हिँड्दा घुँडा दुख्ने, उकालो–ओरालो गर्न नसक्ने, बस्न र उठ्नसमेत अरूको सहारा चाहिने अवस्था धेरैका लागि पीडादायी हुन्छ। उमेर बढ्दै जाँदा घुँडा वा हिपको जोर्नी खिइनु, पुरानो चोटका कारण जोर्नी बिग्रनु र दैनिक कामकाजमा कठिनाइ हुनु सामान्य समस्या हुन्। तर, जोर्नी खिइँदैमा जीवनभर दुखाइ सहेर बस्नुपर्छ भन्ने छैन। आवश्यक अवस्थामा गरिने जोर्नी प्रत्यारोपणले दुखाइ कम गर्न र दैनिक जीवन सहज बनाउन सहयोग पुर्याउँछ। नेपालमा पछिल्लो डेढ दशकमा हाडजोर्नी उपचार र जोर्नी प्रत्यारोपणको क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको छ। कुनै समय सीमित ठूला अस्पतालमा मात्रै उपलब्ध हुने जोर्नी प्रत्यारोपण सेवा अहिले देशका विभिन्न…
विचार/विश्लेषण
भीरको बाटोदेखि अप्रेसन थिएटरसम्म : ४० हजार शल्यक्रिया गरेका डा. खनाल
गुल्मीको धुर्काेटमा जन्मेर हाल रुपन्देहीको तिलोत्तमा-२ निवासी कृष्ण खनालको उमेर ६८ टेक्न थाल्यो । २०३९ सालमा कर्णालीको कालिकोटस्थित फुकोट हेल्थपोष्टमा हेल्थ असिस्टेन्टबाट स्वास्थ्य सेवामा प्रवेश गरेका उनी कमाउँदै पढ्दै गरेर २०५० सालमा एमबीबीएस पास गरी ०५२ सालमा डाक्टरको रूपमा मुस्ताङबाट सेवा सुरु गरेका हुन् । २०६० सालमा सर्जनमा एमडी गरेका उनी २०६१ सालदेखि २०७६ सम्म पहिलेको लुम्बिनी अञ्चल अहिले प्रादेशिक अस्पतालमा सेवा गरेर निवृत्त हुन् । खनाल सरकारी सेवाबाट निवृत्त भए पनि निजी अस्पतालमा अहिले पनि पूर्णकालीन रूपमा सेवारत छन् । श्रीमती, एक छोरा र छोरीसहित चारै जना स्वास्थ्य सेवामा…
तीजको महत्व र स्वास्थ्यसँगको सम्बन्ध : आस्था, संस्कृति र स्वस्थ जीवनशैली
नेपाली वैदिक सनातन परम्परा र सांस्कृतिक पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हो। धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले विशेष महत्व बोकेको तीज पछिल्लो समय स्वास्थ्यसँग पनि जोडिएर चर्चा हुने गरेको छ। हिन्दू धर्मग्रन्थअनुसार सत्ययुगमा हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। पार्वतीका पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि उनले आफ्ना साथीहरूसँग आफ्नो समस्या सुनाइन्। त्यसपछि साथीहरूले उनलाई लुकाएर सुरक्षित स्थानमा राखेको र त्यहीँ उनले निराहार व्रत तथा तपस्या गरी भगवान् शिवलाई पति रूपमा प्राप्त गरेको धार्मिक मान्यता…
जनताको स्वास्थ्यमा तिलोत्तमा, अब नगर अस्पतालको यात्रा
