बाल आहारको गुणस्तर मापदण्ड निर्धारण ,नेपाल राजपत्रमा प्रकाशन

स्वास्थ्यसमाचार/ बाल आहारको गुणस्तर मापदण्ड निर्धारण नेपाल राजपत्रमा प्रकाशन भएको छ। बाल आहारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा र हेलेन केलर ईन्टरनेश्नलको प्राविधिक सहयोगमा तयार पारिएको हो । गएको पुष ३ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको मापदण्डलाई नेपाल सरकारले यहि फाल्गुन १ गते नेपाल राजपत्रमा प्रकाशन गरेको हो । यो मापदण्ड कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा र हेलेन केलर ईन्टरनेश्नलको प्राविधिक सहयोगमा तयार पारिएको हो । हेलेन केलर ईन्टरनेश्नलका कार्यक्रम अधिकृत बबिता अधिकारी का…

स्वास्थ्यको लागि पुदिना चिया : यस्ता छन् सेवनका फाइदा

स्वास्थ्यसमाचार/ चिया स्वास्थ्यको लागि सकारात्मक छ वा नकरात्मक भन्ने कुरामा विश्वका वैज्ञानिकहरुका आ—आफ्ना धारणा रहेका छन् । तर, अनुसन्धानकर्ताहरुले यस विषयमा गरेको अनुसन्धानबाट चियाका धेरै फाइदाहरु पत्ता लागेका छन् । जसअन्तर्गत स्वास्थ्यमा सकारात्मक प्रभावहरु जस्तैः स्वस्थ पाचन प्रणाली, मोटोपना घटाउन मद्धत सँगसँगै शरीरलाई फूर्तिलो बनाइ राख्ने पनि पर्दछन् । पुदिना चिया एक यस्तो प्रकारको चिया हो जसले मानवको शारीरिक तथा मानसिक स्वास्थ्य स्थितीमा सुधार ल्याउँदछ । पुदिनालाई अंग्रेजीमा ‘पेपरमिन्ट’ पनि भनिन्छ । यसले शरीरमा हुने संक्रमणलाई रोक्दै मानिसको तौल बढ्नबाट समेत रोक्दछ । प्राकृतिक वरदानका रुपमा लिइएको यस चियामा कुनै…

सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गरिने

स्वास्थ्यसमाचार/ सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९र८० को बजेट प्रस्तुत गर्दै सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरिएको बताए । यसअघि ७१ प्रकारका औषधि मात्रै निःशुल्क वितरण हुँदै आएको थियो । मन्त्री शर्माले मिर्गौला प्रत्यारोपण गरेका, डाइलाइसिस गरिरहेका, मेरुदण्डको उपचार गरिरहेका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपचार खर्च दिने बताए । उनले त्यसका लागि १ अर्ब ५० करोड रकम विनियोजन गरेको जानकारी दिए । प्रादेशिक अस्पतालमा डाइलाइसिस मेसिन खरिदका लागि बजेट…

देवदह नगरपालिकामा मातृशिशु स्याहार तथा पोषण कार्यक्रम सफल

स्वास्थ्यसमाचार/  देवदह नगरपालिकाले गर्भवती, सुत्केरी र शिशुको स्वास्थ्य स्याहार तथा पोषण कार्यक्रम सफल पारेको छ ।नगरपालिकाभित्रका सबै स्वास्थ्यकेन्द्र र अस्पतालबाट सबै वडामा गर्भवती महिला, सुत्केरी तथा नवजातशिशु स्याहार तथा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरी कुपोषण न्यूनीकरणमा समेत पहिलो चरणको काम शतप्रतिशत सफल भएको हो । विगत केही वर्षयता आमा तथा शिशु स्वास्थ्य सेवा देवदह नगरपालिकामा प्रभावकारी भएको स्थानीयले बताए । मातृशिशु मृत्यूदर घटाउने र स्वस्थ मानव सहर बनाउने उद्देश्य रहेको नगरपालिकाको भनाइ छ । विसं २०७४ सालमा भएको निर्वाचनबाट स्थानीय सरकारका रूपमा नयाँ जनप्रतिनिधि आएपछि देवदहमा विगतमा जस्तो गर्भवतीको स्वास्थ्य परीक्षण,…

बुटवलका औषधी व्यवसायी र स्वास्थ्यकर्मी पाँच दलीय गठबन्धनको पक्षमा

स्वास्थ्यसमाचार/ बुटवलका औषधी व्यवसायी र स्वास्थ्यकर्मीहरु पाँच दलीय गठबन्धनको पक्षमा खुलेका छन् । उनीहरुले गएको पाँच वर्षमा एमालेले जितेर पनि आफूहरुको पक्षमा केही काम गर्न नसकेको बताउँदै यो निर्वाचनमा खुलेर पाँच दलीय गठबन्धनको पक्षमा लाग्ने र अरुलाई पनि पाँच दलीय गठबन्धनको पक्षमा मतदानमा सहभागि गराउने प्रतिवद्धता व्यक्त गरे । नेपाल स्वास्थ्यकर्मी संघ तथा बुटवलका औषधी व्यवसायीहरुले शनिबार बुटवलमा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर उपमेयरका उम्मेदवारसंग भेटघाट गरी मेयरमा खेलराज पाण्डेय र उपमेयरमा चिनबहादुर गुरुङलाई जिताउन आफूहरु प्रतिवद्ध भएर लाग्ने बताएका हुन् । उनीहरुले एमालेले जितेर गएपछि गएको पाँच वर्षसम्म आफूहरुका…

बुटवलमा गठबन्धनको सङ्कल्प पत्र सार्वजनिक: दुई नगर अस्पताल र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराउने

स्वास्थ्यसमाचार/ बुटवलमा पाँचदलीय गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनाबी संकल्प पत्र सार्वजनिक गरेको छ । बुटवलमा बुधबार पत्रकार सम्मेलन गर्दै पाँचदलीय गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको हो । बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ, पाँच दलका नेताहरु जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु डा. बालकृष्ण चापागाइँ र राजु गुरुङ, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठलगायतले संकल्प पत्र सार्वजनिक गर्नु भएको हो । संकल्प पत्र सार्वजनिक गर्दै उनीहरुले बुटवललाई समृद्ध बनाउनका लागि…

मातातीर्थ औँसी :यसरी राख्नुहोस् आमाको स्वास्थ्यको ख्याल

स्वास्थ्यसमाचार/आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन सबै सन्तानले आफ्नो जन्म र कर्म दिने आमाको मुख हेरेर मिठो खाने कुरा र उपहार दिएर मनाउने गर्छन् । आमा नभएकाहरु आमातीर्थ कुण्डमा गएर यो दिन मनाउने गर्छन् । मातातीर्थ औँसी मनाइरहँदा आमाको स्वास्थ्यलाई तपाईंले कतिको ख्याल गर्नुहुन्छ भन्ने पनि आवश्यक हुन्छ । मातातीर्थका दिन आमालाई दिइने उपहार उनको जीवनभरि नै ख्याल गर्नु हो । आमाको स्वास्थ्यको ख्याल तपाईंले सँधैभरि गरिरहनुभयो भने आमालाई आजको दिन मात्रै ख्याल गर्नुपर्दैन । आमाको लामो आयू र स्वास्थ जीवन चाहनुहुन्छ भने उनको स्वास्थ्यको…

प्राकृतिक चिकित्सा पद्धति विस्तारका लागि सचेतना फैलाऊँ

प्रा देवी भक्त ढकाल/ प्राणी मात्रको जीवनसँग एउटामात्र यस्तो साथी छ जसले सधैं-सधैं जीवलाई साथ दिन्छ । दुःखमा होस्, सुखमा, आँसु वा रोदनमा होस्, बाल्यकाल, यौवनकाल, वृद्धावस्थामा नै किन नहोस् सबै समयमा साथ दिने भनेको एउटामात्र साथी छ । त्यो हो जीवनको पर्यायवाची शब्द श्वासप्रश्वास । श्वासप्रश्वास र जीवनको सम्बन्धको व्याख्यान जटिल विषय हो । जीवसँग श्वासप्रश्वास छुट्टिने कल्पनासम्म गर्न सकिन्नँ । श्वासप्रश्वास र जीवनको नितान्त अभिन्न सम्बन्ध छ । जीवनसँगबाट श्वासप्रश्वासको तत्व छुट्टियो भने जीवको अस्तित्व तत् क्षण नै समाप्त हुन्छ । श्वासप्रश्वास र जीवनलाई भिन्नाभिन्नै कल्पना नै गर्न…

सैनामैना नगरपालिकामा नागरिक आरोग्य सेवाकेन्द्र संञ्चालनमा

स्वास्थ्यसमाचार /सैनामैना नगरपालिकामा निःशुल्क आयुर्वेद चिकित्सा शिविर तथा नागरिक आरोग्य सेवा केन्द्र उदघाटन गरिएको छ । एक दिने शिविरमा स्थानीयको उत्साहजनक उपस्थिती थियो । शिविरमा १ सय ३० जनाको ल्याव परिक्षण र १ सय ८८ जनाको उपचार गरिएको छ । सेवा लिनेमध्ये १ सय १४ जना महिला र ७४ जना पुरुष छन् । धेरैजसो ग्यास्ट्रिक, हाडजोर्नी, उच्च रक्तचाप, मधुमेह तथा मलद्वारका विरामीले शिविरबाट सेवा लिएका छन् । कार्यक्रमको अध्यक्षता सैनामैना नगरपालिका वडा नम्वर वार्ड न ८ का अध्यक्ष रामशरण न्यौपाने, प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य भूमिश्वर ढकाल, विशिष्ठ अतिथि…

सुरक्षित खानेपानी वितरणमा रूपन्देहीको शंकरनगर उत्कृष्ट

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वडा नम्बर २ मा रहेको शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुरक्षित खानेपानी वितरणमा मुलकमै सर्वोत्कृष्ट भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले शंकरनगर खानेपानीलाई सुरक्षित खानेपानी सेवा प्रदान गरेकोमा सर्वोत्कृष्ट ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो । विभागले प्रदान गरेको प्रमाणपत्र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख गुणनिधी पोखरेलले खानेपानीका अध्यक्ष झविन्द्र भण्डारीलाई हस्तान्तरण गरे । विभागले मुलुकका दश वटा खानेपानी आयोजनाहरुमा जलवायु उत्थानशील खानेपानी सुरक्षा योजना लागू गरेकोमा ती आयोजनाहरुमध्ये शंकरनगर खानेपानीलाई वेसलाइन एसिस्मेन्टमा उच्चतम अंकसहित प्रथम भएको प्रमाणपत्र प्रदान गरेको हो…