दिपेन्द्र कुमार पुन बने लुम्बिनी प्रदेशको पाचौं स्वास्थ्य मन्त्री

स्वास्थ्यसमाचार/ लुम्बिनीमा नयाँ सत्ता गठबन्धनबाट नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन हुने भएको छ। मुख्यमन्त्री कार्यालयमा बसेको दलहरूको बैठकले मन्त्रालय बाँडफाँट टुङ्गाएको छ । जसअनुसार स्वास्थ्य मन्त्रीमा दिपेन्द्र कुमार पुन हुने भएका छन। उनी रोल्पाबाट निर्बाचित संसाद हुन । यस्तै अन्य मन्त्रालय पनि भागभन्डा भएको छ। एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप ३, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय लिने गरी १–१ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी भएको वताईएको छ।  

चिकित्सा शिक्षा सम्वन्धी जाँच बुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्यसमाचार/ ]सरकारले चिकित्सा शिक्षा सम्वन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदन छ बर्ष पछि सार्वजनिक गरेको छ । बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगले ६ बर्ष अघि तयार गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । मन्त्रालयले प्रतिवेदनमा औल्याएका विषयवस्तुलाई कार्यान्वयनमा लैजाने बताएको छ । सरकारले डा गोविन्द केसीसँगको सम्झौता अनुसार ४ बैशाख २०७४ मा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग बनाएको थियो। सो आयोगमा स्वर्गीय प्राडा उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयका तत्कालीन उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतम सदस्य थिए।सो प्रतिवेदनले थुप्रै त्रुटि औल्याउनुको साथै…

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव बन्ने

स्वास्थ्यसमाचार/जनता समाजवादी पार्टी (जसपा) पार्टी काअध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन । तर अब पार्टी अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने जसपा सांसद प्रदीप यादवले जानकारी दिए । यसअघि नेकपा एमालेले स्वास्थ्य मन्त्री लिने तयारीसहित पदम गिरीलाई सरकारमा पठाएको थियो । गिरीले सुरुमा विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए । तर पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य मन्त्रालय उपेन्द्र यादवलाई दिनुपर्ने भन्दै गिरीलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकिदिएका थिए । जसपा नेता यादवका अनुसार जसपाले लिने…

स्वास्थ्य मन्त्रीको संसदमा आलोचना, एमालेले माग्यो राजीनामा

स्वास्थ्यसमाचार/प्रमुख प्रतिपक्षी दल एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ । एमालेले विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेको हो । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले उनीहरूको माग गरेका हुन् । उनले पूर्वमन्त्री शेरबहादुर तामाङ, गोकुल बास्कोटा र सर्वेन्द्रनाथ शुक्लाको उदाहरण दिँदै प्रचण्ड सरकारका तीन मन्त्रीको राजीनामा मागेका थिए । उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको चर्चा गर्दै मन्त्रीको झन्डा हल्लाएर अख्तियारको बयान दिन जान लाज लाग्नुपर्ने बताए ।…

सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो

स्वास्थ्यसमाचार/मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट निकट विद्यार्थी संगठनले आइतबार सिटिईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई दुर्व्यवहार गरेको छ । अधिकारीकै कार्यकक्षमा प्रवेश गरी उनीहरूले कालोमोसो दलेका हुन् । घटना बिहान साढे ११ बजेतिर भएको प्रहरीले बताएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बन्ने भो १० तलाको भवन,निर्माणका लागि ठेक्का सम्झौता, काम सुरु

स्वास्थ्यसमाचार/ बुटबलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ बन्ने भवन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भएको छ। १२ सय शय्याको १० तले भवन निर्माणको लागि दुई पटक आह्वान गरिएको टेण्डर सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम निर्णय रद्द गरिएको थियो । तर अहिले सबै प्रकृया पुरा भई १० तलाको उक्त नयाँ भवन निर्माणका काम अघि बढेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ। स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न कानुनी अड्चन हटेको बताउँदै ८ सय बेड क्षमताको भवन निर्माण…

