बिरामीको पीडा देखि मुस्कान सम्म : सीताको २८ वर्षे नर्सिङ यात्रा

अस्पतालमा बिरामीको चाप बढ्दै थियो। कोही पीडाले छटपटाइरहेका थिए, कोही आफन्तको अवस्थाले आत्तिएका। कसैलाई तत्काल उपचार चाहिएको थियो भने कसैलाई केही शब्दको ढाडस। त्यही भीडमा नर्स सीता खनाल (मरासिनी) आफ्नो जिम्मेवारीमा खटिइरहेकी थिइन्। बिरामीको अवस्था बुझ्ने, जीवनसूचक हेर्ने, चिकित्सकसँग समन्वय गर्ने, औषधि व्यवस्थापन गर्ने र परिवारलाई आवश्यक जानकारी दिने उनको नियमित जिम्मेवारी हो। तर झन्डै तीन दशक लामो सेवायात्रामा उनले बुझेकी छन्न-र्सिङको जिम्मेवारी यतिमै सकिँदैन।कहिलेकाहीँ बिरामीलाई औषधिभन्दा बढी आश्वासन चाहिन्छ। परिवारलाई उपचारभन्दा पहिले भरोसा चाहिन्छ। अनि कतिपय अवस्थामा नर्सको एउटा हँसिलो अनुहार र मीठो बोलीले पनि बिरामीको मनमा बाँच्ने आशा…

खोपका लागि केही मिनेटको धैर्य, बालबालिकाको सुरक्षित भविष्य

लुम्बिनी प्रादेशिक अस्पतालको खोप केन्द्रमा बिहान ९ बजेदेखि नै बालबालिकाको चहलपहल सुरु हुन्छ। बच्चाको रोदन सुनिन्छ। कोही आमाको काखमा छटपटाइरहेका हुन्छन्, कोही बुवाको हात समातेर आफ्नो पालो कुरिरहेका। कोही बच्चालाई फकाउँदै हुन्छन्, कोही हातमा बोकेको Vaccine Card हेर्दै खोपको मात्रा मिलाउँदै। त्यही भीडमा बच्चा समातेका एक अभिभावक भने अलि हतारमा देखिए। ‘मलाई हतार छ,’ उनले भने।‘के हतार छ ?’ भन्ने प्रश्नको जवाफमा उनले केही बताएनन्। उनको जवाफ थियो-‘हतार छ।’अस्पतालको मातृ तथा बाल स्वास्थ्य (MCH) सेवामा कार्यरत नर्सले उनलाई सम्झाइन्, ‘एकछिन पालो पर्खनुहोस् न ! बच्चाको भविष्यसँग जोडिएको खोप हो।’ त्यो…

लुम्बिनीमा अदृश्य महामारी: आधा नागरिक रोगको उच्च जोखिममा

लुम्बिनी प्रदेशमा नसर्ने रोग (नन्-कम्युनिकेबल डिजिजेज–एनसीडी) को भार डरलाग्दो गरी बढ्दै गएको पाइएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले हालै सार्वजनिक गरेको बृहत् स्वास्थ्य स्क्रिनिङ (परीक्षण) को तथ्याङ्कले प्रदेशमा नसर्ने रोगले ‘अदृश्य महामारी’ को रूप लिइरहेको देखाएको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर सञ्चालित अभियानअन्तर्गत हालसम्म ४ लाख ६६ हजार १ सय ९७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । कुल ५ लाख जनसंख्याको स्क्रिनिङ गर्ने लक्ष्य लिइएकोमा हालसम्म ९३.२४ प्रतिशत प्रगति भएको निर्देशनालयले जनाएको छ । परीक्षणको नतिजा विश्लेषण गर्दा सबैभन्दा डरलाग्दो अवस्था रक्तचापमा देखिएको छ । स्क्रिनिङ…

अन्तर्राष्ट्रिय नर्स दिवस : सेवाभावको उज्यालो, नर्सहरूको समर्पण र मानवताको सेवा यात्रा

हरेक वर्ष मे १२ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइन्छ। यो दिन केवल औपचारिक उत्सव मात्र होइन, यो त्यस्ता हातहरूको सम्मान हो जसले पीडा सम्हाल्छन्, आँसु पुछ्छन्, र जीवनलाई पुनः आशाको बाटोमा फर्काउँछन्। अस्पतालका सेता पोशाकभित्र लुकेको त्यो न्यानो मन, जसले बिरामीको नाडी छाम्दा केवल रोग होइन, पीडा र डर पनि महसुस गर्छ—त्यही नै नर्स हो। नर्स भन्नु केवल एउटा पेशा होइन, यो त मानवताको सबैभन्दा संवेदनशील रूप हो। जब संसारमा रोग, महामारी र संकट आउँछ, चिकित्सकसँगै अगाडि उभिने पहिलो पंक्तिका योद्धा नर्सहरू नै हुन्छन्। उनीहरू रातदिन नभनी बिरामीको…

भिटामिन ‘ए’ र जुकाको औषधि: किन अनिवार्य छ बालबालिकालाई ?

