गुल्मीदरबार गाउँपालिका :पूर्ण खोप, संस्थागत प्रसुती र पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित

स्वास्थ्यसमाचार/ गुल्मीको गुल्मीदरबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित, पूर्ण संस्थागत प्रसुती गाउँपालिका र पूर्ण पोषण मैत्री स्वास्थ्य संस्था सुनिश्चित पालिका घोषणा गरिएको छ। गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमकामा जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्रीले उक्त घोषणा गर्नुभएको हो। घोषणा कार्यक्रममा बोल्दै समन्वय प्रमुख खत्रीले पूर्वाधार विकासले मात्रै पूर्ण विकास हुन नसक्ने विचार ब्यक्त गर्नुभयो। प्रमुख खत्रीले भन्नुभयो “शिक्षा, स्वास्थ र पोषण लगायतका क्षेत्रमा तोकिएको मापदण्ड अनुसार राम्रो गर्न सकिएन भने घोषणा कार्यक्रमले मात्र अपेक्षा गरेको उपलब्धि हासिल भएको मान्न सकिदैन”त्यसैले कार्यक्रमलाई दिगो रुपमा संचालनका लागि नियमित अनुगमन र सहजीकरणको खाँचो रहने…

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योती सँगबीच सम्झौता

स्वास्थ्यसमाचार/स्स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योती संघबीच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालय र संघबीच गरिएको सम्झौताअनुसार अब संघले आँखा उपचार उपलब्ध नभएका स्थानमा लक्षित गरेर सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्नेछ । आँखा उपचार पहुँच वृद्धि गर्ने मन्त्रालयको नीतिअनुसार संघले संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर कार्यक्रम विस्तार गर्नेछ भने यसका लागि मन्त्रालयले सहजीकरण गर्नेछ । यसैगरी,आधारभूत स्वास्थ्य संस्थामा कार्यरत प्राथमिक आँखा उपचारमा सेवा प्रदान गरिरहेका जनशक्तिको क्षमता वृद्धिका लागि संघले सघाउने भएको…

स्वास्थ्य सेवा सुधारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा सुझाव समिति र सरोकारवाला बीच छलफल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि गठित सुझाब समितिले  लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाह बारे अनुगमन तथा सरोकारवाला पक्षहरुसँग छलफल गरेको छ । सो अवसरमा बोल्दै सुझाब समितिका संयोजक पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले मितव्ययी र प्रभावकारी ढंगमा सेवा सञ्चालनका लागि आग्रह गरे ।अस्पतालमा वार्षिक रुपमा सेवाग्राहीको चाप बढ्दै जानु सकरात्मक भएको उल्लेख गर्दै उनले अस्पतालप्रति जनताको विश्वास बढ्दै गएको कुरालाई यसैले प्रमाणित गर्ने उल्लेख गरे । समिति स्रोत साधन र जनशक्तिले ठूलो जनसङ्ख्यालाई सेवा उपलब्ध गराउनु आफैमा चुनौतिपूर्ण भएपनि मितव्ययी भएर सबै कुरालाई उच्चतम प्रयोग…

बुटवल पुर्ण खोप दिगोपन सुनिश्चितता तथा पुर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषणा

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषणा भएको छ । मंगलबार बुटवल उपमहानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमकाबीच “पुर्ण खोप दिगोपन सुनिश्चितता तथा पुर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका” घोषणा भएको हो । स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा निरन्तर सुधार गर्दै उपमहानगरपालिकाले सबै लक्षित समूहमा पूर्ण खोप सुनिश्चित गर्नुका साथै स्वास्थ्य संस्थाहरूको पूर्ण प्रसूति र सेवा निरन्तरतामा विशेष ध्यान दिएको प्रमाणित भएपछि “पुर्ण खोप दिगोपन सुनिश्चितता तथा पुर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका” घोषणा गरिएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले…

जिनोमिक डाइनेस्टी ल्याब सातौँ वर्षमा, गुणस्तरीय सेवामा प्रतिबद्धता

स्वास्थ्यसमाचार/स्वस्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिदै आएको जिनोमिक डाइनेस्टीको ल्याबोरेटोरी प्रालि सातौ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा बुटवलमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रयोगशालाको सेवालाई थप गुणस्तरीय र विश्वासिलो बनाउने गरि लाग्ने सञ्चालकहरुले प्रतिबद्धता जनाए । संस्थाका अध्यक्ष मान बहादुर श्रेष्ठले ‘गुणस्तरीय सेवा, हाम्रो प्रतिवद्घता’ नारा अनुसार नै प्रदेशमा पहिचान दिन सफल भएको वताउनु भयो । नेपाल सरकार र प्रदेश सरकारको प्राथमिकतामा परेको नसर्ने रोग पहिचान र निवारणका लागि प्रयोगशालाबाट विभिन्न छुटसहितका प्याकेजहरु उपलब्ध दिदै आएको उहाँको भनाई छ । नियमित परिक्षण गर्नुपर्ने विरामीहरूका लागि छुटसहितका सदस्यता कार्ड प्रदान…

नेपाल नर्सिङ संघ लुम्बिनी इकाईले मनायो विविध कार्यक्रम सहित अन्तर्राष्ट्रिय नर्सिङ दिवस

