बुटवलमै उपलब्ध छ हातसम्बन्धी जटिल रोगको विशेषज्ञ उपचार सेवा

स्वास्थ्यसमाचार / केही वर्षअघिसम्म दुर्घटना, चोटपटक वा जन्मजात समस्याका कारण हातखुट्टामा गम्भीर समस्या देखिएका बिरामीका लागि उपचार निकै कठिन थियो । हात भाँचिने, नसाहरू चुँडिने, औँलाहरू नचल्ने वा एकआपसमा जोडिने समस्या भए बिरामीले आजीवन त्यही पीडा बोकेर बाँच्नुपर्ने अवस्था थियो । धेरैजसो बिरामीलाई उपचारका लागि काठमाडौं वा भारतसम्म पुग्नुपर्ने बाध्यता थियो । तर अहिले बुटवलमै हातसम्बन्धी जटिल रोगको आधुनिक उपचार सेवा सुरु भएको छ । बुटवलमा हात तथा माथिल्लो अङ्ग शल्यक्रियाको विशेषज्ञ सेवा उपलव्ध छ । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल प्रालि र अन्य केही अस्पतालहरुमा यो सेवा सुरु भएको…

तिलोत्तमामा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिसहितको अल्ट्रासाउण्ड सेवा सुरु

स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमामा नेपालमै पहिलोपटक आधुनिक प्रविधिसहितको अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । डाक्टर राजेन्द्र खनालले नेपालमै पहिलोपटक तिलोत्तमाको, वडा नं ३ ड्राइभर टोलमा निदान अल्ट्रासाउन्ड डाइनेस्टीको एण्ड रिसर्च सेन्टर प्रालि अत्याधुनिक मेसिनसहितको अल्ट्रासाउन्ड सेवा संचालनमा ल्याएका हुन् । ‘आफूले जानेको क्षेत्रमा परिष्कृत प्रविधिबाट खासगरी मातृ शिशु रक्षाको लागि पेटभित्रै भएको बच्चाको स्वास्थ्य कस्तो छ, समग्र रूपमा महिलाको प्रजनन् स्वास्थ्यको अवस्था बुझ्न सामसुङ हेर जीको प्रयोग गर्न खोजिएको हो।’ उनले भने । अत्याधुनिक फाइभ डी अल्ट्रासाउन्ड मेसिनको प्रयोग नेपालमा पहिलो पटक भएको उनको भनाइ रहेको छ । ‘यो नयाँ प्रविधिको अत्याधुनिक…

वैदेशिक रोजगार स्वास्थ्य परीक्षण संस्थाहरूको नयाँ संघ गठन, सिन्डिकेटविरोधी अभियान घोषणा

स्वास्थ्यसमाचार/ वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण गर्दै आएका स्वास्थ्य संस्थाहरूले नयाँ संघ गठन गरी कार्यालय उद्घाटनसँगै नेपालीहरुको महानचरण पर्वको शुभकामना आदानप्रदान गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका उपाध्यक्ष रामहरि थापाले सिन्डिकेटको विरोधमा संघको स्थापना भएको उल्लेख गर्दै व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाए। उनले व्यवसायीलाई ढुक्क भएर व्यवसाय गर्न आग्रह गरे। त्यस्तै, सोमराज लिम्बू र नुरपति भण्डारीले स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघको साठगाठमार्फत मन्त्रालयमार्फत अनुगमन गराएर व्यवसायीलाई त्रसित पार्ने प्रयास भएको आरोप लगाए। उनीहरूले ‘सी’ ग्रेडमा उपलब्ध सामग्री र उपकरणमार्फतै वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न…

लुम्बिनी प्रादेशिक अस्पतालमा कुष्ठरोगको बायोप्सी परीक्षण हुने

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ल्याप्रोसी को बायोप्सी परिक्षण हुने भएको छ। लुम्बिनी प्रदेश भित्रका सरकारी अस्पतालमा यो सेवा पहिलो भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले बताउनु भयो। आज अस्पतालमा फेयरमेड फाउन्डेसन नेपाल र ईन्द्रेणी ग्रामिण बिकास केन्द्रले ल्याप्रोसी को बायोप्सी परिक्षण गर्ने उपकरण हस्तान्तरण गरेपछि अस्पतालमा यो सेवा संञ्चालनमा आएको ढकालले बताउनु भयो। संस्थाले छालाको लागी बायोप्सी परिक्षण गर्ने उपकरण बायोप्सी नमुना कन्टेनर र माईक्रोस्कोप लगायका उपकरण हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक प्रदिप शाहले बताउनु भयो। साझेदारीमा संञ्चालित आधारभुत स्वास्थ्य परियोजना वाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपकरण…