प्रजातन्त्रबादी चिकित्सक संघ गण्डकी प्रदेशमा नयाँ कार्यसमिति, अध्यक्षमा डा.श्रेष्ठ

स्वास्थ्यसमाचार/ प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकी प्रदेशमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न संघको प्रथम अधिवेशनले डा सूर्यज्योति श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले संघको उपाध्यक्ष डा ईश्वर कँडेल, महासचिव डा प्रेम पंगेनी र सचिवमा आनन्द भट्टराईलाई चयन गरेको छ । यस्तै डा दीपेश कार्की संघको कोषाध्यक्ष बनेका छन्। सदस्यमा डाक्टरहरु शिवशंकर शाह, रञ्जन पोखरेल, शेखर कायस्थ, रमेश आचार्य, गरिमा बराल, कृष्णा सापकोटा, शिव रेग्मी, ध्रुव पौडेल र हिमलाल भण्डारी छन् । डाक्टरहरु निकुञ्ज योगी, नीरज थापा, पूजन शर्मा, सुमन बराल र विवेक पराजुली प्रदेश सदस्य…

डा.भगवान कोइरालाको २५ हजार रुपैयाँ पर्ने पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै

स्वास्थ्यसमाचार/ सामान्य नेपाली लेखकका २ सयदेखि दुईचार हजारसम्मका मूल्य पर्ने पुस्तक पढेका नेपाली पाठकले एउटै पुस्तकको मूल्य २५ हजार भन्दा बढी पर्ने सुन्दा मात्रै पनि अनौठौ लाग्न सक्छ । तर २५ हजार नेपाली मूल्य रहेको डा। भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउने भएको छ। यस पुस्तकमा डा।कोइरालाले जीवनमा भोग्नुभएको संघर्षका अनुभाव, देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक प्रकाशन हुन लागेको छ । उहाँको उक्त विशेष संस्करण भदौ अन्तिम साता काठमाडौंमा लोकार्पण हुँदै छ। पहिलो पटक विशेष सीमित संस्करण २५ सयप्रति…

डा भगवान् कोइरालाको ड्रिम प्रोजेक्टमा यसरी हुनेछ ‘हृदय’का पाठकको लगानी

काठमान्डौ/ पित्त नलीको क्यान्सरका कारण न्युरो सर्जन डा उपेन्द्र देवकोटा बिते । पैसा, प्रज्ञा र शक्ति के थिएन र उनीसँग रु ठीक हुन्थ्यो भने जहाँ गएर पनि उपचार गराउन सक्ने हैसियत राख्थे । दुर्भाग्य, हरेक हिसाबले सबल हुँदाहुँदै पनि क्यान्सरले कमजोर तुल्यायो उनलाई । लम्ब्याउन सकिएन उनको आयु । हृदयनजिकको साथी अनि कुशल प्राज्ञिक व्यक्तिको मृत्युले निकै घोचेको थियो डा। भगवान् कोइरालालाई । प्रश्न कसतर्फ सोझ्याउने रु उनी प्रस्ट थिएनन् । त्यसैले आफैँसँग सोधिरहे( उपचार सम्भव भएको रोगकै कारण ज्यान गुमाउन बाध्यहरूको स्थिति झन् कस्तो होला । कोइरालाले सबैभन्दा नजिकबाट…

बिमित दीर्घ रोगीलाई स्वास्थ्य बीमा बोर्डको सहुलियत : ‘सेन्टर’मा उपचार गर्न प्रत्येक पटक ‘रिफरल कार्ड’ नचाहिने

स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा गराएका दीर्घ रोगीले एक पटक प्रेषण (रिफरल) भई उपचारका लागि गएको अस्पतालमा सोही समस्याको फलोअप तथा उपचारका लागि पुन: जानु परेमा पुन: प्रेषण पुर्जी (रिफरल कार्ड) आवश्यक नपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले गत ६ भदौमा व्यवस्थापकीय निर्णय गर्दै दीर्घ रोगहरुका लागि सुविधा मिलाएको हो ।यसअघि हरेक पटक उपचार सुविधा लिनका लागि दीर्घ रोगीहरुले प्रेषण केन्द्रबाट प्रेषण पुर्जी बनाउनुपर्ने अनिवार्य थियो । बोर्डले स्वास्थ्य बीमामा आवद्ध बिमित दीर्घरोगीहरुको उपचारका लागि पटक पटक प्रेषण पुर्जी बनाउने प्रावधानले सेवाग्राहीमा असुविधा भएको जनगुनासो आएको हुनाले पुरानो व्यवस्थालाई परिवर्तन गरिएको…

