धुर्कोट गाउँपालिका ४ जैसिथोकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने

स्वास्थ्यसमाचार/ गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ४ जैसिथोकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । धुर्कोट गाउँपालिकाको समन्वयमा बुटवल अस्पताल प्रा. लि. र जैसिथोक सामुदायिक सिकाइ केन्द्रको आयोजनामा उक्त शिविर सञ्चालन हुन लागेको हो । जैसिथोक सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष राजन पोखरेलका अनुसार स्वास्थ्य शिविर २०८२ साल पुष १२ गते बिहान ८ बजेदेखि जैसिथोक स्वास्थ्य चौकीमा सञ्चालन हुनेछ । शिविरमा महिला तथा स्त्री रोग, सुगर, थाइराइड, पेट तथा छाती रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने आयोजकले जनाएको छ…

बुटवल हस्पिटल प्रा.लि: एक सय शैयासहित भरपर्दो स्वास्थ्य सेवा केन्द्र

नेपालको स्वास्थ्य सेवा क्षेत्र पछिल्ला वर्षहरूमा तीव्र परिवर्तनको चरणमा छ । सरकारी अस्पतालहरूमा बिरामीको अत्यधिक चाप, सीमित स्रोत र जनशक्तिको अभाव देखिँदै गर्दा निजी क्षेत्रका अस्पतालहरूले पूरक र महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । यही सन्दर्भमा लुम्बिनी प्रदेशको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र बुटवलमा अवस्थित एक सय बेडको बुटवल हस्पिटल प्रा.लि.पश्चिम नेपालको स्वास्थ्य सेवामा गुणस्तर, पहुँच र विश्वासको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ । बुटवल हस्पिटल प्रा.लि.नामले नै अब केवल व्यापार र व्यवसायको केन्द्रभन्दा बढी, पश्चिमाञ्चलको एक प्रमुख स्वास्थ्य सेवा केन्द्रको रूपमा पनि चिनिँदैछ । यस परिचयको पृष्ठभूमिमा अग्रपंक्तिमा…

बुटवल हस्पिटल प्रा.लिमा बृहत् रक्तदान: १०१ युनिट रगत संकलन

स्वास्थ्यसमाचार/  यस क्षेत्रमा रगतको चरम अभाव भइरहेका बेला बुटवल हस्पिटल प्रा.लि.ले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। विश्व मधुमेह दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा अस्पताल परिसरमै १०१ युनिट रगत संकलन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो। वार्षिक कार्ययोजनाअनुसार वर्षमा दुई पटक रक्तदान कार्यक्रम गर्दै आएको बुटवल हस्पिटलले हाल रगत अभाव अत्यधिक भएको जानकारी पाएपछि आकस्मिक रुपमा यो कार्यक्रम आयोजना गरेको हो। रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। एक पोका रगतले…

बुटवल हस्पिटल प्रा.लि.मा लेजर प्रविधिबाट पायल्सको उपचार सुरु

स्वास्थ्यसमाचार/ बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु भएको छ । प्रविधि भित्रिएसंगै बिना चिरफार बिरामीको उपचार हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.कृष्ण प्रसाद खनालले बताउनु भयो । लेजर मार्फत विशेषत पायल्स, फिस्टुला, फिसर, पाइलोनाइडल, साइनस र खुट्टाको भेरिकोज भेनको बिना चिरफार उपचार गर्न सकिन्छ । लेजर मेसिनबाट बिरामीको उपचार गर्द अस्पतालको बसाई कम हुने, न्यूनतम रक्तश्राव र दुःखाई समेत कम हुने उपचारमा सम्लग्न बिशेषज्ञ डा.बिर्खराज जोशीले बताउनु भयो । उपचार पश्चात २/३ दिनमै सामान्य अवस्थामा आउने भएकोले यो प्रविधिमा बिरामीहरुको माग समेत बढिरहेको छ । आजभोली खानपान…

दुवै घुँडा प्रत्यारोपणपछि उठिन् पूर्ण कला, बुटवल हस्पिटलमा सफल उपचार

स्वास्थ्यसमाचार/ बुटवल हस्पिटल प्रा लि मा पहिलो पटक दुवै घुँडाको एकै पटक सफल प्रत्यारोपण भएको छ ।  वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर उत्सव रेग्मी नेतृत्वको टिमबाट दुवै खुट्टाको घुँडामा हुने जोर्नीको प्रत्यारोपण गरिएको हो । यस्तो शल्यक्रिया बुटवल क्षेत्रमा सम्भवत पहिलो पटक भएको डा रेग्मीको दावी छ । विश्व प्रशिद्ध अमेरिकन कम्पनी म्याक्सको कृतिम जोर्नीको प्रयोग गरी विग्रिएको जोर्नीलाई बिस्थापित गरी नयाँ जोर्नीको निर्माण गरिएको डाक्टरको भनाई छ । दरवार गाउपालिका गुल्मी स्थायी घर भई बुटवलको वेलवरियामा बस्दै आउनु भएकी ५३ वर्षिया पुर्ण कला सोमैको बुटवल हस्पिटल प्रा लि मा शल्यक्रिया…

