प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला सम्बन्धी समिक्षा गोष्ठी सम्पन्न

स्वास्थ्यसमाचार/ जनस्वास्थ्य प्रयोगशाला सम्बन्धी प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी बुटबलमा सम्पन्न भयो। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको आयोजनामा दुई दिने वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको हो। लुम्बिनी प्रदेशका १२ वटै स्वास्थ्य कार्यालयहरू, संघिय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पतालमा कार्यरत प्रयोगशाला कर्मीहरु र अन्य सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो। समीक्षा कार्यक्रममा बिगत आर्थिक बर्षमा स्वास्थ्य कार्यालय हरुले ल्याबहरुले प्रदान गरेको सेवाको समीक्षा गरिएको थियो, भने अस्पतालहरुले अस्पतालबाट दिएको सेवाको बारेमा समीक्षा गरिएको थियो । साथै उक्त कार्यक्रममा चालु आर्थिक बर्षमा सम्पादन गरिने काम हरुको योजना तर्जुमा समेत गरिएको छ…

दोस्रो बुस्टर खोप लगाउन स्वास्थ्य कार्यलय रुपन्देहीको आग्रह

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिने भएको छ। यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिने भएको हो। कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिहरूलाई पहिलो मात्रा बुस्टर खोप लगाउन पनि जिल्ला स्वास्थ्य कार्यलयले रुपन्देहीले आग्रह गरेको छ। खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा १३५ खोप केन्द्र रहेकोले आफुलाई पायक पर्ने स्थानमा गई खोप लगाउन आग्रह गर्नु भएको छ। कसलाइै दिइँदैछ बुस्टर डोज खोप ५५ बर्षमाथिका…

गैडहवामा ६० उमेर पुगेका स्वयंम सेबिकाहरुलाई सम्मान तथा बिदाई

स्वास्थ्यसमाचार/ रुपन्देहीको गैडहवा गाउपालिका स्वास्थ शाखाको आयोजनामा गैडहवा गाउँपालिकाको स्वास्थ क्षेत्रमा सेवारत ६० उमेर पुगेका स्वयंम सेबिकाहरुलाइ सम्मान तथा बिदाइ कार्यक्रम सम्मपन्न भयको छ। गैडाहवा गाउपालिका प्रमुख प्रसाशकिय प्रमुख कृष्ण प्रसाद पन्थिको अध्यक्षता र गाउँ पालिका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख अतित्यथामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि पौडेलले कार्यक्रममा बोल्दै निस्वार्थ रुपले ३० वर्ष काम गरेका स्वयंसेविका हरुलाई सधै गाउँपालिकाले सम्मान गर्ने बताउदै स्वयंसेविकाको योगदान गैडहवा गाउँपालिकामा महत्त्वपूर्ण रहेको बताउदै कोरोनाको समयमा समेत स्वयंसेविकाहरुले सहयोगको उच्च प्रसंसा गर्दै स्वयंसेविका हरुलाई बिदाई गर्दा आफू र गाउँपालिका दुखित भएको बताउदै बाकी…

सैनामैना १०मा झारफुक गर्ने क्रममा बिरामी किशोरीको मृत्यु

स्वास्थ्यसमाचार/ झारफुक गर्ने क्रममा एक बिरामी किशोरीको मृत्यु भएपछि प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। फागुन २० गते झारफुक गर्ने क्रममा रुपन्देहीको सैनामैना नगरपालिका–१० बेमतेनीकी सीता ज्ञवालीको मृत्यु भएको थियो। उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो। किशोरीको मृत्यु भएपछि सामाजिक सञ्जालमार्फत् उक्त घटनाको चौतर्फी बिरोध भएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान गरेर ज्ञवालीलाई झारफुक गर्ने सोही ठाउँकी २२ वर्षीया सोनिया रेश्मी झाक्री सहित १७ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको रुपन्देही प्रहरीका प्रवक्ता तथा इन्स्पेक्टर दीपक कुँवरले बताए। झारफुक गर्ने क्रममा…

कपिलबस्तुको जितपुरमा ग्रामिण उपचार उद्धारकर्ता तालिम सुरु

स्वास्थ्यसमाचार/ चिकित्सक/ स्वास्थ्यकर्मीहरूको लागी ८ दिने (RMR ) ग्रामिण उपचार उद्धारकर्ता तालिम कपिलबस्तुको जितपुरमा सुरु भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजनामा उक्त तालिम सुरु भएको हो। १२जिल्लाका चिकित्सक/स्वास्थ्यकर्मीहरूको सहभागीता रहेको तालिमको एक कार्यक्रमका बिच स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरीले सुभारम्भ गर्नु भयो ।तालिम सुभारम्भ कार्यक्रममा बोल्दै निर्देशक चौधरीले विपद जोखिम न्युनिकरण विपदको पूर्वतयारी, व्यवस्थापन तथा उद्धारका लागी यो तालिम महत्वपुर्ण रहेको बताउनु भयो। उहाले सडक दुर्घटना प्राकृतिक विपद् हुदा कसरी छिटो उद्धारगर्न र उपचार कसरी गर्ने भन्ने नै तालिम महत्वपुर्ण रहेको बताउदै प्रदेशका १२ जिल्लाबाट चिकित्सक…

