क्यान्सरका कारण विश्वमा प्रत्येक मिनेट १७ व्यक्तिको मृत्यु

स्वास्थ्यसमाचार/ विश्वमा सबैभन्दा घातक रोग मानिएको क्यान्सर अर्थात् अर्बुद रोगबाट प्रत्येक मिनेटमा १७ व्यक्तिको मृत्यु भइरहेको छ । विश्व क्यान्सर दिवस यस वर्ष पनि ‘म हुँ र म हुनेछु’ भन्ने सन्देशका साथ मनाईएको छ । सारा वैज्ञानिक उपलब्धिको बाबजूद पनि यस रोगका कारण हुने मानवीय क्षति कम गर्न सकिएको छैन । यस रोगको उपचारका लागि जती गम्भीरता जरुरी पर्दछ, त्योभन्दा बढी यसप्रतिको चेतना हुनु आवश्यक देखिएको छ । युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल यूआईसीसी ८८ वर्षदेखि विश्वका ७० देशमा क्यान्सरबाट बच्नका लागि अभियान चलाइरहेको छ । यूआईसीसीका अनुसार गत वर्ष…

चीनमा आउँदो जनवरी ८देखि विदेशी यात्रुलाई क्वरेण्टीनमा बस्नु नपर्ने

एजेन्सी /चीनमा अब विदेशी यात्रुलाई क्वरेण्टीनमा बस्नु नपर्ने भएको छ । आउँदो जनवरी ८ तारिखदेखि चीनले आफ्नो देशमा आउने विदेशी यात्रु क्वरेण्टीन बस्नु नपर्ने जनाएको हो । चीनले अपनाउँदै आएको शून्य कोभिड नीति अन्तर्गत लगाइएका प्रतिबन्ध श्रृङ्खलाबद्ध रूपमा हटाउने क्रममा यो पछिल्लो घोषणा आएको हो । कोभिड सङ्क्रमणका घटना चीनमा तीव्र रूपमा बढेको छ र स्वास्थ्यकर्मीहरूले त्योसँग जुध्न आफूहरूले सङ्घर्ष गरिरहेको बताएका छन् । तर, सङ्क्रमण बढिरहे पनि चीनले विदेशी यात्रुलाई अनिवार्य क्वरेण्टीन बस्नु पर्ने नियम हटाएको छ । सन् २०२० को मार्चयता चीन आगमन गर्ने सबै यात्रुहरूले क्वरेण्टीनमा बस्नुपर्ने…

गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री टेमिडोको राजीनामा

स्वास्थ्यसमाचार/ पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पदबाट राजीनामा दिएकी छन् । एक अस्पतालबाट अर्को अस्पताल लैजाँदै गर्दा हदृयघातका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ । तर, स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन । विगत केही महिनादेखि, आलोचकहरूले पोर्चुगललाई डेलिभरी अस्पतालमा कामदारहरूको गम्भीर अभाव भएको आरोप लगाउँदै आएका छन् । डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि पोर्चुगलमा स्वास्थ्यमन्त्री थिइन् । पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले महिलाको मृत्यु नै डा। टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ साबित भएको बताएका छन्…