नेपाल फार्मेसी संघ पाल्पा शाखाको दोस्रो अधिवेशन: अध्यक्षमा न्यौपाने

स्वास्थ्यसमाचार/ नेपाल फार्मेसी संघ पाल्पा शाखाको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। शाखा अध्यक्ष सूर्यप्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औषधि व्यवस्था विभाग का अधिकृत बुद्धिबल चिडी प्रमुख अतिथि तथा नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेश अध्यक्ष खेमराज तिवारी विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै अधिकृत चिडीले फार्मेसी क्षेत्र स्वास्थ्य सेवाको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्नुभयो। सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधि सर्वसाधारणसम्म पु¥याउन फार्मासिस्टहरूको भूमिका संवेदनशील र जिम्मेवार हुने बताउँदै उहाँले मापदण्डविपरीत गतिविधि नियन्त्रण गर्न सबै पेशाकर्मी एकजुट हुनुपर्नेमा जोड दिनुभयो। बदलिँदो…

स्वास्थ्यकर्मी मैत्री ऐनको माग गर्दै HEPON लुम्बिनीको पूर्ण बैठक सम्पन्न

स्वास्थ्यसमाचार/  नेपाल स्वास्थ्यकर्मी संघ (HEPON) लुम्बिनी प्रदेश कमिटीको पूर्ण बैठक आज राप्ती उपत्यका दाङ्ग मा सम्पन्न भएको छ। संघका लुम्बिनी प्रदेश अध्यक्ष कोशलराज बैद्यको अध्यक्षतामा सम्पन्न बैठकले स्वास्थ्यकर्मीका हकहित, सेवा सुरक्षा र कार्य वातावरण सुधारका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ। प्रदेश उपाध्यक्ष दामोदर सुवेधीका अनुसार २०८२ पौष १० गते बुटवल मा सम्पन्न प्रदेश अधिवेशनपछि यो पहिलो पूर्ण बैठक हो। बैठकले बाँकी रहेका जिल्लाहरूमा यथाशीघ्र अधिवेशन सम्पन्न गर्ने निर्णयसमेत गरेको छ। कार्यक्रममा बोल्दै HEPON का केन्द्रीय कमिटी वरिष्ठ उपाध्यक्ष हरिहर तिवारीले संघीयताको मर्मअनुसार प्रदेश निजामती ऐन, नियमावली तथा स्थानीय तहका ऐन–नियमहरू…

स्वास्थ्य क्षेत्रमा दलहरुको ‘अस्वस्थ’ बाचा : कार्यान्वयन गर्नै नसकिने लोकप्रियतावादी प्रतिबद्धता

हरेक निर्वाचनमा नेपालका राजनीतिक दलहरुले स्वास्थ्य क्षेत्रलाई आफ्नो घोषणा पत्रमा विशेष प्राथमिकता दिँदै आएका छन् । तर घोषणा पत्रका विषय भने कार्यान्वयनमा शून्य जस्तै छ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपालका ठूलासहित सबै दलले आ–आफ्नो घोषणा पत्रहरु सार्वजनिक गरेका छन् । उनीहरुले सार्वजनिक गरेको घोषणा पत्रमा नि:शुल्क स्वास्थ्यदेखि स्वास्थ्य स्वयम् सेविकालाई भत्तासम्मको व्यवस्था गरिएको छ । एमालेको घोषणा पत्र: स्वास्थ्य सुधारको दाबी यस्तै एमालेले आफ्नो घोषणा पत्रमा स्वास्थ्य स्वयंसेविकाहरूलाई वार्षिक २० हजार भत्ता दिइने, सामाजिक सुरक्षा प्रणालीमा समावेश गरिने, आधारभूत स्वास्थ्य सेवा नि:शुल्क र सबै नागरिकको पहुँचमा हुने, अस्पताल…

