स्वास्थ्यसमाचार/ नि:सन्तान उपचारका केन्द्रका नाममा खुलेका दुई आईभीएफ सेन्टरमाथि छानबिन गर्न स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ । १८ वर्ष मुनिका किशोरीहरूको डिम्बको कारोबार गरेको घटना बाहिर आएपछि प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापाको संयोजकत्वमा तीन सदस्यीय समिति बनेर काम सुरु भइसकेको मन्त्रालयका सुचना अधिकारी भक्त बहादुर केसीले जानकारी दिए । इनभिट्रो फर्टिलाइजेसन सेन्टर (आइभीएफ) को कार्यप्रति प्रश्न उठेपछि तीन सदस्य छानबिन समिति गठन गरिएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डा. भक्त केसीले जानकारी दिए । उनका अनुसार सचिवस्तरीय निर्णय गरी यस अवैध कार्यमा संलग्न…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्ने तयारी गरिरहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आज आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा उहाँले सातवटै प्रदेशमा सेवा सञ्चालनको तयारी गरिरहेको बताउनुभएको हो । “बालबालिकामा हुने मधुमेह परीक्षण र उपचारका लागि सातवटै प्रदेशमा निःशुल्क गर्नेगरी हामीले काम अगाडि बढाइरहेका छौँ”, स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, “बुढ्यौलीतर्फ उमेर ढल्किँदै गएपछि मधुमेह हुन्छ भन्ने मानसिकता समाजमा रहेको छ, तर बच्चाहरुलाई पनि यो रोग लाग्ने रहेछ ।” नेपालको स्वास्थ्य व्यवस्थामा बालबालिकामैत्री विशेष कार्यक्रम ल्याउनु जरुरी रहेको मन्त्री पौडेलको भनाइ…
बुटबलमा सञ्चालित अबैधानिक आईभिएफ सेन्टरमा प्रशासनको छापा
स्वास्थ्यसमाचार/ संघीय स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने प्रावधान रहे पनि बुटवलमा लामो समयदेखि अवैध तरिकाले सञ्चालनमा आएका वात्सल्यसहित आइभीएफ सेन्टरहरूमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुमगन गर्दै कारबाही गरेको छ । अनुगमनमा महिलाका लागि अत्यन्त संवेदनशील मानिने डिम्बाशय र पुरुषको शुक्रकीटलाई ल्याबमा ‘फर्टिलाइजेसन’ गरी भ्रुण उत्पादन गरी बच्चा जन्माउने कृत्रिम प्रक्रिया आईभीएफ विधि अर्थात् (टेष्ट ट्युब) अनुमति नलिएर सञ्चालन गरेको पाइएपछि जिल्ला प्रशासनको नेतृत्वमा आएको स्वास्थ्य कार्यालय रुपन्देहीको टोलीले एक लाख रुपैयाँ जरिवानासहित अनुमति नलिदासम्मको लागि ताला लगाएको छ । बुटवल उपमहानगरपालिका वडा न ९ मिलन चोका रहेको…
बुटवल हस्पिटल प्रा.लि.मा लेजर प्रविधिबाट पायल्सको उपचार सुरु
स्वास्थ्यसमाचार/ बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु भएको छ । प्रविधि भित्रिएसंगै बिना चिरफार बिरामीको उपचार हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.कृष्ण प्रसाद खनालले बताउनु भयो । लेजर मार्फत विशेषत पायल्स, फिस्टुला, फिसर, पाइलोनाइडल, साइनस र खुट्टाको भेरिकोज भेनको बिना चिरफार उपचार गर्न सकिन्छ । लेजर मेसिनबाट बिरामीको उपचार गर्द अस्पतालको बसाई कम हुने, न्यूनतम रक्तश्राव र दुःखाई समेत कम हुने उपचारमा सम्लग्न बिशेषज्ञ डा.बिर्खराज जोशीले बताउनु भयो । उपचार पश्चात २/३ दिनमै सामान्य अवस्थामा आउने भएकोले यो प्रविधिमा बिरामीहरुको माग समेत बढिरहेको छ । आजभोली खानपान…
एमबीबीएस अध्ययनरत सुगम खनाल १३ दिनदेखि सम्पर्कविहीन
स्वास्थ्यसमाचार/वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत कपिलवस्तुका २२ वर्षीय सुगम खनाल १३ दिनदेखि सम्पर्कविहीन भएका छन्। खनाल असार २० गते धरानस्थित होस्टलबाट बाहिर निस्किएको र त्यसयता परिवार वा साथीसँग सम्पर्कमा नआएको बताइएको छ। उनी बेपत्ता भएपछि परिवारका सदस्य र विद्यार्थी कल्याण समाजले खोजी कार्यमा सक्रियता जनाएका छन्। विद्यार्थी कल्याण समाजले सार्वजनिक अपिल जारी गर्दै खनाललाई देखेमा तत्काल जानकारी दिन सबैमा अनुरोध गरेको छ। उनी सम्बन्धी कुनै जानकारी भएमा निम्न फोन नम्बरहरूमा वा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न आग्रह गरिएको छ। ९८४७०६३२२८ ९८४७२९५५१४ ९८४४४२०५३५
