स्वास्थ्यसमाचार / लुम्बिनी सांस्कृतिक नगरपालिकाको आमा स्वास्थ्य चौकीमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) स्क्रिनिङ गर्ने उद्देश्यले VIA (Visual Inspection with Acetic Acid) परीक्षणसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्धिन मुसलमानले गर्नुभयो। शिविरमा ८१ जना महिलाले सेवा लिएका थिए, जसमा ७८ जनाको VIA परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये १३ जनामा VIA पोजिटिभ पाइयो। त्यसैगरी, ३ जनामा पाठेघरमा पोलिप्स देखिएको थियो भने ३ जना बिरामीको पाठेघर झरेको पाइएको हुँदा उनीहरूलाई रिङ पेसरी राखी सेवा प्रदान गरिएको थियो। शिविरमा परीक्षणसँगै आवश्यक बिरामीहरूलाई निःशुल्क औषधि…
स्वास्थ्य साहित्य
स्वास्थ्यको सेवा प्रवाहको विद्यमान स्थिति र सुधारका पक्षहरू
टेकराज पन्थी रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरूस्तिको अवस्थालाई नै स्वास्थ्य भनिन्छ । स्वस्थ्य भन्नाले बिरामी नहुनु वा कुनैपनि रोग नलाग्नु र तन्दुरुस्त हुनु भन्ने बुझाउछ । नेपालमा स्वास्थ्य क्षेत्रमा भएको गतिविधिलार्इ अध्ययन गर्दा सरकारी, गैह्र सरकारी र सामुदायिक रूपमा स्वास्थ्य संस्थाहरू स्थापना भै सेवा प्रवाह गरेको पार्इन्छ । नेपालको संविधानले पनि स्वास्थ्य सेवालाई आधारभूत मानवीय अधिकार भनेर परिभाषित गरेको छ, जस अनुसार केही आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिएको छ । नेपालमा संघीय संरचनाको कार्यान्वयनमा पनि प्राथमिक स्वास्थ्य सेवाका यी सिद्धान्तहरुलाई…