नेपालमा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान बालस्वास्थ्य संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण, प्रभावकारी र जीवनरक्षक कार्यक्रम हो। विशेषगरी ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिने यस अभियानले कुपोषण न्यूनीकरण, रोग प्रतिरोधात्मक क्षमता वृद्धि, तथा बालमृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। नेपालजस्तो विकासोन्मुख देशमा अझै पनि पोषणको कमी र सरसफाइसम्बन्धी समस्या विद्यमान भएकाले यस्तो कार्यक्रमको आवश्यकता अझ बढी देखिन्छ। भिटामिन ‘ए’ मानव शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हो, जसले आँखा, छाला र प्रतिरक्षा प्रणालीको सन्तुलन कायम राख्छ। यसको कमी…

नर्सिङ जनशक्तिको अभाव देखाएर २ दिनको बिदाबाट वञ्चित गर्न पाइँदैन : नर्सिङ संघ

नेपाल नर्सिङ संघले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा (शनिबार र आइतबार) लागू भइसकेकाले सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूलाई पनि सो बिदा सुनिश्चित गर्नुपर्ने माग गरेको छ। संघले नर्सिङ जनशक्तिको अभावलाई कारण देखाएर बिदाबाट वञ्चित गर्न नपाइने स्पष्ट पारेको छ। संघका महासचिव डा. देवका कुमारी आचार्य र अध्यक्ष एफ. चन्द्रकला शर्माद्वारा जारी विज्ञप्तिमा नर्सहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै २ दिनको बिदा आवश्यक रहेको उल्लेख छ। यदि सेवा सञ्चालनमा जनशक्ति अपुग भए वैकल्पिक व्यवस्थापन गरी सेवा र बिदाको सन्तुलन मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरिएको छ। नेपाल नर्सिङ…

स्वास्थ्य मौलिक हक भए पनि लाखौँ नागरिक अझै वञ्चित: सांसद बीके

स्वास्थ्यसमाचार/ प्रतिनिधि सभाको बैठकमा सांसद खिमा बीकेले स्वास्थ्य क्षेत्रका मौलिक चुनौतीहरूबारे गहिरो ध्यानाकर्षण गराइन्। उनले  संविधानले स्वास्थ्यलाई प्रत्येक नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरेको भए पनि व्यवहारमा लाखौँ नागरिक अझै स्वास्थ्य सेवा पहुँचबाट वञ्चित छन्। सांसद  बीकेले सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमाको व्यापक कार्यान्वयन आवश्यक रहेको औंल्याइन्। उनले न्यून तलबमा काम गरिरहेका स्वास्थ्यकर्मीहरूको सुरक्षा, वृत्ति विकास र मनोबल कायम राख्न सरकारले ठोस कदम चाल्नुपर्ने बताइन्। उनले बैठकमा मानसिक स्वास्थ्य, पूर्वाधारको अभाव, बिमा प्रणालीको प्रभावकारिता र खाद्य सुरक्षासम्मका विषयहरू उठाउँदै स्वास्थ्य प्रणाली सुधारका लागि ठोस रणनीति आवश्यक…

अस्पतालबाट नीतिको टेबलसम्मः नर्स नेतृत्वले बदल्छ स्वास्थ्य प्रणाली?

“बिरामीको पीडा हामीले नजिकबाट देखेका छौँ, तर हाम्रो आवाज नीतिमा पुग्दैन।” एक सरकारी अस्पतालमा कार्यरत नर्सको यो भनाइ अहिले नेपालको स्वास्थ्य क्षेत्रको यथार्थ चित्र बनेको छ। सेवा प्रवाहको पहिलो पंक्तिमा रहेर दिनरात खटिने नर्सहरूको नेतृत्वगर्ने एक नर्स अहिले देशको स्वास्थ्यमा नेतृत्व गरेकी छन। उनी हिजो अधिकार खोज्न सडक देखी प्रशासन सम्म धाउनु पर्दथ्यो तर अहिले उनी सेवा सुविधा वृद्धिमा सीमित छैन, समग्र स्वास्थ्य प्रणाली सुधारको लागी आबश्यक निति नियम कानुन बनाउने ठाउमा पुगेकी छन। नेपालको स्वास्थ्य सेवा प्रणाली लामो समयदेखि संरचनागत कमजोरी, स्रोत अभाव र व्यवस्थापनको कमजोरीका कारण चुनौतीपूर्ण अवस्थामा…

सम्झौता अनुसार नर्सहरूलाई तलब दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत कात्तिक १५ गते नर्सहरुसँग भएको सम्झौता कार्यान्यवन नभएको गुनासो आएको भन्दै उक्त सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ। मन्त्रालयले सूचना जनारी गर्दा नर्सहरूको तलब सेवा सुविधाको लागि गत कात्तिक १५ गते निजी मेडिकल कलेज तथा निजी अस्पतालहरुमा कार्यरत नर्सहरूलाई सम्झौतानुसार पारिश्रमिक नर्स तथा स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउने कार्य कार्यान्वयनको अन्तिम चरणमा रहेको समेत मन्त्रालयले जनाएको छ । साथै यस विषयमा नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी वा प्रशासनिक…

नर्सिङ आन्दोलनपछि तोकिएको तलब नपाए गुनासो दिन सांसद खिमाको आग्रह

स्वास्थ्यसमाचार/  रास्वपा बाट निर्वाचित तथा नर्स समेत रहेकी सांसद खिमा बिकले नर्सिङ आन्दोलनपछि तोकिएको तलब नपाएका स्वास्थ्यकर्मीलाई गुनासो दर्ता गर्न आग्रह गर्नु भएको छ । सांसद बिकले एक सूचना जारी गर्दै विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आन्दोलनपछिको सहमति अनुसार पारिश्रमिक नपाएको अवस्था भए सम्बन्धित विवरण उपलब्ध गराउन अनुरोध गर्नु भएको हो । उहाँले अस्पतालको नाम र स्थान उल्लेख गरी आफ्नो व्हाट्सएप नम्बर 9847884630 मा एसएमएसमार्फत जानकारी दिन आग्रह गर्नु भएको छ । सांसद बिकका अनुसार, बोन्डिङमा कार्यरत स्वास्थ्यकर्मीहरूले पनि यदि सेवा सुविधा नपाएको भए त्यसबारे जानकारी गराउन सक्नेछन्। प्राप्त विवरणका आधारमा…