स्वास्थ्यसमाचार/रुपन्देहीमा बर्सेनि क्षयरोगका बिरामी बढ्दै गएको देखिएको छ । नयाँ संक्रमित भेटिने र मृत्यु दर पनि उल्लेख्य रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा गत आर्थिक वर्षमा एक हजार २ सय भेटिएकामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बढेर १ हजार ७ सय जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार यस वर्ष पहिचान र उपचारको पहुँचबाट बाहिर भएका कारण कम तथ्यांक देखिएको दावी गर्दै आगामी वर्षमा क्षयरोगका पहिचान गरी २ हजार ७ सय पुर्याउने बताउनुभयो । त्यस्तै जिल्लामा गत वर्ष ०७९/८० मा ५१ जनाले मृत्युवरण…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
राष्ट्रिय आयुर्वेद एशोसिएसन लुम्बिनीको होली मिलन कार्यक्रम मणिग्राममा
स्वास्थ्यसमाचार/राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) लुम्बिनी प्रदेशको आयोजना होली मिलन कार्यक्रम भएको छ । सोमबार रुपन्देहीको मणिग्राम स्थित रक्षा आयुर्वेदिक औषधालयमा होली मिलन कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका केन्द्रिय संस्थापक उपाध्यक्ष शालिकराम भुसालको प्रमुख आतिथ्यमा रहेको थियो । होली मिलन कार्यक्रममा नेपाल आयुर्वेद स्वाथ्य कर्मी समाजका केन्द्रिय उपाध्यक्ष यमलाल भट्टराई, नेपाल आयुर्वेद उत्पादक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष चन्द्रकान्त खनाल, लुम्बिनी आयुर्वेद चिकित्सालयका बरिष्ठ कबिराज निरिक्षक गणेश सापकोटा, नेपाल आयुर्वेद स्वाथ्य कर्मी समाज लुम्बिनी प्रदेश उपाध्यक्ष धुर्व भण्डारी, नेपाल आयुर्वेद औषधी थोक ब्यबसायी प्रेम भट्राई…
दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
स्वास्थ्यसमाचार/सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ। न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याउनको लागि बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए। आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
नेपालको जम्मा भार मध्ये २१ प्रतिशत क्षयरोगीको भार लुम्बिनी प्रदेशमा
स्वास्थ्यसमाचार/नेपालमा क्षयरोगको संस्थागत रूपमा उपचार हुन थालेको ८ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा रोकथामका लागि विभिन्न कार्यक्रम भए पनि आशातित उपलब्धी हुन सकेको छैन् । क्षयरोग नियन्त्रणका लागि सरकारले कहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार त कहिले स्टव टीबी रणनीति बनाएर गर्यो । तर, क्षयरोगको रोकथाम र निवारण हुन सकेन । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालका अनुसार क्षयरोगको निःशुल्क औषधि, परीक्षण र उपचार गर्दा पनि यति ठूलो सङ्ख्यामा बिरामी उपचारमा नआउनु क्षयरोग नियन्त्रणमा चुनौती थपिएको बताउनु भयो । एचएमआइएस/डिएचआइएसको विगत तीन वर्षको तथ्याङ्कलाई विश्लेषण गरी हेर्दा आर्थिक वर्ष…
अर्घाखाँचीमा विश्व क्षयरोग दिवसकाे अवसरमा पत्रकारसँग अन्तरक्रिया
स्वास्थ्यसमाचार/जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा विश्व क्षयरोग दिवस २०८० को अवसरमा स्वास्थ्यकर्मी तथा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर अशोक शाहाले क्षयरोग सर्ने तरिका,परिक्षण,निदान, उपचारको बारेमा जानकारी गराउनु भएको थियोे। कार्यक्रममा क्षयरोगको अहिलेसम्मको आँकडा बारेमा जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग नियन्त्रण कार्यक्रम डट्स फोकल पर्सन बिजय बरालले प्रस्तुत गर्नुभएको थियोे। उक्त कार्यक्रममा पत्रकार महासंघको तर्फबाट बोल्दै सह/सचिव हृदय भुसालले क्षयरोग नियन्त्रणमा सबै मिलेर लाग्नुपर्नेमा जोडदिनुभएको थियो। अर्घाखाँचीमा २ सय २१ जना, मध्ये महिला ७० र पुरुष १सय ५१ जना क्षयरोगी रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख…
औषधि व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा न्यौपाने सर्वसम्मत चयन
