स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा स्वास्थ्यकर्मीका लागि विज्ञापन खुलाएको छ । आयोजले आज सूचना जारी गरी स्वास्थ्यका १५९ पदमा विज्ञापन खुलाएको हो । सबैभन्दा बढी कम्युनिटी नर्सिङका लागि अनमी ७९ पदमा विज्ञापन खुलाइएको छ । अहेब ७४ जनाका लागि विज्ञापन गरिएको छ । भने आयुर्वेदतर्फ बैद्य ५ जना र ल्याब असिस्टेन्ट ५ जना माग गरिएको छ । दरखास्त दिने मिति बैखाश २० गतेसम्म र दोब्बर दस्तुर तिरेर २७ गतेसम्म तोकिएको छ । यी पदमा लागि आगामी जेठको १८ र १९ गते परीक्षा मिति तोकिएको छ ।
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वास्थ्यकर्मी संघ रुपन्देहीद्वारा २०८१ सालको भित्तेपात्रो बिमोचन
स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देही द्वारा आयोजित नयाँ वर्ष २०८१ सालको पावन अबसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ। नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष घनलाल अर्यालको अध्यक्षता तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँडको प्रमुख आतिथ्यता तथा विशिष्ठ अतिथिमा प्रजापाल गिरी नेपाली काग्रेस क्षेत्र नं २का सभापति तथा अतिथि तिलोत्तमा सभापति हरिलाल पाण्डे, नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रदेश संयोजक नमनारायण बेल्बासे,नेपाल रहनु भएको थियो । त्यस्तै स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य तथा क्यालेण्डर प्रकाशन समिति संयोजक मदन पोखरेल सुमन नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य डिलेस्वर श्रेष्ठ , नेपाल निजामती कर्मचारी…
चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा मन्त्रीलाई सघाउछु :पुर्ब स्वास्थ्यमन्त्री थापा
स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा मन्त्रीलाई आफूले सघाउने बताउनुभएको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदन सार्वजनिक गरिदिएकोप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास पनि व्यक्त गर्नुभएको छ। पूर्व स्वास्थ्यमन्त्री थापाले प्रतिवेदनमा उल्लेख गरिएका कतिपय सुझाव कार्यान्वयनमा आएको र कतिपय सुझाव अझै पनि कार्यान्वयनमा आउन बाँकी नै रहेकाले तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो। सामाजिक सञ्जालहरूबाट प्रतिक्रिया दिँदै उहाँले दोषीलाई कुनै पनि बहानामा उम्किन नदिन पनि अनुरोध गर्नुभएको छ।महामन्त्री थापाले लेख्नुभएको छ चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन…
नेशनल प्याथ ल्याब बुटवल र एनपीएल काठमाडौंका प्रयोगशाला आइएसओ प्रमाणीकरण
स्वास्थ्यसमाचार/नेशनल प्याथ ल्याब बुटवल र एन.पी.एल. काठमाडौं प्रयोगशाला एन.ए.बी.एल.(ISO १५१८९:२०१२) बाट प्रमाणीकरण भएका छन् । हालैमात्र भारत सरकारको प्रयोगशाला सर्टिफाइड बडी नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याबरोटोरीज (एन.ए.बी.एल.)बाट नेशनल प्याथ ल्याबले आफ्ना दुई वटा प्रयोगशालाहरू प्रमाणीकरण गराएको हो । एन.ए.बी.एल.ले आईएसओ १५१८९: २०१२ कोअनुसार मेडिकल प्रयोगशाला गुणस्तर र प्रतिस्पर्धा प्रमाणीकरण सेवा प्रदान गर्दछ ।‘हामीले एक वर्षअघिबाट एक्रिडिटेसनको प्रक्रिया सुरु गरेका थियौं,’ एन.पी.एल.का प्रबन्ध निर्देशक पवन जोशीले भने, ‘केही दिनअघि मात्रै हाम्रा दुवै प्रयोगशाला एक्रिडिटेसन प्रमाणीकरण भएका छन् । हामीलाई यो प्रमाणीकरण गर्न एक वर्षभन्दा बढी समय लाग्यो ।’…
चिकित्सा शिक्षा सम्वन्धी जाँच बुझ आयोगको प्रतिवेदन सार्वजनिक
स्वास्थ्यसमाचार/ ]सरकारले चिकित्सा शिक्षा सम्वन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदन छ बर्ष पछि सार्वजनिक गरेको छ । बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगले ६ बर्ष अघि तयार गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । मन्त्रालयले प्रतिवेदनमा औल्याएका विषयवस्तुलाई कार्यान्वयनमा लैजाने बताएको छ । सरकारले डा गोविन्द केसीसँगको सम्झौता अनुसार ४ बैशाख २०७४ मा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग बनाएको थियो। सो आयोगमा स्वर्गीय प्राडा उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयका तत्कालीन उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतम सदस्य थिए।सो प्रतिवेदनले थुप्रै त्रुटि औल्याउनुको साथै…
