स्वास्थ्यसमाचार/ सम्भावित विपद्का समयमा स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न बुटवल हस्पिटल प्रालिले विपद् व्यवस्थापन समिति गठन गर्दै पूर्वतयारी थालेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालको नेतृत्वमा गठित समितिमा विभिन्न विभागका प्रमुख तथा सम्बन्धित शाखाका जिम्मेवार पदाधिकारीलाई समेटिएको छ। अस्पतालका अध्यक्ष चुन्नप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विपद्का बेला सेवा निरन्तरता, आकस्मिक बिरामी व्यवस्थापन, जनशक्ति परिचालन, शय्या तथा भौतिक स्रोतको व्यवस्थापन, आपत्कालीन सञ्चार र विभागबीचको समन्वयलगायत विषयमा छलफल भएको थियो। डा. खनालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी महत्वपूर्ण हुने बताउँदै सबै विभाग र कर्मचारीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनका…
बुटवल हस्पिटल प्रा.लि.
भीरको बाटोदेखि अप्रेसन थिएटरसम्म : ४० हजार शल्यक्रिया गरेका डा. खनाल
गुल्मीको धुर्काेटमा जन्मेर हाल रुपन्देहीको तिलोत्तमा-२ निवासी कृष्ण खनालको उमेर ६८ टेक्न थाल्यो । २०३९ सालमा कर्णालीको कालिकोटस्थित फुकोट हेल्थपोष्टमा हेल्थ असिस्टेन्टबाट स्वास्थ्य सेवामा प्रवेश गरेका उनी कमाउँदै पढ्दै गरेर २०५० सालमा एमबीबीएस पास गरी ०५२ सालमा डाक्टरको रूपमा मुस्ताङबाट सेवा सुरु गरेका हुन् । २०६० सालमा सर्जनमा एमडी गरेका उनी २०६१ सालदेखि २०७६ सम्म पहिलेको लुम्बिनी अञ्चल अहिले प्रादेशिक अस्पतालमा सेवा गरेर निवृत्त हुन् । खनाल सरकारी सेवाबाट निवृत्त भए पनि निजी अस्पतालमा अहिले पनि पूर्णकालीन रूपमा सेवारत छन् । श्रीमती, एक छोरा र छोरीसहित चारै जना स्वास्थ्य सेवामा…
भोटेकोशी बाढीपीडितलाई बुटवल हस्पिटलको ७ लाख ७७ हजार सहयोग
स्वास्थ्यसमाचार/भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुटवल हस्पिटल प्रा.लि.ले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ। अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा अस्पतालका सञ्चालक एवं जनप्रतिनिधि नरिश्वर शर्मा पनि उपस्थित हुनुहुन्थ्यो। रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अस्पतालले जनाएको छ। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वासका साथ सहयोग गरिएको अध्यक्ष पौडेलले बताउनुभयो। अस्पतालका अनुसार यसअघि पनि प्रभावित क्षेत्रमा जाने अभियन्ता तथा…
बुटवल हस्पिटलमा रक्तदान, ५१ युनिट रगत संकलन
स्वास्थ्यसमाचार/बुटवल हस्पिटल प्रा.लि.को आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ। अस्पतालमा उपचाररत बिरामी तथा अन्य स्वास्थ्य संस्थामा आवश्यक पर्ने रगतको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ। अस्पतालको वार्षिक कार्यतालिकाअनुसार आयोजित कार्यक्रममा चिकित्सक, नर्स, कर्मचारी तथा बिरामीका आफन्तहरूको उत्साहजनक सहभागिता रहेको थियो। रुपन्देही रक्तसञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा पहिलोपटक रक्तदान गर्ने युवाहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो। ‘रक्तदान जीवनदान’ भन्ने सन्देशलाई आत्मसात गर्दै अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कार्यक्रमको शुभारम्भ गर्दै बुटवल हस्पिटल…
डा. सागरको अनुभव : आईसीयूको बेडमा लगातार तीन बिरामी गुमाउँदा आङै सिरिङ्ग भयो
बुटबल/आईसीयूको ढोका खुल्यो। पीपीईभित्र पसिनाले भिजेका चिकित्सक र नर्सहरू फेरि अर्को बिरामीतर्फ दौडिए। मोनिटरको आवाज तीव्र थियो, अक्सिजनको मात्रा घटिरहेको थियो र समय निकै कम थियो। कोभिड–१९ महामारीको त्यो दौरमा अस्पतालहरू कुनै युद्धभूमिका रूपमा परिणत भएका थिए। हरेक मिनेट कसैको जीवन र मृत्युको दोसाँधमा हुन्थ्यो। एउटा बिरामीको अवस्था सुधारिन नपाउँदै अर्को गम्भीर बिरामी अस्पतालको ढोकामा आइपुग्थ्यो। त्यही विषम परिस्थितिमा अग्रपंक्तिमा खटिएका एक पात्र हुन्, फिजिसियन डा. सागर पौडेल। आज उनी बुटवल हस्पिटल प्रा.लि.मा पूर्णकालीन कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत छन् र बिरामीहरूको जीवनरक्षामा दिनरात खटिरहेका छन्। तर, गुल्मीको रमणीय डाँडाकाखमा रहेको…
बुटवल हस्पिटल प्रा.लि.उत्कृष्ट : अफिन अध्यक्ष खड्का