रेसुङ्गाका मेयर पन्थीसंग पराल्मीका स्थानीयले मागे एम्बुलेन्स

स्वास्थ्यसमाचार/गुल्मीको रेसुङ्गा नगरपालिका –१४ पराल्मीका स्थानीयले एम्बुलेन्सको माग गरेका छन् । रेसुङ्गा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा त्यहाँका स्थानीयले एम्बुलेन्सको माग गरेका हुन् । स्थानीय सुशील सूर्यवंशीले यहाँका नागरिकका लागि एम्बुलेन्सको खाँचो रहेको बताउनुभयो । उहाँले एम्बुलेन्सको सुविधा उपलब्ध गराइ गाउँमा कोही बिरामी भएर बाहिर जानुपर्दा चर्को शुल्क तिरेर जानुपर्ने बाध्यता हटाउन माग गर्नुभयो । कोही बिरामी भएर सदरमुकाम तम्घास लगायत बाहिर उपचारका लागि जानुपर्दा अन्य सवारी साधन रिजर्भ गरेर जाँदा महङ्गो शुल्क तिर्नु परेको भन्दै उहाँले यहाँका नागरिकलाई एम्बुलेन्सको आवश्यकता रहेको बताउनुभयो । अर्का स्थानीय केशवप्रसाद पोखरेलले कृषकलाई…

नेपालमा क्यान्सर उपचारमा ‘कार–टी सेल थेरापी’को प्रयोगशाला परीक्षण सफल भएको दाबी

स्वास्थ्यसमाचार/ सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले  काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै संयुक्त राज्य अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनबाट प्रमाणित सीडी-१९ कारको प्रयोगशालामा कार-टी सेलको सफलतापूर्वक परीक्षण गरेको जनाएको हो। रिजेनरेटिभ मेडिसिनको सीडी१९ कार-टी सेल स्वीस औषधि निर्माता नोभार्टिस र गिलियाडको कार-टी सेल जत्तिकै प्रभावकारी देखिएको अमेरिकाको एस्ट्राजेनेका फार्मास्युटिकल्सको अन्कोलोजी विभागमा कार्यरत डा सञ्जीवन गौतमले बताए। गौतमका अनुसार अति उच्च प्रविधियुक्त यो उपचार विधिको सफल प्रयोगशाला परीक्षण नेपालमा पहिलो पटक भएको हो। डा गौतमका अनुसार कार-टी सेल एक विशेष उपचार पद्धति हो जुन रक्त क्यान्सरका बिरामीहरूमा निकै प्रभावकारी देखिएको छ।…

लुम्बिनीमा स्वास्थ्य सचिब डा. पन्थीलाई यथावत दुर्गाको नाम हटाइयो

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिब डा जर्नादन पन्थीलाई यथाबत राखिएको छ। केही दिन अघि ‘प्रमाणीकरण’ भएको भनिएको प्रस्तावमा तीन जनाको नाम फेरबदल र एक जनाको कार्यालय परिवर्तनपछि मङ्गलवार पत्र वितरण गरेको हो । मन्त्रालयले पठाएको प्रस्तावमा उल्लेखित केही नामावली परिवर्तनपछि मुख्य सचिव डा. बैकुष्ठ अर्यालले आज प्रमाणीकरणको पत्र मन्त्रालय पठाएसँगै पत्र बाँड्न थालिएको एक सहसचिवले बताए । दुर्गालक्ष्मी श्रेष्ठको नाम हटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत प्रमुख अस्पताल नर्सिङ प्रशासक रहेकी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको थियो ।  सरकारले पन्थीलाई स्वास्थ्यमन्त्रालयमा नै यथाबत राखेको थियो।…

लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नर्सिङ्ग प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ

स्वास्थ्यसमाचार /नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेश सचिव भएकी छिन्। हाल प्रमुख अस्पताल प्रशासक नर्सिङ रहेकी उनलाई लुम्बिनी प्रदेश सचिव बनाइएको हो। श्रेष्ठ एघारौं तहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत थिइन्। हालका स्वास्थ्य सचिव डा जनार्दन पन्थीलाई मन्त्रालय अन्तर्गत नै राखिएको छ। सरुवा सूची अनुसार नारायण प्रसाद रिसाल गृहबाट अर्थ मन्त्रालय, सेवन्तक पोखरेललाई अर्थबाट मधेस प्रदेशको अर्थ मन्त्रालयमा प्रदेश सचिवमा, सेवन्त राज दाहाललाई राष्ट्रिय समावेशी आयोगबाट गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सचिवमा, वासु देव दाहाललाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गृह मन्त्रालयमा, परराष्ट्रका सहसचिव छविन्द्र पराजुलीलाई कोशी प्रदेशको…