नेपालमा फेरि एकपटक नयाँ सरकार गठनको तयारी छ। तर यो केवल सरकार फेरिने घटना मात्र होइन—यो जनताको धैर्य, भरोसा र भविष्यसँग गाँसिएको प्रश्न पनि हो। विगतका अनुभवले नागरिकलाई धेरै कुरा सिकाइसकेको छ: सरकार बदलिन्छन्, तर व्यवहार र परिणाम उस्तै रहन्छन्। यही पृष्ठभूमिमा अहिलेको अपेक्षा सामान्य छैन—नागरिकले परिणाम चाहेका छन्, प्रतिबद्धता होइन। राजनीतिक अस्थिरताको लामो चक्र, कमजोर प्रशासनिक क्षमता र बढ्दो आर्थिक दबाबबीच जन्मिन लागेको नयाँ सरकारको पहिलो चुनौती नै विश्वास पुनःस्थापित गर्नु हुनेछ। जनताले अब भाषण होइन, प्रत्यक्ष परिवर्तन महसुस गर्न चाहन्छन्। सुशासन: सबै सुधारको आधार नेपालको शासन प्रणालीको सबैभन्दा…
डक्टर्स आर्टिकल
डा. निकोलस भुसालले लिए उम्मेद्वारी फिर्ता ,सुलभ खरेललाई समर्थन
स्वास्थ्यसमाचार/ रुपन्देही–२ बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका डा. निकोलस भुसालले आफ्नो उम्मेद्वारी औपचारिक रूपमा निष्क्रिय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल लाई पूर्ण समर्थन गर्ने घोषणा गरेका छन्। आज जारी प्रेस विज्ञप्तिमार्फत डा. भुसालले देशको राजनीति नयाँ दिशातर्फ अग्रसर हुनुपर्ने ऐतिहासिक आवश्यकता औंल्याउँदै जेन–जी पुस्ताले उठाएका पारदर्शिता, जवाफदेहिता, सुशासन र प्रणालीगत सुधारका मागहरूलाई केन्द्रमा राखेर आफूले स्वतन्त्र उम्मेद्वारी दिएको उल्लेख गरेका छन्। तर, “नयाँको लडाइँमा पुराना शक्तिहरू पुनः स्थापित भई प्रतिगमन हावी हुने अवस्था देखिएकाले देशले जित्नु ठूलो कुरा हो भन्ने मान्यतासहित” समर्थनको निर्णय लिएको उनले स्पष्ट…
निर्वाचनको मौन अवधि र स्वास्थ्यलाई ध्यान दिएर खेलाैं होली
जाडोमा हुने कम सरसफाइ र नुवाइ धुवाइपछि छाला र शरीर सफा गर्न होली पर्व आउँछ । यसका धार्मिक तथा सामाजिक महत्व अनगिन्ती छन् । आयुर्वेदअनुसार होलीमा प्रयोग गरिने रङमा सिम्रिक जुनमा षिषाणु बिरुद्ध औषधीय गुण छ नै प्रमुख रङ हो तर आँखामा पार्नुहुँदैन । अन्य मिसाइने रङ तथा तत्वमा कपुर, गोकुल धुप, गाईको घिऊ राखेर सुगन्ध बनाई प्रयोग गर्नुपर्दछ भनी उल्लेख छ । सत्ययुगमा विष्णुदेवका भक्त प्रल्हादलाई मार्नको लागि हिरण्यकश्यपले विभिन्न जालहरु बुन्दा पनि सफल नभएपछि आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी बहिनी होलिकालाई प्रल्हादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त…
