स्वास्थ्यसमाचार/ निःसन्तान दम्पतीका लागि आशाको किरण मानिने आइभिएफ (इन भिट्रो फर्टिलाइजेसन) सेवा नेपालमा विकृतिसँग जुधिरहेको छ। खासगरी आइभिएफसँग सम्बन्धित स्पष्ट कानुन नहुँदा अवैध कारोबार र अनियमितता बढ्दै गएको पाइएको छ। हालै काठमाडौंको बबरमहलस्थित होप फर्टिलिटी सेन्टरका सञ्चालकहरूले १८ वर्षभन्दा कम उमेरकी बालिकाहरूको डिम्ब अवैध रूपमा निकालेर कारोबार गरेको आरोपमा पक्राउ परेका थिए। यद्यपि ती सञ्चालकहरू साधारण तारेखमा छाडिएका छन्। नेपालमा आइभिएफ सेवा सञ्चालन गर्ने, शुल्क निर्धारण गर्ने, डिम्ब र शुक्रकिट दान गर्ने मान्यता, प्रक्रिया लगायतका विषयमा कुनै स्पष्ट कानुन नहुँदा विकृति बढेको विज्ञहरूले बताउँछन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस समस्या…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
रुपन्देहीका ४ नागरिक आरोग्य सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण
स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालयको मातहतमा सञ्चालित चार वटा नागरिक आरोग्य सेवा केन्द्रहरू यस आर्थिक वर्ष २०८२/८३ देखि सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। सैनामैना नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका र सियारी गाउँपालिकामा रहेका ती सेवा केन्द्रहरू अब ती-ती स्थानीय तहकै व्यवस्थापनमा सञ्चालन हुनेछन्। नागरिक आरोग्य सेवा केन्द्रहरूलाई समुदायमै पहुँचयुक्त, वैकल्पिक तथा आयुर्वेदिक स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको हो। हस्तान्तरणपछि स्थानीय तहहरूलाई सेवा केन्द्रको पूर्वाधार, जनशक्ति तथा सञ्चालन खर्चको व्यवस्थापन जिम्मा दिइनेछ। हस्तान्तरण कार्यक्रममा बोल्दै लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा. दीपक आचार्यले नागरिक आरोग्य सेवा केन्द्रहरूलाई अझ प्रभावकारी…
पीसीएल नर्सिङमा प्रवेश परीक्षा बिना भर्ना, अनलाइनमा खुल्यो आवेदन
स्वास्थ्यसमाचार/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले यस वर्षको पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रमका लागि प्रवेश परीक्षा नगरीकन एसईईमा प्राप्त जीपीएकै आधारमा विद्यार्थी छनोट गर्ने भएको छ। यससँगै प्रवेश परीक्षाका लागि काठमाडौं आउनुपर्ने झन्झट हटेको छ। परिषद्का सूचना अधिकारी एकराज अधिकारीले अनलाइनमार्फत फाराम भर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै, विद्यार्थीले आवश्यक कागजातहरू अपलोड गरी निर्धारित समयभित्र आवेदन दिन सक्ने बताए। अनलाइन फाराम साउन ६ देखि २६ गते राति ११:५९ बजेसम्म भर्न सकिनेछ। प्रवेशका मुख्य मापदण्डहरू: एसईई वा एसएलसीमा न्यूनतम २.० जीपीए आवश्यक। अनलाइन फाराम भर्दा ग्रेडसिट, नागरिकता वा जन्मदर्ता,…
तीन प्रदेशका स्वास्थ्य मन्त्रीबीच अनुभव र असल अभ्यासबारे छलफल
स्वास्थ्यसमाचार /लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री, उच्च अधिकारी, तथा सरोकारवाला हरु बिच प्रदेश अनुभव आदानप्रदान तथा स्वास्थ्य क्षेत्रका असल अभ्यासहरूको सिकाई वारे छलफल भएको छ । गण्डकी प्रदेश सरकारको आयोजनामा अन्तर–प्रदेश अनुभव आदानप्रदान तथा स्वास्थ्य क्षेत्रका असल अभ्यासहरूको सिकाईका वारेमा पोखरामा छलफल भएको हो । स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको सभाहलमा सम्पन्न कार्यक्रममा डिजिटल हेल्थ प्रणालीको कार्यान्वयन, ओएनएम सर्वेक्षण, तथा अस्पताल हरूको स्तरोन्नति सम्बन्धी नवीनतम कार्यहरू वारे छलफल भएको लुम्बिनीका स्वास्थ्यमन्त्री खेम सारुले बताउनु भयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र तीनै प्रदेशका स्वास्थ्य मन्त्रीहरूबीच विशेष भेटघाटसमेत…
लुम्बिनी प्रदेशका प्रमुख अस्पतालहरूमा एन्टिरेबिज खोपको अभाव
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका प्रमुख सरकारी अस्पतालहरूमा ‘एन्टिरेबिज भ्याक्सिन’ विरुद्धको खोपको अभावले जनस्वास्थ्यमा संकट निम्तिएको छ। कुकुर, बाँदर, स्याल लगायतका जनावरले मानिसलाई टोकेको घटनामा दिइने यो भ्याक्सिन केही समयदेखि लुम्बिनी प्रदेश भरी नै नपाइने अवस्थामा पुगेको छ। बुटवलस्थित लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डा राजेन्द्रकुमार गिरीका अनुसार, चालु आर्थिक वर्षमा नेपाल सरकारले लुम्बिनी प्रदेशका लागि ७० हजार ५ सय डोज (भाईल) को कोटा छुट्याए पनि अहिलेसम्म जम्मा ३३ हजार डोज मात्र प्राप्त भएको छ। बाँकी डोज नआउँदा अस्पतालहरूलाई आवश्यक खोप आपूर्ति गर्न नसकिएको उहाँले बताउनुभयो। हामीसँग अहिले आपतकालीन…
बुटवलमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर, १५० महिलाको स्वास्थ्य परीक्षण
स्वास्थ्यसमाचार/लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्त आयोजनामा बुटवलमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण शिविर सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयमा आयोजित शिविरमा १५० जना महिलाले स्वास्थ्य परीक्षण गराए ।सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सामाजिक क्षेत्रमा लायन्स क्लबले सञ्चालन गरेका गतिविधिहरुले सकारात्मक प्रभाव पार्न सफल भएको उल्लेख गरे । उनले बुटवल उपमहानगरले यहाँका विभिन्न सामाजिक संघ–संस्थाहरुसँग सहकार्य गरी शिक्षा, स्वास्थ्य तथा सामाजिक तथा मानवीय बिकासका क्षेत्रमा काम गर्दै आएको जानकारी दिए। बुटवललाई आर्थिक केन्द्रको रुपमा…
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको एक वर्षे कार्यकाल : यस्तो छ उनकाे विशेष वक्तव्य (पूर्णपाठ)
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा मन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्ना उपलव्धी सार्वजनिक गरेका छन् । गतवर्ष अर्थात ३१ असार २०८१ मा स्वास्थ्य मन्त्रीको रुपमा कार्यभार सम्हालेका उनले यस अवधीमा भएका नीतिगत, आर्थिक तथा भौतिक प्रगतिका विषयलाई विषयगत रुपमा नै प्रस्तुत गरे । यद्धपी त्यसमा केही अघिल्ला मन्त्रीले गरेका कार्यका निरन्तरता, केही नयाँ काम र केही नियमित हुने गरेका कामका सूचीहरु देखिन्थ्यो । मन्त्री पौडेलले भने मन्त्रालयको जिम्मेवारी सम्हाल्दा आर्थिक वर्ष २०८१/०८२ का नीति तथा कार्यक्रम तथा बजेट पहिल्यै तय भइसकेको…
रुकुम पूर्व अस्पतालमा संयुक्त अनुगमन, परिस्कृत सेवा विस्तारमा जोड
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको एकमात्र दुर्गम हिमाली जिल्ला रुकुम पूर्वस्थिति रुकुम पूर्व अस्पतालमा लुम्बिनी र कर्णाली प्रदेशका मन्त्रीहरूको संयुक्त टोलीले अनुगमन, निरीक्षण तथा नव निर्मित भवनको अवलोकन गरेको छन। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारु, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, र लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ लगायत स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू र सिएमसिको टोलीले संयुक्तरुपमा अस्पतालको सेवा, संरचना र व्यवस्थापनको स्थिति अवलोकन गर्नु भएको हो ।। स्वास्थ्य सेवामा अस्पतालले अहिलेसम्म गरेका प्रयासहरूको प्रशंसा गर्दै स्वास्थ्य मन्त्री सारुले आगामी दिनमा सेवालाई अझ उत्कृष्ठ साथै विशिष्टिकृत बनाउन निर्देशन दिनु…
पोखरामा कोरोना संक्रमित ७० वर्षीय महिलाको मृत्यु
स्वास्थ्यसमाचार/ पोखरामा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय महिलाको मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेहको समस्यासमेत थियो । उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो ।
बुटवल–६ मैत्रीपथमा ‘नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टर’ सञ्चालनमा
स्वास्थ्यसमाचार/बुटवल–६ मैत्री पथमा ‘नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टर’ सञ्चालनमा आएको छ । रुपन्देहीसहित पश्चिम नेपालका बिभिन्न जिल्लाका बिरामीहरूलाई एकै ठाउँमा सहज रुपमा गुणस्तरीय बिशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले हेल्थ सेन्टर सञ्चालमा ल्याइएको हेल्थ सेन्टरका अध्यक्ष मेघदेव पन्तले बताउनु भयो । बिरामीको उत्कृष्ट उपचारका साथै बिरामीहरूलाई नम्र व्यवहार, विश्वासिलो ल्याब र सहुलियत मूल्यमा औषधिको व्यवस्था गरिने अध्यक्ष पन्तले बताउनु भयो । एकै ठाउँमा सबै रोगको विशेषज्ञ सेवा सञ्चालनमा आएसँगै यस भेगका बिरामीहरूलाई उपचारका लागि काठमाडौँ धाउनुपर्ने र महँगो खर्च गर्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । एक करोड बढीको लगानीमा सञ्चालनमा आएको…

