लुम्बिनी प्रादेशिक अस्पतालमा प्रतिक्षित एमआरआई मेशिन जडान सुरु

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयदेखि प्रतिक्षित एमआरआई मेशिन जडानको काम सुरु भएको छ । अस्पतालमा एमआरआई मेशिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेशिन जडानको कामलाई धमाधम अघि बढाएको छ ।मेसिन जडान गरी आगामी २ महिना भित्रमै सेवा सूचारु गर्ने लक्ष्यसहित तिब्रताकासाथ जडानको काम भैरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले वताउनु भयो । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै यस क्षेत्रका सेवाग्राहीलाई निजी अस्पतालहरुमा गएर मङ्गोमा सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुने मेसु ढकालले बताउनु भयो । ‘करिब १२ करोड लागतमा जडान गर्न लागिएको…

स्वास्थ्य कार्यालयको रुपन्देहीको वार्षिक समीक्षा गोष्ठी भैरहवामा सुरु

स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यालय रुपन्देहीको आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका  कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी भैरहवामा सुरु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमा देवी थापाको अध्यक्षता लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारू प्रमुख आतिथ्य तथाजिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशनलाल चौधरी, प्रदेश आपूर्ति केन्द्रका निर्देशक डा. राजेन्द्र कुमार गिरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख राजेश गुप्ता, र भिम अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ता विशेष अतिथिमा समिक्षा सुरु भएको छ । समिक्षा कार्यक्रमको उदघाटन गर्दे स्वास्थ्य मन्त्री खेम सारुले…

ब्रेन स्ट्रोक, ट्युमर र स्नायु रोगहरूको उपचार अब लुम्बिनी अस्पतालमै

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पहिलो पटक न्यूरो इन्टरभेन्सन सेवा सुरु गरेको छ । यो अत्याधुनिक स्वास्थ्य सेवा सुरु भएपछि मस्तिष्क आघात (ब्रेन स्ट्रोक), मस्तिष्क ट्युमर तथा विभिन्न स्नायु सम्बन्धी रोगहरूको उपचार र निदानमा नयाँ आयाम थपिएको छ । न्यूरो इन्टरभेन्सन भन्नाले मस्तिष्क, मेरुदण्ड तथा तिनसँग सम्बन्धित रक्तनलीहरूमा उत्पन्न हुने समस्याको औषधि र शल्यक्रिया बीचको आधुनिक उपचार पद्धति हो । यही प्रविधि प्रयोग गर्दै शनिबार न्यूरो सर्जन डा. राजिव भण्डारीको नेतृत्वमा दुई बिरामीको एन्युरिज्म (रगतनली फुल्ने समस्या) सफलतापूर्वक उपचार गरिएको अस्पतालले जनाएको छ । डा. भण्डारीका अनुसार यो सफलता लुम्बिनी…

लुम्बिनी प्रदेशमा छात्रवृत्ति करारका डाक्टरलाई बाहिर काम गर्न रोक

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले छात्रवृत्ति करारमा रहेका डाक्टरहरुलाई बाहिर काम गर्न नदिने भएको छ । छात्रवृत्तिमा सरकारी लगानीमा अध्ययन गरेर करारमा रहेका विशेषज्ञ डाक्टर सम्बन्धित ठाउँमा कम समय दिएर बाहिर काम गरेको गुनासो आएपछि सरकारले एक्सन थालेको लुम्बिनीका स्वास्थ्यमन्त्री खेम सारुले जनाएका छन् । ‘उहाँहरुका लागि सरकारले ठूलो लगानी गरेको छ, त्यसमाथि निश्चित तलब लिएर काममा खटाएको हो, पाएको तलब बराबरको सेवा त दिनुपर्यो नि, सबैतिरबाट यसको गुनासो आएपछि पहिलो चरणमा विशेषज्ञ क्षेत्रमा करारमा रहेका डक्टरबाट सुरु गरिएको छ’, उनले भने, ‘स्वास्थ्य मन्त्रालयको कार्यविधिमै टेकेर यो निर्णय गरिएको छ, यसको कार्यान्वयनका…