टुटेको शाकाहारी अहम्
एउटा चिया पसलमा बसेर चिया खाँदै छु । हालसालै देशमा युवापुस्ताको ठूलो विद्रोहपछि देश एउटा लयमा आउँदै छ कि जस्तो लाग्छ । हातमा मोबाइल छ । सजिलो ईन्टरनेटसेवा छ । मोबाइलमा सामाजिक सन्जालमा औंलाहरुले तिव्र नृत्य गरिरहेका छन् । ती सञ्जालहरुमा कसैको यति धेरै खेदो खन्छन् कि अन्त्यमा असत्य पनि सत्य लाग्न सक्छ । कसैको यति धेरै देवत्वकरण गर्छन् कि स्वयं त्यो व्यक्तिले कति पटक आफ्नै अनुहार समयको ऐनामा राख्न पर्ने हुन्छ । अहिले नियुक्त शिक्षा मन्त्रीको सरलता र निस्कपट भनाइहरूको देवत्व चर्चा गरिरहेका छन् र सबैले पछ्याइरहेका छन् ।…
तीजको महत्व र स्वास्थ्य सँगको सम्बन्ध
नेपाली साँस्कृतिक पर्ब हरुको महत्वपुर्ण पर्बका रुपमा हरितालिका तीज नेपाली महिलाहरुको महान पर्बको रुपमा मानिने चाड हो । हिन्दु धर्मग्रन्थका अनुसार सत्य युगमा हिमालय पर्बत र मेनकाकी पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाएकी थिइन । पिता हिमालयले पार्बतिको ईच्छा बिपरित बिष्णु संग बिबाह गरिदिन खोजेपछि उनले आप्mनो समस्यालाई संगीहरु संग सुनाई आफुले शिब बाहेक अरुसँग बिबाह नगर्ने अठोट गरेको बिस्तार पछि पार्वतीका साथीहरुले उनलाई हरण गरेर कसैले नदेख्ने ठाँउमा लुकाएर राखिदिए । लुकेर बसेकै ठाउँबाट पार्वतीले निराहार ब्रत बसी महादेवलाई प्राप्त गरेको कुरा बिभिन्न धर्म…
एमबीबीएस अध्ययनरत सुगम खनाल १३ दिनदेखि सम्पर्कविहीन
स्वास्थ्यसमाचार/वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत कपिलवस्तुका २२ वर्षीय सुगम खनाल १३ दिनदेखि सम्पर्कविहीन भएका छन्। खनाल असार २० गते धरानस्थित होस्टलबाट बाहिर निस्किएको र त्यसयता परिवार वा साथीसँग सम्पर्कमा नआएको बताइएको छ। उनी बेपत्ता भएपछि परिवारका सदस्य र विद्यार्थी कल्याण समाजले खोजी कार्यमा सक्रियता जनाएका छन्। विद्यार्थी कल्याण समाजले सार्वजनिक अपिल जारी गर्दै खनाललाई देखेमा तत्काल जानकारी दिन सबैमा अनुरोध गरेको छ। उनी सम्बन्धी कुनै जानकारी भएमा निम्न फोन नम्बरहरूमा वा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न आग्रह गरिएको छ। ९८४७०६३२२८ ९८४७२९५५१४ ९८४४४२०५३५
मानसिक स्वास्थ्य : मनको बोझ कसरी हलुंगो बनाउने ?
