स्वास्थ्यसमाचार/गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले ‘ग्रामीण अल्ट्रासाउण्ड’ सेवा सुरु गरेको छ । गाउँपालिका प्रमुख यदु ज्ञवालीले रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार स्वास्थ्य चौकीबाट सेवा शुभारम्भ गर्नुभयो । ज्ञवालीले यो सेवा बलेटक्सार, बम्घा, थानापती र ग्वादी क्षेत्रका गर्भवती आमाहरुलाइै केन्द्रमा राखेर सञ्चालन गरिएको बताउनुभयो । सक्नेहरु स्तरीय अस्पतालमा हिँडीहाल्ने भएकाले स्वास्थ्यचौकी गरिब तथा विपन्न परिवारको मात्र हुँदा सेवाहरु थप विस्तार गरेर अगाडी बढिएको ज्ञवालीले बताउनुभयो । सेवाग्राहीलाई हरेक दुई महिनामा आफ्नै वडामा अल्ट्रासाउण्ड सेवा प्रदान गरिनेछ । नियमित सेवा बलेटक्सार स्वास्थ्य चौकीबाट उपलब्ध हुने भएकाले ग्रामीण भेगका आमाहरुलाई समयमै, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा पुर्याउने…
