गौमुखीमा जेठ १८ गते नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने

स्वास्थ्यसमाचार/प्युठानको गौमुखी गाउँपालिकाको आयोजना तथा प्युठान अस्पतालको प्राबिधिक सहयोग र स्वास्थ्य कार्यलय प्युठानको समन्वयमा नि:शुल्क बिशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ। २०८२ सालको जेठ १८ गते पुजा स्वास्थ्य चौकी लिवासेमानि:शुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेलले बताउनु भयो । शिविरमा निन्द्रा नलाग्ने, एकोहोरो हुने ,आत्महत्याको प्रयास गर्ने लगायतका स्वास्थ्य समस्या भएकाले उक्त बिशेषज्ञ स्वास्थ्य शिविरमा लाभ लिन सक्ने पौडेल बताउनुहुन्छ । गाउँपालिकाले एक बिज्ञप्ती जारी गर्दै जेठ १८ गते बिहान १० बजे देखी ५ बजे सम्म पुजा स्वास्थ्य चौकी लिवासेमा सेवा लिन पठाउने व्यवस्था मिलाउन…

गुल्मी मदाने–७ मा नि:शुल्क स्वास्थ्य शिविरबाट १४४ जना लाभान्वित

स्वास्थ्यसमाचार/भनभने (गुल्मी)सम्पर्क समाज रुपन्देहीले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीले मदाने गाउँपालिकामा आयोजना गरेको पालिका स्तरिय स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा १४४ जनाले स्वास्थ्य सेवा लिएको भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीका अध्यक्ष विष्णु घिमिरेले बताए । शिविर चैत्र २० गते गुल्मीको मदाने ७ को भनभने स्वास्थ्य चौकी परिसरमा बिहान ९ बजे देखि परिक्षण सुरु भएको थियो जहाँ स्त्री रोग सम्बन्धी विविध परिक्षण र निशुल्क औषधी वितरण गरिएको थियो” अध्यक्ष घिमिरेले भने । स्वास्थ्य परिक्षणको औपचारिक सुरुवात गर्दै बिगतमा ३१ बर्ष स्वास्थ्य क्षेत्रमा…

सिद्धार्थनगरमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर

स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि स्क्रिनिङ शिबिर सुरु गरेको छ । शिविरमा महिलाहरुको पाठेघर झरेको, पिसाव चुहिने समस्या, स्तन क्यान्सरको जाँच गरिने छ । शिविरको सोमवार वडा नं ९ बाट सुरुवात गरिएको छ । शिबिर नगरका बिभिन्न ४ स्थानमा हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिए । शिबिर सोमवार वडा नं ९, मंगलवार वडा नं ३ को खजहना, बुधवार वडा नं १ को बेलहिया, र बिहीबार वडा नं ११ को भुजौलीमा हुने छ । सवै शिबिर हरु वडाका आधारभुत स्वास्थ्य…

रोटरी क्लब अफ रेसुङ्गाले तम्घासमा बृहत स्वास्थ्य शिविर संचालन गर्ने

स्वास्थ्यसमाचार/रोटरी क्लब अफ रेसुंगा गुल्मीको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । रोटरी क्लब अफ रेसुंगा गुल्मीले आज आयोजना गरिएको कार्यक्रममा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको जानकारी क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले दिनुभयो । यहि फागुन १७ गते शनिबार महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालन गरिने शिविरमा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको प्रमुख आयोजना तथा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको विशेषज्ञ टोलीको प्राविधिक सहयोगमा शिविर उक्त शिविर संचालन गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । शिविरमा विशेषज्ञ डाक्टरबाट मुटु रोग तथा मृगौला रोग सहित…

सुनचाँदी व्यवसायीद्वारा रक्तदानसहित आखा, मृगौला र मधुमेह परिक्षण

स्वास्थ्यसमाचार/बुटवल सुनचादी व्यवसायी संघ, बुटवलले दोस्रो अधिवेशनको पूर्व सन्ध्यामा शुक्रवार बुटवलमा वृहत रक्तदान, निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेकोछ । कार्यक्रमको एक समारोहकावीच बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै उपप्रमुख अर्यालले सबैको विकासका लागि सामु्हिक भावनाको विकास हुने जरुरी रहेको बताउदै स्थानिय सरकारले व्यवसायीहरुसंगको सहकार्यमा उनैहरुको हितमा सधै काम गर्ने जनाउनु भयो । उहाले सुनचादी व्यवसायमा रहेको नेपाली महिला कालिगढको अभावलाई पुरा गर्न शिपविकासको तालिम सञ्चालन गरेको स्मरण गर्दै आगामी दिनमा पनि त्यस प्रकारको तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाउनु भएको…

