रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । फोनबाट लिएको जानकारीका आधारमा महाशाखा भन्छ, ‘सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गर्न सकिन्छ ।’ सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन,…

महिलाले बनाएको प्याड पुरुषलाई उपहार

स्वास्थ्यसमाचार महिलाहरुले महिनावारीको समयमा आवश्यक ध्यान पुर्याउन नसक्दा धेरै महिलाहहरुमा स्वास्थ्य समस्या आउने भन्दै घरका पुरुषलाई सेनिटेरी प्याड बनाएर उपहार दिएका छन। घरमा पुरुषहरुले स्वास्थ्यको ख्याल गर्नुपर्ने चेतना जगाउनको लागी पुरुषलाईसेनिटेरी प्याड उपहार दिएको सैनामैना नगरपालिका वडा नं ७का महिलाहरुले बताए ।

झाडापखालाका कारण गुल्मीमा एकको मृत्यु १सय ९० बिरामी

स्वास्थ्यसमाचार जिल्लाको मुसिकोट नगरपालिका वडा ४ दजाकोटमा फैलिएको झाडापखलाका कारण एक वालकाको मृत्यु भएको छ । झाडापखालाका कारण १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको हो ।गत १० गते देखि फैलिएको झाडापखलाका कारण बिरामी हुनेको संख्या १सय९० पुगेको छ । अहिले दिसा र पानीको नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु पठाइएको छ । झाडापखला फैलिएपछि अध्ययनको लागि प्रभावित क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले नमुना संकलन गरी फर्किएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । विरामी मध्ये तीनजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको डाक्टर उत्तम पच्याले…

रुपन्देहीको मायादेबि गाउपालिकामा एम्बुलेन्स सेवा सुरु

स्वास्थ्यसमाचार रुपन्देहीको मायादेबि गाउपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गाँउपालिकाले १० लाख रुपैयामा एम्बुलेन्स खरिद गरेको हो । उपचारका लागी अस्पताल सम्म विरामीहरुलाई छिटो र सहज रुपमा पुर्योउन समस्या भएकाले गाँउबासीहरुले एम्बुलेन्सको माग गरेका थिए । जनताको मागलाई पुरा गर्न एम्बुलेन्स खरिद गरेको गाँउपालिकाले जनाएको छ ।गाँउपालिका अध्यक्ष धु्रवनारायण चौधरीले कम्हरिया स्वास्थ्य चौकीका प्रमुख प्रदिप कुमार पण्डित,स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष तथा एम्बुलेन्स सञ्चालन समितिका सदस्य मोहम्मद रफिक खानलाई संयुक्त रुपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

गुल्मीको मुसिकोट २ हजार झाडा पखालको जोखीममा ,दाङमा ३७ जनामा दादुरा

स्वास्थ्यसमाचार प्रदेश ५ सामाजिक विकास मन्त्रालयले गुल्मीको मुसिकोट नगरपालिका वडा नं४ दजाकोटका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेको जनाएको छ । प्रदेश ५ सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य महाशाखाका ले एक बिज्ञेप्ती जारी गरि उक्त गाउँको नुनखोलाको मुहानको पानीमा कोलिर्फमको मात्रा प्रशस्त भेटिएकाले त्यहाँका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेका जनाएको छ । झाडापखाला लागेका व्यक्तिको दिसा जाँच गर्दा ‘इन्टामोयबा हिस्टोलिटिका’ परजीवी भेटिएको र नुन खोलाको मुहानबाट बग्ने पानी प्रयोगमा रोक लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । झाडापखलाका कारण दजाकोटका १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको छ भने…