स्वास्थ्यसमाचार /लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री, उच्च अधिकारी, तथा सरोकारवाला हरु बिच प्रदेश अनुभव आदानप्रदान तथा स्वास्थ्य क्षेत्रका असल अभ्यासहरूको सिकाई वारे छलफल भएको छ ।
गण्डकी प्रदेश सरकारको आयोजनामा अन्तर–प्रदेश अनुभव आदानप्रदान तथा स्वास्थ्य क्षेत्रका असल अभ्यासहरूको सिकाईका वारेमा पोखरामा छलफल भएको हो ।
स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको सभाहलमा सम्पन्न कार्यक्रममा डिजिटल हेल्थ प्रणालीको कार्यान्वयन, ओएनएम सर्वेक्षण, तथा अस्पताल हरूको स्तरोन्नति सम्बन्धी नवीनतम कार्यहरू वारे छलफल भएको लुम्बिनीका स्वास्थ्यमन्त्री खेम सारुले बताउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र तीनै प्रदेशका स्वास्थ्य मन्त्रीहरूबीच विशेष भेटघाटसमेत तथा आपसी सहकार्य, रणनीतिक योजना र सेवा विस्तारका विषयमा छलफल भएको समेत बताईको छ ।
कार्यक्रमका क्रममा प्रतिनिधि टोलीले बाग्लुङ जिल्लाको गलकोट नगर अस्पताल, ढोरपाटन नगरपालिकाको बुर्तिबाङ अस्पताल, लुम्बिनी प्रदेशको रुकुम पूर्व अस्पताल, रुकुम पश्चिमको स्वास्थ्य सेवा कार्यालय, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत, प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, र मानसिक स्वास्थ्य परामर्श केन्द्र नेपाल (CMC–Nepal)को प्रदेश कार्यालयको निरीक्षण तथा अनुगमन गरिएको स्वास्थ्य मन्त्रालय लुम्बिनीका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत तथा सुचना अधिकारी शैलेन्द्र कुमार पाण्डेले बताउनु भयो ।
प्रतिनिधि टोलीले मध्यपहाडी लोकमार्ग अन्तर्गतका पर्यटकीय स्थल र शक्तिपीठहरुमा दर्शन समेत गरेको थियो। लुम्बिनीका स्वास्थ्यमन्त्री खेमसारुले यस किसिमको अन्तर–प्रदेश अनुभव आदानप्रदानले स्वास्थ्य सेवा प्रणालीलाई अझ प्रभावकारी र समन्वयन बनाउन सहयोग पुग्ने वताउनु भयो ।
टोलीमा स्वास्थ्य सचिब दुर्गालक्ष्मी श्रेष्ठ स्वास्थ्य निर्देशनालय लुम्बिनीका निमित्त निर्देशक रोशनलाल चौधरी लगायका स्वास्थ्यका कर्मचारीको सहभागीता रहेको थियो ।
प्रतिकया दिनुहोस्