गुल्मेली सम्पर्क समाजको स्थापना दिवसमा २९७ जनाले गरे रक्तदान

स्वास्थ्यसमाचार/ गुल्मेली सम्पर्क समाज रुपन्देहीले आफ्नो २२ औं स्थापना दिवस रक्तदान तथा सम्मान कार्यक्रमसहित सम्पन्न गरेको छ। बिरामीलाई रक्त अभाव नहोस् भन्ने उदेश्यले समाजले लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान गरेको हो ।रुपन्देही व्यापार सङ्घद्वारा रक्तसञ्चार केन्द्र ( ब्लड बैंक ) उपकरण हस्तान्तरण तथा तथा समुदघाटन कार्यक्रमका सन्दर्भमा समाजले रुपन्देही व्यापार सङ्घसँग सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षता, रुपन्देही व्यापार सङ्घका अध्यक्ष दीपकप्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा समाजसेवी भगतसिङ खड्काको विशेष आतिथ्यता भएको कार्यक्रममा समाजका अगुवा तथा विभिन्न क्षेत्रमा बिशिष्ट योगदान गरेको व्यक्तित्वहरुलाई सम्मान गरिएको…

मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्र उद्घाटन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नु भएको छ । बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान समेत गर्नु भएको छ । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको स्पष्ट पार्नुभएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने पनि जानकारी दिनुभयो । `रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई…

९५ अर्बको स्वास्थ्य बजेट: जनस्वास्थ्यमा सरकारको २७ प्राथमिकता

स्वास्थ्यसमाचार/अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब बजेट छुट्याएका छन् । बिहीबार संसद भवन नयाँबानेश्वरमा संघीय संसदका दुवै संसद समक्ष अर्थमन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिएका हुन् । उनले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रकम बिनियोजन गरिएको जानकारी दिए । यस्तै, बीमाको हालसम्म रहेको भुक्तानी तेस्रो पक्षबाट परिक्षण गराइ यही आर्थिक वर्षभित्रमा भुक्तानी गर्ने व्यवस्था मिलाएको समेत बताए । स्वास्थ्यको बजेटमा समेटिएका मुख्य २७ बुँदा १. निरोगी नेपाली, स्वस्थ नेपाल,स्वच्छ आहार, योग ध्यान व्यायाम…

कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा परिवारका अन्य सदस्यमा विस्तार

स्वास्थ्यसमाचार/सरकारले कर्मचारी सञ्चय कोषमार्फत सञ्चयकर्ताका पति/पत्नीका लागि प्रदान गरिँदै आएको स्वास्थ्य उपचार सुविधालाई परिवारका अन्य सदस्यहरूमा समेत विस्तार गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो घोषणा गरेका हुन्। “कर्मचारी सञ्चय कोषबाट हाल सञ्चयकर्ताका पति/पत्नीका लागि स्वास्थ्य उपचार सुविधा प्रदान गरिँदै आएकोमा यो सुविधा परिवारका अन्य सदस्यहरूमा समेत विस्तार गरिनेछ,” अर्थमन्त्री पौडेलले भने। यद्यपि, यो सुविधा कुन–कुन परिवारका सदस्यले प्राप्त गर्नेछन् भन्ने विषयमा भने बजेटमा कुनै स्पष्ट उल्लेख गरिएको छैन। यो व्यवस्थाले कर्मचारी र उनीहरूका परिवारको स्वास्थ्य सुरक्षामा थप सहयोग पुग्ने अपेक्षा गरिएको…

कर्मचारीको तलब बढेन, महँगी भत्ता मासिक पाँच हजार पुर्‍याइयो

स्वास्थ्यसमाचार/ सरकारले कर्मचारीको महङ्गी भत्ता पाँच हजार पुर्याएको छ ।तलब बढ्ने भनिएतापनी श्रोत नभएका कारण पहिले दिदै आएको दुई हजार भत्तालाई बढाउएर पाँच हजार पुर्याएको हो । आज अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनीधिसभामा बजेट बक्तव्य प्रस्तुत गर्दै सम्पूर्ण कर्मचारीको भत्ता पाँच हजार पुर्याउनु भएको हो । बढेको भत्ता आगामी साउन महिनादेखि लागू हुनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यसमाचार/सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्यलाई ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ। संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन्। स्वास्थ्य क्षेत्रमा यस पटक एक खर्ब बजेट आउने अनुमान गरिएको थियो। तर एक खर्ब भन्दा ४ अर्ब १९ करोड कम बजेट आएको छ।

चिकित्सा शास्त्र, नर्सिङ लगायतको अध्ययन कोटा वृद्धि गरिने

स्वास्थ्यसमाचार/सरकारले आगामी वर्ष चिकित्सा शास्त्र, नर्सिङ लगायतको अध्ययन कोटा वृद्धि गर्ने भएको छ। आर्थिक वर्ष २०८२/०८३ को बजेटमा यस्तो व्यवस्था गरिएको हो। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने क्रममा भने, चिकित्सा शास्त्र र नर्सिङ लगायत प्राविधिक क्षेत्रको जनशक्ति अभाव हुन नदिन अध्ययन कोटा वृद्धि गरिनेछ। त्यसका लागि मापदण्ड परिमार्जन गरिनेछ। बन्ने क्रममा रहेका बर्दिबास, सुर्खेत, बुटवल र डडेलधुरामा मेडिकल कलेज पूर्वाधार निर्माणका लागि ५६ करोड रुपैयाँ छुट्याइएको समेत बताए ।  

सिद्धार्थनगर पुर्ण संस्थागत प्रसुती र खोप सुनिश्चितता दिगोपना घोषणा

स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवा युक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रममा नगरप्रमुख इश्तियाक अहमद खाँले नगरपालिकालार्ई पूर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले पूर्ण संस्थागत प्रसुति सेवा युक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणाका लागि खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताउनुभयो । उनले सिद्धार्थनगरले एकपछि अर्को गर्दै उत्कृष्ट काम गर्दै गएको समेत उल्लेख…

रोहिणी ‘पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका’ घोषणा

स्वास्थ्यसमाचार/ रुपन्देहीको रोहिणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको छ । सोमबार रोहिणी–३ स्थित धकधईमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणाका लागि अहारोत्र खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताउनुभयो । ‘तपाईहरु सबै लागेर रोहिणी गाउँपालिकाले यो सफलता प्राप्त गरेको हो, ’उहाँले भन्नुभयो । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रातदिन खटेर सहज रुपमा…

पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणासंगै दिगोपनालाइ समेत ध्यान दिनुपर्दछ : प्रमुख खत्री

स्वास्थ्यसमाचार/जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणाले हामी सक्षम छौ भन्ने देखिएपनि यसको दिगो संचालनका लागि कार्ययोजना र स्रोत सुनिश्चित नहुँदा अधिकांश कार्यक्रमहरु पछी गएर अलपत्र पर्ने भएकोले घोषणासंगै स्रोतको सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिनुभयो। इस्मा गाउँपालिकाको इस्मा गाउँपालिका वडा नं. ५ रजस्थलको आनन्दपुर माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गर्नुभएको हो। प्रमुख खत्रीले पूर्वाधार विकासले मात्रै पूर्ण विकास हुन सक्दैन”शिक्षा,…