जनस्वास्थ्य प्रशासक थापा स्वास्थ्य कार्यालय रुपन्देहीमा पदस्थापना

स्वास्थ्यसमाचार/मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, लुम्बिनी प्रदेशले जनस्वास्थ्य प्रशासक उमा देवी थापालाई जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीमा पदस्थापन गरेको छ। नबौ तह रिक्त रहेको उक्त पदमा प्रदेश निजामति सेवा ऐन, २०८० को दफा १६ बमोजिम थापालाई पदस्थापन गरिएको कार्यालयले जनाएको छ।

पदस्थापनसँगै थापाले कार्यालयमा आफ्नो जिम्मेवारी ग्रहण गर्दै पदबहाली गर्नुभएको छ। पदबहालीपछि उहाँले सार्वजनिक सेवा प्रवाहमा सत्य, सदाचारिता र सुशासनको पालना गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

थापा यसअघि अन्य विभिन्न स्थानमा रही स्वास्थ्य प्रशासन सम्बन्धी कार्यहरूमा अनुभव प्राप्त गरिसक्नुभएको छ। नयाँ भूमिकामा पनि प्रभावकारी र उत्तरदायी सेवा दिने उहाँको भनाइ छ।

सम्बन्धित शिर्षक :