स्वास्थ्य मन्त्री सारुद्वारा नयाँ प्रशासनिक भवनबाट सेवा शुभारम्भ

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार अन्तर्गतका मन्त्रालयहरूले आफ्नै नव–निर्मित आधुनिक, सुव्यवस्थित र सेवा–मैत्री भवनहरूबाट औपचारिक रूपमा सेवा शुभारम्भ गरेका छन्। यस ऐतिहासिक क्षणसँगै प्रदेशबासीले सुशासनको प्रत्याभूति, सेवा प्रवाहमा सहजता र प्रशासनिक कार्यमा नयाँ गति प्राप्त हुने अपेक्षा गरेका छन्। प्रदेश सरकारको यो कदमलाई विकास प्रशासनको एक महत्वपूर्ण मोडका रूपमा लिइएको छ, जसले सेवाग्राहीको समय, श्रम र झन्झट घटाउँदै डिजिटल तथा भौतिक दुवै रूपमा सेवा प्रवाहलाई आधुनिक बनाउने विश्वास गरिएको छ। २०७७ साल असोज २० गते लुम्बिनी प्रदेशसभाले प्रदेशको नाम “लुम्बिनी” र दाङ जिल्लाको देउखुरी उपत्यकालाई स्थायी राजधानी तोक्ने ऐतिहासिक निर्णय गरेको…

कुपोषण पहिचानका लागि राष्ट्रिय पोषण लेखाजोखा अभियान २०८३ सुरु

“समयमै पहिचान र सही उपचार, कुपोषणमुक्त पुस्ताको आधार” भन्ने मूल नारासहित देशभर राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन भइरहेको छ । यस अभियानको मुख्य उद्देश्य ६ देखि ५९ महिनासम्मका बालबालिकामा पोषण लेखाजोखा मार्फत शीघ्र कुपोषण (SAM र MAM) को समयमै पहिचान गरी आवश्यक उपचार सेवा सुनिश्चित गर्नु हो । बच्चाको उमेरअनुसारको शारीरिक परिपक्वता, शारीरिक वृद्धि, शारीरिक अङ्गहरू र प्रणालीहरूको विकास जस्तैः तौल, उचाइ, टाउको, छाती र पाखुराको मापन गरी गणितीय मानाङ्कनका आधारमा अभिलेख राख्ने कार्यलाई पोषण लेखाजोखा एवं वृद्धि अनुगमन भनिन्छ । वृद्धि :वृद्धि भन्नाले उमेरअनुसारको शारीरिक परिपक्वता हो । यसले…

लुम्बिनी प्रादेशिक अस्पतालको १० वर्षे रणनीतिक मार्गचित्र (Roadmap): एक मार्गदर्शक रूपरेखा

पृष्ठभूमिः ऐतिहासिक विरासतदेखि प्रादेशिक गौरवसम्म आजभन्दा ११६ वर्ष अगाडि, जतिबेला चिकित्सा सेवा सामान्य नागरिकका लागि पहुँचभन्दा बाहिरको एउटा ‘मृगतृष्णा’ जस्तो थियो, त्यस्तो कठिन परिस्थितिमा विक्रम संवत् १९६७ मा ‘बुटवल अस्पताल’ को स्थापना भएको थियो। तत्कालीन पाल्ही, माझखण्ड र शिवराज खजहनी (हालका ४ जिल्ला) लाई समेट्ने पवित्र उद्देश्यले स्थापित यो संस्था विकासका विभिन्न उकाली–ओराली पार गर्दै २०२४ सालमा ५० शैयाको ‘अञ्चल अस्पताल’ मा रूपान्तरित भयो । संघीयताको कार्यान्वयनसँगै यसले ‘लुम्बिनी प्रादेशिक अस्पताल’ को नयाँ पहिचान प्राप्त गरेको छ । आज यो अस्पताल केवल एक उपचार केन्द्र मात्र होइन, बरु यस क्षेत्रको…

अध्यादेशबाट स्वास्थ्य क्षेत्रमा ‘क्लिन स्वीप’ : विश्वविद्यालयदेखि नियमनकारी निकायसम्म सयौं पदाधिकारी पदमुक्त

स्वास्थ्यसमाचार/ सरकारले ल्याएको नयाँ अध्यादेशमार्फत चिकित्सा विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा स्वास्थ्यसँग सम्बन्धित नियमनकारी निकायमा यसअघि नियुक्त पदाधिकारीहरूलाई पदमुक्त गरिएको छ । अध्यादेशमार्फत उपकुलपति, रजिष्ट्रार, अध्यक्ष, निर्देशक तथा विभिन्न परिषद्का सदस्यहरू हटाइएका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल ले शनिबार विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश तथा सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३ जारी गर्नुभएको हो । अध्यादेशपछि सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालय तथा मदन भण्डारी विश्वविद्यालयका उपकुलपति र अध्यक्षहरू पदमुक्त भएका छन् ।…

फोहोरलाई मोहर बनाउन घरघरमा अभियान : बुटवलमा तीन तहमा फोहोर छुट्याउने कार्यक्रम सुरु

