स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न “निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२” स्वीकृत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गरेका हुन्।मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले सम्बन्धित् क्षेत्रका सरोकारवाला विज्ञहरूसँगको गहन छलफलपछि यो मापदण्ड तयार पारेको हो। यो मापदण्ड स्वीकृत भएसंगै नेपालमा पहिलोपटक ‘निःसन्तान उपचार (आईभीएफ)’ सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकीट तथा अण्डा दान (डोनर) प्रक्रिया थप व्यवस्थित हुनेछ। निःसन्तान उपचार केन्द्रहरूको कानुनी आधारमा प्रभावकारी नियमन गर्ने, निःसन्तान…
आइभिएफ
निःसन्तानका लागि वरदान आइभिएफ, कानुनको अभावमा विकृति बढ्दै
स्वास्थ्यसमाचार/ निःसन्तान दम्पतीका लागि आशाको किरण मानिने आइभिएफ (इन भिट्रो फर्टिलाइजेसन) सेवा नेपालमा विकृतिसँग जुधिरहेको छ। खासगरी आइभिएफसँग सम्बन्धित स्पष्ट कानुन नहुँदा अवैध कारोबार र अनियमितता बढ्दै गएको पाइएको छ। हालै काठमाडौंको बबरमहलस्थित होप फर्टिलिटी सेन्टरका सञ्चालकहरूले १८ वर्षभन्दा कम उमेरकी बालिकाहरूको डिम्ब अवैध रूपमा निकालेर कारोबार गरेको आरोपमा पक्राउ परेका थिए। यद्यपि ती सञ्चालकहरू साधारण तारेखमा छाडिएका छन्। नेपालमा आइभिएफ सेवा सञ्चालन गर्ने, शुल्क निर्धारण गर्ने, डिम्ब र शुक्रकिट दान गर्ने मान्यता, प्रक्रिया लगायतका विषयमा कुनै स्पष्ट कानुन नहुँदा विकृति बढेको विज्ञहरूले बताउँछन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस समस्या…