लुम्बिनी प्रादेशिक अस्पतालमा प्रतिक्षित एमआरआई मेशिन जडान सुरु

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयदेखि प्रतिक्षित एमआरआई मेशिन जडानको काम सुरु भएको छ । अस्पतालमा एमआरआई मेशिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेशिन जडानको कामलाई धमाधम अघि बढाएको छ ।मेसिन जडान गरी आगामी २ महिना भित्रमै सेवा सूचारु गर्ने लक्ष्यसहित तिब्रताकासाथ जडानको काम भैरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले वताउनु भयो । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गर्न लागिएको एमआरआई मेशिन सञ्चालन भएसँगै यस क्षेत्रका सेवाग्राहीलाई निजी अस्पतालहरुमा गएर मङ्गोमा सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुने मेसु ढकालले बताउनु भयो । ‘करिब १२ करोड लागतमा जडान गर्न लागिएको…

नर्सिङ क्षेत्रमा बढ्दो चुनौती : सेवा, सम्मान र स्थायित्वको सङ्घर्ष

स्वास्थ्यसमाचार /रातको साढे दुई बजेको समय । अस्पतालको इमर्जेन्सी वार्डमा बिरामीको चिच्याहट, अक्सिजनको आवाज र नर्सहरूको हतारोको बीचमा नर्स सरिता (नाम परिवर्तन) अझै पनि मुस्कुराउँदै बिरामीको हात समाइरहेकी छन् । उनी भन्छिन्, “हामी १२ घण्टा सिफ्टमा उभिन्छौं, कहिलेकाहीँ त खाना खान पनि फुर्सद हुँदैन । तर हाम्रो सेवा देख्ने कोही छैन ।” यो कथन हजारौं नेपाली नर्सहरूको साझा आवाज हो – समर्पणले भरिएको, तर सम्मान र सुरक्षाको खोजीमा संघर्षरत आवाज । नर्सिङ क्षेत्र नेपालमा स्वास्थ्य सेवाको मेरुदण्ड हो । बिरामीको हेरचाहदेखि उपचार, परामर्श र पुनस्र्थापनासम्म, नर्सहरूको भूमिका अनिवार्य छ ।…

ब्रेन स्ट्रोक, ट्युमर र स्नायु रोगहरूको उपचार अब लुम्बिनी अस्पतालमै

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पहिलो पटक न्यूरो इन्टरभेन्सन सेवा सुरु गरेको छ । यो अत्याधुनिक स्वास्थ्य सेवा सुरु भएपछि मस्तिष्क आघात (ब्रेन स्ट्रोक), मस्तिष्क ट्युमर तथा विभिन्न स्नायु सम्बन्धी रोगहरूको उपचार र निदानमा नयाँ आयाम थपिएको छ । न्यूरो इन्टरभेन्सन भन्नाले मस्तिष्क, मेरुदण्ड तथा तिनसँग सम्बन्धित रक्तनलीहरूमा उत्पन्न हुने समस्याको औषधि र शल्यक्रिया बीचको आधुनिक उपचार पद्धति हो । यही प्रविधि प्रयोग गर्दै शनिबार न्यूरो सर्जन डा. राजिव भण्डारीको नेतृत्वमा दुई बिरामीको एन्युरिज्म (रगतनली फुल्ने समस्या) सफलतापूर्वक उपचार गरिएको अस्पतालले जनाएको छ । डा. भण्डारीका अनुसार यो सफलता लुम्बिनी…

लुम्बिनी प्रदेशमा छात्रवृत्ति करारका डाक्टरलाई बाहिर काम गर्न रोक

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले छात्रवृत्ति करारमा रहेका डाक्टरहरुलाई बाहिर काम गर्न नदिने भएको छ । छात्रवृत्तिमा सरकारी लगानीमा अध्ययन गरेर करारमा रहेका विशेषज्ञ डाक्टर सम्बन्धित ठाउँमा कम समय दिएर बाहिर काम गरेको गुनासो आएपछि सरकारले एक्सन थालेको लुम्बिनीका स्वास्थ्यमन्त्री खेम सारुले जनाएका छन् । ‘उहाँहरुका लागि सरकारले ठूलो लगानी गरेको छ, त्यसमाथि निश्चित तलब लिएर काममा खटाएको हो, पाएको तलब बराबरको सेवा त दिनुपर्यो नि, सबैतिरबाट यसको गुनासो आएपछि पहिलो चरणमा विशेषज्ञ क्षेत्रमा करारमा रहेका डक्टरबाट सुरु गरिएको छ’, उनले भने, ‘स्वास्थ्य मन्त्रालयको कार्यविधिमै टेकेर यो निर्णय गरिएको छ, यसको कार्यान्वयनका…

