नेपालको स्वास्थ्य क्षेत्रमा निजी संस्थाहरूको योगदान, चुनौती र यथार्थ

नेपालको स्वास्थ्य क्षेत्र आज जुन अवस्थामा पुगेको छ, त्यसमा सरकारी संस्थासँगै निजी स्वास्थ्य संस्था, निजी अस्पताल तथा स्वास्थ्य व्यवसायीहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ। दुर्गम गाउँदेखि शहरसम्म स्वास्थ्य सेवा विस्तार गर्न, आधुनिक उपकरण भित्र्याउन, विशेषज्ञ चिकित्सक उत्पादन गर्न तथा हजारौँ नागरिकलाई रोजगारी दिन निजी क्षेत्रले खेलेको भूमिका अविस्मरणीय छ। एक समय सामान्य उपचारका लागि पनि नेपाली नागरिक विदेश जान बाध्य हुन्थे। तर आज नेपालमै अत्याधुनिक प्रविधिबाट शल्यक्रिया, आईसीयू सेवा, डायलाइसिस, क्यान्सर उपचार, प्रसूति सेवा, प्रयोगशाला परीक्षण लगायतका सेवा उपलब्ध हुनुमा निजी स्वास्थ्य संस्थाहरूको ठूलो लगानी, मेहनत र प्रतिबद्धता जोडिएको छ।…

बढ्दो आत्महत्या : कारण, मानसिक समस्या र रोकथामका उपायहरू

आजको आधुनिक र व्यस्त जीवनशैलीसँगै मानिसहरूमा मानसिक तनाव, चिन्ता र एक्लोपन बढ्दै गएको छ। विशेषगरी बालबालिका र किशोर–किशोरीहरू सानो-सानो कुरामा निराश हुने, आफूलाई कमजोर ठान्ने र भावनात्मक रूपमा असुरक्षित बन्ने अवस्था बढ्दो छ। यही कारणले आज आत्महत्या समाजको गम्भीर र संवेदनशील समस्याको रूपमा देखा परेको छ। आत्महत्या कुनै समस्याको समाधान होइन, बरु क्षणिक आवेगमा लिइएको यस्तो निर्णय हो, जसले परिवार, साथीभाइ र सम्पूर्ण समाजलाई जीवनभर पीडा दिन्छ। धेरैजसो आत्महत्याका घटनाको पछाडि मानसिक समस्या लुकेको हुन्छ। मानिस बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै तनाव, डर, चिन्ता, निराशा र असफलताको पीडासँग संघर्ष गरिरहेको…

कुपोषण पहिचानका लागि राष्ट्रिय पोषण लेखाजोखा अभियान २०८३ सुरु

“समयमै पहिचान र सही उपचार, कुपोषणमुक्त पुस्ताको आधार” भन्ने मूल नारासहित देशभर राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन भइरहेको छ । यस अभियानको मुख्य उद्देश्य ६ देखि ५९ महिनासम्मका बालबालिकामा पोषण लेखाजोखा मार्फत शीघ्र कुपोषण (SAM र MAM) को समयमै पहिचान गरी आवश्यक उपचार सेवा सुनिश्चित गर्नु हो । बच्चाको उमेरअनुसारको शारीरिक परिपक्वता, शारीरिक वृद्धि, शारीरिक अङ्गहरू र प्रणालीहरूको विकास जस्तैः तौल, उचाइ, टाउको, छाती र पाखुराको मापन गरी गणितीय मानाङ्कनका आधारमा अभिलेख राख्ने कार्यलाई पोषण लेखाजोखा एवं वृद्धि अनुगमन भनिन्छ । वृद्धि :वृद्धि भन्नाले उमेरअनुसारको शारीरिक परिपक्वता हो । यसले…

लुम्बिनी प्रादेशिक अस्पतालको १० वर्षे रणनीतिक मार्गचित्र (Roadmap): एक मार्गदर्शक रूपरेखा

पृष्ठभूमिः ऐतिहासिक विरासतदेखि प्रादेशिक गौरवसम्म आजभन्दा ११६ वर्ष अगाडि, जतिबेला चिकित्सा सेवा सामान्य नागरिकका लागि पहुँचभन्दा बाहिरको एउटा ‘मृगतृष्णा’ जस्तो थियो, त्यस्तो कठिन परिस्थितिमा विक्रम संवत् १९६७ मा ‘बुटवल अस्पताल’ को स्थापना भएको थियो। तत्कालीन पाल्ही, माझखण्ड र शिवराज खजहनी (हालका ४ जिल्ला) लाई समेट्ने पवित्र उद्देश्यले स्थापित यो संस्था विकासका विभिन्न उकाली–ओराली पार गर्दै २०२४ सालमा ५० शैयाको ‘अञ्चल अस्पताल’ मा रूपान्तरित भयो । संघीयताको कार्यान्वयनसँगै यसले ‘लुम्बिनी प्रादेशिक अस्पताल’ को नयाँ पहिचान प्राप्त गरेको छ । आज यो अस्पताल केवल एक उपचार केन्द्र मात्र होइन, बरु यस क्षेत्रको…

खोपको महिना बैशाखसँगै विश्व खोप सप्ताह: खोजौं र खोपौं अभियानमा जुटौं

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्षको बैशाख महिनालाई खोपको महिनाको रूपमा मनाउँदै आएको छ। अप्रिल महिनाको अन्तिम हप्तालाई विश्वभर विश्व खोप सप्ताहका रूपमा पनि मनाइन्छ। यो अभियानलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा समन्वय गर्दै आएको पाइन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख महिनामा खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि बृहत् खोज र खोप अभियान २०८३ सञ्चालन गरेको छ। मन्त्रालयले बैशाखलाई पूर्ण खोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले यो खोप अभियान सञ्चालन गर्न लागेको हो। खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्ण खोप…

