शारीरिक रुपमा स्वस्थ्य रहन मुख स्वास्थ्यको महत्व

स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु हो । मुखलाई स्वास्थ्यको दर्पण नै मानिन्छ । मानिसको मुखको स्वास्थलाई उसको व्यक्तित्वसँग जोडेर हेरिन्छ । मधुमेह, हृदयरोग झैं कार्डियो भास्कुलर रोगहरु अनि श्वासप्रश्वासका रोगहरु मुखको स्वास्थ्यसंग सम्बन्ध राख्ने रोगहरू हुन् । नियमित दन्त परीक्षण, दाँतको राम्रो सुरक्षा र स्वस्थ्य खानेकुराहरु मुखको ख्याल राख्नका लागि जरुरी बिषयहरु हुन् । बढ्दो फास्ट फुड, चिसो तातो खाने चलनले बालबालिका्हरु झनै मुखको स्वास्थ्यको जोखिममा रहन्छन् । पहिला पहिला अर्गानिक खानपिन हुदा मुख सम्बन्धि कम रोग लाग्ने गर्दथ्यो…