स्वास्थ्यसमाचार/ गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ । चन्द्रकोट गाउँपालिका-१ दिबु्रङ्ग स्वास्थ्य चौकीमा पहिरोबाट क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार आइतबार राति पहिरोले स्वास्थ्यचौकीको सुत्केरी स्याहार कक्ष पूर्ण रुपमा पुरिएको छ । यसबाट सेवा प्रभावित बनेको छ । स्थानीय, स्वास्थ्यकर्मी, प्रहरीलगायतको सक्रियतामा पहिरो हटाउने काम भइरहेको र सुत्केरीका लागि स्वास्थ्यचौकीमै व्यवस्थापन गर्ने व्यवस्था गरिएको वडाध्यक्ष घनश्याम खरेलले जानकारी दिए । त्यसैगरी वर्षाको कारण चन्द्रकोट गाउँपालिका- ८ मा चार जनाको परिवार जोखिममा परेको छ । मजुवाका अमरबहादुर कुमालको ढुङ्गा माटोले बनेको…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वास्थ्य मन्त्रालय लुम्बिनीको एक वर्षे कार्य र उपलब्धि सार्वजनिक
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले एक वर्षमा सम्पादित गरेका कार्य तथा मुख्य उपलब्धिहरू आइतवार सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले आज स्वास्थ्यमन्त्रीको रुपमा पदभार ग्रहणपछि प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको सुशासन, जवाफदेहिता, पारदर्शिता, गुणस्तरिय सेवा प्रवाहमा ध्यान दिएको जनाएको छ । बार्षिक नीति तथा कार्यक्रम, घोषणापत्र एवं कार्यक्रमले परिलक्षित गरेअनुरुप २०८१–८२ मा स्वास्थ्य मन्त्रालयको ८६.५१ ५ वित्तिय प्रगति, १२०० शैयाको लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास भई हाल २७ प्रतिशत भौतिक प्रगति भएको प्रगतिमा उल्लेख छ । आर्थिक सुविधा अन्तर्गत क्यान्सर, मुटुको भल्व फेर्ने र मिर्गौला प्रत्यारोपण उपचारको सिफारिस भालुवाङको सट्टा…
गर्भवती महिलालाई निःशुल्क प्रयोगशाला जाँच र भिडियो एक्सरे सेवा
स्वास्थ्यसमाचार/ कपिलवस्तुको शिवराज नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क प्रयोगशाला जाँच र भिडियो एक्स-रे सेवा उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को नीति, बजेट र कार्यक्रम नै राखेर सो पालिकामा उक्त सेवा सुरु गरिएको हो । यस अघि नै नगरपालिकाले प्रसूति सेवा लिने महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा समेत दिँदै आएको छ । स्वास्थ्यकर्मी अनुसार गर्भवती महिलाले कम्तीमा पनि चार पटक गर्भको जाँच गराउनु पर्छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूरामणि भट्टराईले सूचना निकाल्दै गर्भवती महिलालाई निःशुल्क प्रयोगशाला जाँच र भिडियो एक्सरे सेवा उपलब्ध रहेको जानकारी दिए । नगरपालिकाका ४…
किशोरीमाथि दुर्व्यवहार, गौतमबुद्ध मुटु अस्पताल एक कर्मचारी पक्राउ
स्वास्थ्यसमाचार/ रुपन्देहीको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, रामनगरको एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-८ का ३१ वर्षीय सुवास गौतम रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका निमित्त प्रमुख प्रहरी निरीक्षक धर्मराज खत्रीका अनुसार अस्पतालका कर्मचारी गौतमले अस्पतालमा एक्सरे गर्ने बेलामा १७ वर्षीय एक किशोरीलाई यौन दुर्व्यहार गरेको उजुरी प्राप्त भएपछि उनलाई पक्राउ गरिएको हो। ‘एक्सरे गरी सकेपछि किशोरीले कपडा लगाउने बेलामा गौतमले संवेदनशिल अंगमा छुनेजस्ता दुर्व्यवहार गरेका प्रारम्भिक अनुसन्धानमा पाइएको छ’,उनले भने,‘ घटनाका सम्बन्धमा उजुरी प्राप्त भएपछि गौतमलाई पक्राउ परेर अनुसन्धान अघि बढाएका छौं।’…
यु.सि.यम.यस. भैरहवाको ‘दिक्षान्त समारोह २०२५’ भव्य रूपमा सम्पन्न
स्वास्थ्यसमाचार/ युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यु.सि.यम.यस.) शिक्षण अस्पताल, भैरहवाको ‘दिक्षान्त समारोह २०२५’ भव्य रूपमा सम्पन्न भएको छ। समारोहका प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले आजका चिकित्सकहरू भोलिका राष्ट्रका गहना भएको उल्लेख गर्दै भन्नुभयो, “मानव जीवनमा चिकित्सकलाई ईश्वरको अर्को रूपमा व्याख्या गरिन्छ, त्यसैले चिकित्सकहरूले पेशागत मात्र नभई व्यवहारिक, मानविय र सामाजिक जिम्मेवारी पनि पूरा गर्नुपर्छ।” यस वर्ष २१औँ ब्याच एमबीबीएस र १८औँ ब्याच बीडीएसका गरी ११४ जना विद्यार्थी दिक्षित भएका छन्। कार्यक्रममा प्राचार्य प्रा.डा. लक्ष्मी पाठकले स्नातक विद्यार्थीलाई चिकित्सकीय शपथ गराउनु भयो ।…
स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्ने स्वास्थ्य मन्त्री सारुको प्रतिबद्धता