बुटवल हस्पिटलमा एकै पटक १५ नर्सको माग, सेवा विस्तारको तयारी

स्वास्थ्यसमाचार /बुटवल हस्पिटल प्रा लिमा एकै पटकमा १५ जना नर्सहरूका लागि रोजगारी खुलेको छ । अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा नर्स सहितका कर्मचारी माग गरेको संस्थाका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो । उहाले डाईलाईसिस, सिटी लगायतका सेवा अस्पताल परिसरमै सञ्चालनको तयारी भएकोे वताउनु भयो । त्यसैगरि जनरल, एचडियु लगायतका विभागहरुको क्षमता थप गर्नु परेकोले कर्मचारी माग गरिएको हो । अस्पतालले जारी गरेको सुचना अनुसार एक हप्ता भन्दा वढी समय अवधी राखेर नर्सिङ स्टाफको माग भएको छ । उनिहरुलाई अन्तरवार्ताको विधिबाट छनोट गरिने मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण खनालले बताउनुभयो…

सेवानिवृत्त राष्ट्र सेवक समाज र बुटवल हस्पिटलबीच उपचारमा सम्झौता

स्वास्थ्यसमाचार/ बुटवल हस्पिटल प्रा लि र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था निवृत राष्ट्र सेवक समाज नेपाल बुटवल नगर कार्य समितिका वीचमा उपचार सम्झौता सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि निवृत राष्ट्र सेवक समाज मार्फत आउने पुर्व कर्मचारी तथा उनीहरुका परिवारका सदस्यहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका वीचमा सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित खरेलले बताउनु भयो । उहाँले बुटवल हस्पिटल प्रा लि सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरूकै संस्था भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको…

बुटवल हस्पिटल र ग्लोबल बैंकबीच स्वास्थ्य सेवा सम्बन्धी सहकार्य

स्वास्थ्यसमाचार/बुटवल हस्पिटल प्रालि र ग्लोबल वैकसंग उपचार सम्झौता समारोहका बिच सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि ग्लोबल वैकमार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुको लागि सहुलियत प्रदान गर्नेभएको छ । त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमासहकार्य गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका वीचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताउनु भयो । उहाँले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग रसमुदायका नागरिकहरूकै भएकोले यसको संरक्षण र प्रवर्धनमा पनि सबैको सहयोगआवश्यक रहेको बताउनु भयो । उहाँले सबै खालको उपचार,उपकरण र…

नयाँ वर्षको उपलब्धमा बुटवलमा वृहत् स्वास्थ्य शिविर

स्वास्थ्यसमाचार/बुटवल उपमहानगर पालिका वार्ड ४ हाटबजार स्थित कान्ति माविको प्रगाढमा आज शनिवार वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । नववर्ष २०८२ को उपलक्ष्यमा बुटवल उपमहानगर वार्ड ४, बुटवल हस्पिटल प्रा ली र सिटिजन बैकको सहकार्य कान्ति माविको प्रगाढमा निःशुल्क बृहत् स्वास्थ्य शिविर गरिएको छ । उक्त अवसर बुटवल वार्ड ४, वार्ड ३ तथा अन्य स्थानीय वासीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै नि शुल्क औषधी समेत वितरण गरिएको वार्ड अध्यक्ष नरेश्वर पौडेल शर्माले बताए । उनले नागरिक स्वास्थ्य महत्पूर्ण रहेकोले वार्डको आयोजना हस्पिटल प्रालि र बैक सहकार्यमा स्थानीय स्वास्थ्य परीक्षण गरी औषधी…

बुटवल हस्पिटल प्रालिद्वारा रक्तदान ६४ युनिट रगत संकलन

स्वास्थ्यसमाचार/विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रा.लीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।पछिल्लो समय रगतको अभाव भैरहेको वेला हस्पिटल प्रा.लीले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । `रक्तदान जीवनदान´ भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ युनिट रगत संकलन भएको छ । बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । आफ्नो वार्षिक कार्यक्रम अुनसार आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका चिकित्सकहरु, नर्सिङ स्टाफहरू,अन्य मेडिकल तथा प्रशासनका कर्मचारीहरु, सरसफाई कर्मी तथा सुरक्षाकर्मीहरु, क्यान्टिनका कर्मचारीहरु, विरामीका आफन्त तथा शुभेच्छुकहरुले रक्तदान कार्यक्रममा भाग लिएका थिए । रक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका…