स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सरकारद्वारा निर्धारण गरिएका नीति, नियम र मापदण्डहरूको पूर्णरूपमा पालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ । राप्ती लाइफ केयर हस्पिटल प्रा.लि. मोतिपुर को भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्र अति संवेदनशील भएको उल्लेख गर्दै सरकारले निर्धारण गरेका मापदण्डहरूको पालनामा जाेड दिनुभयाे ।`याे अस्पतालले नीति, नियम, मापदण्ड पालना गरेकाे कुरा प्रतिवेदनबाट जान्न पाइयाे । भबिस्यमा पनि सरकारले बनाएकाे मापदण्ड अनुसारनै अघि बढ्ने छ´उहाँले भन्नुभयाे-`जति पनि अन्य स्वास्थ्य संस्था छन तिनले पनि मापदण्ड पूर्ण पालना गर्न जरुरी…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीद्वारा न्युरो साइन्स सम्मेलन सम्पन्न
स्वास्थ्यसमाचार /लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी (लिम्स) ले अन्तर्राष्ट्रिय स्तरको न्युरो साइन्स कन्फ्रेन्स आयोजना सम्पन्न गरेको छ। कार्यक्रममा थाइल्यान्डका मस्तिष्क घात विशेषज्ञ डा. सुराकस कमाङयाङ, भारतका पार्किन्सन रोग विशेषज्ञ डा. रोहित बन्जिल तथा नेपालका न्युरोलोजिस्ट डा. राजु पौडेलले मस्तिष्क घात, पक्षघात, पार्किन्सन रोग र अन्य स्नायु रोगका उपचार विधि तथा औषधि प्रयोगबारे विस्तृत जानकारी गराउनु भयो। उहाहरुले पक्षघात रोग लाइ उपचार र औषधि प्रयोग सम्बन्धी विषयमा समेत जानकारी गराउनुभयो थियो ।कार्यक्रममा सिजर टाउको दुखाइ , रिंगटा लाग्ने तथा नशाका विभिन्न समस्या को बारेमा देशका विभिन्न ठाउँका बिशेषज्ञ डाक्टर हरुले न्युरो सम्बन्धि…
“स्वास्थ्य क्षेत्रका प्रेरणादायी व्यक्तित्व: मिम बहादुर सिंहको योगदान”
लुम्बिनी प्रदेशमा क्षयरोग, एचआईभी र मलेरिया कार्यक्रमलाई राष्ट्रिय रणनीतिक योजनाअनुसार समर्पित भई संघीयता कार्यान्वयनसँगै प्रदेश तथा स्थानीय सरकारसँग निकै समाहित भएर काम गरेका मिम बहादुर सिंह स्वास्थ्य क्षेत्रमा एक अब्बल व्यक्तित्वका रूपमा चिनिन्छन्। “एउटा एक–एक सवालको समाधान नै हाम्रो प्रगति हो“ भन्ने मूलमन्त्र राख्ने सिंह आफ्नो टिमलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव उत्प्रेरित गर्दै आएका छन्। स्वास्थ्य सुधारका लागि उनले देखाएको समर्पण र प्रतिबद्धता लुम्बिनी प्रदेशका जनताले बिर्सिन सक्दैनन्। स्वास्थ्य क्षेत्रमा सिंहको योगदान निज सिंहले क्षयरोग कार्यक्रम सुधारका लागि स्वास्थ्य संरचनालाई आत्मसात् गरी कटिबद्ध भएर काम गरे। त्यसकै परिणामस्वरुप, उनले…
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रादेशिक अस्पताल विशेष जिल्ला कमिटी रुपन्देहीको अध्यक्षमा खनाल
स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रादेशिक अस्पताल विशेष जिल्ला समिति, रुपन्देहीको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको अध्यक्षमा सिता खनाल उपाध्यक्ष नारायण प्रसाद भण्डारी, र डा. प्रसुमा मल्ल सचिव बिरोद पाण्डे सह सचिव राम प्रसाद अर्याल कोषाध्यक्ष महेश राना भाट रहनु भएको छ.। भने सदस्यहरुमा बाबुराम बराली बसन्ती पाठक गङ्गा देवी गौतम भेषराज बन्जाडे दिपक थापा गोमा सुवेदी डा. विवेक खनाल रहनु भएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल,का केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेश ईन्चार्ज खगराज पोखरेल केन्द्रिय सदस्य रुपलाल पन्थी केन्द्रिय…
शुद्ध पानीबारे भ्रम नफैलाउन शंकरनगर खानेपानी संस्थाको चेतावनी
स्वास्थ्यसमाचार/ शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आफ्ना उपभोक्ताको हितका लागि भन्दै आज एक सूचना जारी गरेको छ । बजारमा संस्थाको शुद्ध पिउने पानीलाई बिबिध ब्यापारिक केन्द्रका ब्यक्तिले यो पानी शुद्धीकरण गरेर मात्र पिउनु पर्छ भन्ने जस्ता भ्रम फैलाएको भेटिएको र त्यस्ता भ्रमपूर्ण विज्ञापन मा बिश्वास नगर्न पनि सूचनामा भनिएको छ । संस्थाका अध्यक्ष झबिन्द्र भण्डारी र संस्थाका खानेपानी सुरक्षा योजना प्रमुख चन्द्रकान्त खनाल द्वारा हस्ताक्षरित सूचनामा ढुक्क भएर पानी पिउन तथा त्यस्ता गलत भ्रम फैलाएको पाएमा खबर गर्न भनिएको छ । नेपालकै उत्कृष्ट पानी भनेर नेपाल सरकारले सम्मान गरेको…
