स्वास्थ्य सेवाबारे प्रधानमन्त्री दाहाल द्वारा सचिवलाई ३० बुँदे निर्देशन

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी अस्पतालको स्तर खस्किएकोमा चासो व्यक्त गरेका छन् । सिंहदरबारमा सोमबार र मंगलबार सचिवहरुलाई निर्देशन दिदैं प्रधानमन्त्रीले सरकारी अस्पताल र सामुदायिक विद्यालयको गुणस्तर खस्किनुको कारण खोज्नुपर्ने बताएका छन् । सचिवहरुलाई दिइएको ३० बुँदे निर्देशनको एउटा बुँदामा प्रधानमन्त्री दाहालले भनेका छन्, ‘संघीयतासँग आधारभूत तहको शिक्षा र स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको छ। तर, सरकारी अस्पताल र सामुदायिक विद्यालयमा शिक्षाको स्तर किन खस्कियो र यसको निराकरण के हो भन्ने खोजी गर्नैपर्छ ।’ उनले अर्को बुँदामा सीमान्तकृत, श्रमजीवी र समाजको तल्लो वर्गलाई आधारभूत स्वास्थ्य सेवामा राहत दिने उद्देश्यले ल्याइएको १…

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेत सम्मानित

स्वास्थ्यसमाचार/  सिद्धबाबा हस्पिटलका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेत सम्मानित भएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममाझ मदन भण्डारी स्पोर्टस एकेडेमीले डा. बस्नेतलाई सम्मानित गरेको हो । एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एकेडेमीका संरक्षकसमेत रहेका प्रमुख अतिथी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सम्मानपत्रसहित सम्मानित गरेका थिए । मदन भण्डारी स्पोर्टस एकेडेमीले ‘सबैका लागि खेल’ भन्ने नाराका साथ आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रममा विशिष्ट अतिथीका रुपमा मदन भण्डारी फाउण्डेसनकी अध्यक्ष उषा किरण भण्डारी रहेकी थिइन् । साथै, उक्त कार्यक्रममा खेलाडी,…

साढे २ करोड लागतमा कोहलपुरमा आयुर्वेद अस्पताल सञ्चालन हुँदै

शुभाकर विश्वकर्मा नेपालगञ्ज । बाँकेको कोहलपुरमा सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल सञ्चालन हुने भएको छ । योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपाल कोहलपुरमा अगुवाईमा निर्माण भएको अस्पताल आगामी फागुनदेखि सञ्चालनमा आउने भएको हो । अध्यक्ष नमप्रसाद शर्माका अनुसार अस्पताल सञ्चालनको लागि भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भइसकेको छ । समाजको आगामी सात कार्ययोजना मध्ये आयुर्वेद तथा प्राकृतिक सञ्चालन प्रमुख प्राथमिकताको रुपमा रहेको उहाँले बताउनुभयो । ‘तत्कालका लागि अस्पताल सञ्चालन गर्न सकिने पूर्वाधार निर्माण भएको छ । फागुनबाट अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । त्यसको लागि आवश्यक पूर्वाधार तथा जनशक्ति…

शीतलहरबाट जनता जोगाउन सिडियोलाई गृहमन्त्री रविको निर्देशन

स्वास्थ्यसमाचार/ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारीहरुलाई चिसोकै कारण कुनै नागरिकले ज्यान गुमाउने स्थिति आउन नदिने गरी काम गर्न निर्देशन दिएका छन् । जाडोमा तराईमा शीतलहर र उच्च हिमाली जिल्लाहरुमा हिमपातका कारण हुने जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा जुट्न गृहमन्त्रीले सोमबार निर्देशन दिएका हुन् । प्रमुख जिल्ला अधिकारी तथा जिल्लामा खटिने सुरक्षाकर्मीहरुलाई निर्देशनको क्रममा गृह मन्त्रालयमा मन्त्री लामिछानेले भर्चुअल सम्बोधन गर्दै बढ्दो चिसोका कारण कुनै पनि नागरिकले ज्यान गुमाउने परिस्थिति बन्न नदिन विपद् व्यवस्थापनका तयारीमा लाग्न निर्देशन दिएका हुन् । यसका लागि आवश्यक समन्वय तथा व्यवस्थापनमा मन्त्रालयले पहल…

तिलोत्तमा नगरपालिकामा सडक सामुदायिक कुकुर बन्ध्याकरण सुरु

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले सडक सामुदायिक कुकुर बन्ध्याकरण सुरु गरेको छ ।युथ फर कन्जरभेशन सस्टेनेबल एग्रिकल्चर र तिलोत्तमा नगरपालिका को आयोजनामा आईतबार देखि बन्ध्याकरण सुरु भएको छ । नगरपालिकाले बिगत देखिनै सामुदायिक कुकुर वन्ध्याकरण गर्दै आएको थियो । यस पटक नगर भित्रका भिविन्न वडा बाट ९० वटा कुकुरको बन्ध्याकरण गर्न लागिएको तिलोत्तमा नगर प्रमुख राम कृष्ण खाणले बताए। अहिले ९० वटा कुकुरको बन्ध्याकरण गरिदै छ यसरी नै नगरभित्र रहेका सामुदायिक कुकुरहरुको सर्वे गरेर तथ्याङ्क संकलन गरि वन्ध्याकरण शिविरको आयोजना गर्नु आवश्यकता रहेकोनगर प्रमुख खाणले बताए । कुकुर वन्ध्याकरणका लागि प्राविधिक टिम…

