आजको मानिससँग सूचना छ, प्रविधि छ, सुविधाका अनेक साधन छन् र संसारको अर्को कुनामा भइरहेको घटनासमेत क्षणभरमै थाहा पाउने क्षमता छ । तर यति धेरै सुविधा र सम्पर्कबीच पनि मानिसको मन भने बेचैन छ । कसैलाई भविष्यको चिन्ताले सताएको छ, कसैलाई विगतका असफलता र पश्चात्तापले । कोही आर्थिक दबाबमा छन्, कोही पारिवारिक सम्बन्धको तनावमा। कतिपय मानिस बाहिरबाट सामान्य र सफल देखिए पनि भित्रभित्रै निराशा, एक्लोपन र मानसिक थकानसँग जुधिरहेका छन् । सामाजिक सञ्जालमा अरूको सफलता देखेर आफूलाई कमजोर ठान्ने, काममा गरेको प्रयासको अपेक्षित परिणाम नआउँदा निराश हुने, अरूको आलोचनालाई व्यक्तिगत…
मानसिक स्वास्थ्य
स्मृतिको ओझेल पर्दा: कुहिरोको देशमा हराउँदै गरेका आमा बुबाहरू
“स्मृति नै मानिसको अस्तित्वको जग हो। जब यो जग नै भत्किन थाल्छ,मानिस जीवित त रहन्छ, तर आफ्नै पहिचानको भूगोलभित्र एउटा अपरिचित शरणार्थी बन्न पुग्छ।” यो कथा र व्यथा केवल एक काल्पनिक पात्र हरिप्रसादको मात्र होइन। यो त आज हाम्रा घर-आँगनमा पाकेका कपाल, चाउरिएका गाला र धुमिल आँखाहरू बोकेर अनन्त कुहिरोको देशमा हराउँदै गरेका हजारौँ बुबाहरूको वास्तविक महाख्यान हो। एउटा गतिशील र सम्मानित जीवन कसरी बिस्तारै विस्मृतिको अँध्यारो गल्छीमा खस्छ र अन्ततः मौनताको महासागरमा विलीन हुन्छ भन्ने यथार्थलाई बुझ्न यसका सात चरणहरू र यसले समाजलाई दिएको गम्भीर चेतावनीलाई गहिराइबाट नियाल्नुपर्छ। खण्ड…
बढ्दो आत्महत्या : कारण, मानसिक समस्या र रोकथामका उपायहरू
आजको आधुनिक र व्यस्त जीवनशैलीसँगै मानिसहरूमा मानसिक तनाव, चिन्ता र एक्लोपन बढ्दै गएको छ। विशेषगरी बालबालिका र किशोर–किशोरीहरू सानो-सानो कुरामा निराश हुने, आफूलाई कमजोर ठान्ने र भावनात्मक रूपमा असुरक्षित बन्ने अवस्था बढ्दो छ। यही कारणले आज आत्महत्या समाजको गम्भीर र संवेदनशील समस्याको रूपमा देखा परेको छ। आत्महत्या कुनै समस्याको समाधान होइन, बरु क्षणिक आवेगमा लिइएको यस्तो निर्णय हो, जसले परिवार, साथीभाइ र सम्पूर्ण समाजलाई जीवनभर पीडा दिन्छ। धेरैजसो आत्महत्याका घटनाको पछाडि मानसिक समस्या लुकेको हुन्छ। मानिस बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै तनाव, डर, चिन्ता, निराशा र असफलताको पीडासँग संघर्ष गरिरहेको…
मानसिक स्वास्थ्य सचेतना अभियान -२०८२ शुभारम्भ
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले मानसिक स्वास्थ्य आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ ।मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को शुभारम्भ कार्यक्रममा मन्त्री गौतमले शारीरिक स्वास्थ्यका क्षेत्रमा धेरै काम भएपनि मानसिक स्वास्थ्यको क्षेत्रमा थोरै काम भएकोले आफ्नो प्राथमिकता मानसिक स्वास्थ्य रहेको बताउनुभयो। सरकारले मानसिक स्वास्थ्यका क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी आवश्यक बजेटको व्यवस्था गर्ने कसरत गरिरहेको जानकारी दिनुभयो ।देशको पछिल्लो परिस्थितिले प्रत्येक परिवार मानसिक स्वास्थ्य समस्यामा रहेको उहाँको भनाई छ। स्वास्थ्य मन्त्रालयका कर्मचारीले मानसिक स्वास्थ्यका कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाएकोमा धन्यवाद व्यक्त गर्नुभयो। यसअघि स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्यका…
“मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी ६ दिने तालिम समापन”
स्वास्थ्यसमाचार /रुकुमका नर्सिङ कर्मचारीहरूलाई लक्षित गरी मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी ६ दिने तालिम समापन भएको छ। स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजनामा र नेपाल जागरण मञ्च रुकुमको सहकार्यमा सञ्चालन भएको यो तालिम मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सुरु गरिएको हो। स्वास्थ्य तालिम केन्द्र बुटबलका निमित्त निर्देशक भुवन कुबँरको अध्यक्षता तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिब सार्कीको बिशिष्ट आतिथ्य तथा मनोरोग विषेशज्ञ बिनोद पौडेल नेपाल जागरण मञ्च रुकुमका सचिब दिपेन्द्र महतरा लगायतको आतिथ्यमा तालिम समापन गरिएको थियो । “समापन कार्यक्रममा सहभागिताको तर्फबाट बोल्दै श्रृजना बुढाले तालिम उपलब्धीमूलक र कार्य गर्नका लागि सहज…
