स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिका र क्रिमसन अस्पतालबीच आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतासँगै अब क्रिमसन अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्र्तगत प्रसुति सेवालाई पुर्णतः निःशुल्क हुने भएको छ । आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ को परिच्छेद २ अनुसार सुरक्षित मातृत्व प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको कार्यक्रम हो । विशेषगरि यो कार्यक्रम अन्र्तगत अब क्रिमसन अस्पताल आई उपचार गराउने सेवाग्राहीले नर्मल डेलिभरी सेवा, अप्रेसन सेवा, एन-आइसीयु, प्रसुति सेवा, आमा तथा नवजात शिशुको उपचार र औषधीहरु गर्दा अब नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
दुर्घटनामा घाइते स्वास्थ्य शाखा प्रमुख यादवको उपचारको क्रममा निधन
स्वास्थ्यसमाचार/ रुपन्देही कोटहीमाई गाउँपालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुख (जनस्वास्थ्य अधिकृत ) राम निवास यादवको निधन भएको छ । बुधबार सवारी दुर्घटनामा परि घाइते हुनुभएका यादवको सोमबार उपचारको क्रममा भारतको लखनउमा निधन भएको हो । बुधबार कोटहीमाई गाउँपालिका पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसूति पालिका सुनिश्चितता दिगोपना घोषणा कार्यक्रम सकिएपछि भैरहवा फर्कने क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पछाडीको सडकमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा यादव घाइते हुनुभएको थियो । दुर्घटनापछि उहाँलाई उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि यादवलाई थप उपचारका लागि शनिबार…
तिलोत्तमा र क्रिमसन अस्पतालबीच आमा सुरक्षा कार्यक्रमका लागि सम्झौता
स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकामा सुरक्षित मातृत्व प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले क्रिमसन अस्पतालसँग ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण सहमति गरेको छ। नगरप्रमुख रामकृष्ण खाँण, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र क्रिमसन अस्पताल संचालन तथा व्यवस्थापन समिति अध्यक्ष दुर्गा प्रसाद पाण्डेबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो। यो कार्यक्रम नेपाल सरकार अन्तर्गत सञ्चालित आमा सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको एक उदाहरण हो, जसअन्तर्गत तिलोत्तमा नगरवासी तथा अन्य छिमेकी नगरपालिका र अन्य जिल्लालाई महिलाहरूलाई प्रसूति सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिनेछ। कार्यक्रमले सबै महिलाको पहुँच सुनिश्चित गर्नुका साथै लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको अत्यधिक चापलाई…
गौमुखीमा निशुल्क मानसिक स्वास्थ्य शिविर,७०जनाले लिए सेवा
स्वास्थ्यसमाचार /गौमुखीको पुजा स्वास्थ्य चौकीमा भएको निशुल्क बिशेषज्ञ मानसिक स्वास्थ्य शिविरमा ७० जना बिरामीले सेवा लिएका छन । पालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीका अनुसार उक्त शिविरमा ७० जनाले निशुल्क सेवा तथा औषधी लिएको बताउनु भयो ।गाउँपालिकाको बिनियोजित बजेटबाट तेश्रोे चरणमा उक्त कार्यक्रम गरिएको हो । गौमुखी ४ कि रिमा बिकले ३्४ वर्ष अगाडी देखी आफू मानसिक समस्याको कारण टाउको दुख्ने, रिंगटा लाग्ने, निद्रा नलाग्ने र आफ्ना बाटै हिड्ने बाटोघाटोमै रात गुजारेको सम्झदै अहिले उपचार र नियमित औषधि सेवनका कारण धेरै हद सम्म निको भएको बताउनुभयो। गौमुखी ५ कि…
स्वास्थ्य बिमा बोर्डले माग्यो १८० जना मेडिकल अधिकृत
स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डले तीन महिनाका लागि १८० जना मेडिकल अधिकृत माग गरेको छ । आइतबार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । बीमा दाबी भुक्तानीको रुजु गर्न र सिफारिस गर्नका लागि मेडिकल अधिकृत माग गरिएको हो । यसका लागि एमबीबीएस गरेर नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुभएका डाक्टरहरूले आवेदन दिन पाउनुहुनेछ । योग्यता पुगोक इच्छुकले पहिलोपटक सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त दिन सक्ने बताइएको छ ।