भिटामिन ‘ए’ : कात्तिक २०–२१ मा २७ लाख बालबालिकालाई खुवाइने

स्वास्थ्यसमाचार/ यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी २० र २१ कात्तिकमा सञ्चालन हुने भएको छ । नियमित तालिकामा यस वर्ष तिहार परेका कारण पहिलो चरणको कार्यक्रम २० र २१ कात्तिकमा तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाले दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य लिएको छ । यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने महाशाखाले जनाएको…

पाल्पा अस्पतालमा अप्रेसन कक्षका लागि भवन निर्माण हुँदै

स्वास्थ्यसमाचार /पाल्पा अस्पतालमा अप्रेसन कक्षका लागि भवन निर्माण हुने भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुको पहलमा विनियोजित बजेटबाट अस्पतालमा अप्रेसन लगायतका थप सेवा दिन भवन निर्माण हुने भएको हो । मन्त्री सारुले पाल्पा अस्पतालको व्यवस्थापन तथा सेवा प्रवाह सुधारका लागि ५० लाख रुपैंया बजेट विनियोजन गर्नुभएको थियो । सोही बजेटबाट अस्पतालले भवन निर्माणका लागि ठेक्का खुलाएको छ । अस्पतालले ६९ लाख ६७ हजार १ सय ४५ रुपैंया ६६ पैसा स्टिमेटको ठेक्का खुलाएको छ । पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले उक्त बजेटले ओपीडी सेवा विस्तार…

दक्ष जनशक्ति नहुँदा पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट बन्द

स्वास्थ्यसमाचार/दक्ष जनशक्ति नहुँदा पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट बन्द भएको छ । दक्ष जनशक्तिले अभाव र मर्मतसम्भारमा ध्यान नदिँदा अस्पतालमा साढे तीन वर्षअघि जोडिएको प्लान्ट एक वर्ष अघिदेखि प्रयोगविहीन भएको हो । कोरोनाको समयमा संघीय सरकारबाट बजेट विनियोजन भई निमार्ण भएको अक्सिजन प्लान्ट हाल बिग्रिएर थन्किएको छ ।२०७८भदौमा अक्सिजन प्लान्ट जडान गरिएको थियो ।संघीय सरकार अन्तर्गत अर्थ मन्त्रालयले २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । सरकारले स्वीकृत गरेको रकमबाट अक्सिजन उत्पादन गर्ने मेसिनहरु खरिद गरि प्लान्ट सञ्चालनमा ल्याइएको थियो । प्लान्टका लागि अस्पताल नजिकै…

स्वास्थ्य मन्त्रालय लुम्बिनीको पुँजीगत खर्च४२ दशमलव १२ प्रतिशत

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा १९प्रतिशतमात्र बजेट खर्च गरेको छ ।चालुतर्फ २३ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ जम्मा १६ दशमलव ६४प्रतिशत बजेट खर्च भएको हो । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७करोडको बजेट ल्याएकोमा अहिलेसम्म७ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ खर्च हो ।पुँजीगत र चालु गरी पुस मसान्तसम्म १९ दशमलव ३४ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशले जनाएको छ । पुँजीगत तर्फ २४ अर्ब ५८करोड ५९ लाख बजेट रहेकोमा ६महिनामा जम्मा ४ अर्ब ९ करोड १३…

एक सय दिनमा लुम्बिनीका स्वास्थ्यमन्त्री खेमबहादुर सारुका १९काम

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य मन्त्रालयको एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री सारुले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका उपलब्धिको  सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा सार्वजनिक गरेका हुन् । नागरिकमा बढ्दै गएको निराशालाई आशामा रुपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रदेश सरकार र मन्त्रालय सफल भएको मन्त्री सारुले बताए । ‘एक सय दिनको अवधिमा नीतिगत एवं कानूनी सुधार, शासकीय सुधार तथा सुशासन प्रवद्र्धन, विकास कार्यको व्यवस्थापन, वित्तीय क्षेत्र सुधार, सूचना प्रविधिको विकास र प्रयोग,…

प्रदेशको स्वास्थ्य क्षेत्रलाई उदाहरणीय बनाउने गरि काम गर्छु : स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री बिष्णु पन्थीले प्रदेशको स्वास्थ्य क्षेत्रलाई उदाहरणीय बनाउने गरि काम गर्ने बताउनु भएको छ। रुपन्देहीको देवदहमा स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम को उदघाटनमा बोल्दै मन्त्री पन्थीले प्रदेशको स्वास्थ्य निति सेवा अस्पतालका भौतिकपुर्वाधारका लागी मन्त्रालयले बिषेश काम गर्ने बताउनु भयो। उहाले खोपजस्तो संबेदनशिल क्षेत्रमा स्वास्थ्यकर्मी सर्तक र सचेत रहेर काम गर्नुपर्ने बताउनु भयो। स्वस्थ्यकर्मीलाई तालिमले सेवामा थप दक्ष बनाउने बताउनु भयो। उहाले सबै स्वच्छ र निरोगी भए देशको अर्थतन्त्रमा समेत सुधार आउने भएकोले स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउन आफु लाग्ने समेत…