नेपालमा सुरक्षित गर्भपतन: कानुनी अधिकारदेखि पहुँचको यथार्थसम्म

१. पृष्ठभूमि: नेपालको सार्वजनिक स्वास्थ्य र कानुनी इतिहासमा प्रजनन स्वास्थ्य अधिकारको सवाल एउटा महत्त्वपूर्ण र युगान्तकारी मोडमा उभिएको छ। कुनै समय मुलुकी ऐनको ज्यान सम्बन्धी महल अन्तर्गत फौजदारी अपराधको श्रेणीमा राखिएको गर्भपतनलाई आज नेपालको संविधानले नै प्रजनन स्वास्थ्य अधिकार को रूपमा आत्मसाथ गरिसकेको छ। विशेष गरी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को आगमनले नेपालमा गर्भपतन सेवालाई एउटा दया वा अनुकम्पाको विषयबाट पूर्णतः विस्थापित गरी महिलाको आधारभूत र अधिकारमा आधारित मौलिक हकको रूपमा स्थापित गरेको छ। यो कानुनी रूपान्तरणले महिलाको आफ्नो शरीर माथिको स्वायत्तता र निर्णय प्रक्रियालाई राज्यको…

देशभर आज–भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाई राष्ट्रिय अभियान सफल पारौँ

“नयाँ वर्ष २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण देशवासीहरूमा शुभ स्वास्थ्य, दीर्घायु एवं उच्च प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना।” राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा यही मिति २०८३ साल बैशाख ६ र ७ गते देशैभरि एकैसाथ सञ्चालन हुने भएको हुँदा आफ्ना बालबालिकाहरूलाई तोकिए अनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग सम्पर्क गरी अनिवार्य रूपमा सेवन गराऔँ। सरकारले…

प्रसूति पश्चातको स्याहारको महत्व र आवश्यकता किन ?

कुनै पनि आमाले आफ्नो गर्भको अवधि पूरा गरी बच्चालाई जन्म दिएपछि साल बाहिर निस्किएको समयदेखि सन्तान उत्पादनमा संलग्न रहेका सम्पूर्ण अंगहरू गर्भवती पूर्वको अवस्थामा फर्किन सुरु गर्ने समयलाई सुत्केरी अवस्था वा पोस्टनेटल पिरियड भनिन्छ। सामान्यतया सुत्केरी अवस्था ६ हप्ता अर्थात् ४२ दिनको मानिन्छ। तर सम्पूर्ण अंगहरू पहिलेको अवस्थामा फर्किन तीन महिना लाग्ने भएकाले यसलाई गर्भावस्थाको चौथो अवस्था वा फोर्थ ट्राइमेस्टर पनि भनिन्छ। यस समयमा गरिने आमा र बच्चा दुवैको शारीरिक परीक्षण, उनीहरूलाई गरिने स्याहार–सुसार तथा सम्पूर्ण सल्लाहलाई प्रसूति पश्चातको स्याहार (पोस्टनेटल केयर) भनिन्छ। प्रसूति पश्चातको स्याहारलाई विशेष गरी एउटा प्रोटोकलका…

मानव जीवनको सुरुवातसँगै पूर्व–प्रसूति स्याहारको महत्व

कुनै पनि दम्पतीले आफ्नो जीवनमा सन्तान प्राप्त गर्ने योजना बनाएको समयदेखि वा आमाको गर्भमा बच्चा बसेदेखि बच्चा जन्मिने समयसम्म आमा र गर्भमा रहेको शिशुको स्वास्थ्यको हेरचाह, निगरानी तथा स्याहार–सुसारलाई पूर्व–प्रसूति स्याहार (Antenatal Care) भनिन्छ। यो स्याहार आमा र गर्भस्थ शिशुको स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। जब कुनै दम्पतीले आफ्नो वंशलाई निरन्तरता दिन वा सन्तान जन्माउने चाहना राख्छन्, तब उनीहरूले गर्भधारण हुनुभन्दा करिब तीन महिना अगाडिदेखि नै स्वास्थ्यकर्मीको सल्लाह अनुसार स्वास्थ्य परीक्षण गराउनु उपयुक्त हुन्छ। यस अवधिमा फोलिक एसिड नामक औषधि दिनको एक गोलीका दरले गर्भ बसेपछि १२ हप्ता अर्थात् तीन…

हर्जबर्गको Two-Factor Theory र नेपालको नर्सिङ वास्तविकता

नेपालको नर्सिङ पेशा पछिल्लो समय गम्भीर Motivation सङ्कटको चपेटामा परेको देखिन्छ। स्वास्थ्य सेवा प्रणालीको मेरुदण्डका रूपमा चिनिने नर्सहरू कार्यस्थलमा बढ्दो असन्तुष्टि, सीमित अवसर, न्यून पारिश्रमिक र कमजोर पेशागत मनोबलका कारण निराश बन्दै गएका छन्। यस अवस्थालाई व्यवस्थापनशास्त्री Frederick Herzberg द्वारा प्रतिपादित Two-Factor Theory (Motivation–Hygiene Theory) का आधारमा विश्लेषण गर्दा समस्या अझ स्पष्ट रूपमा बुझ्न सकिन्छ। हर्जबर्गका अनुसार कामप्रतिको सन्तुष्टि र असन्तुष्टि एउटै कारणबाट उत्पन्न हुँदैनन्। उनले कार्यस्थलका कारक तत्वलाई दुई भागमा विभाजन गरेका छन्— Hygiene Factors र Motivators। Hygiene पक्ष कमजोर हुँदा असन्तुष्टि बढ्छ, तर केवल यी पक्ष सुधार्दा मात्र…