युसीएमएस मानसिक रोग विभागको २४औं वार्षिकोत्सवमा गोष्ठी

स्वास्थ्यसमाचार/ युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) शिक्षण अस्पताल भैरहवाको नशा तथा मानसिक रोग विभागको २४ औं वार्षिकोत्सवको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ । विभागका प्रमुख प्रा.डा.सन्दिप सुवेदीको सभापतित्व तथा युसीएमएस शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा आवासीय चिकित्सक डा.अभिज्ञा कोइरालाले मानसिक स्वास्थ्यको महत्व र चुनौती सम्बन्धमा प्रस्तुत गरेकी थिइन् । त्यस्तै डा.अनमोल बन्धु कार्कीले युसीएमएसमा नशा तथा मानसिक रोग विभागको स्थापना, संक्षिप्त इतिहास तथा भावी योजनाबारे प्रकाश पारेका थिए । युसीएमएसमा नशा तथा मानसिक रोग विभागको स्थापना २५ जनवरी २००१…

नर्सिङ पेशालाई सम्मान जनक बनाउन नर्सहरूको योगदानलाई कदर गर्न आवश्यक

नर्सिङ.दिवसको महत्व के हो, नेपालमा कहिले मनाइन्छ ? नर्सिङ.दिवस,  प्रत्येक बर्ष १५ माघमा मनाइन्छ ।बिक्रम संवत २०१८ साल माघ १५ गतेका दिन नान ( नेपाल नर्सिङ संघ) को स्थापना भएको हो ।  साथै बिश्व नर्सिङ.दिवस  प्रत्येक वर्ष मे १२ मा मनाइन्छ, । फ्लोरेन्स नाइटिङ्गेको (Founder of Modern Nursing)को जन्म उत्सव भएकोले अन्तराष्ट्रिय नर्सिङ.दिवस, त्यस दिनलाई मनाउने गरिन्छ । उक्त दिनमा  हामीले पनि बिभिन्न कार्यक्रमका साथ दिवस मनाउने गर्दैछौ । दिवस नर्सहरूको कदर गर्न र पेशागत सम्मान बढाउनुको लागि विशेष महत्त्वपूर्ण मानिन्छ। यो दिवसको इतिहास र यसका उद्देश्यहरू के हुन? नर्सिङ.दिवसको…

बुटवल १३ र १७ मा निर्माणाधीन नगर अस्पताल, छिट्टै सञ्चालन हुने

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर १३ र १७ मा १५ बेडका अस्पताल निर्माण सम्पन्न भएको र छिटै सञ्चालन हुने भएका छन । नगर प्रमुख खेलराज पाण्डेयले वडा नम्बर १३ र १७ मा १५ बेडका अस्पताल निर्माण सम्पन्न भएको र छिटै सञ्चालन हुने वताउनु भयो । यस्तै, उहाले आम्दा अस्पतालमा पारामेडिकल अध्ययन शुरु र अस्पतालको स्तरोन्नति शुरु भएको समेत बताउनु भएको छ। कार्यक्रममा बोल्दै नगर प्रमुखले बीटीआइमा ४० जना छात्रालाई निशुल्क अध्ययनको व्यवस्था, सीपमूलक तालिम र रोजगारका लागि नगरप्रमुख गृहणी महिला स्वरोजगार कार्यक्रम, मेयर युवा इलम कार्यक्रम, उपप्रमुख महिला आत्मनिर्भर कार्यक्रम, बा…

आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीलाई आधारभुत आकस्मिक तालिम

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालिन तथा विपद ब्यवस्थापनद्धारा संचालित एक साता लामो आधारभुत आकस्मिक स्याहार-बीईसी सम्बन्धि तालिम समापन भएको छ । पृथ्वी राजमार्गको मुग्लिन, नागढुंगा करिडोर भित्र पर्ने १६ निजी,सहकारी तथा सरकारी अस्पतालहरुको र सुरक्षा बल अन्र्तगतको शसस्त्र प्रहरी बल अस्पताल, बलम्बु तथा कुरिनटारमा आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु २५ जना संलग्न थिए । स्वास्थ्य तथा जनसंख्या समापन तथा उदघाटन शत्रको अध्यक्षता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा राष्ट्रिय स्वास्थ्य आपतकालीन एवं विपद ब्यवस्थापनको प्रमुख डा. प्रकाश बुढाथोकीले गरेका थिए । मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दिपेन्द्ररमण सिंहले…

पश्चिम नवलपरासीमा १६ हजार किशोरीहरुलाई एचपिभी खोप लगाइने

स्वास्थ्यसमाचार/पश्चिम नवलपरासीमा माघ २२ देखि २८ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। यो अभियानअन्तर्गत जिल्लाका १६ हजार २९३ जना किशोरीलाई एचपीभी ह्युमन पेपिलोमा भाइरस खोप लगाइनेछ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालका अनुसार, ६ देखि १० कक्षा अध्ययनरत र १० देखि १४ वर्षका विद्यालय बाहिर रहेका किशोरीलाई खोप दिइनेछ। यसका लागि २ सय विद्यालयमा खोप केन्द्र सञ्चालन हुनेछ। नेपाल सरकारले निःशुल्क प्रदान गर्न लागेको यो खोपको बजार मूल्य करिब ६ हजार रुपैयाँ पर्छ। अध्ययनअनुसार, एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर ९०५ सम्म घटाउन प्रभावकारी छ।जसका लागी…

