रुपन्देहीमा रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान कार्यक्रम, २५७ युनिट रगत संकलन

स्वास्थ्यसमाचारडटकम । बुटवल । रुपन्देहीका विभिन्न पालिकामा रुद्रगढ धार्मिक संस्थाको आयोजनामा सञ्चालन गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विभिन्न पाँच स्थानमा आयोजित कार्यक्रमबाट २५७ युनिट रगत संकलन गरिएको छ। संस्थाले बुटवलस्थित बुटवल रेडक्रस, तिलोत्तमाको शंकरनगरस्थित पीडी बेकरी, भैरहवास्थित ग्लास गो थकाली रेस्टुरेन्ट एन्ड क्याफे, लुम्बिनीस्थित होटल पीसल्याण्ड तथा शुद्धोधन गाउँपालिकास्थित शियाभार मन्दिरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमबाट संकलित रगतले रगतको अभावमा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रक्तदान जीवनरक्षासँग जोडिएको महत्वपूर्ण मानवीय सेवा भएकाले यस्ता कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नसमेत सहयोग पुर्‍याउने विश्वास गरिएको छ। रुद्रगढ धार्मिक संस्थाले…

सुरक्षित ग्यास प्रयोगमा जोड : रुपन्देहीको सैनामैनामा जनचेतनामूलक प्रशिक्षण सम्पन्न

स्वास्थ्यसमाचार अनलाईन । रुपन्देही, साउन ०९ । रुपन्देहीको सैनामैना नगरपालिका–३ स्थित पर्शावाल आदर्श टोलमा ग्यास चुलोको सुरक्षित प्रयोगसम्बन्धी सचेतना तथा प्रयोगात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।   पर्शावाल आदर्श टोल विकास संस्थाको आयोजनामा तथा एलपी संयुक्त किचन ग्यास प्रा.लि.को प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा स्थानीयवासीलाई एलपी ग्यासको सुरक्षित प्रयोग, सम्भावित जोखिम न्यूनीकरण तथा आकस्मिक अवस्थाको व्यवस्थापनबारे व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षणका क्रममा ग्यास चुहावट पहिचान गर्ने तरिका, सिलिन्डर तथा रेगुलेटरको सही जडान, ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, आगलागी हुन नदिन आवश्यक सुरक्षा उपाय तथा आकस्मिक अवस्थामा अपनाउनुपर्ने व्यवहारबारे प्रयोगात्मक प्रदर्शन गरिएको…

तिलोत्तमा–३ मा महिलाका लागि निशुल्क स्वास्थ्य परिक्षण शिविर

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिका वडा नं ३ले आयोजना गरेको महिलाहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ। शिविरको व्यवस्थापन वडा स्तरिय महिला संजाल र आधारभूत स्वास्थ्य सेवा केन्द्रले गरेको थियो। वडा अध्यक्ष कल्याण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख रामकृष्ण खाडले नगरपालिकाले स्वास्थ्य सेवामा जोड दिँदै आ आएको बताउनु भयो। उहाँले भन्नुभयो, “भौतिक विकाससँगै मानवीय स्वास्थ्यको पहुँच सबैका लागि सहज बनाउन हामी शहरी स्वास्थ्य केन्द्र, निजी अस्पतालसँग सहकार्य गर्दै नियमित परिक्षण कार्यक्रम गर्दै आएका छौँ।” शिविरको उद्घाटन सत्रमा स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेल, वडा सदस्य चुडा कुमारी विष्ट, र…

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर ३५० जनाको स्वास्थ्य परीक्षण

स्वास्थ्यसमाचार/  सन्धिखर्क नगरपालिकाको आयोजनामा तथा ग्यास्ट्रो सेन्टरको प्राविधिक सहयोगमा सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो। शिविरमार्फत ३सय ५० जना सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएको नगरपालिकाले जनाएको छ ।पेट, कलेजो तथा पाचन प्रणाली सम्बन्धी समस्याबाट पीडित बिरामीहरूलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा ४८ जनाको एन्डोस्कोपी परीक्षण समेत निःशुल्क गरिएको थियोे। शिविरमा वरिष्ठ पेट आन्दा कलेजो तथा प्याक्रिय रोग बिशेषज्ञ डा मोहन भुसाल लगायको बिज्ञ चिकित्साको टोलिले सेवा दिएको थियो। शिविरमा आएका धेरै बिरामीले लामो समयदेखि पेट दुख्ने, ग्यास्ट्रिक, अम्लपित्त, कलेजोसम्बन्धी समस्या तथा पाचन प्रणालीसँग जोडिएका जटिल समस्याको उपचार र परामर्श…

