दसैँको स्वादमा नभुलौँ स्वास्थ्य, मासु खाँदा अपनाऔँ सावधानी डा.गिरी

दसैँ-तिहारमा मासु, मिठाई र अन्य परिकारको सेवन बढ्ने गर्छ। परिवार तथा आफन्तसँग भेटघाट, भोजभतेर र रमाइलो गर्ने क्रममा खानपानको मात्रा र गुणस्तरमा ध्यान नदिँदा अपच, खाद्य विषाक्तता तथा दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम बढ्न सक्छ। त्यसैले मासु छनोटदेखि पकाउने, भण्डारण गर्ने र खाने तरिकासम्म सावधानी अपनाउनु आवश्यक छ। प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. राजेन्द्र गिरीका अनुसार सन्तुलित भोजनमा कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन तथा खनिज पदार्थ उचित मात्रामा समावेश हुनुपर्छ। चाडपर्वमा पनि स्वच्छ खानेकुरा छनोट गर्ने, खानाको मात्रा मिलाउने र आफ्नो स्वास्थ्य अवस्थाअनुसार भोजन गर्नु स्वस्थ रहने आधार हो। १. स्वस्थ…

दसैँको खुसीसँगै स्वास्थ्य, सद्भाव र उच्च मनोबल

चाडपर्व नजिकिँदै गर्दा हाम्रो मनमा अनेक किसिमका भावनात्मक उतारचढाव आउने गर्छन्। आहार, विहार, विचार र व्यवहारमा परिवर्तन महसुस हुनु हाम्रा मौलिक पर्वहरूको विशेषता हो। यस्ता पर्वले हाम्रो जीवनमा खुसी, उमङ्ग र उत्साह थप्ने गर्छन्। दसैँ, तिहारजस्ता रमाइला पर्वले विशेषगरी बालबालिकामा खुसी र उमङ्ग थप्छन् भने पाका उमेरका व्यक्तिहरूका लागि पनि परिवार तथा आफन्तसँग भेटघाट गर्ने, दुःख–सुख साटासाट गर्ने र आत्मीयता बढाउने अवसर प्रदान गर्छन्। टीका लगाएर आशीर्वाद ग्रहण गर्ने, जमरा शिरमा धारण गर्दै सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने हाम्रो आफ्नै मौलिक परम्परा छ। दसैँले आपसी सद्भाव, पारिवारिक एकता र उच्च…

दशैँमा मासु खाँदा के कुरामा ध्यान दिने? डा.मोहन भुसालका सुझाव

दशैँ नेपालीहरूको प्रमुख चाड हो। आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने, मिठामिठा परिकार खाने र रमाइलो गर्ने अवसरका रूपमा दशैँलाई लिइन्छ। दशैँको खानपानमा मासुका परिकारको विशेष महत्त्व हुन्छ। तर चाडपर्वमा स्वादका लागि आवश्यकताभन्दा बढी मासु, चिल्लो तथा मसलायुक्त खानेकुरा र मदिरा सेवन गर्दा पेट तथा कलेजोसम्बन्धी समस्या बढ्न सक्छ। वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. मोहन भुसाल, ग्यास्ट्रो सेन्टर बुटवलका अनुसार दशैँमा खानपान सन्तुलित नहुँदा ग्यास्ट्रिक, अपच, कब्जियत र झाडापखाला जस्ता समस्या देखिन सक्छन्। विशेषगरी पहिले नै पेट तथा कलेजोसम्बन्धी समस्या भएका व्यक्तिले खानपानमा थप सावधानी अपनाउनुपर्छ। किन हुन्छ समस्या…