लुम्बिनीका स्वास्थ्य सचिब डा.उपाध्यायको स्वास्थ्य मन्त्रालयमा सरुवा
स्वास्थ्यसमाचार /लुम्बिनीका स्वास्थ्य सचिब डा वासुदेव उपाध्यायको सरुवा भएको छ । सरकारले ७८ जना सहसचिवहरूको सरुवा मा डा उपाध्यायको पनि सरुवा गरेको हो। फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उहाँको सरुवा गरेको हो । उहाँलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ । उहाँ सरुवा संगै भेरी अस्पतालबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदमा सरुवा हुनुभएका दुर्गा लक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेशको स्वास्थ्य सचिब बन्ने पक्का भएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुपन्देहीको अध्यक्षमा बिष्णु ढकाल
स्वास्थ्यसमाचार /राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुपन्देहीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले बिष्णु प्रसाद ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा गणेश भण्डारी र भगवती राना, सचिवमा युवराज दिशा मगर, उप सचिव सिद्धार्थ आर्चायले, र कोषाध्यक्षमा भोजराज पोखरेल चयन भएका छन्। त्यस्तै सदस्यहरुमा गिताराम रिजाल, मेघनाथ न्यौपाने, केशव पराजुली, नारायण पौडेल, रिम बहादुर पाटा, पुजन ज्ञावाली, बिजय नाथ चौधरी, लेखनाथ पाण्डेय, वालकृष्ण पौडेल, र मुना अर्याल रहेका छन्। अधिवेशनको उद्घाटनमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा बिकास मन्त्री माननीय भूमिश्वर ढकाल, विशिष्ट अतिथि केन्द्रिय सचिव एवं…
अस्पताल नर्सिङ प्रशासक दुर्गालक्ष्मी क्षेष्ठ बनिन लुम्बिनीका स्वास्थ्य सचिव
स्वास्थ्यसमाचार/ स्वास्थ्यसमाचार भेरी अस्पतालकी प्रमुख अस्पताल नर्सिङ प्रशासक दुर्गा लक्ष्मी क्षेष्ठको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले गरेको सहसचिवहरूको सूचीमा श्रेष्ठको पनि सरुवा भएको छ । ७८ जना सहसचिवको सरुवा सदर संगै लुम्बिनी प्रदेशको स्वास्थ्य सचिब हुनु भएको छ । हाल कार्यरत स्वास्थ्य सचिब डा वासुदेव उपाध्यायको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ । श्रेष्ठको सरुवा लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा काज सरुवा उल्लेख गरिएको छ । यस्तो छ सरुवा सुची
रोटरी क्लब अफ रेसुङ्गाले तम्घासमा बृहत स्वास्थ्य शिविर संचालन गर्ने
स्वास्थ्यसमाचार/रोटरी क्लब अफ रेसुंगा गुल्मीको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । रोटरी क्लब अफ रेसुंगा गुल्मीले आज आयोजना गरिएको कार्यक्रममा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको जानकारी क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले दिनुभयो । यहि फागुन १७ गते शनिबार महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालन गरिने शिविरमा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको प्रमुख आयोजना तथा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको विशेषज्ञ टोलीको प्राविधिक सहयोगमा शिविर उक्त शिविर संचालन गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । शिविरमा विशेषज्ञ डाक्टरबाट मुटु रोग तथा मृगौला रोग सहित…
स्वास्थ्यकर्मीले दबाबमा काम गर्न सक्दैनन् : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन गर्नुपर्ने बताएका छन् । स्वास्थ्य सेवा दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य सेवा सहज उपलब्ध हुने अवस्था सिर्जना भएपनि प्रभावकारी बनाउन नसकिएको स्वीकार गरे । ‘आज स्वास्थ्य सेवा एकदमै फितलो अवस्थामा छ, परिणामै दिन नसक्ने स्थितिमा छ, स्वास्थ्य क्षेत्रमा सेवा उपलब्ध हुनै नसकेको भन्ने होइन । सेवा उपलब्ध हुने स्थिति बनेको छ तर पूर्ण हुने अवस्था छैन । प्रभावकारी हुन सकेको छैन, व्यवस्थित हुन सकेको छैन । आजको चुनौती भनेको स्वास्थ्य सेवालाई प्रभाकारी र…

