रुकुम पूर्व अस्पतालमा संयुक्त अनुगमन, परिस्कृत सेवा विस्तारमा जोड

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको एकमात्र दुर्गम हिमाली जिल्ला रुकुम पूर्वस्थिति रुकुम पूर्व अस्पतालमा लुम्बिनी र कर्णाली प्रदेशका मन्त्रीहरूको संयुक्त टोलीले अनुगमन, निरीक्षण तथा नव निर्मित भवनको अवलोकन गरेको छन।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारु, कर्णाली प्रदेशका  सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, र लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ लगायत स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू र सिएमसिको टोलीले संयुक्तरुपमा अस्पतालको सेवा, संरचना र व्यवस्थापनको स्थिति अवलोकन गर्नु भएको हो ।।

स्वास्थ्य सेवामा अस्पतालले अहिलेसम्म गरेका प्रयासहरूको प्रशंसा गर्दै स्वास्थ्य मन्त्री सारुले आगामी दिनमा सेवालाई अझ उत्कृष्ठ साथै विशिष्टिकृत बनाउन निर्देशन दिनु भयो । त्यस्तै स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले अस्पतालाई मन्त्रालयबाट आवश्यक सहयोग र सहकार्य हुने वताउनु भयो ।

अतिथीहरुलाई स्वागत गर्दै रुकुम पूर्व अस्पतालका प्रमुख डा. कृष्ण खरालले परिस्कृत सेवा प्रवाहमार्फत दुर्गम क्षेत्रका जनतामा स्वास्थ्य पहुँच विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको बताउनु भयो ।

मन्त्रालयको टोलीको भ्रमणले अस्पतालको सेवा सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको डा खरालले बताउनु भयो । टोलीमा स्वास्थ्य मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र कुमार पान्डे लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित शिर्षक :