डा. कपिलमणि केसीको १५ वर्षे अनुभव : १० हजार शल्यक्रिया, ३५० जोर्नी प्रत्यारोपण

हिँड्दा घुँडा दुख्ने, उकालो–ओरालो गर्न नसक्ने, बस्न र उठ्नसमेत अरूको सहारा चाहिने अवस्था धेरैका लागि पीडादायी हुन्छ। उमेर बढ्दै जाँदा घुँडा वा हिपको जोर्नी खिइनु, पुरानो चोटका कारण जोर्नी बिग्रनु र दैनिक कामकाजमा कठिनाइ हुनु सामान्य समस्या हुन्। तर, जोर्नी खिइँदैमा जीवनभर दुखाइ सहेर बस्नुपर्छ भन्ने छैन। आवश्यक अवस्थामा गरिने जोर्नी प्रत्यारोपणले दुखाइ कम गर्न र दैनिक जीवन सहज बनाउन सहयोग पुर्‍याउँछ। नेपालमा पछिल्लो डेढ दशकमा हाडजोर्नी उपचार र जोर्नी प्रत्यारोपणको क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको छ। कुनै समय सीमित ठूला अस्पतालमा मात्रै उपलब्ध हुने जोर्नी प्रत्यारोपण सेवा अहिले देशका विभिन्न…

भीरको बाटोदेखि अप्रेसन थिएटरसम्म : ४० हजार शल्यक्रिया गरेका डा. खनाल

गुल्मीको धुर्काेटमा जन्मेर हाल रुपन्देहीको तिलोत्तमा-२ निवासी कृष्ण खनालको उमेर ६८ टेक्न थाल्यो । २०३९ सालमा कर्णालीको कालिकोटस्थित फुकोट हेल्थपोष्टमा हेल्थ असिस्टेन्टबाट स्वास्थ्य सेवामा प्रवेश गरेका उनी कमाउँदै पढ्दै गरेर २०५० सालमा एमबीबीएस पास गरी ०५२ सालमा डाक्टरको रूपमा मुस्ताङबाट सेवा सुरु गरेका हुन् । २०६० सालमा सर्जनमा एमडी गरेका उनी २०६१ सालदेखि २०७६ सम्म पहिलेको लुम्बिनी अञ्चल अहिले प्रादेशिक अस्पतालमा सेवा गरेर निवृत्त हुन् । खनाल सरकारी सेवाबाट निवृत्त भए पनि निजी अस्पतालमा अहिले पनि पूर्णकालीन रूपमा सेवारत छन् । श्रीमती, एक छोरा र छोरीसहित चारै जना स्वास्थ्य सेवामा…

सुरक्षित ग्यास प्रयोगमा जोड : रुपन्देहीको सैनामैनामा जनचेतनामूलक प्रशिक्षण सम्पन्न

स्वास्थ्यसमाचार अनलाईन । रुपन्देही, साउन ०९ । रुपन्देहीको सैनामैना नगरपालिका–३ स्थित पर्शावाल आदर्श टोलमा ग्यास चुलोको सुरक्षित प्रयोगसम्बन्धी सचेतना तथा प्रयोगात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।   पर्शावाल आदर्श टोल विकास संस्थाको आयोजनामा तथा एलपी संयुक्त किचन ग्यास प्रा.लि.को प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा स्थानीयवासीलाई एलपी ग्यासको सुरक्षित प्रयोग, सम्भावित जोखिम न्यूनीकरण तथा आकस्मिक अवस्थाको व्यवस्थापनबारे व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षणका क्रममा ग्यास चुहावट पहिचान गर्ने तरिका, सिलिन्डर तथा रेगुलेटरको सही जडान, ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, आगलागी हुन नदिन आवश्यक सुरक्षा उपाय तथा आकस्मिक अवस्थामा अपनाउनुपर्ने व्यवहारबारे प्रयोगात्मक प्रदर्शन गरिएको…

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार  

जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा मनार्ईँदै आएको छ । मेरुदण्ड बाङ्गो हुने समस्यालाई स्कोलियोसिस भनिन्छ । सामान्यता मेरुदण्ड पछाडिबाट हेर्दा सिधा देखिन्छ । साइडबाट हेरियो भने एस आकारको हुन्छ । मेरुदण्डको माथिको घाँटीको भागमा सातवटा हड्डी हुन्छ, छातीको भागमा १२ वटा हड्डी हुन्छ, कम्मरको भागमा पाँचवटा हड्डी हुन्छ भने तल्लो बस्ने भागमा पाँचवटा हड्डी जोडिएर एउटै ढिक्काका रुपमा रहेको हुन्छ । यो समस्या धेरैजसो साना बालबालिकामा देखिन्छ । यो जन्मजात पनि हुनसक्छ । जन्मजात बाहेक नसासम्बन्धी समस्याको कारण पनि देखिन्छ । यो समस्या हामीले बढी मात्रामा १० देखि २०…