तिलोत्तमा नगरपालिका तीव्र गतिमा सहरीकरण भइरहेको स्थानीय तह हो। बढ्दो जनसंख्या, विस्तारिँदो बजार र शिक्षा तथा रोजगारीका अवसरसँगै यहाँ स्वास्थ्य सेवाको माग पनि बढिरहेको छ। नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै अघि सारेका पछिल्ला कार्यक्रमले स्थानीयस्तरमै स्वास्थ्य सेवा विस्तार गर्ने संकेत गरेका छन्। अब त्यसलाई व्यवस्थित गर्दै नगर अस्पतालको दिगो संरचना निर्माणतर्फ अघि बढ्नु आवश्यक देखिन्छ। नगरपालिकाले सञ्चालनमा ल्याएको ‘सुलभ फार्मेसी’ त्यसैको एउटा उदाहरण हो। नागरिकले औषधि सस्तो मूल्यमा पाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम सकारात्मक र अनुकरणीय छ। यससँगै सुलभ प्रयोगशाला र फिजियोथेरापी सेवा सञ्चालनको तयारीले सामान्य स्वास्थ्य सेवाका लागि निजी…
एच.पि.भी. खोप अभियान २०८३ बारे जानौं र सफल पारौं
नियमित खोप कार्यक्रम अन्तर्गत नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप पहिलो चरणमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा असोज महिनाको अन्त्यसम्म सञ्चालन गर्न लागेको छ। सोही बमोजिम रुपन्देहीमा पहिलो चरण असोज ५ देखि ८ गतेसम्म र दोस्रो चरण असोज १२ देखि १५ गतेसम्म सञ्चालन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सूचीकृत स्वास्थ्य संस्थाहरूबाट कक्षा ६ मा अध्ययनरत छात्रा र विभिन्न कारणले विद्यालय बाहिर रहेका १० वर्षका किशोरीहरूलाई एच.पि.भी. खोप दिइँदैछ। विद्यालयलाई…
स्वास्थ्य क्षेत्रको संकट : नीति होइन, नियत र कार्यान्वयनको प्रश्न
नेपालको स्वास्थ्य क्षेत्र आज नीति अभावका कारण संकटमा परेको होइन, कार्यान्वयनको अभावका कारण संकटमा परेको हो। हरेक सरकार आउँदा नयाँ–नयाँ नीति, नयाँ कार्यक्रम र नयाँ घोषणा गरिन्छ। तर विडम्बना, पहिलेदेखि बनेका ऐन, नियमावली, निर्देशिका र मापदण्डहरू नै प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्। जबसम्म राज्यले आफ्नै कानुनलाई निष्पक्ष रूपमा लागू गर्न सक्दैन, तबसम्म नयाँ नीति थपिरहनुको कुनै अर्थ रहँदैन। विपक्षमा हुँदा स्वास्थ्य क्षेत्रका विकृति, निजी स्वास्थ्य संस्थामाथिको अन्याय, बिरामीको पीडा, कर्मचारीतन्त्रको ढिलासुस्ती र सुशासनको अभावबारे चर्का भाषण गर्ने नेताहरू सत्तामा पुगेपछि किन मौन हुन्छन्? किन आफ्नै प्रतिबद्धता र एजेन्डाबाट पछि…
संघीयताको मर्ममाथि प्रश्न : औषधि व्यवस्था विभागले कहिले त्याग्छ केन्द्रीकृत सोच?
नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्दा एउटा स्पष्ट संकल्प गरेको थियो—राज्यका सेवा–सुविधा सिंहदरबारमा सीमित रहने छैनन्; ती जनताको घरदैलोसम्म पुग्नेछन्। यही सोचका आधारमा संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट गरियो। संघीयताको सार नै अधिकारको विकेन्द्रीकरण, उत्तरदायी प्रशासन र नागरिकलाई सहज सेवा उपलब्ध गराउनु हो। तर विडम्बना, संविधान कार्यान्वयनको झण्डै एक दशक बितिसक्दा पनि केही सरकारी निकायहरू अझै पुरानै केन्द्रीकृत मानसिकताको घेराबाट बाहिर निस्कन सकेका छैनन्। स्वास्थ्य क्षेत्रको महत्वपूर्ण नियामक निकाय औषधि व्यवस्था विभाग पनि त्यही सूचीमा पर्न थालेको छ। औषधि व्यवस्था विभागको अस्तित्वमाथि कसैको प्रश्न छैन। यसको भूमिका…
स्मृतिको ओझेल पर्दा: कुहिरोको देशमा हराउँदै गरेका आमा बुबाहरू
“स्मृति नै मानिसको अस्तित्वको जग हो। जब यो जग नै भत्किन थाल्छ,मानिस जीवित त रहन्छ, तर आफ्नै पहिचानको भूगोलभित्र एउटा अपरिचित शरणार्थी बन्न पुग्छ।” यो कथा र व्यथा केवल एक काल्पनिक पात्र हरिप्रसादको मात्र होइन। यो त आज हाम्रा घर-आँगनमा पाकेका कपाल, चाउरिएका गाला र धुमिल आँखाहरू बोकेर अनन्त कुहिरोको देशमा हराउँदै गरेका हजारौँ बुबाहरूको वास्तविक महाख्यान हो। एउटा गतिशील र सम्मानित जीवन कसरी बिस्तारै विस्मृतिको अँध्यारो गल्छीमा खस्छ र अन्ततः मौनताको महासागरमा विलीन हुन्छ भन्ने यथार्थलाई बुझ्न यसका सात चरणहरू र यसले समाजलाई दिएको गम्भीर चेतावनीलाई गहिराइबाट नियाल्नुपर्छ। खण्ड…
राइड सेयरिङ चालकको आत्मदाह प्रयास : जनस्वास्थ्य र सडक सुरक्षाले उठाएका प्रश्न
हालै एक राइड सेयरिङ चालकले आत्मदाहको प्रयास गरेको घटनाले देशव्यापी बहस सिर्जना गरेको छ। यस घटनाको कानुनी पक्ष, नगर प्रहरीको भूमिका वा कारबाहीको वैधानिकताबारे निर्णय गर्ने जिम्मेवारी सम्बन्धित कानुनी संयन्त्रकै हो। त्यसैले यस लेखमा उक्त घटनालाई जनस्वास्थ्य तथा सडक सुरक्षाको दृष्टिकोणबाट मात्र विश्लेषण गर्ने प्रयास गरिएको छ। हामी सार्वजनिक सवारी, ट्याक्सी, बस तथा राइड सेयरिङ सेवा प्रयोग गर्ने आम नागरिकले केही समयका लागि आफ्नो जीवन चालकको जिम्मामा सुम्पिएका हुन्छौँ। तर नागरिकको जीवनको जिम्मेवारी वहन गर्ने सार्वजनिक सवारी चालकहरूको मानसिक तथा संवेगात्मक स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्नुपर्ने आवश्यकतालाई राज्यले अहिलेसम्म गम्भीरतापूर्वक महसुस…
नेपालको स्वास्थ्य क्षेत्रमा निजी संस्थाहरूको योगदान, चुनौती र यथार्थ
नेपालको स्वास्थ्य क्षेत्र आज जुन अवस्थामा पुगेको छ, त्यसमा सरकारी संस्थासँगै निजी स्वास्थ्य संस्था, निजी अस्पताल तथा स्वास्थ्य व्यवसायीहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ। दुर्गम गाउँदेखि शहरसम्म स्वास्थ्य सेवा विस्तार गर्न, आधुनिक उपकरण भित्र्याउन, विशेषज्ञ चिकित्सक उत्पादन गर्न तथा हजारौँ नागरिकलाई रोजगारी दिन निजी क्षेत्रले खेलेको भूमिका अविस्मरणीय छ। एक समय सामान्य उपचारका लागि पनि नेपाली नागरिक विदेश जान बाध्य हुन्थे। तर आज नेपालमै अत्याधुनिक प्रविधिबाट शल्यक्रिया, आईसीयू सेवा, डायलाइसिस, क्यान्सर उपचार, प्रसूति सेवा, प्रयोगशाला परीक्षण लगायतका सेवा उपलब्ध हुनुमा निजी स्वास्थ्य संस्थाहरूको ठूलो लगानी, मेहनत र प्रतिबद्धता जोडिएको छ।…