गौमुखीमा जेठ १८ गते नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने

स्वास्थ्यसमाचार/प्युठानको गौमुखी गाउँपालिकाको आयोजना तथा प्युठान अस्पतालको प्राबिधिक सहयोग र स्वास्थ्य कार्यलय प्युठानको समन्वयमा नि:शुल्क बिशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ। २०८२ सालको जेठ १८ गते पुजा स्वास्थ्य चौकी लिवासेमानि:शुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेलले बताउनु भयो । शिविरमा निन्द्रा नलाग्ने, एकोहोरो हुने ,आत्महत्याको प्रयास गर्ने लगायतका स्वास्थ्य समस्या भएकाले उक्त बिशेषज्ञ स्वास्थ्य शिविरमा लाभ लिन सक्ने पौडेल बताउनुहुन्छ । गाउँपालिकाले एक बिज्ञप्ती जारी गर्दै जेठ १८ गते बिहान १० बजे देखी ५ बजे सम्म पुजा स्वास्थ्य चौकी लिवासेमा सेवा लिन पठाउने व्यवस्था मिलाउन…

गुल्मी मदाने–७ मा नि:शुल्क स्वास्थ्य शिविरबाट १४४ जना लाभान्वित

स्वास्थ्यसमाचार/भनभने (गुल्मी)सम्पर्क समाज रुपन्देहीले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीले मदाने गाउँपालिकामा आयोजना गरेको पालिका स्तरिय स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा १४४ जनाले स्वास्थ्य सेवा लिएको भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीका अध्यक्ष विष्णु घिमिरेले बताए । शिविर चैत्र २० गते गुल्मीको मदाने ७ को भनभने स्वास्थ्य चौकी परिसरमा बिहान ९ बजे देखि परिक्षण सुरु भएको थियो जहाँ स्त्री रोग सम्बन्धी विविध परिक्षण र निशुल्क औषधी वितरण गरिएको थियो” अध्यक्ष घिमिरेले भने । स्वास्थ्य परिक्षणको औपचारिक सुरुवात गर्दै बिगतमा ३१ बर्ष स्वास्थ्य क्षेत्रमा…

सिद्धार्थनगरमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर

स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि स्क्रिनिङ शिबिर सुरु गरेको छ । शिविरमा महिलाहरुको पाठेघर झरेको, पिसाव चुहिने समस्या, स्तन क्यान्सरको जाँच गरिने छ । शिविरको सोमवार वडा नं ९ बाट सुरुवात गरिएको छ । शिबिर नगरका बिभिन्न ४ स्थानमा हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिए । शिबिर सोमवार वडा नं ९, मंगलवार वडा नं ३ को खजहना, बुधवार वडा नं १ को बेलहिया, र बिहीबार वडा नं ११ को भुजौलीमा हुने छ । सवै शिबिर हरु वडाका आधारभुत स्वास्थ्य…

रोटरी क्लब अफ रेसुङ्गाले तम्घासमा बृहत स्वास्थ्य शिविर संचालन गर्ने

स्वास्थ्यसमाचार/रोटरी क्लब अफ रेसुंगा गुल्मीको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । रोटरी क्लब अफ रेसुंगा गुल्मीले आज आयोजना गरिएको कार्यक्रममा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको जानकारी क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले दिनुभयो । यहि फागुन १७ गते शनिबार महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालन गरिने शिविरमा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको प्रमुख आयोजना तथा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको विशेषज्ञ टोलीको प्राविधिक सहयोगमा शिविर उक्त शिविर संचालन गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । शिविरमा विशेषज्ञ डाक्टरबाट मुटु रोग तथा मृगौला रोग सहित…

सुनचाँदी व्यवसायीद्वारा रक्तदानसहित आखा, मृगौला र मधुमेह परिक्षण

स्वास्थ्यसमाचार/बुटवल सुनचादी व्यवसायी संघ, बुटवलले दोस्रो अधिवेशनको पूर्व सन्ध्यामा शुक्रवार बुटवलमा वृहत रक्तदान, निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेकोछ । कार्यक्रमको एक समारोहकावीच बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै उपप्रमुख अर्यालले सबैको विकासका लागि सामु्हिक भावनाको विकास हुने जरुरी रहेको बताउदै स्थानिय सरकारले व्यवसायीहरुसंगको सहकार्यमा उनैहरुको हितमा सधै काम गर्ने जनाउनु भयो । उहाले सुनचादी व्यवसायमा रहेको नेपाली महिला कालिगढको अभावलाई पुरा गर्न शिपविकासको तालिम सञ्चालन गरेको स्मरण गर्दै आगामी दिनमा पनि त्यस प्रकारको तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाउनु भएको…

शुद्धोधनमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका मानपकडी, रुपन्देही तथा विकलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC) बनेपा,काभ्रेपलाञ्चोकसँगको संयुक्त आयोजनामा र शुद्धोधन अपाङ्ग संघको समन्वयमा १८ बर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको लागि शारीरिक स्वास्थ्य परिक्षण तथा सहायक सामाग्री नापजाँच पुनर्स्थापना घुम्ती शिविर मानपकडी स्वास्थ्य चौकीको प्राङ्गणमा सम्पन्न भएको छ। मानपकडी स्वास्थ्य चौकीका सञ्चालक समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्रभान चौधरीको अध्यक्षतामा र शुद्धोधन गाउँपालिकाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि बस्यालले शुद्धोधन १ बेलवाका मनोज कोहारलाई ह्वीलचियर हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो। उक्त शिविरमा अपाङ्ग बाल अस्पताल तथा…