पाल्पाका १० हजार ३ सय वढी किशोरीहरुलाई एचपिभी खोप लगाइने

स्वास्थ्यसमाचार/पाल्पामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप अभियान सुरु हुने भएको छ । पाठेघरको मुखको क्यान्सर रोक्न १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरु र ६ देखि १० कक्षा सम्मका विद्यार्थीहरु लक्षित गरेर एच.पि.भि. खोप अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय, पाल्पाले तानसेनमा आयोजना गरेको जिल्ला स्तरीय खोप समन्वय समिति बैठक तथा सञ्चारकर्मी अभिमुखीकरणमा अभियान सञ्चालन हुने जानकारी दिएको हो । अभिमुखीकरणको सहजिकरण गर्दै स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले पाल्पामा यही माघ २२ गतेदेखि रम्भा, माथागढी, पुर्वखोला, रामपुर र निस्दी तथा माघ २८ गतेदेखि रैनादेवी…

लुम्बिनी प्रादेशिक अस्पताल निजामती कर्मचारी युनियनको अध्यक्षमा पन्थी

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको निजामती कर्मचारी युनियन ईकाई समितिको नवौं अधिवेशन सम्पन्न भएको छ। कार्यक्रम दया सागर पन्थीको अध्यक्षता नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेय, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.इन्द्र ढकाल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. विष्णु गौतम, नर्सिङ प्रमुख नेहा थापाको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै नेपाल कर्मचारी युनियन रुपन्देही जिल्ला सदस्य चिरञ्जीवि घिमिरे  लुम्बिनी प्रादेशिक अस्पताल स्वास्थ्यकर्मी संघका अध्यक्ष भीम ज्ञावाली,विकास समितिका केन्द्रीय अध्यक्ष सुरेन्द्र राज पन्त, नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशिक अस्पताल ईकाई…

स्वास्थ्य पत्रकार मञ्च नेपालमा नयाँ कार्यसमिति, अध्यक्षमा काफ्ले

स्वास्थ्यसमाचार/स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन् ।  काठमाडौँमा सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अभिवेशनबाट काफ्लेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । निर्वाचन समितिका अनुसार मञ्चको बरिष्ठ उपाध्यक्षमा बुद्धि कटेल  निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन भएको दुई जना उपाध्यक्ष पदका लागि महेश तिमल्सिना बिजयी भएका छन् । अर्को पदमा भने सञ्जीता खनाल  र शरद शर्मा को बराबर मत आएपछि एक एक वर्ष आलोपालो गर्ने सहमति भएको छ । महासचिव पदमा  शिवहरि घिमिरे निर्वाचित भएका छन् । यस्तै सचिव पदमा ज्योति अधिकारी  निर्वाचित भएकी छन्…

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति नहुँदा देश पछि पर्‍याे: स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले दक्ष जनशक्ति नहुँदा हाम्रो देश पछि परिरहेको बताउनुभएको छ । युनाईटेड मिसन अस्पताल, तानसेनको एस.वि.ए. तालिम ५९ औं ब्याच तथा एम.एल.पी. ४० औं ब्याच तालिम समापन समारोहमा बोल्दै मन्त्री सारुले नेपालमा कम मात्रामा दक्ष जनशक्ति उत्पादन हुने र देशमा बस्ने प्रवृति नहुँदा देश पछि परिरहेको बताउनुभएको हो । उहाँले सुत्केरी भएको ४८ घण्टा पछि ४६ प्रतिशत आमाहरूको मृत्युदर रहेको भन्दै अवस्था गम्भिर रहेको बताउनुभयो । उहाँले अनुसन्धानले सेवा प्रवाहमा कमजोरी हुँदा ६८ प्रतिशत सेवाग्राही हरुले छोडेर जाने बताउनुभयो । मन्त्री सारुले गुणस्तरीय सेवा…

पेडियाट्रिक क्रिटिकल केयर सम्बन्धि चार दिने तालिम बुटवलमा समापन

स्वास्थ्यसमाचार /संवेदनशिल अबस्थामा बिरामी भएका वालवालिकाको ब्यबस्थापन गरि वालमृत्युदरमा कम ल्याउने उदेश्यका साथ बुटबलमा सञ्चालित ४ दिने पेडियाट्रिक क्रिटिकल केयर तालिमको समापन भएको छ। चिकित्सक र नसिङ् कर्मचारी लाई गंभीर अवस्थाका बालबालिकाहरूको उपचारमा सघाउने उदेश्यका साथ तालिम कार्यक्रम आयोजना गरिएको हो।स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको प्राबिधिक सहयोग र एफएचआई ३६० इपिक नेपालको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको छ। स्वास्थ्य तालिम केन्द्रका निमित्त प्रमुख भुवन कुँवरको अध्यक्षता प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्रका प्रमुख डा. राजेन्द्र गिरीको प्रमुख आतिथ्य तथा स्वास्थ्य निर्देशनालय लुम्बिनीका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी, लुम्बिनी प्रादेशिक…