‘बुद्धि बंगारा ढुक्क भएर फाल्दा हुन्छ’ : दन्त चिकित्सक घिमिरे

बुद्धि बंगारा के हो ? दाँतको लहर पछाडिको दाँत बुद्धि बंगारा हो । यो विशेषगरी १५ वर्षदेखि २५ वर्षसम्मका युवामा बढी आउँछ । १५ वर्ष उमेरभित्र सबै स्थायी दाँत आइसक्छन् । तर, १७ वर्षदेखि २५ वर्षसम्म आउने बाँकी दाँत बुद्धि बंगारा हो । बुद्धि आउने कुरासँग पनि यसलाई जोडिएर हेरिन्छ नि ? बुद्धि आउने समयमा युवावस्थामा आउने भएकाले यसलाई बुद्धि बंगारा नाम दिएको हुनसक्छ । तर, यो बुद्धि आउने कुरासँग कुनै अर्थ राख्दैन । यसो भन्नुमा कुनै वैज्ञानिक र प्रमाणित तथ्य छैन । यो परम्परागत भ्रम मात्रै हो । बुद्धि…

प्रेममा धोका पाएपछि नर्सको हत्या गरेर प्रेमी शिवशंकरले गरे आत्महत्या

विराटनगर– ४ स्थित नोबल टिचिङ्ग अस्पतालको अर्थो बिभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न प्रेमी २२ वर्षीय शिवशंकर दास आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् । विराटनगर – ४ नोबल हस्पिटल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राति मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडीदेखि कोठामा बस्दै आएकी थिइन् । उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठाभित्र बाथरुममा शव भेटिएको थियो ।…

सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्यमन्त्री यादवको अनुरोध

स्वास्थ्यसमाचार/उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गरेका छन्। शुक्रबार एक भिडियो सन्देश जारी गर्दै दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले सञ्चालन गरेको खोप अभियानमा अभिभावकलाई आफ्ना सबै बालबालिकालाई खोप लगाउन अनुरोध गरेका हुन्। उनले सन् २०२६ मा दादुरा–रुबेला रोग निवारण गर्ने विश्वसामु प्रतिबद्धता जनाएको हुँदा उक्त खोप अभियान देशव्यापी रुपमा सञ्चालन गर्नु परेको उल्लेख गरेका छन्। उनले सन्देशमा गत वर्षको मङ्सिरदेखि तराई, मधेश र काठमाडौं उपत्यकामा फैलिएको हुँदा ती जिल्ला दादुराका लागि उच्च जोखिम क्षेत्र भनी पहिचान गरिएको उल्लेख…

विराटनगरमा हत्या गरेको अवस्थामा स्टाफ नर्स दासको शव फेला

स्वास्थ्यसमाचार/विराटनगरमा हत्या गरेको अवस्थामा स्टाफ नर्सको शव फेला परेको छ। विराटनगर महानगरपालिका(४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार दास विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन्। सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक विराटनगर(४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्। डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको दाहालले बताए । उनका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको हो। दासको घाँटी, अनुहारलगायत शरीरका…

घोराहीमा अस्पतालको कमजोरीका कारण बालकको मृत्यु भएको भन्दै प्रदर्शन, दर्जन बढी घाइते

स्वास्थ्यसमाचार/घोराहीमा रहेको बुद्व अस्पतालमा उपचारका क्रममा बालक मृत्युपछि आक्रोसित मृतकका आफन्तले बिरोध गर्दा प्रहरी र प्रदर्शनकारीविच झडप भएको छ । प्रदर्शनकारीले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रहरीले घट्नालाई नियन्त्रणमा ल्याउनका लागि लाठी चार्जसँगै अश्रुग्याँस प्रहार गरेको थियो । झडपका क्रममा एक दर्जन बढी प्रदर्शनकारी र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । झडपका क्रममा एक दर्जन बढीलाई प्रहरीले पक्राउ गरेर लगेको पीडित पक्षले बताएका छन् । घाँटीको उपचार गर्न घोराहीमा रहेको बुद्व अस्पतालमा ल्याएका राजपुर गाउँपालिका–१ पटौली नाका निवासी ९ बर्षीय…