तिलोत्तमाका १९९ टोल संस्थाहरु एकै साथ सरसफाई अभियानमा

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ वडामा शनिबार सरसफाई गरिएको छ । नगरपालिकाको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सघन सरसफाई गरेका हुन् । तिलोत्तमा नगरपालिकामा हाल १९९ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा शनिबार नगरका सबै टोलमा सरसफाई गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । सरसफाईमा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अभियान संयोजक सुरेन्द्र श्रीलगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ—संस्था, क्लव, विद्यालय, आमा समूह, टोल विकास संस्थाहरुले…

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउने योजना बनाएका छौ :नगर प्रमुख पान्डेय

स्वास्थ्यसमाचार/ बुटवल-बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउने गरी योजना अगाडि बढाएको बताउनुभएको छ। बुटवल उपमहानगरपालिकाको आयोजना, इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल र फेयरमेडको साझेदारी र स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको प्राविधिक सहयोगमा बुटवलमा आयोजित स्वास्थ्य सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रम तथा स्वास्थ्यसम्बन्धि योजना तर्जुमा छलफल कार्यक्रममा बोल्दै उहाँले बुटवलको स्वास्थ्य क्षेत्रमा छिटै नै सुधार देखा पर्ने बताउनुभयो । बुटवलमा १६-१६ बेडका अस्पताल निर्माणको चरणमा रहेको बताउँदै उहाँले बाल तथा महिला अस्पतालका रुपमा आम्दा अस्पतालको स्तरोन्नति गर्ने र स्वास्थ्य जनशक्ति उत्पादनमा समेत लगानी गरिरहेको बताउनुभयो। २ दिन चलेको कार्यक्रममा…

राप्ती स्वास्थ्य विज्ञानलाई नर्सिङ अध्यापन अनुमति

स्वास्थ्यसमाचार/ दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनका लागि अनुमति प्राप्त भएको छ। चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठानलाई विएनएसका लागि २० र बिएससी नर्सिङका लागि २० सिट निर्धारण गरेको हो । आयोगको फागुन १४ गते बसेको बैठकले पठनपाठनका लागि सिट निर्धारण गरेसँगै प्रतिष्ठानले पहिलो पटक शैक्षिक कार्यक्रम सुरू गर्न लागेको हो । योसँगै प्रतिष्ठानमा शैक्षिक कार्यक्रम पठनपाठनको ढोका खुला भएको प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले बताउनुभयो। प्रतिष्ठान स्थापना भएसँगै जिल्लामा शैक्षिक कार्यक्रम सञ्चालनका लागि पहल थालिएको थियो भने पटक–पटक दबाबमूलक कार्यक्रम पनि भएका थिए । लामो समयसम्म…

समायोजन भएकै स्थानमा गई कामकाज गर्न स्वास्थ्यकर्मीलाई निर्देशन

स्वास्थ्यसमाचार/ समायोजन तथा समायोजन मिलान भई गएका स्वास्थ्यकर्मीलाई सम्बन्धित तह र निकायमा नै हाजिर गराई जिम्मेवारीपूर्वक कामकाजमा खटाउन स्वास्थ्य मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई अनुरोध गरेको छ । २०७९ पुस ८ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालयले यस्तो अनुरोध गरेको हो । दोहोरो सहमतिका आधारमा विभिन्न प्रदेश र स्थानीय तहहरुमा समायोजन र समायोजन मिलान हुँदा स्वीकृत दरबन्दी भन्दा बढी हुन गएका स्वास्थ्यका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले तलबभत्ता उपलब्ध गराउने भएको छ । समायोजन र समायोजन मिलान हुँदा स्विकृत दरबन्दी भन्दा बढी कर्मचारी हुँदा कर्मचारी फिर्ता पठाइएपछि हाललाई नपुग तलब भत्ता स्वास्थ्य मन्त्रालयले…

टोल सरसफाई गर्दै तिलोत्तमा क्षेत्रका बासिन्दा

स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा शुक्रबार सरसफाई गरिएको छ । वडा कार्यालयहरुको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सरसफाई गरेका हुन् । यसैक्रममा वडा नं. ८ का सबै टोलहरुमा पनि सरसफाई गरिएको छ । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा सरसफाई गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो । तिलोत्तमाको वडा नं. ८ मा हाल ८ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । सरसफाई कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अभियान संयोजक सुरेन्द्र…