स्वास्थ्यसमाचार /नेपालमा पुनः मंकीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियोु, उनले भने, अहिले उनको अवस्था सामान्य छ ।उनको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ । दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकीपक्स संक्रमणको देखिएको थियो । उनले मंकीपक्स संक्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए ।
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
बुटवलको ब्यापार मेलामा बुटवल हस्पिटल प्रा.लि.को स्वास्थ्य सेवा
स्वास्थ्यसमाचार/ पौष ३ गते बाट संचालनमा आएको बुटवलको औद्योगिक ब्यापार मेलामा बुटवल हस्पिटल प्रा.लि.ले आफ्नो प्राथमिक उपचार सेवा संचालन गरेको छ । मेला स्थलको मुल गेटमै बुटवल हस्पिटल प्रा.लि.ले निशुल्क स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार संचालन गरेको हो । मेला स्थलमा आई पर्ने सम्पुर्ण स्वास्थ्य सम्वन्धी समस्याका लागि बुटवल हस्पिटल प्रा.लि.लाई जिम्मेबारी प्रदान गरिएको मेला मुल आयोजक समिति बुटवल उधोग बाणिज्य संघ बुटवलका महासचिव मुक्ति अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार पौष ३ देखि १८ गतेसम्म संचालन हुने मेलामा कुनै पनि स्वास्थ्य सम्वन्धी समस्या आए त्यसको सहजिकरण बुटवलकै नमुना…
लुम्बिनी प्रदेश सरकारद्धारा चिकित्सक नर्स र जनस्वास्थ्यकर्मी गरी २१ जनाको नवौँ तहमा बढुवा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्सक नर्स र जनस्वास्वास्थ्य प्रशासक गरी २१ जनालाई नवौँ तहमा बढुवा गरेको छ । लोक सेवा आयोग बुटवलबाट २८ भदौमा प्रकाशित सूचना अनुसार मुख्यमन्त्री कार्यालयले विभिन्न मितिमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा ५ जना र कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवामा १६ जना गरी कुल २१ जनाको बढुवाका लागि सिफारिस गरेको हो । हेर्नुहोस् बढुवा सिफारिसमा परेकाहरुको सूची
क्यान्सर विरुद्धको खोप बनाएको रुसको दावी, बिरामीलाई निःशुल्क दिने
एजेन्सी /रुसले क्यान्सर बिरुद्धको खोप विकास गरेको दावी गरेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले क्यान्सर विरुद्धको खोप विकास गरेको दावी गरेको हो । उसले सो खोप क्यान्सरका बिरामीहरुलाई निशुल्क उपलव्ध गराउने बताएको छ । मन्त्रालयका रेडियोलोजी मेडिकल रिसर्च सेन्टर प्रमुख एन्ड्रे काप्रिनले क्यान्सर विरुद्धको यो खोप सन् २०२५ को सुरु देखि प्रारम्भ हुने बताएका छन् ।उनका अनुसार अहिले विकास गरिएको खोप क्यान्सरका बिरामीको उपचारमा प्रयोग हुने बताइएको छ । क्यान्सर रोग लाग्न नदिनका लागि भने होइन । रुसी सरकारका वैज्ञानिकहरुले पश्चिमा देशहरुमा विकास भइरहेको क्यान्सरविरुका अन्य खोप जस्तै यो खोप…
एचपीभी खोपको पहिलो खेप ४ लाख ६० हजार भाइल काठमाडौँ भित्रियो
स्वास्थ्यसमाचार/आगामी २२ माघ देखि सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियानका लागि पहिलो खेप खोप आइपुगेको छ । ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको यो खोपको पहिलो खेप ४ लाख ६० हजार ९४० भाइल खोप हिजो राती १०:३० बजे क्याथे प्यासेफिकको उडानबाट चीनबाट हङकङ हुँदै काठमाडौँ आईपुगेको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेलले यो अभियानका कुल लागि १७ लाख ७० हजार…
बुटवलमा प्रजनन् रुग्णता सम्बन्धी स्क्रिनिङ तथा व्यवस्थापन शिविर