बुटवलमा डा.कपिलमणि केसीले गरे जटिल हिप जोर्नी प्रत्यारोपण
स्वास्थ्यसमाचार १५/ २० वर्ष अगाडि सम्म जोर्नी प्रत्यारोपण सर्जरी राजधानीका सीमित अस्पतालहरूमा मात्रै गरिन्थ्यो, त्यो पनि फाट्टफुट्ट रूपमा। अहिले भने नेपालका विभिन्न अस्पतालहरूमा नियमित रूपमा जोर्नी प्रत्यारोपण अपरेशन हुने क्रम तीव्र गतिमा बढेको छ। अनुसन्धानहरूले जोर्नी प्रत्यारोपणलाई सबैभन्दा कठिन शल्यक्रियामध्ये एक मानिएको छ ।अस्पतालहरुमा अझै धेरै बिरामीहरूमा यसको सफलताप्रति शंका गर्ने गरेको पाइन्छ। आवश्यक भए पनि धेरै बिरामीहरू अझै पनि अपरेशन गर्न हिच्किचाइरहेका देखिन्छन। तर, पछिल्लो समय राजधानीबाहिर पनि जोर्नी प्रत्यारोपण सेवाको विस्तार हुँदै गएको छ। बुटवलस्थित मर्सिसिटी अस्पतालमा हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. कपिलमणि केसीले विगत दुई वर्षदेखि…
सीटीईभीटी अन्तर्गत रहेर प्रमाणपत्र तहका कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्यका २८५ शिक्षण संस्थालाई कोटा निर्धारण
स्वास्थ्यसमाचार/चिकित्सा शिक्षा आयोगको आजको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रस्तुत अनुगमन र मूल्याङ्कनसहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको हो ।हाल उक्त आङ्गिक, गैह्रनाफमूलक (प्रतिष्ठान/साझेदारी) र निजी गरी २८५ शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ । बैठकमा मेडिकल कलेजहरुलाई पनि पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिन कानूनी सहजीकरणका विषयमा पनि छलफल भएको थियो ।चिकित्सा शिक्षाको स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमको शुल्क…
कपिलवस्तुमा सर्पको डसाइबाट १४ महिने बालिकाको मृत्यु
स्वास्थ्यसमाचार/ कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका– २ मा सर्पको डसाइबाट १४ महिने बालिकाको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको मृत्यु भएको हो । घरमा सुतेको अवस्थामा उनलाई सर्पले डसेको थियो । केही बेरपछि बालिका अचेत भएपछि उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचार हुन नसकेपछि थप उपचारका लागि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । उपचारमा ढिलाई गरिँदा उनको बाटोमै मृत्यु भइसकेको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए।
सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउने मन्त्री पौडेलको निर्देशन
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गर्नुभएको छ । बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो हाह्वान गर्नुभएको हो । उहाँले लार्भा उत्पादन हुने आधारहरुलाई नष्ट गर्न सरसफाई अभियान शुरु गर्न आग्रह गर्नुभयो । साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको संक्रमण उच्च हुने भन्दै ४ महिनामा कुनैपनि निर्माणको काम नगर्न, निर्माणका सामग्रीहरु जताततै नफाल्न, खाल्डो नखन्न, पानी जम्ने खाल्डोहरु पुर्न र फालिएका टायरहरु व्यवस्थापन गर्न आग्रह गर्नुभयो । सरकारी कार्यालयहरु जोगाउनसके दर्जनौँ मानिसहरुलाई डेंगुबाट जोगाउन सकिने बताउनु भयो…
स्वास्थ्य बीमा सेवा अब रुपन्देहीका चार स्वास्थ्य संस्थाबाट उपलब्ध
स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा योजनाअन्तर्गत अब रुपन्देहीका चार स्वास्थ्य संस्थाबाट सिधैँ सेवा लिन सकिने भएको छ। स्वास्थ्य बीमा बोर्डले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र, बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्र र लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा विन्दुका रूपमा सूचीकृत गरेको हो। बोर्डका अनुसार साउन १ गतेदेखि यी संस्थाहरूमा स्वास्थ्य बीमा सेवा उपलब्ध हुनेछ। यस निर्णयसँगै अब बीमितहरूले पहिले जस्तै सिफारिस झन्झटमा नफसी, सिधैँ नजिकको स्वास्थ्य संस्थामा गएर उपचार सेवा लिन सक्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ।

