स्वास्थ्यसाचार /सरकारी सरह तलब सुविधासहित विभिन्न १५ बुँदे माग राख्दै आन्दोलनरत नर्सका प्रतिनिधि र सरकारबीच सहमति भएको छ। शनिबार साँझ स्वास्थ्य मन्त्रालयमा नर्सहरूको माग सम्बोधन गर्न भएको वार्तामा सहमति भएको हो। वार्तामा गठित कार्यदलका सबै सदस्यले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। , तर आन्दोलनरत नर्सको प्रतिनिधि भनिएका ज्योति रानाभाटहरुको समूहले भने यसमा सहमति नगरी बाहिरिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निजी मेडिकल कलेजहरु र ठूला निजी अस्पतालले कात्तिक महिनादेखि नै पूर्ण रूपमा सरकारी पाँचौं तह अर्थात ३४,७३० रुपैयाँ तलब दिने सहमति भएको छ। अन्य निजी अस्पतालहरूले भने हाललाई…
नर्सिङ
नर्सहरूको आन्दोलन :अत्यावश्यक बाहेकका सेवा दुई घण्टा अवरुद्ध
स्वास्थ्यसमाचार/ निजी अस्पताल र नर्सिङ शिक्षण संस्थामा कार्यरत नर्सहरूले सरकारी स्तरको पारिश्रमिक र सेवा–सुविधा माग्दै बुधबार दुई घण्टा सेवा बन्द गरेर आन्दोलन गरेका छन्। नेपाल नर्सिङ संघको नेतृत्वमा सुरु गरिएको उक्त आन्दोलनमा देशभरका नर्सहरू सहभागी भएका छन्। संघको आह्वानमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा रोकिएका थिए। यस अवधिमा नर्सहरूले आफ्ना कार्यस्थलको प्रांगणमै भेला भएर नाराबाजीसहित प्रदर्शन गरेका थिए। नर्सहरूले सरकारलाई बुझाइएको १५ बुँदे मागपत्रमा नर्सिङ पेशाको सम्मान र सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ। उनीहरूको प्रमुख मागमा सरकारी सरह तलब–भत्ता, जोखिम भत्ता, अतिरिक्त सेवा वापत…
नर्सहरूको मागमा स्वास्थ्य सञ्जालको ऐक्यवद्धता
काठमाडौं, /निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा कार्यरत नर्स र स्वास्थ्यकर्मीहरूले उठाएका मागको समर्थनमा स्वास्थ्य क्षेत्रका ट्रेड युनियन र पेशागत संघसंस्थाहरूको संयुक्त सञ्जालले ऐक्यवद्धता जनाएको छ। नेपाल चिकित्सक संघमा मंगलबार बसेको बैठकले आन्दोलनरत नर्स र स्वास्थ्यकर्मीहरूको १५ बुँदे माग न्यायसंगत रहेको बताउँदै तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। नेपाल चिकित्सक संघका महासचिव डा. सन्जीव तिवारीका अनुसार बैठकमा स्वास्थ्यकर्मीको सेवा–सुविधा, तलब–भत्ता, सुरक्षा र उपभोक्ता संरक्षण ऐनका बाझिने दफा संशोधनबारे छलफल भएको हो। संयुक्त सञ्जालमा आबद्ध १५ वटा संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न, सुरक्षा सुनिश्चित गर्न र मन्त्रालयले…
लुम्बिनीका नर्सहरूको आन्दोलन : १२ देखि १८ कात्तिकसम्म २ घण्टा धर्ना
स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघ (Nursing Association of Nepal – NAN) ले देशभरका नर्सहरूको माग सम्बोधनका लागि सुरु गरेको आन्दोलनमा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरू पनि सहभागी भएका छन्। नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई समितिले जारी गरेको विज्ञप्तिमा संघले अघि सारेका मागहरूको समर्थनमा अस्पतालका सबै नर्सहरूले आन्दोलनका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल नर्सिङ संघ केन्द्रीय कार्यसमितिद्वारा घोषित आन्दोलनलाई पूर्ण समर्थन गर्दै मिति २०८२/७ /१२ देखि २०८२/७/१८ सम्म दिनको २ घण्टा (१० बजेदेखि १२ बजेसम्म) अति आवश्यक आपतकालीन सेवाबाहेकका अन्य कामहरूमा सहभागिता नहुने जानकारी गराउँछौं…
नर्सिङ कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न प्रचण्डको आग्रह
स्वास्थ्यसमाचार/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर आन्दोलनरत नर्सिङ सेवाका कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। उनले झन्डै डेढ लाख नर्सिङ कर्मचारीहरूले भोगिरहेको तोकिएको तलबमानभन्दा कम पारिश्रमिक, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको अत्यधिक कार्य-दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता गम्भीर समस्याहरूलाई सरकारको प्राथमिकतामा ल्याउनुपर्ने बताएका छन्। प्रचण्डले नर्सहरूको आन्दोलनलाई समर्थन गर्दै भनेका छन्, ‘नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन।’ उनका अनुसार नर्सहरूका जायज मागहरूलाई राज्यले तत्काल सम्बोधन…
बिभिन्न मागसहित लुम्बिनी प्रादेशिक अस्पतालका नर्स आन्दोलनमा