स्वास्थ्यसमाचार/ एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का केन्द्रीय अध्यक्ष पदमबहादुर खड्काले निजी स्वास्थ्य संस्थाहरू सरकारका सहयोगीका रूपमा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले निजी स्वास्थ्य संस्थाप्रति सरकारले सौतेलो व्यवहार नगरी समान नीति तथा व्यवहार अवलम्बन गर्नुपर्नेमा जोड दिनु भएको छ। अफिन लुम्बिनी प्रदेशको अधिवेशनका सिलसिलामा बुटवल आउनु भएका अध्यक्ष खड्काले बुटवल हस्पिटल प्रा.लि. को अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै हस्पिटलको सेवा, व्यवस्थापन तथा भौतिक पूर्वाधारको प्रशंसा गर्नु भएको छ। उहाँले बुटवल हस्पिटलले सरकारी हस्पिटलको तुलनामा अझ व्यवस्थित र सुविधासम्पन्न सेवा प्रदान…
बुटवल हस्पिटल :अर्ब,३ लगानी ३सयलाई रोजगारी दिएका चुन्न पौडेल
स्वास्थ्यसमाचार/ रुपन्देहीको बुटवल सहर पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवाको उदीयमान केन्द्रका रूपमा चिनिन थालेको छ। पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थलमा अवस्थित बुटवलमा निजी लगानीबाट सञ्चालनमा आएको बुटवल हस्पिटल प्रा. लि. यस परिवर्तनको एउटा महत्वपूर्ण आधार बनेको छ। आज भन्दा २५ बर्ष पहिले १ करोड ५ जनाबाट सुरु गरिएको यो अस्पताल अहिले करिब १ अर्ब रुपैयाँको निजी साझेदारी लगानीमा स्थापित भएको छ ।अस्पतालमा १७ जना सेयर सदस्य छन् भने मुख्य लगानीकर्ता तथा अध्यक्ष चुन्नु पौडेल रहनु भएको छ । सुरुदेखीनै चर्चित रहेको यो प्रालि अहिले १०० शय्याको क्षमतासहित सञ्चालनमा रहेको छ…
चिकित्सक र इञ्जिनियरको संयुक्त आह्वान : चुन्नलाई मत दिन आग्रह
स्वास्थ्यसमाचार/रुपन्देही क्षेत्र नं. २ मा काँग्रेसका उम्मेद्वार चुन्न पौडेललाई मत दिन चिकित्सक तथा इञ्जिनियरहरूले आम मतदातासमक्ष आह्वान गरेका छन्। नेपाल डेमोक्रेटिक डक्टर्स एशोसियसन लुम्बिनी र डेमोक्रेटिक इञ्जिनियर्स नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न कार्यक्रममा डाक्टर, इञ्जिनियर तथा विभिन्न पेशाकर्मीहरूले संयुक्त रूपमा काँग्रेस उम्मेद्वारलाई समर्थन जनाएका हुन्। कार्यक्रममा बोल्दै रुपन्देही–२ का उम्मेद्वार पौडेलले चिकित्सक तथा इञ्जिनियरहरूको पेशागत हकहित र समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताए। उनले बुटवललाई सूचना प्रविधि केन्द्रका रूपमा विकास गर्ने योजना अघि सार्दै लुम्बिनी प्रादेशिक अस्पताल लाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्ने तथा आम्दा अस्पताल लाई मेडिकल कलेजका…
कांग्रेस उम्मेदवार पौडेलका २२ प्रतिबद्धता, स्वास्थ्यलाई उच्च प्राथमिकता
स्वास्थ्यसमाचार/फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमबारदेखि निर्वाचन आयोग ले प्रचार–प्रसार खुला गरेसँगै रुपन्देही जिल्लामा चुनावी सरगर्मी बढेको छ। यसपटक रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा स्वास्थ्य क्षेत्र मुख्य चुनावी एजेण्डाका रूपमा उभिएको देखिन्छ। नेपाली कांग्रेस का उम्मेदवार उद्योगी चुन्न प्रसाद पौडेलले सार्वजनिक गरेको २२ बुँदे प्रतिबद्धतामा स्वास्थ्य सेवालाई उच्च प्राथमिकता दिइएको छ। उनले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने तथा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच लाख रुपैयाँसम्मको उपचार सेवा उपलब्ध गराउन पहल गर्ने बताएका छन्। क्षेत्र नं. २ का सरकारी अस्पतालहरूको स्तरोन्नति गर्दै विशेषज्ञ चिकित्सक…
स्वास्थ्यसेवा, उद्योग र समाजसेवामा असाधारण यात्रा :चुनप्रसाद पौडेल
स्वास्थ्यसमाचार/समयको गतिसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर कोही यस्ता हुन्छन् जसले आफ्नो कर्म, दृष्टि र समर्पणले समाजमा अमिट छाप छोड्न सक्छन्। त्यस्तै व्यक्तित्व हुन् चुन्नप्रसाद शर्मा पौडेल। बागलुङमा जन्मिएका, बागलुङमै हुर्किएका र रुपन्देहीको माटोमा भिजेका पौडेलले देश–विदेशमा छुट्टै पहिचान बनाएका छन्। शिक्षा पूरा गरी गाउँ फर्किएपछि २०३८ सालमा गाउँकै विद्यालयमा अध्यापन पेशाबाट आफ्नो यात्रा सुरु गरेका पौडेलले चार वर्ष शिक्षकको रूपमा समाजलाई साक्षर र सचेत बनाउने कार्य गरे। यसपछि २०४९ सालमा रुपन्देहीको संगमपथमा सानो पसलबाट सुरु गरेको उद्योग यात्रा आज बहुआयामिक व्यावसायिक समूहमा परिणत भएको छ। उनले यशोदा फूड…



