लुम्बिनी र मधेसमा तातो हावाको जोखिम : सतर्कता अपनाउन आग्रह

स्वास्थ्यसमाचार/ जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम तातो लहरको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले बिहीबार विशेष बुलेटिन जारी गरी बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी धनुषा, सिराहा र सप्तरीमा सतर्क रहन बताएको छ । यसैगरी, कञ्चनपुर, कैलाली, नवलपरासी, चितवन, सुनसरी, मोरङ र झापामा अद्यावधिक तथा सचेत रहन आग्रह गरेको छ । शुक्रबार र शनिबार कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया तथा तराई भूभागमा…

स्वास्थ्य जोखिम बढाउने मासु पसलमाथि सैनामैना नगरको कडाई

स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिका ले वडा नं. १ देखि ४ सम्म सञ्चालनमा रहेका मासु पसलहरूको अनुगमन गरेको छ। बनकट्टादेखि मुर्गियासम्म गरिएको अनुगमनका क्रममा केही मासु पसलहरू फोहर तथा स्वास्थ्य मापदण्डअनुसार सञ्चालन नभएको पाइएको भन्दै नगरपालिकाले सुधारका लागि निर्देशन दिएको छ। उपप्रमुख तथा अनुगमन समिति संयोजक विना राना को नेतृत्वमा गरिएको अनुगमनमा नगरपालिकाका कर्मचारी, उपभोक्ता हित संरक्षण मञ्च, व्यापार तथा उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। अनुगमनका क्रममा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका मासु पसलहरूलाई तत्काल दर्ता तथा नियमित नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ। केही…

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन :स्वास्थ्य मन्त्रीमा घिमिरे नियुक्त

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले स्वास्थ्य मन्त्री खेम सारुलाई फिर्ता बोलाउँदै अर्घाखाँचीबाट निर्वाचित प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको छ। दलको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठनका क्रममा घिमिरेलाई स्वास्थ्य मन्त्रालयको नेतृत्व सुम्पिएको हो। घिमिरे एमालेका तर्फबाट अर्घाखाँचीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका खेम सारुले मन्त्रालयमार्फत विभिन्न स्वास्थ्य सुधारका कार्यक्रम अघि बढाएका थिए। एमालेले सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित स्वास्थ्य मन्त्रालयमा नयाँ नेतृत्व पठाएको जनाएको छ। नवनियुक्त स्वास्थ्य मन्त्री घिमिरेले भने  २५ गते पद…

घोराही–३मा सञ्चालित ३०० शैयाको संजीवनी टिचिङ हस्पिटल नै किन?

संजीवनी टिचिङ हस्पिटल, घोराही–३ दाङमा ४ अर्बभन्दा बढी लगानीमा स्थापना भएको ३०० शैयाको अत्याधुनिक अस्पताल हो। अस्पतालमा जनरल फिजिसियन, हाडजोर्नी, प्रसूति तथा स्त्रीरोग, शिशुरोग, मानसिक तथा नसारोग, सर्जरीलगायत विशेषज्ञ सेवा उपलब्ध छन् भने निकट भविष्यमा कार्डियोलोजी, न्युरोलोजी र युरोलोजीजस्ता सुपर–स्पेसियालिटी सेवा सञ्चालन गरिने तयारी छ। एमआरआई, सीटी स्क्यान, डिजिटल एक्स–रे, म्यामोग्राफी, एन्डोस्कोपी, कोलोनोस्कोपीसहित आधुनिक निदान सेवा तथा ६० शैयाको आईसीयू, एनआईसीयू, पीआईसीयू र एचडीयू सुविधा रहेको अस्पतालले दाङमै गुणस्तरीय उपचार उपलब्ध गराउने लक्ष्य लिएको छ। साथै नर्सिङ, पारामेडिकल तथा भविष्यमा एमबीबीएस र बीडीएस कार्यक्रम सञ्चालन गर्ने योजना पनि रहेको प्रमुख…

दूध तथा दुग्ध पदार्थको गुणस्तर र स्वच्छतामा विशेष ध्यान दिन आग्रह

स्वास्थ्यसमाचार/ दूध तथा दुग्ध पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित दूध, दही, घ्यू, पनिरलगायत दुग्धजन्य पदार्थको उत्पादन, भण्डारण, प्रशोधन तथा वितरणका सबै चरणमा स्वच्छता कायम गरिनुपर्नेमा उनीहरूले जोड दिएका छन्। विश्व दूध दिवसको अवसरमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीअन्तर्गत गठित डेरी वस्तुगत समितिले मंगलबार आयोजना गरेको “दूध तथा दुग्ध पदार्थको स्वच्छता तथा गुणस्तर” विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले जनस्वास्थ्य संरक्षण र देशको समृद्धिका लागि दुग्ध व्यवसायमा असल अभ्यास अनिवार्य रहेको बताएका हुन्। कार्यक्रममा संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य…

कपिलवस्तु नगरपालिकामा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक’ सञ्चालनमा

