स्वास्थ्यसमाचार/आगामी २२ माघ देखि सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियानका लागि पहिलो खेप खोप आइपुगेको छ । ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको यो खोपको पहिलो खेप ४ लाख ६० हजार ९४० भाइल खोप हिजो राती १०:३० बजे क्याथे प्यासेफिकको उडानबाट चीनबाट हङकङ हुँदै काठमाडौँ आईपुगेको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेलले यो अभियानका कुल लागि १७ लाख ७० हजार…
खोप
राष्ट्रिय खोप तालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप समावेश
स्वास्थ्यसमाचार/राष्ट्रिय खोप तालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी भ्याक्सिन’ समावेश गरिएको छ। एचपीभी खोपले पाठेघरको क्यान्सरबाट बचाउन सहयोग गर्छ। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ। सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो। ११ वटा रोगविरुद्धका खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपीभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइनेछ।राष्ट्रिय…
लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित तथा दिगाेपना घाेषणा
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गर्नु भएको हो । लुम्बिनी प्रदेशमा आर्थिक बर्ष २०८०र०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० शून्य डोजका र दुई हजार तीन सय ४३ खोप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खोजि गरेर पूर्ण खोप लगाइएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गरिएपछी…
पूर्ण खोप सुनिश्चितताको चरणमा लुम्बिनी
स्वास्थ्यसमाचार/ स्वास्थ्यका सबै सूचकमा पछि रहेको लुम्बिनी खोप पूर्ण खोप सुनिश्चित अग्रस्थानमा देखिएको छ । संघिय राजधानी रहेको बागमती प्रदेशले समेत पूर्ण खोप सुनिश्चित गर्ने नसकेको अबस्थामा लुम्बिनीले भने १२ जिल्ला सुनिश्चित गरिसकेको र अब प्रदेश पनि पूर्ण खोप सुनिश्चित गर्ने तयारीमा रहेको स्वास्थ्य सचिब डा.बासुदेव उपाध्यायले बताए । उहाँका अनुसार वडा पालिका लाई प्रदेशको स्वीकृत र प्रदेशलाई संघको स्विकृत चाहिने भएकोले त्यो प्रकृयामा गएको बताए । सचिब उपाध्यायले भने –‘प्रदेशको खोप समितिबाट स्वीकृतिका लागी पत्रचार भएकोले अब साउन महिना भित्र यो लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश बन्ने छ…
पश्चिम नवलपरासी पुर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा
स्वास्थ्यसमाचार/पश्चिम नवलपरासी आज पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकामा समावेश भएका सम्पूर्ण खोपहरू बालबालिकाले पाएपछि लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले नवलपरासीलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नुभएको हो । ५९ महिना सम्मका बालबालिकाले पाउनुपर्ने सबै प्रकारका खोप प्राप्त गरेको सुनिश्चितताको आधारमा पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । १५ महिना सम्मका ६ हजार ७ सय ४२ र १६ देखि ५९ महिना सम्मका २० हजार २ सय २६ बालबालिकालाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले बताउनुभयो । जिल्लाका…
बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा
स्वास्थ्यसमाचार/ बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा भएका छन्। पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड २०८० अनुसार बुटवलका १९ मध्ये १६ वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा भएका हुन्। सोमबार एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरे।कार्यक्रममा बोल्दै उनले आगामी वर्ष सबै वडाहरुलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त बनाउँदै नगरलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गर्ने बताए। उनले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय लगानी सहितको कार्यक्रम गरेका कारण पूर्ण संस्थागत प्रसुति…
पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा
स्वास्थ्यसमाचार / पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । पूर्ण खोपको मात्रा छुटेका बालबालिकाहरुलाई खोप प्रदान गरेसँगै नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो । रामपुरलाई घोषणा गरे संगै जिल्लाका १० वटै पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ । रामपुर नगरपालिकामा एक कार्यक्रम गरी जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाण पत्र हस्तान्तरण गरेको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, समितिका सदस्य सचिव डा .राजेन्द्र कुमार गिरीले रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापालाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गरी पूर्णखोप…
पाल्पाका नौं हजार बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाउने
स्वास्थ्यसमाचार/ पोलियो बिरुद्धको खोपबारे पाल्पाका संचारकर्मी तथा पत्रकारहरुलाई अभिमुखीकरण गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्रकुमार गिरीले पोलियो बिरुद्धको खोप अभियान प्रभावकारी बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । २०७२ जेठ महिनादेखि २०७५ भदौं महिनासम्म खोप अभावका कारण पाल्पाका नौं हजार बढी बालबालिका पोलियो बिरुद्धको खोप लगाउन छुटेका थिए । ती बालबालिकालाई अहिले खोप लगाउन लागिएको उहाँले जानकारी दिनुभयो । विगतमा छुटेका बालबालिकालाई खोप लगाउने उद्देश्यले यही जेठ १३ गतेदेखि २६ गतेसम्म पोलियो बिरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको डा. गिरीले जानकारी दिनुभयो । पाल्पामा नौं हजार…
रुपन्देहीका ७० हजार वालवालिका लाई आईपीभी खोप लगाइने
स्वास्थ्यसमाचार/रुपन्देहीमा जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको आईपी भी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत करिब ७० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार दुई चरणमा सञ्चालन हुने खोप अभियान अन्तर्गत जिल्लाका ६९ हजार ७ सय ६३ जना बालबालिकालाई आईपी भी खोप लगाइनेछ । २०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो । नेपालमा २०७३ जेष्ठ देखि २०७५ भाद्रसम्म आईपिभी खोपको अभाव भएको थियो । रुपन्देहीमा जेठ १३ देखि २३ गतेसम्म…
बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय इकाईबाट प्राप्त पत्रअनुसार नगर प्रमुख खेलराज पाण्डेयले बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरेका थिए। उनले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक काम भइरहेको बताए। यसअघि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले बुटवलले सबै सूचकहरु पूरा गरेर पूर्ण खोप सुनिश्चित भएको बताउँदै बुटवललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले समयमै सबै सूचकहरु पूरा गरेको र आगामी दिनमा पनि खोपको सुनिश्चित गर्ने बताइन्। पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता गरिएको…