प्रदान गर्ने संस्था बनाईने

स्वास्थ्यसमाचार/ बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्थाका रुपमा विकसित गरिने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको संयुक्त साझेदारीमा सञ्चालित अस्पतालको २४ औं साधारण सभाको अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्थाका रुपमा विकास गर्ने बताउनुभयो । अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका पाण्डेयले महिला तथा बालबालिकाको उपचारका लागि प्रदेशस्तरको सुविधासम्पन्न अस्पताल र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको बताउनुभयो…

बुटवललाई स्वास्थ्य सुविधामा अब्बल बनाउने गरी काम गर्न नगर प्रमुखको स्वास्थ्यकर्मीलाई निर्देशन

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न नगर प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ । पालिकास्तरीय ०७८/०७९ को पोषण समीक्षा तथा कार्ययोजना कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य सुविधाका क्षेत्रमा अगुवा शहर बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले बुटवलमा कसैले पनि स्वास्थ्य उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना नहुने गरी कार्ययोजना बनाउने र त्यसैअनुसारले जनशक्ति परिचालन गर्न जोड दिइने बताउनुभयो । ‘हामीले बुटवलभित्रका बासिन्दाले उपचार अभाव भयो, औषधि अभाव भयो र समयमा उपचार गर्न पाइएन भन्ने अवस्था सिर्जना गर्नुहुन्न, उहाँले भन्नुभयो–अहिले हामीसँग…