स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघको आह्वानमा देशभरका नर्सहरूले समान मागसहित आन्दोलन थालेका छन्। त्यसैअनुसार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरू पनि सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्। नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई समितिको नेतृत्वमा सुरु गरिएको आन्दोलनअन्तर्गत नर्सहरूले अस्पताल प्राङ्गणमै धर्ना दिएका छन्। आन्दोलनमा सहभागी नर्सहरूले ‘नर्सिङ पेशाको सम्मान गर’, ‘जोखिम भत्ता लागू गर’, ‘हाम्रो श्रमको मूल्य देऊ’ जस्ता प्लेकार्डसहित अस्पताल प्राङ्गणमा धर्ना दिएका छन्। उनीहरूले तलब वृद्धि, सुरक्षित कार्य वातावरण, पेशागत सम्मान र स्थायी नियुक्तिको माग अघि सारेका छन्। नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई समितिकी सचिव सीता खनालले माग…
युसीएमएसका स्वास्थ्यकर्मीको चीत्कार: मौनता होइन, श्रमको मूल्य देऊ
स्वास्थ्यसमाचार/ भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ तथा प्यारामेडिक्सको माग सम्बोधनमा प्रशासन उदासीन भएको बताएका छन्। कात्तिक २ गतेदेखि मेडिकल कलेज अगाडि शान्तिपूर्ण रूपमा धर्ना दिएर माग राख्दा पनि मेडिकल कलेज प्रशासनले मागको सुनुवाइ गर्न गैरजिम्मेवार भएको आन्दोलित नर्स तथा प्यारामेडिक्सहरूले गुनासो गरेका छन्। उनीहरूले सरकारले तोकेको मापदण्ड अनुसार तलब दिनुपर्ने, स्तरवृद्धि, श्रम ऐन र स्वास्थ्य मापदण्ड अनुसारको नियुक्ति, सुत्केरी बिदा, जोखिम भत्ता जस्ता सुविधाको माग गरेका छन्। कात्तिक २ गते अस्पताल प्रशासनलाई मागपत्र बुझाए पनि सुनुवाइ नभएपछि पुनः आइतबार थप १२ बुँदे माग…
बाँकेका नर्सहरु आन्दोलनमा : १५ बुँदे मागसहित काम ठप्प गर्ने घोषणा
स्वास्थ्यसमाचार/ नर्सहरुको छाता संगठन नेपाल नर्सिङ संघको केन्द्रीय कार्यक्रम अन्तर्गत बाँकेका नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् । तलबवृद्धि, जोखिम भत्ता, पेशागत सम्मान लगायतका १५ बुँदे मागसहित देशभरका नर्सहरु आन्दोलनमा छन् । नर्सिङ संघ बाँकेका अध्यक्ष शिला शर्माका अनुसार, केन्द्रीय कार्यक्रम अन्तर्गत बाँकेका नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज हातमा कालोपट्टी बाँधेर काम गरे । १२ गतेदेखि भने उनीहरुले आन्दोलनलाई थप सशक्त बनाउँदै २ घण्टा आकास्मिक बाहेकको सेवा ठप्प पार्ने घोषणा गरेका छन् । संघले सार्वजनिक सेवामा कार्यरत नर्सहरुका लागि सार्वजनिक बिदा, चाडपर्व र अन्य विशेष दिनहरुमा एक दिन…
नर्स र स्वास्थ्यकर्मीको आन्दोलनप्रति नेपाल विद्यार्थी संघको ऐक्यबद्धता
स्वास्थ्यसमाचार/ देशभर आन्दोलनरत सेवामूलक नर्स र स्वास्थ्यकर्मीहरूको पेशागत मर्यादा, श्रमको उचित सम्मान र तलब वृद्धि मागप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ऐक्यबद्धता जनाएको छ। नेविसंघले विज्ञप्ति जारी गर्दै नर्स तथा स्वास्थ्यकर्मीहरूले उठाएका माग न्यायोचित भएको बताउँदै सरकारलाई छिटो सम्बोधन गर्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “नेपालका शिक्षित युवाहरू बेरोजगारी, न्यून पारिश्रमिक र असमानताका कारण विदेशिन बाध्य छन्। यस्तो अवस्थामा नर्स र स्वास्थ्यकर्मीहरूले उचित तलब, सम्मान र सुविधा माग्नु स्वाभाविक हो।” संघका अध्यक्ष दुर्गा श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा हाल नर्सहरूको न्यूनतम पारिश्रमिक १७ हजार रुपैयाँ मात्र भएको उल्लेख गर्दै उक्त दर…
नर्स आन्दोलन तात्योः सरकारले बोलायो सर्वपक्षीय छलफल, निर्णायक निर्णय आइतबार
स्वास्थ्यसमाचार/न्यून तलब भत्ताबाट काम गर्नुपरेको भन्दै देशभरका विभिन्न अस्पतालमा आन्दोलनरत नर्सहरूको मागका विषयमा छलफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सरोकारवाला पक्षहरूको रूपमा आन्दोलनरत नर्सका प्रतिनिधिहरू, नेपाल नर्सिङ सङ्घका प्रतिनिधि, निजी मेडिकल तथा डेन्टल कलेज सङ्घका प्रतिनिधि, जेनजी प्रतिनिधि चिकित्सा शिक्षा आयोगका प्रतिनिधिसहित छलफल भएको थियो । उक्त छलफलमा आइतबार सर्वपक्षीय छलफल हुने निर्णय भएको छ । नेपाल नर्सिङ सङ्घकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नर्सिङका समस्या, आन्दोलनरत नर्सले उठाएका माग र सेवा सुविधाका विषयमा छलफल भएको जानकारी गराउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले २०८१ मङ्सिर २७ को स्वास्थ्य मन्त्रीस्तरीय…