स्वास्थ्यसमाचार  / कपिलवस्तु नगरपालिकामा मङ्गलबारदेखि ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक’ सेवाको शुभारम्भ गरिएको छ। स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त क्लिनिकका लागि ‘चुजी फाउन्डेसन’ले नगरपालिकालाई एक स्वास्थ्य भ्यान उपलब्ध गराएको थियो। मङ्गलबार आयोजित एक कार्यक्रमका बीच कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले उक्त सेवाको औपचारिक शुभारम्भ गर्नुभयो। मोबाइल क्लिनिकमा एमबीबीएस चिकित्सक, स्टाफ नर्स र ल्याब टेक्निसियनसहितको दक्ष स्वास्थ्य टोली खटिएको छ। सेवा र लक्षित वर्ग: नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताका अनुसार, यस मोबाइल क्लिनिकले ६० वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गरी सेवा प्रदान गर्नेछ। क्लिनिकमार्फत रक्तचाप (ब्लड प्रेसर),…

कपुरकोटमा सञ्जीवनी हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर: १ हजारभन्दा बढी लाभान्वित

स्वास्थ्यसमाचार/  दाङको घोराहीस्थित ३सय शैयाको सञ्जीवनी शिक्षण अस्पतालको प्राविधिक सहयोग तथा कपुरकोट गाउँपालिका, सल्यानको संयुक्त आयोजनामा  कपुरकोट–३, घनवाङस्थित कपुरकोट आधारभूत अस्पतालमा एकदिने एकीकृत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ‘सबैको ख्याल राखौँ’ भन्ने मूल नाराका साथ आयोजित उक्त शिविरबाट कपुरकोट गाउँपालिका तथा आसपासका क्षेत्रका एक हजारभन्दा बढी बिरामीले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका छन्। विशेषज्ञ सेवा र स्वास्थ्य परीक्षण शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति, जनरल सर्जरी, शिशु तथा बालरोग एवं नाक–कान–घाँटीका विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। अस्पतालका निमित्त मेडिकल डाइरेक्टर…

विशेषज्ञ चिकित्सक तीन महिनादेखि बिदामा, अस्पताल निमित्तकै भरमा

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेश सरकारले जिल्ला अस्पताल गुल्मीमा विशेषज्ञ सेवा विस्तार गर्ने उद्देश्यले ११औँ तहका वरिष्ठ चिकित्सक डा. पदम अधिकारीलाई पदस्थापन गरे पनि उहाँ विगत तीन महिनादेखि लगातार बिदा थप्दै बसेको अस्पतालले जनाएको छ। अस्पताल स्रोतका अनुसार डा. अधिकारीले पछिल्ला तीन महिनामा तीन पटक बिदा थप गर्नुभएको छ। स्थानीय बासिन्दाहरूले सरकारले विशेषज्ञ चिकित्सक पठाएको घोषणा गरे पनि व्यवहारमा भने सेवा नपाएको गुनासो गरेका छन्। जिल्लामा विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि चिकित्सकहरू नियमित रूपमा नबस्ने, लामो बिदा लिएर बस्ने वा पछि सरुवा मिलाएर जाने प्रवृत्तिका कारण नागरिकले अपेक्षित स्वास्थ्य सेवा पाउन नसकेको…

अतिरिक्त स्वास्थ्य सचिवका लागि डा. विनोदविन्दु शर्मा र डा.सुधा देवकोटाको नाम सिफारिस

स्वास्थ्यसमाचार/  अतिरिक्त स्वास्थ्य सचिव (१२ औँ तह)मा रिक्त एक पदका लागि नाम सिफारिस गर्न  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले दुई जनाको नाम सिफारिस गरेको छ । मन्त्रालय स्रोतका अनुसार समितिले डा सुधा देवकोटा र डा विनोदविन्दु शर्माको नाम सिफारिस गरेको हो ।डा देवकोटा हाल डडेल्धुरा अस्पतालमा प्रमुख मेडिकल सुपरीटेण्डेन्ट पदमा कार्यरत छिन् । डा शर्मा भने प्रादेशिक स्वास्थ्य तालीम केन्द्र गण्डकी प्रदेशमा निर्देशकको रुपमा कार्यरत छन् । यसअघि लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको समेत नाम अगाडी आईरहेको चर्चा थियो । ‘तर एकदमै झिनो अंकले उहाँ…

नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना

स्वास्थ्यसमाचार/ नेपाल कम्युनिस्ट पार्टी ( नेकपाका)संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड० अस्पताल भर्ना भएका छन् । प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज बिहान मेडिसिटी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा जाँच गरेपछि चिकित्सकहरुले निमोनियाको शङ्का गरेका छन् । निमोनिया भएको चिकित्सकहरूको सल्लाहमा उनलाई मेडिसिटीमै भर्ना गरिएको मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । प्रचण्ड अस्वस्थ भएका कारण शुक्रबार गणतन्त्र दिवसको समारोहमा पनि सहभागी भएका थिएनन् ।