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाद्वारा पाठेघरको मुखको क्यान्सरको स्कृनिङ, पाठेघर खसेको तथा तल्लो पेटको समस्याको उपचार लगायतका बिबिध प्रजनन् सेवाहरु निशुल्क रुपमा बिभिन्न वडाहरुमा शिविर सञ्चालन गरिरहेको छ । ३सय ३२ जनाले वडा नम्बर ३ र वडा नम्बर ७ मा सेवा लिनुभएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । ३० बर्ष देखी ६० बर्ष सम्मका दिदिबहिनी तथा आमाहरुको स्वास्थ्यलाई मध्यनजर गरी उक्त शिविर सञ्चालनमा ल्याइेको हो । शिविरको मुख्य उदेश्य पाठेघरको मुखको क्यान्सर १० बर्ष पछी पनि क्यान्सर देखिने संभावनालाई तत्काल पत्ता लाग्ने र पर्याप्त उपचार र निधानको समय भएकोले ज्युधनको रक्षाका…
नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित प्रशासन लेखामा तालाबन्दी
नेपालगन्ज,/तलब वृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले पहिलो चरणको आन्दोलन पूरा गर्दा माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रिएिको केन्द्रीय आन्दोलन परिचालन कमिटीकी संयोजक रत्ना गिरीले बताउनुभयो । उहाँले आन्दोलनरत कर्मचारी र अस्पताल व्यवस्थापनबिच पटकपटक वार्ता भए पनि निष्कर्ष ननिस्कदा आन्दोलनलाई निरन्तरता दिनुपरेको बताउनुभयो । करिब ६ महिनाअघि नै आफूहरुले मागहरू अस्पताल व्यवस्थापनलाई बुझाएको र सो सम्बन्धमा पटकपटक अस्पताल व्यवस्थापन ताकेता गर्दा पनि बेवास्ता गरिएकोले थप आन्दोलनका कार्यक्रम घोषणा…
महिला स्वास्थ्य स्वयंसेविका :बिना ज्याला, काँधमा भारी
दाङ/घोराही उपमहानगरपालिका सैघाकी निर्मला पुनले स्वास्थ्य स्वयंसेविकाको काम गर्न थालेको २० बर्ष भयो। गाउँघरमा हुने महिला सुत्केरी लगाएको स्वास्थ्य हेरचाह सँगै गर्भवतीहरूको स्याहार सुसारमा लागेको दुई दशक बिताएकी पुन यो जिम्मेवारी निशूल्क सरह गर्दै आएकी छिन्। भन्छिन् ‘राज्यले हामीलाई केही दिँदैन।’ तथापि सामाजिक सेवा भावले यो क्षेत्रमा लागेकी उनलाई यो जिम्मेवारीबाट विमुख हुन मनले मान्दैन। २०६१ साल देखि महिला स्वास्थ्य स्वयंसेविका बनेर ग्रामीण भेगको स्वास्थ्य निगरानी गर्दै आएकी उनले बैठक भत्ता बापत जम्मा ८० रुपैयाँ पाउँथिन्। उनको मासिक सेवा सुविधा केही थिएन। अहिले उनले पाउने सेवा सुविधा भनेकै त्यही बैठक…
राष्ट्रिय खोप तालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप समावेश
स्वास्थ्यसमाचार/राष्ट्रिय खोप तालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी भ्याक्सिन’ समावेश गरिएको छ। एचपीभी खोपले पाठेघरको क्यान्सरबाट बचाउन सहयोग गर्छ। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ। सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो। ११ वटा रोगविरुद्धका खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपीभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइनेछ।राष्ट्रिय…
निजी अस्पतालले पनि सरकारी सरह तलब दिनुपर्ने स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमान्डौ/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तिमा नेपाल सरकारसरह लागू गर्न पत्र पठाएको छ। स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी तलबभन्दा कम नगर्न तथा अतिरिक्त समय काम गर्नेका लागि भत्ता व्यवस्था मिलाउने गरी निर्णय गर्न अधिकारीहरूलाई भनेका थिए। सोहीअनुसार मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा सरकारीसरह न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नका लागि सरकारी प्रतिष्ठान तथा अस्पताल, निजी मेडिकल कलेज तथा सामुदायिक तथा निजी अस्पतालका नाममा पत्राचार गरेको हो। मन्त्रालयको पत्रमा न्यूनतम पारिश्रमिक तथा सुविधा नेपाल सरकारले तोकेभन्दा नघट्ने गरी…