अर्बुद रोग निवारण संस्था रुपन्देहीमा पदाधिकारी चयन

स्वास्थ्यसमाचार/ नेपाल अर्बुद (क्यान्सर) रोग निवारण संस्था रुपन्देही शाखाको शनिबार बसेको बैठकले पदाधिकारी चयन गरेको छ । संस्थाको विधानमा भएको निर्वाचित सदस्य मध्येबाट पदाधिकारी चयन गर्ने व्यवस्था अनुसार बैठकले प्रथम उपाध्यक्षमा सुरेन्द्रप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा बीना न्यौपाने, सचिव प्रजापाल गिरी, कोषाध्यक्षमा सुरेन्द्रमुनी शाक्य, सहसचिव बाबुराम बिक र सहकोषाध्यक्ष पदमा पुनम पौडेललाई जिम्मेवारी प्रदान गरिएको सचिव प्रजापाल गिरीले जानकारी गराउनु भयो । संस्थाको गत मंसिर २९ मा पाँचौ अधिवेशनले खिमबहादुर हमालको अध्यक्षमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । अध्यक्ष हमालको अध्यक्षतामा बसेको बैठकले संस्थाको दीगो कार्यक्रम अन्तर्गत रहेको उपचारात्मक…

बुस्टर खोपका लागि “गाभी ”लाई सरकारको पत्र

स्वास्थ्यसमाचार/ सरकारले छिमेकी देशमा कोरोना भाइरसका संक्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप ल्याउने प्रक्रिया सुरू गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रूपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ।स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख सागर दाहालले बिहीबार १५ लाख खोपका लागि ‘गाभी’ लाई पत्र पठाइएको जानकारी दिए। गाभीले कोभ्याक्स सुविधामार्फत् नेपाललाई खोप उपलब्ध गराउनेछ।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बुस्टर खोप लगाउन खोप ल्याउनका लागि हिजो कोभ्याक्सलाई पत्र लेखेका छौं, उनले भने, यही पुसको तेस्रो हप्तामा…

रक्तदान गरेर मनायो पैचोले आठौं वार्षिकोत्सव

स्वास्थ्यसमाचार/ गुल्मीमा स्थापना भइ देशभर पहाडको कृषिजन्य उत्पादनको बजारिकरण गरिरहेको पैचो पसलले सातौं वर्ष पार गरेर आठौं वर्ष प्रवेश गरेको छ । आठौं वार्षिक उत्सवको अवसरमा पैचोले आज बुटवलमा रक्चदान कार्यक्रम सम्पन्न गरेको छ । आज बिहान सम्पन्न रक्चदान कार्यक्रममा ५० बढीले रक्चदान गरेका छन् । रक्तदान कार्यक्रमको पैचोका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले दियो बालेर उदघाटन गरे । रक्तदान कार्यक्रममा पैचोमा आवद्ध लगानी कर्ता तथा कर्मचारीहरु, रुपन्देही रक्तदाता समुह सहित होटल पौवाका कर्मचारी र पत्रकारहरुले रक्तदान गरेका छन् । रक्तदानका अवसरमा बोल्दै पैचोका अध्यक्ष भण्डारीले मानविय सेवा अन्तर्गत हरेक वर्ष…

सियारीमा भएको स्वास्थ्य शिबिरमा ८ सय बढीको जाँच

स्वास्थ्यसमाचार / रुपन्देहीको सियारी गाउँपालिकामा बृहत स्वास्थ्य शिबिर गरिएको गरेको छ ।सियारी गाउँवासीलाई स्वस्थ राख्ने योजना अनुरुप बृहत स्वास्थ्य शिबिरको गरिएको पालिकाले जनाएको छ । सियारी गाउँपालिका, क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका शाखा आँखा अस्पतालको संयोजनमा गरिएको स्वास्थ्य शिबिरमा ८ सय बढी नागरिकले स्वास्थ्य जाँच गराएका छन् । सियारी २ मैनहिया माविमा भएको स्वास्थ्य शिविरमा मुटु रोग, फिसिसियन सेवा, महिला तथा प्रसुुति सेवा तथा बालरोग सेवा र आखां रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तिले जानकारी दिए । उनले क्रिमसन अस्पतालका बिशेषज्ञ डाक्टरबाट स्वास्थ्य परिक्षण…

रेसुङ्गा नगरपालिकाको सहयोगमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु

स्वास्थ्यसमाचार/ रेसुङ्गा नगरपालिकाको सहयोगमा गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु गरिएको छ । हाडजोर्नी विशेषज्ञ सेवा उपलब्ध गराए बापत् रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टरलाई सरकारले सो तहमा तोकेको तलब स्केल बराबरको प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको हो । हाडजोर्नी विशेषज्ञ सेवा उपलब्ध गराउन आवश्यक पर्ने सि–आम मेसिन नगरपालिकाले उपलब्ध गराउने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । अहिले मेसिन खरिदका लागि टेण्डर आव्हान समेत गरिएको छ । जिल्लामै हाडजोर्नी सेवा सुरु भएकाले गुल्मी र यो सुविधा नभएका अन्य जिल्लाका नागरिकले पनि विशेषज्ञ सुविधा लिने भएको नगर प्रमुख…