स्वास्थ्यसमाचार/प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ । ‘यस पोर्टलका माध्यमबाट देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय-सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नुहुनेछ’ प्रेस तथा अनुसन्धान विज्ञ…
समाचार
स्वास्थ्य दरबन्दीमा विभेदको आरोप : जनकपुरमा प्रदर्शन, स्वास्थ्य मन्त्री मेहताको राजीनामा माग
स्वास्थ्यसमाचार/ स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीमा हेल्थ असिस्टेन्ट, ल्याब, रेडियोलोजी र सिएमए लगायत पदमा अवसर नदिएको भन्दै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। शनिबार धनुषाका विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध नाराबाजी गर्दै विभिन्न चोकमा प्रदर्शन गरेका हुन्। उनीहरूले स्वास्थ्य क्षेत्रमा विभेद बन्द गर्न र आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।स्वास्थ्यकर्मी नवेश अधिकारीले ३५ वर्षपछि खुलाइएको दरबन्दीमा आफूहरूलाई शून्य अवसर दिइनु विभेदपूर्ण भएको बताए। उनका अनुसार देशभर हरेक वर्ष हजारौं स्वास्थ्यकर्मी उत्पादन भइरहेका भए पनि सम्बन्धित पदमा दरबन्दी नखुलाउँदा भविष्य अन्योलमा परेको छ।उनीहरूले सरकारले…
तिलोत्तमा १० पूर्ण संस्थागत प्रसूति सेवा र पूर्ण खोप सुनिश्चितता घोषित
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका वडा नं. १० लाई पूर्ण संस्थागत प्रसूति सेवा युक्त वडा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना वडा घोषणा गरिएको छ । सेमरा बजार स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा वडालाई औपचारिक रूपमा घोषणा गरिएको हो । स्वास्थ्य चौकी प्रमुख कमल पान्डेय ले प्रस्तुत गरेको प्रतिवेदन अनुसार वडा भित्र रहेका १६२ जना गर्भवती महिलाले स्वास्थ्य संस्थामै पुगेर प्रसूति सेवा लिएका छन् । प्रतिवेदन अनुसार नेपाल सरकारको मापदण्ड अनुसार गर्भवती अवस्थामा गरिने चार पटकको एएनसी (ANC) जाँच तथा सुत्केरीपछिको पीएनसी (PNC) सेवा पनि शतप्रतिशत सम्पन्न भएको छ । वडा भित्र कुनै पनि…
भालुबाङमा “जन्म दर्ता व्यवस्थापन प्रणाली” सम्बन्धी तालिम सुरु
स्वास्थ्यसमाचार/ स्वास्थ्य निर्देशनालय लुम्बिनीको आयोजनामा “जन्म दर्ता व्यवस्थापन प्रणाली (Birth Registration Management System)” सम्बन्धी दुईदिने तालिम सुरु भएको छ। तालिमको स्वास्थ्य निर्देशक रोशनलाल चौधरी अध्यक्षता तथा स्वास्थ्य मन्त्री खेम बहादुर सारुको प्रमुख आतिथ्यतामा तथा स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठ को बिशिष्ठ आतिथ्यमा भएको तालिममा बोल्दै स्वास्थ्य मन्त्री खेम बहादुर सारुले जन्म दर्ता प्रणालीलाई डिजिटल र प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए। उनले भने, “जन्म दर्ता समयमै र सही ढंगले हुन सके मात्रै नागरिकको अधिकार सुनिश्चित हुन्छ। यसलाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता हो।” तालिमको मुख्य उद्देश्य अस्पताल…
लुम्बिनी प्रादेशिक अस्पतालमा एकै दिन १६सय विरामीले लिए सेवा
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको प्रमुख तथा पश्चिम नेपालकै विश्वासिलो उपचार केन्द्रका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टाको सेवा विवरणअनुसार बिहीबार मात्रै अस्पतालमा कुल १ हजार ५५८ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्। अस्पतालका अनुसार ओपिडी, आकस्मिक कक्ष र क्लिनिकमार्फत उक्त सङ्ख्यामा बिरामीको जाँच तथा उपचार गरिएको हो। जसमध्ये ९५८ जना ओपिडीमा र १४० जना आकस्मिक कक्षमा उपचाररत रहेका थिए। स्वास्थ्य बिमामार्फत सेवा लिनेको संख्या ३०३ रहेको छ। हाल अस्पतालमा ३४४ जना बिरामी भर्ना भएर उपचाररत छन् भने आईसीयूमा २५, एनआईसीयूमा १२, एसएनसीयूमा १२…
सैनामैनाका वडा नं. ५, ८ र ९ का स्वास्थ्य संस्थामा सामाजिक परीक्षण : औषधि, कर्मचारी, भवनदेखि शौचालयसम्म समस्या