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले सबै स्वास्थ्य संस्थाहरूमा आवश्यकता अनुसार उपकरण र जनशक्तिको व्यवस्था गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।विभिन्न स्वास्थ्य संस्थाको निरीक्षणको क्रममा उहाँलै जनशक्तिको व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । अनुगमनका क्रममा बर्दघाटका नगरप्रमुख शम्भुलाल श्रेष्ठले अस्पतालमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गर्न मन्त्रीसँग आग्रह गर्नुभएको थियो ।त्यसको जवाफमा मन्त्री सारुले चिसापानी अस्पतालका लागि दुई जना एमबीबीएस चिकित्सक .मेडिकल अधिकृत) र शहीद स्मृति अस्पतालका लागि एक सी–आर्म मेसिन र एक डीआर सिस्टमको एक्स–रे मेसिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख…
रक्षा आयुर्वेदिकका संचालक भुसालद्धारा टोलवासीलाई बिरुवा वितरण
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका -९, प्लटलाइन टोलका बासिन्दाहरूलाई रक्षा आयुर्वेदिक औषधालयका सञ्चालक तथा प्लटलाइन टोल विकास संस्थाका निवर्तमान उपाध्यक्ष शालिकराम भुसालबाट निःशुल्क बिरुवा वितरण गरेकाछन्। टोलमा बसोबास गर्ने १५० घरधुरीलाई भुसालले आयुर्वेदिक र वास्तुशास्त्रका दृष्टिले महत्त्वपूर्ण मानिएका बिरुवाहरू वितरण गरेका हुन्। बितरण गरिएका बिरुवाहरूमा धूपी, अम्बा, अमला, निम, बेल, दालचिनी लगायतका प्रजाति रहेका छन्। विरूवा हस्तान्तरण कार्यक्रममा बोल्दै स्थानीय लक्ष्मण बस्यालले शालिकराम भुसालको यो कार्यलाई ‘धेरै राम्रो र महत्त्वपूर्ण पुण्य कार्य’ भन्दै प्रशंसा गरेका थिए। यसैगरी, सोही टोलकी जानकी चौधरीले आफूहरू ५० वर्षदेखि सोही ठाउँमा बसे पनि पहिलो पटक यसरी निःशुल्क…
लुम्बिनी प्रादेशिक अस्पतालमा विश्व स्तनपान सप्ताह २०२५ मनाइयो
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा विश्व स्तनपान सप्ताह २०२५ विविध कार्यक्रमका साथ मनाइएको छ। “स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं” भन्ने मूल नाराका साथ एम.सि.एच. क्लिनिकमा आयोजित जनचेतना कार्यक्रममा आमाहरूलाई स्तनपानको महत्वबारे जानकारी गराइएको छ। कार्यक्रममा बोल्दै अस्पतालकी मेट्रोन नेहा थापाले स्तनपानलाई स्थापित, प्रोत्साहित र सुदृढ बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले आमाहरूलाई नवजात शिशुलाई समयमै स्तनपान गराउन आग्रह गर्दै यसले मातृ–शिशु स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।उहाले “स्तनपान शिशुको पहिलो जीवनरक्षक अमृत हो यसलाई प्राथमिकता दिँदा मात्र मातृ–शिशु स्वास्थ्य सुदृढ बनाउन सकिन्छ।” सो अवसरमा नर्सिङ अधिकृत माधुरी ज्ञवाली,…
विश्व स्तनपान सप्ताह : जीवनको पहिलो अमृत स्वस्थ भविष्यको आधार
हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर विश्व स्तनपान सप्ताह (World Breastfeeding Week) मनाइन्छ। आमाको दूधलाई ‘शिशुको पहिलो खोप’ भनिन्छ, किनकि यसले नवजातलाई रोग प्रतिरोधात्मक शक्ति दिन्छ, रोगबाट जोगाउँछ र दीर्घकालीन रूपमा स्वस्थ जीवनको आधार तयार गर्छ। यस वर्ष पनि नेपालभर स्वास्थ्य संस्था, सामुदायिक समूह र मिडियामार्फत स्तनपानको महत्वबारे सचेतना फैलाउने अभियान सञ्चालन भइरहेको छ। आमाको दूध शिशुको पहिलो पोषण र सुरक्षा :जन्मेको पहिलो घण्टामै शिशुलाई स्तनपान गराउन सिफारिस गरिन्छ। यो पहिलो दूध, जस लाई कोलोस्ट्रम भनिन्छ, शिशुको शरीरको लागि प्राकृतिक खोप जस्तै हो। यसमा एन्टिबडी, प्रोटिन र आवश्यक…
Nepal’s Dr. Hariom Keshari Sets World Record: Fastest Baby Delivery During Caesarean Operation in 43 Seconds.
Healthnews/In a groundbreaking medical feat, Dr. Hariom Keshari, a Senior Consultant General Practitioner and Public Health Expert (MDGP, MPH) from Nepal, has set a new world record for the Fastest Baby Delivery During a Caesarean Section Surgery, officially recognized by the International Book of Records (IBR) & Elite World Record independently. Dr. Keshari successfully delivered a baby within just 43 seconds from the initial skin incision — surpassing the previous global record of 1 minute and 5 seconds. The procedure was performed under emergency conditions at Dodhara Chandani Hospital in…