मर्चवारमा ट्याक्टर पल्टिदा २६ जना घाइते भीम र सिटीमा उपचार हुदै

स्वास्थ्यसमाचार/रुपन्देहीको मर्चवारमा ट्याक्टर दुर्घटना हुंदा २६ जना घाइते भएका छन् । जिल्लाको कोटहीमाइ गाउँपालिका वडा नं ५  दुई मुहानमा श्रीमद भागवत महायज्ञको लागि जल लिन गएको लु १ त ५५४७ नं ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक मनोहर भट्टले जानकारी दिए । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा सावित्रा यादव र उर्मिला यादव रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको ट्याक्टरको चालक फरार रहेकोले खोजी कार्य जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

निजीमा उपचार गराउँदा बिमितले अब २० प्रतिशत रकम तिर्नुपर्ने

स्वास्थ्यसमाचार/स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ ।बोर्डले स्वास्थ्य बिमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले जानकारी दिए । उनका अनुसार सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने हुन्छ । यसअघि गत माघ १ गतेदेखि सरकारी, निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा १० प्रतिशत रकम तिर्ने व्यवस्था गरिएको थियो । बोर्ड पनि पुनः कार्यविधि संशोधन गरेर…

सरोकारवालाको जोडः महामारी विरुद्ध लड्न सञ्चार र सामुदायिक सहभागिताको आवश्यक

स्वास्थ्यसमाचार /बुटबलमा भएको जोखिम सञ्चार सामुदायिक सहभागीता अभिमुखीकरणमा सहभागीहरुले महामारी विरुद्ध लड्न सञ्चार र सामुदायिक सहभागिताको आवश्यक रहेको बताएका छन। नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालय स्वाथ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा भएको अभिमुखीकरणमा उक्त कुरा बताएका हुन। लुम्बिनी प्रदेशका १२ वटा स्वाथ्य कार्यालयका प्रमुख तथा स्थानीय पालिकाका प्रमुखहरुको सहभागीतामा बुटवलमा दुई दिने अभिमुखीकरण तालिममा प्रदान गरिएको हो । अभिमुखिकरणको बुधबार एक कार्यक्रमका वीच समापन गरिएको छ । समापनमा स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरव ढकाल, महिलाको तर्फबाट सिदार्थनगरपालिका स्वास्थ्य शाखाका गिता न्यौपाने लगायतले बोलेका थिए । समापनमा…

पक्षघातबाट बिरामी रहेका लुम्बिनीका पूर्व प्रदेश प्रमुख यादवको निधन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको मंगलबार निधन भएको छ। सिरहा गोलबजार नगरपालिका–६ खरहीटोल निवासी यादव २०७६ साल कार्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो। यादवको ८० वर्षको उमेरमा निवासमै निधन भएको हो।यादव पछिल्लो समयमा पक्षघातका कारण ओछ्यान पर्नुभएको थियो।  नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सिरहा–३ का सङ्घीय सांसद लिलानाथ श्रेष्ठका अनुसार उहाँको निवासमै निधन भएको हो। उहाँ २०४८ र २०५१ मा तत्कालीन सिरहा–३ बाट प्रतिनिधि सभाकाका लागि नेकपा एमाले बाट उम्मेदवार बन्नुभएको थियो। यादवको अन्तिम संस्कार सुखीपुर नगरपालिका –६ खरहीटोलमा हुने नेकपा एमाले सिरहाले जनाएको…

सैनामैनामा डेढ बर्षमा ९ सय आमाहरुले लिए निःशुल्क एम्बुलेन्स सेवा

स्वास्थ्यसमाचार/सुत्केरी हुने आमालाई नमुना कामको रूपमा रूपन्देहीको सैनामैना नगरपालिकाले ‘निःशुल्क एम्बुलेन्स सेवा’ प्रदान गरेको लामो समय भएको छ । नगरपालिकाले नगर कार्यपालिकाको बैठकबाट नै निर्णय गरेर निःशुल्क रूपमा सुत्केरी हुने आमाहरूको लागि निःशुल्क एम्बुलेन्सको सेवा प्रदान गरिरहेको हो । सैनामैनाका ११ वटै वडाका कुनै पनि स्थानबाट सुत्केरी हुने आमाहरूको लागि अस्पतालमा लैजानेको लागि नगरपालिकाले निःशुल्क रूपमा एम्बुलेन्स सेवा प्रदान गर्दै आएको हो । नगरपालिकाको स्वास्थ्य शाखा जनस्वास्थ्य निरिक्षक बसन्तकुमार श्रेष्ठका अनुसार अघिल्लो आर्थिक बर्षमा ७०० जना आमाहरूले यो सेवा लिएका छन् । आर्थिक बर्ष २०८०/०८१ को माघ महिना सम्ममा २ सय १०…