कपिलवस्तु नगरपालिकामा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक’ सञ्चालनमा

स्वास्थ्यसमाचार  / कपिलवस्तु नगरपालिकामा मङ्गलबारदेखि ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक’ सेवाको शुभारम्भ गरिएको छ। स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त क्लिनिकका लागि ‘चुजी फाउन्डेसन’ले नगरपालिकालाई एक स्वास्थ्य भ्यान उपलब्ध गराएको थियो। मङ्गलबार आयोजित एक कार्यक्रमका बीच कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले उक्त सेवाको औपचारिक शुभारम्भ गर्नुभयो। मोबाइल क्लिनिकमा एमबीबीएस चिकित्सक, स्टाफ नर्स र ल्याब टेक्निसियनसहितको दक्ष स्वास्थ्य टोली खटिएको छ। सेवा र लक्षित वर्ग: नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताका अनुसार, यस मोबाइल क्लिनिकले ६० वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गरी सेवा प्रदान गर्नेछ। क्लिनिकमार्फत रक्तचाप (ब्लड प्रेसर),…

फेसबुक आईडी फेक, डाक्टर महिलाको भेष : धन्दा ३२ वर्षीय पुरुषको, लाग्यो साइबर केस

स्वास्थ्यसमाचार | सामाजिक सञ्जाल फेसबुकमा नक्कली आईडी बनाएर आफूलाई महिला डाक्टर तथा नर्सको रूपमा चिनाउँदै युवती र बालिकालाई झुक्याउने तथा अनलाइनमार्फत मनोवैज्ञानिक दबाब सिर्जना गर्ने आरोपमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–४ निवासी ३२ वर्षीय निर्मल थापा क्षेत्री विरुद्ध रूपन्देही जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको छ। अभियोगपत्र अनुसार प्रतिवादीले फेसबुकमा सरिता मगर र रेजिना थापा नामका नक्कली आईडी बनाएर आफूलाई पाल्पा मिसन अस्पतालकी महिला डाक्टर तथा नर्सको रूपमा चिनाउँदै विभिन्न व्यक्तिसँग सम्पर्क गरेको आरोप छ। अनुसन्धानका क्रममा उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्य जाँचको बहाना बनाउँदै विश्वास जित्ने प्रयास गरेको र त्यसपछि निजी…

लु (तातो हावा) : तराईका जिल्लामा बढ्दो जोखिम र बच्ने उपायहरु

नेपालमा पछिल्ला वर्षहरूमा गर्मीको मात्रा अस्वाभाविक रूपमा बढ्दै गएको छ। विशेषगरी तराई तथा सहरी क्षेत्रमा तापक्रम दिनप्रतिदिन उच्च हुँदै जाँदा “लु” (तातो हावा) एक गम्भीर जनस्वास्थ्य समस्याका रूपमा देखा पर्न थालेको छ। सामान्य गर्मीको असहजता मात्र नभई, लुले समयमै सावधानी नअपनाइए ज्यानसम्म जोखिममा पार्न सक्ने अवस्था सिर्जना गर्छ। विज्ञहरूका अनुसार जलवायु परिवर्तन, वन विनाश, सहरीकरण र वायुमण्डलीय असन्तुलनका कारण तापक्रम निरन्तर बढिरहेको छ। यसको प्रत्यक्ष असर जनस्वास्थ्य, कृषि, श्रम क्षेत्र र समग्र जीवनशैलीमा देखिन थालेको छ। हालका वर्षहरूमा अस्पतालहरूमा लु सम्बन्धी बिरामीहरूको संख्या पनि बढ्दै गएको स्वास्थ्य तथ्यांकले देखाउँछ। तराई…