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक र दिगो बनाउने उद्देश्यसहित वडा नं. ७ र ८ मा घरदैलो अभियान सुरु गरेको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) नेपालको सहयोग तथा फोहोर सरसफाइ सहकारी संस्थाको आयोजनामा सुरु गरिएको अभियानमार्फत घरमै तीन तहमा फोहोर छुट्याउने अभ्यासलाई प्रोत्साहन गरिएको हो । अभियानअन्तर्गत कुहिने, नकुहिने र पुनः प्रयोग गर्न सकिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने विषयमा घरघरमा पुगेर जनचेतना फैलाइँदैछ । कार्यक्रममा प्लास्टिकका झोला गल्न करिब ३० वर्ष, पानीको बोतल गल्न ५०० वर्ष तथा सेनेटरी प्याड गल्न ६०० वर्षसम्म लाग्ने भएकाले फोहोरको सही व्यवस्थापन अपरिहार्य…

रक्तसञ्चार केन्द्र मजबुत बनाई रगत अभाव हुन दिँदैनौं : मेसु डा. गौतम

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमले अस्पताललाई सबै नागरिकले भरोसा गर्न सक्ने बनाउने र आवश्यक सेवा विस्तार गर्ने योजना रहेको बताउँदै सरोकारवाला सबैसँग सहयोगको आग्रह गरेका छन्। नेपाल नियमित रक्तदाता संघ बुटवलद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्दै उनले अस्पतालको रक्तसञ्चार केन्द्रलाई व्यवस्थित बनाइ रगतको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले सरकारले अघि सारेको सुशासन, छिटो सेवा प्रवाह, प्रविधिमैत्री सेवा र योग्य व्यक्तिलाई जिम्मेवारी दिने नीतिअनुसार आफू अगाडि बढ्ने बताए। साथै, अस्पतालभित्र जनशक्ति व्यवस्थापन र आवश्यक सुधार गर्ने योजना पनि रहेको उनले उल्लेख गरे। कार्यक्रममा उपभोक्ता हित…

राष्ट्रपतिबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी ऐन संशोधन अध्यादेश जारी

स्वास्थ्यसमाचार/ राष्ट्रपति रामचन्द्र पौडेल ले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण कानुनी सुधार गर्दै ञस्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३झ जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार उक्त अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४९१० बमोजिम जारी गरिएको हो। यस अध्यादेशमार्फत स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित विद्यमान कानुनहरूमा आवश्यक संशोधन गरी संस्थागत संरचना, सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। स्वा राष्ट्रपतिले सोही अवसरमा अन्य दुई अध्यादेश पनि जारी गरेका छन्, जसमा सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था तथा विश्वविद्यालय सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश समावेश…

बुद्ध जयन्तीको अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा लस्सी वितरण

स्वास्थ्यसमाचार/ २५७० औं बुद्ध जयन्ती (बुद्ध पूर्णिमा) को अवसरमा श्री संजय साई सेवा समूह भैरहवा, रुपन्देही र लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपले शुक्रबार निःशुल्क लस्सी वितरण तथा निःशुल्क मधुमेह एवं रक्तचाप परीक्षण कार्यक्रम गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवाको बुद्धचोकमा लस्सी वितरण तथा मधुमेह परीक्षण कार्यक्रम गरिएको श्री संजय साई सेवा समूहका अध्यक्ष राजेन्द्र थापाले बताउनुभयो । ‘माधव सेवा नै मानव सेवा हो’ भन्ने नाराका साथ भएको कार्यक्रममा साढे ६ हजार जना बढीलाई लस्सी वितरण गरिएको थापाले जानकारी दिनुभयो । त्यस्तै लुम्बिनी मेडिकेयर एण्ड एसिस्टेन्स सेन्टर प्रा.लि. गल्लामण्डी,…

स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो नखिच्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै अस्पताल तथा स्वास्थ्य संस्थाको पूर्व स्वीकृति बिना कुनै पनि प्रकारको फोटो वा भिडियो नखिच्न नखिचाउन आग्रह गरेको हो । मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ मा अनुमति बिना कसैको तस्बिर खिच्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले स्वास्थ्य संस्था परिसरमा सम्बन्धित निकायको स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न अनुरोध गरेको हो । मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा पछिल्लो समय केही व्यक्तिले अस्पताल परिसरमा स्वीकृति बिना…

स्वास्थ्य क्लिनिक मापदण्ड विवादमा, १४ वर्गमिटर कोठा नियमले साना क्लिनिक संकटमा

स्वास्थ्यसमाचार/ निजी स्वास्थ्य क्लिनिकमा चिकित्सकको जाँच कोठाको न्यूनतम मापदण्ड कार्यान्वयनलाई लिएर रुपन्देहीमा विवाद बढ्दै गएको छ। प्रदेश राजपत्रमा उल्लेखित स्वास्थ्य क्लिनिक तथा पोलिक्लिनिकसम्बन्धी मापदण्डअनुसार बिरामी जाँच गर्ने कोठा कम्तीमा १४ वर्गमिटर हुनुपर्ने व्यवस्था गरिएपछि साना तथा पुराना क्लिनिकहरू समस्यामा पर्ने देखिएको हो। विशेषगरी सहरी क्षेत्रमा भाडामा सञ्चालन भइरहेका क्लिनिकहरूले सीमित स्थानका कारण मापदण्ड पूरा गर्न कठिन हुने बताएका छन्। बुटवलका अधिकांश क्लिनिक भाडाका घरमा सञ्चालनमा रहेकाले कोठा विस्तार सम्भव नभएको व्यवसायीहरूको भनाइ छ। बुटवलमा करिब ८० प्रतिशत क्लिनिक भाडामा सञ्चालनमा रहेका छन्। मापदण्डअनुसार जाँच कोठा हावापास हुने वा वातानुकूलित हुनुपर्ने,…