विगतको तीतो अनुभव, सम्बन्ध, करिअरमा घटित नकारात्मक अनुभवहरूको सँगालोलाई बोकेर जीवनयापन गर्दै आउनुलाई मनोविज्ञानले ‘भावनात्मक बोझ’ भन्छ । जो दिमागमा बोझ जसरी बस्छ । र, त्यसको प्रभाव दैनिक जीवनमा परिरहेको हुनसक्छ । यो कसैको हाउभाउबाट पनि देखिन सक्छ, जो असहनीय दिमागमा भार उठाइरहेका हुनसक्छन् । यस्तो भारले जीवनमा अघि बढ्नबाट रोक्न पनि सक्छ । हरकोही केही हदसम्म यस्ता भावनालाई लिएर जीवन बिताइरहेका हुन्छन् । यद्यपि, जुन भावनासँग लडेर जित्न सकिंदैन, त्यो भावना आफैं हटेर जाँदैन । यी भावनालाई ‘इमोसन ट्रयाप’ अर्थात् भावनामा जकडिएको (नकारात्मक) भन्ने गरिन्छ । यसले के कस्ता…
आत्महत्या/आत्महानी (Suicide/Self harm):खिम बहादुर पौडेल
कुनै पनि व्यक्तिले जानीजानी आफ्नो जीवन आफैले समाप्त पार्ने कार्य गर्दछ भने त्यस्तो (आफुले आफुलाई हानी पुर्याइ जीवन समाप्त गर्ने) कार्यलाई आत्महत्या भनिन्छ । आत्महत्यामा व्यक्ति स्वयंले स्वच्छाले वा जानीजानी मर्ने मनसायले योजनाबद्ध रुपमा वा आवेशमा आई आफ्नो ज्यान लिने कार्य गर्दछन । आत्महत्या अति जटिल मनोबैज्ञानिक एवं सामाजिक दुर्घटना हो । धार्मिक तथा सामाजिक दृष्टिकोणले यसलाई पाप एवं अपराधको रुपमा लिने गरिएको भए तापनि आधुनिक विज्ञानमा आत्महत्यालाई गम्भीर मानसिक स्वास्थ्य समस्याको उपज मानिन्छ ।आत्महत्याको सोच तथा कोशिसलाई तत्कालै उपचार गर्नुपर्ने अत्यन्त संबेदनशील चिकित्सकीय बिपत (Medical emergency) को रुपमा हेरिन्छ…
पाठेघरको मुखको क्यान्सर के हो, कसरी हुन्छ र? रोकथामको लागि के गर्ने ?
डा. सरिता राना महिलाको पाठेघर भन्नाले एउटा महत्वपूर्ण अङग् सँगसँगै डिम्बासय अर्थात दुईवटा अण्डा कोष हुन्छन् । त्यसमा अण्डा बोक्ने नली जसलाई हामी फूलोप्यन ट्युब भन्छांै । भित्री अङ्ग, हामी यौनाङ्ग भन्छौं त्यसलाई भजाइना भनिन्छ । बाहिरी अङ्ग जसलाई हामी भल्भा भन्छौं । यी सबै अङ्गहरुमा फरक–फरक किसिमको क्यान्सर भइरहेको हुन्छ । यसको उपचार विधी, रोकथामहरु र देखिने लक्षणहरु फरक–फरक हुन्छन् । अन्य क्यान्सरहरुभन्दा पाठेघरको मुखको क्यान्सरलाई महिलाहरुमा हुने सबैभन्दा प्रमुख क्यान्सर हो । विकासोन्मुख देशहरुमा महिलामा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर नै प्रमुख रुपमा देखा पर्दछन् । धेरैजसो…
चेतनाको बहिर्गमन, सधैंको द्रष्टा म :डा. शम्भु खनाल
समाज सुसंस्कृत र विकृत दुवै शिक्षा र चेतनाले हुने गर्दछ । संविधान उत्कृष्ट हुँदैमा भुइँ राम्रो हुन्छ भन्ने हुँदैन । जति व्यवस्था , संविधान फेरिएपनि भुइँ मान्छेको भुइँ सधै उस्तै रहन सक्छ । आर्थिक, सामाजिक र शैक्षिक छलाङ मार्न भुइँ छोड्नुपर्छ । जसले सबै छलाङ मारेर पनि भुइँ बिर्सिन्न , त्यो व्यक्ति वास्तविक नेताको पात्र हुन्छ । भुइँ बिर्सने व्यक्ति आफैंमा मस्तमगन हुन्छ ।जीवनको मूल्य पनि चेतनाले निर्धारण गर्दछ । चेतनास्तर उच्च भएको स्थानमा उपचार खोज्ने कार्य छिटो हुन्छ ।आकस्मिक कक्षको बाटो हुँदै ओ पि डि फर्किँदै थिए । मेरा…