शुद्धोधनमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका मानपकडी, रुपन्देही तथा विकलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC) बनेपा,काभ्रेपलाञ्चोकसँगको संयुक्त आयोजनामा र शुद्धोधन अपाङ्ग संघको समन्वयमा १८ बर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको लागि शारीरिक स्वास्थ्य परिक्षण तथा सहायक सामाग्री नापजाँच पुनर्स्थापना घुम्ती शिविर मानपकडी स्वास्थ्य चौकीको प्राङ्गणमा सम्पन्न भएको छ। मानपकडी स्वास्थ्य चौकीका सञ्चालक समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्रभान चौधरीको अध्यक्षतामा र शुद्धोधन गाउँपालिकाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि बस्यालले शुद्धोधन १ बेलवाका मनोज कोहारलाई ह्वीलचियर हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो। उक्त शिविरमा अपाङ्ग बाल अस्पताल तथा…

पाणिनीमा विपन्न, जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमै पहिलो पटक अर्घाखाँचीको पाणिनी गाउँपालिकामा विपन्न जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन गरिएको छ । कानले सुन्न छाडेर चिन्तित बनेका बृद्धबृद्धा हरु गाउँमै उपचार शिविर सञ्चालन भएपछि जेष्ठ नागरिकहरु खुशी भएका छन् । कान नसुन्ने बृद्धबृद्धा तथा विपन्न नागरिकलाई लक्षित गरी शवण शक्ति परीक्षण शिविर तथा हेयरिङ्ग एड सामाग्री वितरण कार्यक्रम तथा अटिजमको बिरामीलाई निशुल्क परामर्श सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताउनुभयो । नाक कान घाटी रोग विशेषज्ञ डा. सुसन शाक्य, डा. विद्वान भुसाल लगायतको स्वास्थ्यकर्मीको टीमले विरामीको चेकजाँच गरेका थिए…

बुटवलमा प्रजनन् रुग्णता सम्बन्धी स्क्रिनिङ तथा व्यवस्थापन शिविर

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाद्वारा पाठेघरको मुखको क्यान्सरको स्कृनिङ, पाठेघर खसेको तथा तल्लो पेटको समस्याको उपचार लगायतका बिबिध प्रजनन् सेवाहरु निशुल्क रुपमा बिभिन्न वडाहरुमा शिविर सञ्चालन गरिरहेको छ । ३सय ३२ जनाले वडा नम्बर ३ र वडा नम्बर ७ मा सेवा लिनुभएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । ३० बर्ष देखी ६० बर्ष सम्मका दिदिबहिनी तथा आमाहरुको स्वास्थ्यलाई मध्यनजर गरी उक्त शिविर सञ्चालनमा ल्याइेको हो । शिविरको मुख्य उदेश्य पाठेघरको मुखको क्यान्सर १० बर्ष पछी पनि क्यान्सर देखिने संभावनालाई तत्काल पत्ता लाग्ने र पर्याप्त उपचार र निधानको समय भएकोले ज्युधनको रक्षाका…

शुद्धोधनमा लायन्स क्लब अफ बुटवल हार्टको बृहत मेगा स्वास्थ्य शिविर ५०१ जनाले लिए सेवा

स्वास्थ्यसमाचार /शुद्धोधन ५ मानपकडी स्वास्थ्य चौकीमा शुक्रबार लायन्स क्लब अफ बुटवल हार्टको बृहत मेगा स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लवका अध्यक्ष लायन प्रविन्द्र गोविन्द श्रेष्ठको अध्यक्षतामा र जिल्ला गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उदघाटन पुरुषोत्तम भक्त प्रधानाङ्गले गरे । उद्घाटनमा वोल्दै उनले निःशुल्क स्वास्थ्य शिविरमा लायन्सको नियमित कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको प्रधानाङ्गले वताए । उनले आगामी दिनमा शुद्धोधन गाउँपालिका संग हातेमालो गरि पालिकामा विभिन्न स्वास्थ्य शिक्षा लगायतको कार्यक्रम गरिने वताए ।शुद्धोधन गाउँपालिका उपाध्यक्ष…

धुर्कोटको बृहत निःशुल्क स्वास्थ्य शिविरमा ६सय ६०जनाले लिए सेवा

स्वास्थ्यसमाचार/गुल्मीको धुर्कोट गाउँपालिकाले एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थल स्थित धुर्कोट आधारभुत अस्पतालमा सम्पन्न शिविरमा ६६० जनाले सेवा लिएका छन् । जसमा महिला ४५८ र पुरुष २०२ जनाले सेवा लिएका छन् । शिविरमा १८९ जनाले जनरल मेडिसिन, १८० जनाले हाडजोर्नी तथा नशा रोग, ९२ जनाले स्त्री रोग, ७३ जनाले बालरोगको सेवा लिएका छन् । त्यसैगरी ४७ जनाले दाँत र ७९ जनाले मनोरोगको सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले जानकारी दिए । शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटबलका कन्सल्टेन्ट फिजिसियन…