स्वास्थ्यसमाचार/नेपाल औषधि ब्यवसायी संघ, लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट लुकराज न्यौपानेको अध्यक्षता १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार भएको अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा अभय कुमार बस्नेत, थोक उपाध्यक्षमा सुदिप खड्का, खुद्रा उपाध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ, महासचिवमा प्रकाश ज्ञवाली, कोषाध्यक्षमा थानेश्वर ज्ञवाली, सचिवमा ईन्द्र प्रसाद भट्टराई (विष्णु), उप कोषाध्यक्षमा थानेश्वर अर्याल चयन भएका छन् । त्यस्तै थोक सदस्यमा मो. ज्याउल हक हलवाई, विज्ञानध्वज श्रेष्ठ, खुद्रा सदस्य बैकुण्ठ प्रसाद कोइराला, राकेशचन्द्र कुमाल, महिला सदस्य प्रभा भण्डारी, खुल्ला सदस्यमा धर्मराज भट्टराई, नीम कुमार राउत, धन बहादुर केसी, कृष्ण प्रसाद…
प्युठानमा नसर्ने तथा मानसिक रोग बढ्दो छ लगानी बढाउनु आबश्यक छ : हेमराज पाण्डे
जिल्लामा मुख्य स्वाथ्य समस्या के के छन ? प्यूठान जिल्ला लुम्बिनी प्रदेशको पहाडी जिल्ला मध्येमा पर्दछ । जिल्लाको जनसंख्या २ लाख ३२ हजारको सेरोफेरोमा रहेको छ । बच्चाहहरुमा कुपोषणको समस्या रहेको छ । यसको अलवा जिल्लामा बाल विवाह र किशोर अवस्थामा विवाह गर्ने दर पनि दर उच्च छ । अन्य जिल्लाहरुमा जस्तै नसर्ने रोगहरुको समस्या पनि जिल्लामा छ । जिल्लाले राम्रो कुन कुन क्षेत्रमा गरेको छ । –हामी जिल्लामा खोपको अवस्थामा धेरै सुधार गरेका छौ । संस्थागत सुत्केरी हुने दर पनि राम्रो रहेको छ । हामीकहाँ वार्षिक एक सय देखि…
ग्याष्ट्रो सेन्टर बुटवलमा चार वर्षीय बालकको सफल इण्डोस्कोपी
स्वास्थ्यसमाचार/ग्याष्ट्रो बुटवलमा एक बालकको सफल इन्डोस्कोपी गरिएको छ । कमै मात्रामा बालबालिकाहरूमा गरिने इन्डोस्कोपी ग्याष्ट्रो बुटवलमा पहिलो पटक गरिएको प्रालिका बरिष्ठ पेट आन्द्रा, कलेजो तथा प्यांक्रियाज रोग विशेषज्ञ डाक्टर मोहन भुसालले जानकारी दिनुभयो । डाक्टर भुसाल सहितको डाक्टरको टिमले चार वर्षीय बालकलाई बेहोस बनाएर पेटको इन्डोस्कोपी गरेको हो । पेटमा समस्या देखिनुका साथै बालकले तारन्तार बोमिटिङ गरिरहेको र नरोकिएपछि सिद्धार्थ महिला तथा बाल अस्पतालले इन्डोस्कोपी लागि ग्याष्ट्रो सेन्टरमा पठाएको थियो । सेन्टरमा उपलब्ध डाक्टर भुसाल सहित एनेस्थेसियोलोजिष्ट डाक्टर आनन्द अग्रहरी र डाक्टर सविर श्रेष्ठको टिमले बालकको इन्डोस्कोपी गरेको हो ।…
लुम्बिनी प्रादेशिक अस्पतालमा स्तन क्यान्सरको शल्यक्रिया सेवा सुरु
स्वास्थ्यसमाचार/रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा स्तन क्यान्सरको शल्यक्रिया सेवा सुरु गरिएको छ । अस्पतालले स्तन क्यान्सरको शल्यक्रिया सेवा सुरु गरेसँगै एक महिलाको अपरेशन समेत गरिएको छ । रुपन्देहीकी ६५ वर्षिय एक महिलाको बायाँतर्फको स्तन क्यान्सरको सफल रुपमा शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । वरिष्ठ स्तन क्यान्सर रोग बिशेषज्ञ (सर्जन) डा.सन्जय पाण्डे, एनएसथेसियोलोजिष्ट डा. सुरेन्द्र कुँवर र डा. समिर आर्चायले लगाएतको डाक्टरहरुको टीमले शल्यक्रिया गरेको सर्जरी विभाग प्रमुख डा.भुवन पौडेलले जानकारी दिए। डा.पाण्डे विगत लामो समयदेखि स्तन क्यान्सर रोग विशेषज्ञको रुपमा काम गर्दै आएका छन् । उनले पैसाको अभावमा औषधी उपचारमा…
उत्कृष्ट कार्यसम्पादन रुपन्देही शाखा प्रथम दाङ दोश्रो र तेश्रो बन्यो गुल्मी
स्वास्थ्यसमाचार /नेपाल औषधि ब्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा प्रदेशमा उत्कृष्ट जिल्ला सम्मान गरिएको छ। उदघाटन कार्यक्रममा प्रदेशबाट यसवर्ष उत्कृष्ट कार्यसम्पादन गरेका जिल्लाहरु क्रमश गुल्मी जिल्ला तेस्रो, दाङ जिल्ला दोस्रो तथा रुपन्देही जिल्ला प्रथम भएकोमा सम्मान गरिएको थियो तथा जग्गादाताहरुलाई समेत सम्मान गरिएको संघका अध्यक्ष शिब ज्ञाबलीले बताउनु भयो।