सैनामैना नगरपालिका वडा नं. ५, ८ र ९ का आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा सेवा, सुविधा र गुणस्तर सम्बन्धी आमभेला तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागितामा स्वास्थ्य संस्थाको अवस्था, सेवा प्रवाह र समस्याबारे खुला छलफल गरिएको थियो। वडा नं. ५ मा वडा अध्यक्ष तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन समितिका अध्यक्ष धनप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी, स्वास्थ्य संस्था प्रमुख पार्वती भण्डारीलगायतको सहभागिता रहेको थियो। कार्यक्रममा दरबन्दीअनुसार कर्मचारी अभाव, पर्याप्त औषधि नपाइने, नगरपालिकाबाट पठाइएका केही उपकरण गुणस्तरीय नभएको लगायतका…
सैनामैनाका वडा नं. ५, ८ र ९ पूर्ण खोप सुनिश्चित वडा घोषणा
स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिका वडा नं. ५, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. ५, ८ र ९ ले सञ्चालन गरेको घरधुरी सर्वेक्षण कार्यक्रममा जन्मदेखि ५९ महिनासम्मका बालबालिकाको खोप अवस्थाबारे अध्ययन गरिएको थियो। सर्वेक्षणका क्रममा जन्मदेखि १६ महिनासम्मका १०२ जना र १६ देखि ५९ महिनासम्मका २२७ जना बालबालिकाले पूर्ण खोप लगाएको पाइएको छ भने ४ जना बालबालिका आंशिक रूपमा छुट भएका भेटिएका थिए। ती बालबालिकालाई नियमित खोपमार्फत पूर्ण खोप प्रदान गरिएपछि सम्बन्धित वडाहरूलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो। बिहीबार…
मेडिकल दर्तामा बिचौलिया सक्रिय: १५ देखी२०हजार असुली,दर्ता निःशुल्क भएको स्वास्थ्य निर्देशनालय लुम्बिनीको स्पष्टिकरण
स्वास्थ्यसमाचार/ स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यलयमा मेडिकल तथा अन्य स्वास्थ्य संस्थाको दर्ता प्रक्रिया निःशुल्क भए पनि बिचौलियाले कागजपत्र मिलाइदिने बहानामा १५ देखि २० हजार रुपैयाँसम्म असुल्ने गरेको खुलासा भएको छ। यसप्रति स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक रोशनलाल चौधरीका अनुसार मेडिकल दर्ता तथा नवीकरणका लागि कुनै पनि शुल्क नलाग्ने स्पष्ट छ। उनले बाहिरका व्यक्तिहरूले अनावश्यक पैसा उठाएको सूचना आएको बताउँदै त्यस्ता व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए। त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमा देवी थापाले पनि दर्ता प्रक्रियामा कुनै शुल्क नलाग्ने…
३५ वर्ष पछि स्वास्थ्यमा ९सय७७ दरबन्दी थपिदै, अर्थले दियो स्विकृति
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झण्डै ३५ वर्ष पछि ठूलो संख्यामा प्राविधिक समूहका स्थायी जनशक्ति पाउने भएको छ । मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाका लागि स्वास्थ्यले तयार पारेको ९७७ जना स्थायी दरबन्दी तेरिज अर्थ मन्त्रालयले स्वीकृत गरेपछि ठूलो संख्यामा जनशक्ति थपिने भएको हो । यसअघि स्वास्थ्यले २०४८ सालमा ठूलो संख्यामा प्राविधिक जनशक्ति थप्ने काम गरेको थियो । स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार पाँचौँ तह देखि एघारौँ तहसम्मका ९७७ दरबन्दी थप्ने स्वास्थ्यको प्रस्ताव अर्थ मन्त्रालयबाट बुधबार स्वीकृत भएको छ । ‘स्वास्थ्यको तल्लो तह देखि माथिल्लो तह (एघारौँ तह) सम्म विभिन्न…
सैनामैनाबाट ठूलो परिमाणमा लागुऔषधसहित एक युवक पक्राउ
स्वास्थ्यसमाचार/ रुपन्देहीको सैनामैनाबाट विहिबार प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । सैनामैना नगरपालिका वडा नं. ११ बनकट्टी स्थित इलाका प्रहरी कार्यालय सालझन्डीबाट खटिएको प्रहरी टोलीले पूर्व-पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित घोराही उप-महानगरपालिका वडा नं.१४ बस्ने २८ वर्षीय रबिन बुढा पक्राउ परेका हुन् । बुटवल देखि दाङ तर्फ जादै गरेको लु १ ज ४९३६ नं.को ईभी गाडीमा सवार व्यक्तिलाई शंका लागि खानतलासी गर्दा उनले पछाडि भिरेको कालो झोला भित्र लुकाई छिपाई राखेको लागु औषध फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनको साथबाट सेराज्याक २…
