स्वास्थ्यसमाचार/ पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा घाइते भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि कीर्तिपुर अस्पताल भर्ना गरिएको छ। शनिबार दिउँसो कार्यक्रम उद्घाटन क्रममा बेलुन उडाउन लाग्दा नजिकैको आगोले बेलुनमा आगो लागेपछि त्यसको लप्काले अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई पोलेको थियो। दुवै जनालाई गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं ल्याएर कीर्तिपुर अस्पताल पुर्याइएको थियो।कीर्तिपुर अस्पतालले विज्ञप्ति जारी गरी अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई सघन उपचार कक्ष (आइसियु)मा भर्ना गरिएको जनाएको छ। अस्पतालका अनुसार प्रारम्भिको मूल्यांकन गर्दा…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा गुल्मी अस्पताल ९१ अंकसहित सुधार उन्मुख
स्वास्थ्यसमाचार/न्युनतम जनशक्तिको उपस्थितीमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयमा गुल्मी अस्पताल सुधार उन्मुख देखिएको छ । न्युनतम सेवा मापदण्ड कार्यान्वय कार्यक्रम अन्तर्गत गरिएको मूल्यांकनमा अस्पताल सुधार उन्मुख देखिएको हो । विगत तीन वर्षको मूल्यांकनमा अस्पतालको क्रमशः अंक बढेको देखिन्छ । न्युनतम सेवा मापदण्डमा गुल्मी अस्पतालले यस वर्ष ९१ प्रतिशत अंक प्राप्त गरेको छ । न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मूल्यांकन तथा समिक्षा कार्यक्रममा पृथ्वी चन्द्र अस्पताल नवलपरासीका प्रमुख तथा न्युनतम सेवा मापदण्ड स्रोत व्यक्ति डा. नुरुल होडाले गुल्मी अस्पतालले ९१ प्रतिशत अंक प्राप्त गरेको घोषणा गर्नु भयो । तोकिएको…
क्रिमसन अस्पतालमा ईसीएचएस सेवा शुरु, पूर्व भारतीय सैनिक र आश्रित परिवारको निशुल्क उपचार
स्वास्थ्यसमाचार/रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा पुर्व भारतीय सेना तथा आश्रित परिवारका सदस्यहरुको निशुल्क उपचार हुने भएको छ । अस्पतालमा प्राङगणमा आयोजित एक कार्यक्रमका बीच भारतीय राजदूतावासका प्रतिनिधि मेजर नविन कुवँर तथा क्रिमसन अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले संयुक्त रुपमा सेवा शुभारम्भ भएको घोषणा गरे । संझौता अनुसार क्रिमसन अस्पतालमा पुर्व भारतीय सैनिक तथा आश्रित परिवारको उपचार बापतको सम्पुर्ण खर्च अब ईसीएचएसले ब्यहोर्ने छ । संझौता पत्रमा हस्ताक्षर भएपनि लागु आजबाट भएको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले वताए । विशेषगरि तिलोत्तमा आसपासका क्षेत्रमा बसोबास गर्ने पुर्व भारतीय सैनिकहरूलाई अब ईसीएचएस मार्फत…
तिलोत्तमामा प्रमुख र उपप्रमुखद्वारा एचपीभी खोप अभियान शुभारम्भ
स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकामा एच पि भी खोप अभियानको उद्घाटन गरिएको छ । तिलोत्तमा १० मा अवस्थित जनहित माध्यमिक विद्यालयबाट बिहिबार खोपको उद्घाटन गरिएको हो । तिलोत्तमाका ७० वटा विद्यालयमा यो खोप संचालन गरिएको छ । स्वास्थ्य मन्त्रालयले १० देखि १४ वर्षसम्मका किशोरी लक्षित खोप अभियान संचालन गरे अनुरुप तिलोत्तमामा पनि कक्षा ६ देखि १० कक्षासम्मका करिव ८ हजार ६ सय ३२ किशोरी लाभान्वित हुने तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले बताउनुभयो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले विश्वमा नसर्ने रोगको प्रकोपका कारण लाखौ मानिस प्रभावित भएको भन्दै रोकथामका लागि…
गुल्मी जिल्ला अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु
स्वास्थ्यसमाचार /गुल्मी अस्पताल तम्घासमा विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुरु भएको छ । लुम्बिनी प्रदेशमै पहिलो पटक गुल्मी अस्पताल तम्घासमा विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुरु भएको हो । यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल देशभरीमै नवौं अस्पताल हो । विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा गुल्मी अस्पतालमा विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको हो । कार्यक्रमका अवसरमा न्यूनतम सेवा मापदण्ड कार्यक्रम कार्यान्वयन अन्तरगत अनुगमन, मुल्यांकन तथा समीक्षा र नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान समेत सुरु गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले प्रदेश सरकार…