भोली चैत २९ गते ईद पर्वको सार्वजनिक विदा
स्वास्थ्यसमाचार चैत्र २९ गते सार्वजानीक बिदा हुने भएको छ। मुस्लिम समुदायको धार्मिक पर्व ईद–उल फित्र (ईद) को अवसरमा सार्वजानीक बिदा दिने नेपाल सरकारको निर्णय भएकोले गृह मन्त्रालयले जनाएको छ। २९ गते भोली सार्वजानीक बिदा रहेको गृहमन्त्रालय सहसचिब रुद्र प्रसाद पन्डीतद्धारा हस्ताक्षरित सुचनमा उल्लेख गरिएको छ।
बुटवलमा पहिलो पटक कलेजोको बायोप्सी जाँचको सुरुवात ग्यास्ट्रो सेन्टरमा
स्वास्थ्यसमाचार/कलेजोको अवस्था बारेमा पत्ता लगाउने विश्वसनिय जाँच कलेजोको बायोप्सी सेवा बुटवलमा पहिलो पटक ६० बर्षकी महिलाको जाँच गरिएको छ। कलेजोको वायोस्पी जाँचबाट बिरामीको कलेजोको अवस्था, क्यान्सर लगायत अन्य समस्या भए नभएको बारेमा यसबाट पत्ता लगाउन सकिन्छ। साथै फाइब्रोस्क्यान पछि समस्या ग्रस्त कलेजोको रोगी बिरामीको अवस्थाको बिस्तृत जाँच गर्नको लागि यसभन्दा पहिले यस क्षेत्रका बिरामीलाई राजधानी लगायतका ठाउंमा जानुपर्ने बाध्यता हटेको छ। यो जाँच ग्यास्ट्रो सेन्टर बुटवलका विशेषज्ञ डा. बिष्णु पौडेल, डा. सुदिप थापा, तथा पेट, कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डा. मोहन भुसाल , डा. सबिर कुमार श्रेष्ठ टिमले गर्न…
धुर्कोटको बृहत निःशुल्क स्वास्थ्य शिविरमा ६सय ६०जनाले लिए सेवा
स्वास्थ्यसमाचार/गुल्मीको धुर्कोट गाउँपालिकाले एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थल स्थित धुर्कोट आधारभुत अस्पतालमा सम्पन्न शिविरमा ६६० जनाले सेवा लिएका छन् । जसमा महिला ४५८ र पुरुष २०२ जनाले सेवा लिएका छन् । शिविरमा १८९ जनाले जनरल मेडिसिन, १८० जनाले हाडजोर्नी तथा नशा रोग, ९२ जनाले स्त्री रोग, ७३ जनाले बालरोगको सेवा लिएका छन् । त्यसैगरी ४७ जनाले दाँत र ७९ जनाले मनोरोगको सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले जानकारी दिए । शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटबलका कन्सल्टेन्ट फिजिसियन…
Social transformation through meditation :Deputy Prime Minister Shrestha
Health News/Deputy Prime Minister and Minister of Foreign Affairs Narayankaji Shrestha has emphasized on the need for social transformation through meditation. Speaking after the inauguration of the Lumbini International Meditation Day, which was the first day of the ‘Lumbini International Peace Festival’, which started today in Lumbini, the birthplace of Buddha, Minister Shrestha said that meditation can transform the society and the nation along with it. Minister Shrestha mentioned that Buddha demand, peace and meditation are complementary to each other and emphasized that Lumbini should be developed as a place…
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनीद्वारा समसामयिक विषयमा दुई दिने प्रशिक्षण सुरु
स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखि दाङको तुलसीपुरमा नेतृत्व बिकास, संगठन व्यवस्थापन तथा समसामयिक विषयमा दुई दिने प्रशिक्षण सुरु भएको छ । उद्घाटन समारोहमा बोल्दै केन्द्रीय अध्यक्ष डा. झलक शर्माले महासङ्घले मुलुकको स्वास्थ्यलाई आमूल रुपान्तरण गर्ने जिम्मेवारी भएको र एकीकृत रुपमा समन्वयकारी भूमिका गर्दै नेतृत्व गर्ने बताए । महासंघले जनताले अनुभूत गर्ने गरि स्वास्थ्यको मुहार फेर्ने बताए । सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीको एकता, आम नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता भन्ने संगठनको मुल मर्मका भुल्न नहुने महासंघका केन्द्रीय सल्लाहकार समितिका संयोजक राम बहादुर…