सुर्तीजन्य पदार्थ सेवनकर्ता सबैभन्दा बढी लुम्बिनीमा, नियन्त्रणका लागि अनुगमन गर्नुपर्नेमा जोड
स्वास्थ्यसमाचार/ विश्वमा नसर्ने रोगहरुबाट हुने मृत्यको संख्या बढिरहेको छ । जसमा सुर्तीजन्य पदार्थ सेवनबाट हुने मृत्युको संख्या अत्याधिक रहेको छ । विश्वमा करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको कारण हुन गरेको छ । सन् २०१९ को राष्ट्रिय रोगभार प्रतिवेदन अनुसार नेपालमा कुल मृत्युको करिब ७१ दशमलव ७ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । नसर्ने रोगहरुमा करिव १८ प्रतिशत मृत्यु धुम्रपान सेवनबाट हुने गरेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्रलाल अर्यालले जानकारी दिए। सुर्तीजन्य पदार्थ सेवनकर्ता सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ…
स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ बाट सात जना सम्मानित
स्वास्थ्यसमाचार/यस वर्षको ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थय पुरस्कार’ सात जनाले प्राप्त गरेका छन् । सुर्तीजन्य पदार्थको उपभोग न्यूनीकरणमा विविध क्षेत्रबाट योगदान गर्दै आएका ६ जनालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुरस्कार प्रदान गर्दै आइरहेको थियो । तर यसपटक सात जनालाई पुरस्कार प्रदान गरिएको हो । जनही रु। ५० हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।शनिबार विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा विशेष समारोह गरी पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत हुनेहरूमा डा तारासिंह बम, कल्पना आचार्य , रामप्रसाद न्यौपाने बुद्धि कट्टेल र पुष्प राज चौलागाईँ रहनुभएको छ । त्यस्तै रुद्रलाल कडरिया क्यान्सर परिषद्…
गुल्मेली सम्पर्क समाजको स्थापना दिवसमा २९७ जनाले गरे रक्तदान
स्वास्थ्यसमाचार/ गुल्मेली सम्पर्क समाज रुपन्देहीले आफ्नो २२ औं स्थापना दिवस रक्तदान तथा सम्मान कार्यक्रमसहित सम्पन्न गरेको छ। बिरामीलाई रक्त अभाव नहोस् भन्ने उदेश्यले समाजले लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान गरेको हो ।रुपन्देही व्यापार सङ्घद्वारा रक्तसञ्चार केन्द्र ( ब्लड बैंक ) उपकरण हस्तान्तरण तथा तथा समुदघाटन कार्यक्रमका सन्दर्भमा समाजले रुपन्देही व्यापार सङ्घसँग सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षता, रुपन्देही व्यापार सङ्घका अध्यक्ष दीपकप्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा समाजसेवी भगतसिङ खड्काको विशेष आतिथ्यता भएको कार्यक्रममा समाजका अगुवा तथा विभिन्न क्षेत्रमा बिशिष्ट योगदान गरेको व्यक्तित्वहरुलाई सम्मान गरिएको…
मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्र उद्घाटन
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नु भएको छ । बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान समेत गर्नु भएको छ । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको स्पष्ट पार्नुभएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने पनि जानकारी दिनुभयो । `रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई…
९५ अर्बको स्वास्थ्य बजेट: जनस्वास्थ्यमा सरकारको २७ प्राथमिकता
स्वास्थ्यसमाचार/अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब बजेट छुट्याएका छन् । बिहीबार संसद भवन नयाँबानेश्वरमा संघीय संसदका दुवै संसद समक्ष अर्थमन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिएका हुन् । उनले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रकम बिनियोजन गरिएको जानकारी दिए । यस्तै, बीमाको हालसम्म रहेको भुक्तानी तेस्रो पक्षबाट परिक्षण गराइ यही आर्थिक वर्षभित्रमा भुक्तानी गर्ने व्यवस्था मिलाएको समेत बताए । स्वास्थ्यको बजेटमा समेटिएका मुख्य २७ बुँदा १. निरोगी नेपाली, स्वस्थ नेपाल,स्वच्छ आहार, योग ध्यान व्यायाम…