स्वास्थ्यसमाचार /नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई समिति बुटवलले मे १२ (वैशाख २९) का दिन अन्तर्राष्ट्रिय नर्सिङ दिवस विविध कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा वैशाख २६ गते बुटवल उपमहानगरपालिका वडा नं. १३ स्थित जबई टोल विकास संस्थामा स्तन क्यान्सर स्क्रिनिङ कार्यक्रम आयोजना गरिएको थियो।स्तन क्यान्सर विशेषज्ञ डा. सञ्जय पाण्डेको सहजीकरणमा सम्पन्न उक्त शिविरमा प्रारम्भमा क्यान्सर सम्बन्धी जानकारी दिइएको थियो। कुल ८९ जनाको स्वास्थ्य परीक्षण गरिएकामा ५२ जनालाई मेमोग्राम गर्न सल्लाह दिइएको थियो भने ५ जनाको परिवारमा क्यान्सरको इतिहास रहेकोले विशेष परीक्षणको सिफारिस गरिएको थियो। कार्यक्रममा अस्पतालका मेडिकल…

औषधि सेवा सुदृढ बनाउन पालिकामा फर्मासिष्ट अनिवार्य हुनुपर्ने माग

स्वास्थ्यसमाचार/ जहाँ औषधि त्यहाँ फर्मासिष्टलाई जोड दिईएको छ । नेपाल फार्मेसी संघ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले औषधिसंग सम्बन्धित हरेक विषयबस्तुमा अनिवार्य फर्मासिष्ट हुनुपर्नेमा जोड दिएका हुन् । फर्मासिष्ट औषधिका विज्ञ पनि भएकाले हरेक पालिकामा फर्मासिष्टको दरबन्दी अनिवार्य गर्न माग गरे ।कार्यक्रममा बोल्दै बुटवल उपमहानगर पालिकाका नगरप्रमुख खेलराज पाण्डेयले फार्मेसीका लागि फार्मेसी नै पढेको हुनुपर्ने प्रावधान विस्तारै बढ्दै गएको बताउनु भयो । उहाँले हरेक पालिकाले कम्तिमा एकजना फर्मासिष्ट राख्नैपर्ने नीति आवश्यक रहेको बताउँदै त्यसका लागि संघले संघीय सरकारसंग पहल गर्न आग्रह…

फार्मेसी संघ रुपन्देहीको दोस्रो अधिवेशनबाट सापकोटा अध्यक्ष चयन

स्वास्थ्यसमाचार/नेपाल फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा चोकलाल सापकोटा निर्वाचित हुनुभएको छ । संघको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा भरत गिरी र सुशिला वञ्जाडेलाई चयन गरिएको छ । त्यसैगरी महासचिवमा महेश पाण्डे, कोषाध्यक्षमा पिताम्बर अधिकारी, सचिवमा सञ्जिता ढकाल र नारायण विक्रम कुवँर तथा सहकोषाध्यक्षमा रिना केसीलाई चयन गरिएको निर्वाचन समितिका संयोजक तथा संघका सल्लाहकार धर्मराज भट्टराईले जानकारी गराउनु भयो । त्यसैगरी कार्यसमिति सदस्यहरुमा खेमराज ज्ञवाली, दिलिपकुमार जयसवाल, आशिष आचार्य, निरज गुरुङ, पवनकुमार कोहार र…

युवा रेडक्रस सर्कल, पक्लिहवा क्याम्पसद्वारा ३३ प्वाइन्ट रगत संकलन

स्वास्थ्यसमाचार/अंग्रेजी महिनाको ‘८ मे’ अर्थात् विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसकोे आयोजनामा बिहीबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा पक्लिहवा क्याम्पस प्रांगणमा भएको कार्यक्रममा ३३ प्वाइन्ट रगत संकलन भएको आयोजकले जनाएका छन् । युवा रेडक्रस सर्कल, पक्लिहवा क्याम्पसकी अध्यक्ष सुचना थापाको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति एवं युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले सदैव मानवीय सेवामा समर्पित रेडक्रसले समयानुकुल रक्तदान कार्यक्रम सञ्चालन गरेर रगतको अभाव हुन नदिइ बिरामीको ज्यान जोगाउन महत्वपूर्ण र पवित्र कार्य गरेका…

१५ बेडका आधारभूत अस्पताल सञ्चालनको जिम्मा संघीय सरकारले लिनुपर्छ : मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहमा निर्माणाधीन १५ बेडका आधारभूत अस्पतालहरूको सञ्चालन खर्च प्रदेश र स्थानीय सरकारले बोक्न नसक्ने भएकाले संघीय सरकारले नै जिम्मेवारी लिनुपर्ने वताउनु भयो । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश सुशासन केन्द्रले आयोजना गरेको ’प्रदेश सरकार र स्थानीय  सरकारका प्रमुखबीच साझा सवालहरूझविषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री  आचार्यले आधारभूत अस्पतालहरूको सञ्चालन खर्च प्रदेश र स्थानीय सरकारले बोक्न नसक्ने  वताउनु भएको हो । उहाँले आबश्यकता अनुसार नीतिमा प्राथमिकता पाउने तर बजेटमा नपर्ने समस्यालाई अब समाधान गर्दै आगामी वर्षदेखि सुनिश्चित बजेट व्यवस्था…