सूर्तिजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न सर्वोच्चको परमादेश

स्वास्थ्यसमाचार/ सर्वोच्च अदालतले सूर्तिजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश अनिवार्य छाप्न सरकारको नाममा परमादेश जारी गरेको छ । आठ वर्षअघि तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सूर्तिजन्य पदार्थ नियमन गर्न बनेको नियमावली संशोधन गरी सूर्तिजन्य पदार्थको खोलमा अंकित चेतावनीयुक्त चित्र तथा ¥यापरमा ७५ प्रतिशतबाट बढाएर ९० प्रतिशत पु¥याउने निर्णय गरेका थिए । तर, सो निर्णय विरुद्ध पर्फेक्ट ब्लेन्ड्स प्रालिले सर्वोच्चमा रिट दायर गरेको थियो । पर्फेक्ट ब्लेन्ड्स सर्वोच्च गएसँगै सूर्तिजन्य पदार्थ विरुद्ध काम गरिरहेको संस्था एक्सन नेपाल पनि संशोधित नियमावली अनुसार सूर्ति उद्योगले ९० प्रतिशत चेतावनीयुक्त…

नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १२ हजार पुग्यो

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ ।पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको हो । बितेको चौबिस घण्टामा नेपालमा २०२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३१३ रहेको मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा ११ हजार लक्षितले लिए नि:शुल्क सेवा

स्वास्थ्यसमाचार/ आर्थिक अभाव असाहय गरिब तथा बिपन्न वर्गको लागी लुम्बिनी प्रादेशिक अस्पताल उपचारको साहरा बनेको छ। अस्पतालमा उपचारमा आएका कुनै पनि बिरामीहरु आर्थिक अभाबको कारण उपचारवाट नपाएर फर्केका छैनन। अस्पतालको सामाजीक सेवा ईकाइवाट उनीहरुको निशुल्क उपचार गरिएको छ। अस्पतालमा आर्थिक बर्ष २०७८/७९मा अवधिमा १० हजार ५ सय जना लक्षित समुहले निशुल्क सेवा लिएका छन । समन्धीत पालिकाले सिफारीस तथा परिचयपत्रको आधारमा निशुल्क उपचार खाना तथा आबश्यकता अनुसार आउने जाने भाडा समेत लिने गरेको अस्पतालले जनाएको छ।त्यहाँबाट सेवा लिनेमा गरिब असहाय ,लैगीक हिसा प्रभाबित जेष्ठ नागरिक महिला स्वास्थ्यस्वयम सेबिका कुपोषित शहिद…

नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १२ हजार पुग्यो

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ ।पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको हो । बितेको चौबिस घण्टामा नेपालमा २०२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३१३ रहेको मन्त्रालयले जनाएको छ ।

डेंगु पहाड हुँदै हिमाल उक्लिनु जलवायु परिवर्तनको प्रमुख कारण

काठमान्डौ/  नेपालमा डेङ्गीको इतिहास हेर्ने हो भने सन् २००४ मा पहिलो बिरामी एकजना विदेशी नागरिक थिए । बाहिरबाट आएका ती व्यक्तिमा डेङ्गीको सङ्क्रमण पुष्टि भएपनि सन् २००६ मा तराई र भित्रि मधेशका केही जिल्लामा डेङ्गीका बिरामीहरू भेटिए । त्यसपछि सन् २०१६ मा चितवन, झापा र रुपन्देही जिल्लामा महामारीकै रुपमा डेङ्गी देखियो र देशभरमा १ हजार ५ सय २७ जना सङ्क्रमित भए । २०१७ मा चितवन, झापा र रुपन्देही जिल्लामा २ हजार १ सय ११ जनामा सङ्क्रमण पुष्टि भयो । त्यसपछि २०१८ मा कास्की, रुपन्देही र चितवनमा गरी ८ सय ११…

थारू समुदायमा विकराल बन्दै सिकलसेल एनिमिया रोग

स्वास्थ्यसमाचार/ दाङको दंगीशरण गाउँपालिका-६ प्रसडुवा बस्ने रामलाल थारूलाई  (नाम परिवर्तन ) वर्षौंपछि मात्रै सिकलसेल एनिमिया रोग लागेको थाहा भयो । ४२ वर्षको उमेरमा रोग पत्ता लागेपछि उहाँ त्यसको उपचारतर्फ लाग्नुभयो । रामलालले सिकलसेल एनिमिया रोग उपचार गर्न कैयौँ अस्पतालहरू धाउनुभयो । उपचारकै लागि लाखौँ रकम खर्च भयो । तर रोग भने निको भएन । लाखौँ रकम खर्च गरिसक्दा पनि मानसिक र शारीरिक पीडा कम पनि भएन परिवारको आर्थिक अवस्था पनि कमजोर हुँदै गयो । भएको सबै सम्पत्ति सकियो । उपचार गराउने र औषधि खरिद रकमसमेत जुटाउन नसक्ने भएपछि पटक(पटक आत्महत्याको…