गौमुखीमा निशुल्क मानसिक स्वास्थ्य शिविर,७०जनाले लिए सेवा
स्वास्थ्यसमाचार /गौमुखीको पुजा स्वास्थ्य चौकीमा भएको निशुल्क बिशेषज्ञ मानसिक स्वास्थ्य शिविरमा ७० जना बिरामीले सेवा लिएका छन । पालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीका अनुसार उक्त शिविरमा ७० जनाले निशुल्क सेवा तथा औषधी लिएको बताउनु भयो ।गाउँपालिकाको बिनियोजित बजेटबाट तेश्रोे चरणमा उक्त कार्यक्रम गरिएको हो । गौमुखी ४ कि रिमा बिकले ३्४ वर्ष अगाडी देखी आफू मानसिक समस्याको कारण टाउको दुख्ने, रिंगटा लाग्ने, निद्रा नलाग्ने र आफ्ना बाटै हिड्ने बाटोघाटोमै रात गुजारेको सम्झदै अहिले उपचार र नियमित औषधि सेवनका कारण धेरै हद सम्म निको भएको बताउनुभयो। गौमुखी ५ कि…
“पक्लिहवा मा.वि.मा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी सम्पन्न”
स्वास्थ्यसमाचार/पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर १ पक्लिहवामा नमुना एकिकृत विकास परिषद, भैरहवाको प्राविधिक सहयोगमा विद्यार्थीहरुको ‘मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी’ सम्पन्न भएको छ । विद्यालयका सह–प्रधानाध्यापक शेर बहादुर थापाको अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले यस्ता कार्यक्रमले विद्यार्थीहरु भित्र सुसुप्त रुपमा रहेका भावनालाई उजागर गर्न प्रेरित गर्ने, एक्लोपना, तनाव, डराउने, निद्रामा गडबढी आदिको व्यवस्थापनमा उनीहरुलाई मद्वत पुग्ने भएकोले अमुल्य जीवनको महत्वलाई आत्मसाथ गर्दै सकारात्मक र श्रृजनात्मक क्रियाकलापमा अग्रसर हुन प्रेरित गर्ने बताउनुभयो । कार्यक्रममा नमुना एकिकृत विकास परिषद, भैरहवाकी…
“लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य रणनीति कार्यान्वयन सुरु”
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा आएको छ । प्रदेश सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको सहकार्यमा उक्त रणनीति कार्यान्वयनमा आएको हो । लुम्बिनी प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृतहरूलाई आधारभूत मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिएर कार्ययोजना कार्यान्वयन गरिएको हो । मानसिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्राथमिकतामा राखिएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जानकारी दिए । “नीति तथा कार्यक्रममा समावेश गरेर यो अभियानलाई अघि बढाएका छौँ । सबै उमेर समूहमा मानसिक स्वास्थ्यका समस्या देखिएका छन्”, उनले भने, “मानसिक र सामाजिक स्वास्थ्य सुदृढीकरणका…
गौमुखीमा निशुल्क मानसिक स्वास्थ्य शिविर, ५९ जनाले लिए सेवा
स्वास्थ्यसमाचार गौमुखीको पुजा स्वास्थ्य चौकीमा भएको निशुल्क बिशेषज्ञ मानसिक स्वास्थ्य शिविरमा ५९ जना बिरामीले सेवा लिएका छन । पालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीका अनुसार उक्त शिविरमा ५९ जनाले निशुल्क सेवा तथा औषधी लिएको बताउनु भयो । गाउँपालिकाको बिनियोजित बजेटबाट दोश्रो चरणमा उक्त कार्यक्रम गरिएको हो । अब बाकी १ बटा शिबिर सञ्चालन गरिने कार्यक्रम रहेको बताउनु भयो। गौमुखी ४ कि रिमा बिकले ३्४ वर्ष अगाडी देखी आफू मानसिक समस्याको कारण टाउको दुख्ने, रिंगटा लाग्ने, निद्रा नलाग्ने र आफ्ना बाटै हिड्ने बाटोघाटोमै रात गुजारेको सम्झदै अहिले उपचार र नियमित…
फागुन ११ गते गौमुखीमा निशुल्क मानसिक बिशेषज्ञ स्वास्थ्य शिबिर हुने
स्वास्थ्यसमाचार /प्युठानको गौमुखी गाउँपालिकाको आयोजना प्युठान अस्पतालको प्राबिधिक सहयोग र स्वास्थ्य कार्यलय प्युठानको समन्वयमा निशुल्क मानसिक बिशेषज्ञ स्वास्थ्य शिबिर हुने भएको छ। यहि फागुन ११ गते गते पुजा स्वास्थ्य चौकी लिवासेमा निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेलले बताउनु भयो । शिविरमा निन्दा नलाग्ने एकोहोरो हुने आत्महत्याको प्रायाश गर्ने लगायतका स्वास्थ्य समस्या भएकाले उक्त निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सेवा लिन आग्रह गरिएको छ। आज पालिकाले एक बिज्ञप्तीमा जारी गरि यहि फागुन ११ गते बिहान ९ बजे देखी ५ बजे सम्म पुजा स्वास्थ्यचौकी लिवासेमा सेवा लिन पठाउने…