एमाले उम्मेदवार विष्णु प्रसाद पौडेलका स्वास्थ्य सुधारमा ११ प्रतिबद्धता

स्वास्थ्यसमाचार /  प्रतिनिधिसभा निर्वाचन-२०८२ नजिकिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रुपन्देही क्षेत्र नं. २ का लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। उम्मेदवार विष्णुप्रसाद पौडेलको नेतृत्वमा सार्वजनिक गरिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा शहरी पूर्वाधार, उद्योग-व्यापार, कृषि, पर्यटनदेखि सुशासनसम्मका बहुआयामिक योजना समेटिएका छन्। एमालेले स्वास्थ्य क्षेत्रमा रुपन्देहीका नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। घोषणापत्रअनुसार लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार निर्माण पूरा गरी आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरिनेछ। साथै, सैनामैना, तिलोत्तमा लगायतका क्षेत्रमा आधारभूत अस्पताल तथा स्वास्थ्य केन्द्रको स्तरोन्नति गरिने, आयुर्वेद तथा प्राकृतिक चिकित्सा सेवाको विस्तार गरिने तथा सामुदायिक अस्पतालहरूको…

चिकित्सक र इञ्जिनियरको संयुक्त आह्वान : चुन्नलाई मत दिन आग्रह

स्वास्थ्यसमाचार/रुपन्देही क्षेत्र नं. २ मा काँग्रेसका उम्मेद्वार चुन्न पौडेललाई मत दिन चिकित्सक तथा इञ्जिनियरहरूले आम मतदातासमक्ष आह्वान गरेका छन्। नेपाल डेमोक्रेटिक डक्टर्स एशोसियसन लुम्बिनी र डेमोक्रेटिक इञ्जिनियर्स नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न कार्यक्रममा डाक्टर, इञ्जिनियर तथा विभिन्न पेशाकर्मीहरूले संयुक्त रूपमा काँग्रेस उम्मेद्वारलाई समर्थन जनाएका हुन्। कार्यक्रममा बोल्दै रुपन्देही–२ का उम्मेद्वार पौडेलले चिकित्सक तथा इञ्जिनियरहरूको पेशागत हकहित र समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताए। उनले बुटवललाई सूचना प्रविधि केन्द्रका रूपमा विकास गर्ने योजना अघि सार्दै लुम्बिनी प्रादेशिक अस्पताल लाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्ने तथा आम्दा अस्पताल लाई मेडिकल कलेजका…

पाल्पामा निर्वाचन प्रहरी : रगतको अभाव परिपूर्तिमा सक्रिय

स्वास्थ्यसमाचार/ जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा पाल्पामा खटिएका निर्वाचन प्रहरीले सक्रियता देखाएका छन् । उनीहरुले आफ्नो व्यावसायिक जिम्मेवारीसँगै यहाँ रगत अभाव हुन नदिने उद्देश्य राखेर रक्तदानमा सक्रियता देखाएका हुन् । निर्वाचनको सुरक्षाको जिम्मेवारीसँगै रक्तदानमार्फत बिरामीको ज्यान बचाउने पवित्र कार्यमा उनीहरु लागेका छन् । एक महिने जागिरमा भर्ना भएका उनीहरुले देखाएको मानव सेवा कार्य देशमै नमुना बनेको छ । विहानदेखी साँझसम्म निर्वाचन सुरक्षाको बारेमा तालिम तथा प्रशिक्षणमा खटिएका उनीहरुले समय मिलाएर रक्तदान कार्यक्रममा सहभागी भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाको समन्वय र नेपाल रेडक्रस सोसाइटी पाल्पाको प्राविधिक सहयोगमा प्रहरी कार्यालय…

प्युठानमा नसर्ने रोगको स्क्रिनिङ्ग : रक्तचाप, मधुमेह र मोटोपनामा चिन्ता

स्वास्थ्यसमाचार/ प्युठानमा नसर्ने रोगको स्क्रिनिङ्ग अभियान–२०८२ अन्तर्गत ३० वर्षमाथिका जनतामा स्वास्थ्य परीक्षण कार्य तीव्र गतिमा सञ्चालन भएको छ । अभियानले जिल्लाभरि स्वास्थ्य सचेतना बढाउने मात्र नभई प्रारम्भिक रोग पत्ता लगाएर समयमै उपचार सुरु गर्ने उद्देश्य राखेको छ।स्वास्थ्य कार्यालयले तोकेको लक्ष्य अनुसार जिल्लाका २१,हजार ६सय १२ जना व्यक्तिहरूको स्क्रिनिङ्ग गर्ने योजना थियो। अहिले सम्ममा१२हजार ८सय ८४ जनाको परीक्षण सम्पन्न भएको छ, जसले लक्ष्यको करिब ५९.६२ प्रतिशत पुरा गरेको स्वास्थ्य कार्यालय प्रमुख नरेश श्रेष्ठले बताउनु भयो ।“स्क्रिनिङ्ग अभियानले मानिसको स्वास्थ्य स्थितिबारे प्रारम्भिक जानकारी दिन्छ र भविष्यमा हुने गम्भीर रोग रोकथाममा सहयोग पु¥याउँछ।…

रास्वपाको बाचापत्र: शत प्रतिशत स्वास्थ्य बीमा र गुणस्तरीय सेवा

स्वास्थ्यसमाचार /  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी बाचापत्र ‘नागरिक करार’ सार्वजनिक गर्दै जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षा प्रणाली लागू गर्ने घोषणा गरेको छ। यस प्रणाली अन्तर्गत हरेक नागरिकका लागि शत प्रतिशत स्वास्थ्य बीमा, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा, साथै सार्वजनिक स्वास्थ्य संरचनाको सुदृढीकरण प्राथमिकतामा राखिएको छ। पार्टीले बाचापत्रमा डिजिटल सुशासन, चुस्त सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणलाई पनि मुख्य प्राथमिकता दिएको छ। सरकारी सेवामा लाइन बस्ने बाध्यता हटाई ‘लाइन होइन, अनलाइन’ प्रणाली लागू गर्ने र राष्ट्रिय परिचयपत्रलाई सेवाको आधार बनाउने प्रतिवद्धता सार्वजनिक गरिएको छ। रास्वपाले स्वास्थ्य, शिक्षा…

पैसा नहुने नागरिकको स्वास्थ्य बीमा खर्च राज्यले बेहोर्छ : कांग्रेस

स्वास्थ्यसमाचार/ कांग्रेस सभापति गगन थापाले नागरिकको स्वास्थ्य उपचार राज्यको दायित्व भएको बताउँदै यसलाई निशुल्क बनाउने बताएका छन्। घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘हरेक नागरिक स्वास्थ्य बीमामा जोडिएर आफ्नो र परिवारको उपचार खर्चबारे निश्चिन्त रहोस्। हरेक नागरिकले उपचारमा जतिसुकै खर्च लागोस्, राज्य छ भन्ने गर्व गरून् र ढुक्कसँग भन्न सकून्—गोजीमा बीमा कार्ड छ, मलाई केको डर छ।’ सभापति थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने पनि बताए। उनले कमाउनेले प्रिमियम तिर्ने र नहुनेको खर्च राज्यले बेहोर्ने बताए। नागरिकको स्वास्थ्य उपचार राज्यको जिम्मेवारी भएको भन्दै यसबारे घोषणापत्रमा स्पष्ट उल्लेख गरिएको छ।…

एमालेको घोषणापत्र: स्वास्थ्य सेवा सर्वसुलभ बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली ले काठमाडौंमा घोषणापत्र सार्वजनिक गर्दै आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। घोषणापत्रमा एमालेले “स्वदेशमै विश्वस्तरीय स्वास्थ्य सेवा” उपलब्ध गराउने लक्ष्य अघि सारेको छ। वडा तहदेखि केन्द्रसम्म अस्पताल पूर्वाधार निर्माण, आधुनिकीकरण, आधुनिक उपकरणको व्यवस्था र दक्ष जनशक्ति व्यवस्थापनमार्फत स्वास्थ्य प्रणाली सुदृढ गरिने उल्लेख छ। आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ एमालेले आधारभूत स्वास्थ्य सेवालाई प्रमाणमा आधारित प्राथमिकताका साथ निःशुल्क र…