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति नहुँदा देश पछि पर्‍याे: स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले दक्ष जनशक्ति नहुँदा हाम्रो देश पछि परिरहेको बताउनुभएको छ । युनाईटेड मिसन अस्पताल, तानसेनको एस.वि.ए. तालिम ५९ औं ब्याच तथा एम.एल.पी. ४० औं ब्याच तालिम समापन समारोहमा बोल्दै मन्त्री सारुले नेपालमा कम मात्रामा दक्ष जनशक्ति उत्पादन हुने र देशमा बस्ने प्रवृति नहुँदा देश पछि परिरहेको बताउनुभएको हो । उहाँले सुत्केरी भएको ४८ घण्टा पछि ४६ प्रतिशत आमाहरूको मृत्युदर रहेको भन्दै अवस्था गम्भिर रहेको बताउनुभयो । उहाँले अनुसन्धानले सेवा प्रवाहमा कमजोरी हुँदा ६८ प्रतिशत सेवाग्राही हरुले छोडेर जाने बताउनुभयो । मन्त्री सारुले गुणस्तरीय सेवा…

पाल्पा अस्पतालमा अप्रेसन कक्षका लागि भवन निर्माण हुँदै

स्वास्थ्यसमाचार /पाल्पा अस्पतालमा अप्रेसन कक्षका लागि भवन निर्माण हुने भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुको पहलमा विनियोजित बजेटबाट अस्पतालमा अप्रेसन लगायतका थप सेवा दिन भवन निर्माण हुने भएको हो । मन्त्री सारुले पाल्पा अस्पतालको व्यवस्थापन तथा सेवा प्रवाह सुधारका लागि ५० लाख रुपैंया बजेट विनियोजन गर्नुभएको थियो । सोही बजेटबाट अस्पतालले भवन निर्माणका लागि ठेक्का खुलाएको छ । अस्पतालले ६९ लाख ६७ हजार १ सय ४५ रुपैंया ६६ पैसा स्टिमेटको ठेक्का खुलाएको छ । पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले उक्त बजेटले ओपीडी सेवा विस्तार…

दक्ष जनशक्ति नहुँदा पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट बन्द

स्वास्थ्यसमाचार/दक्ष जनशक्ति नहुँदा पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट बन्द भएको छ । दक्ष जनशक्तिले अभाव र मर्मतसम्भारमा ध्यान नदिँदा अस्पतालमा साढे तीन वर्षअघि जोडिएको प्लान्ट एक वर्ष अघिदेखि प्रयोगविहीन भएको हो । कोरोनाको समयमा संघीय सरकारबाट बजेट विनियोजन भई निमार्ण भएको अक्सिजन प्लान्ट हाल बिग्रिएर थन्किएको छ ।२०७८भदौमा अक्सिजन प्लान्ट जडान गरिएको थियो ।संघीय सरकार अन्तर्गत अर्थ मन्त्रालयले २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । सरकारले स्वीकृत गरेको रकमबाट अक्सिजन उत्पादन गर्ने मेसिनहरु खरिद गरि प्लान्ट सञ्चालनमा ल्याइएको थियो । प्लान्टका लागि अस्पताल नजिकै…

स्वास्थ्य मन्त्रालय लुम्बिनीको पुँजीगत खर्च४२ दशमलव १२ प्रतिशत

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा १९प्रतिशतमात्र बजेट खर्च गरेको छ ।चालुतर्फ २३ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ जम्मा १६ दशमलव ६४प्रतिशत बजेट खर्च भएको हो । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७करोडको बजेट ल्याएकोमा अहिलेसम्म७ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ खर्च हो ।पुँजीगत र चालु गरी पुस मसान्तसम्म १९ दशमलव ३४ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशले जनाएको छ । पुँजीगत तर्फ २४ अर्ब ५८करोड ५९ लाख बजेट रहेकोमा ६महिनामा जम्मा ४ अर्ब ९ करोड १३…