लुम्बिनीमा सुरक्षित गर्भपतन गराउने बढ्दै, २० वर्ष मुनिका १० प्रतिशत
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा गर्भपतन गराउनेको संख्या बढेको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्क अनुसार गर्भपतन गराउने मध्ये २० वर्ष मुनिका करिव १० प्रतिशत रहेका छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन, २०७५ को भाग ४ को दफा १५ ले गर्भवती महिलाको अवस्थाअनुसार १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था भएसँगै सुरक्षित गर्भपतन गराउने बढ्दै गइरहेको स्वास्थ्य निर्देशनालय ले जनाएको छ । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा १९ हजार ८ सय २० जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा लुम्बिनी प्रदेशका…
रेसुङ्गा नगरपालिकामा विद्यार्थीहरूको निःशुल्क मुटुरोग परीक्षण सुरू
स्वास्थ्यसमाचार/नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीले रेसुङ्गा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विधालयका १५ वर्ष उमेर समूहका विद्यार्थीहरुको आजदेखि निःशुल्क बाथ र मुटुरोग परीक्षण सुरु गरेको छ। रेसुंगा नगरपालिका भित्रका रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यनरत १५ वर्ष उमेर समुहका आठ हजार विद्यार्थीको मंगलबारदेखि निःशुल्क बाथ मुटुरोग परीक्षण सुरु गरिएको हो। रेसुंगा नगरपालिका वडा नं.१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमको शुभारम्भ रेसुंगा नगरपालिकाका प्रमुख खिल ध्वज पन्थीले गर्नुभएको हो।नगरप्रमुख पन्थीले पछिल्लो समय स्वास्थ्यको क्षेत्रमा नसर्ने रोगहरु प्रमुख चुनौती बनिरहकोले यसतर्फ सबै सचेत रहनुपर्ने पर्ने कुरामा जोड दिनुभयो। बिभिन्न…
रुपन्देहीमा पहिलो चरणमा ९१ प्रतिशतले लगाए एच.पि.भी खोप
स्वास्थ्यसमाचार /रुपन्देहीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप अभियानको पहिलो चरणमा ९१ प्रतिशत खोप लगाएका छन् । माघ २२ देखि ३० गते सम्म रुपन्देहीका ८ पालिकामा सञ्चालन गरिएको एच.पि.भी खोप ३० हजार ९ सय २९ लक्ष्य रहेकोमा २८ हजार ९८ जनाले खोप लगाएका छन ।स्वास्थ्य कार्यलय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीका अनुसार पहिलो चरणमा ८ पालिकामा ९१ प्रतिशतले खोप लगाएको बताउनु भयो । पहिलो चरणका पालिकाहरु बुटबल उपमहानगर सैनामैना नगरपालिका, सिद्धार्थनगरका ,कञ्चन गैडहवा शुद्धोधन मायादेवी र सियारी गाउँपालिका रहेका थिए । रुपन्देही जिल्लामा रहेका ५८ हजार ८ सय ९८ जना…
गुल्मीमा आत्महत्याको दर वृद्धि, मानसिक स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह
स्वास्थ्यसमाचार/पछिल्लो समयमा गुल्मीमा आत्महत्याको दर बढ्दै गएपछि इस्मा गाउँपालिकामा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको छ। इस्मा गाउँपालिकाको वडा नम्बर ५,इस्मा रजस्थलको आयोजना र जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्री र जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालको सहजीकरणमा स्थानीयलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। सचेतना कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले सकारात्मक सोचसँग सम्बन्धि कुराहरुको बारेमा जानकारी गराउनुभयो।सकारात्मक सोचाइले मानिसले गर्ने हरेक कार्यमा सफलता मिल्ने भन्दै उहाँले सबैले मानसिक स्वास्थ्यलाई विशेष ख्याल गर्न आग्रह गर्नुभयो। समाजलाई सकारात्मक…
१२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल: ५ महिना १३ प्रतिशत काम
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालको १२ सय शैयाको १० तले नयाँभवन निर्माणको काम ५ महिनामा १३ प्रतिशत भएको छ । ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको यो अस्पतालभवन प्रदेश सरकारको पहिलो ठूलो पूर्वाधार हो ।तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालामा प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा अघि बढाइएको अस्पताल भवनको शिलान्यास गत भदौ १५ गते भएको थियो । ठेक्का प्रक्रिया विवादास्पद भएपछि दुईपटक रद्द गरिएकोथियो । भवन निर्माण मापदण्डको ‘स्पेसिफिकेसन’मै आशंका भएपछियसअघिका दुवै टेन्डर रद्द गरिएको थियो । तेस्रोपटक आह्वान भएको टेण्डर स्वीकृत भई गत पुस २६ गतेठेक्का सम्झौता भएको थियो…